धूर्तले बुनेको जाल एक दिन तोडिने छ
- आश्विन २८, २०८१
– राजन फाजू
‘एकतर्फी, फराकिलो बाटोमा बायाँ च्यापेर गइरहेको मोटरबाइकलाई बेपर्वाह कुदेको ट्रिपरले ठक्कर दिँदा पछाडि बसेकी इन्दिरा बिजुक्छे उछिटिइन् र त्यही गाडीको पछाडिको चक्काले किचिएर उनको मृत्यु भएको हो, श्रीमान् !’
‘इन्दिरा’ शब्द सुनेर मेरो स्मृतिले स्नेही, आदरणीय माइजूलाई खोज्न थाल्यो । मृत्यु अवश्यम्भावी भए पनि कुनै कुनै मृत्युलाई सजिलै स्वीकार्न सकिँदैन । मृत्यु जहाँ पनि जतिबेला पनि हुनसक्ने अकाट्य सत्य हँुदाहँुदै अप्रत्याशित मृत्युको खबर सुन्नुपर्दा मनदेखि स्वीकार्न गा¥हो हँुदोरहेछ । यस्तो मृत्यु आफ्नै आँखाले देखे पनि मनले मान्दैन । अप्रत्याशित मृत्युपछि बिजुली चम्केको तालमा मृतकसँग जोडिएका सम्झनाहरू अटेसमटेस गरी आउन थाल्छ । परेलीहरू अबेरसम्म जोडिन्नन् । त्यस्तो शाश्वत सत्य आफ्नै माइजूको मृत्युमा अनुभव गर्नुप¥यो । जेन्यूइन स्कूलका सानासाना नानीहरूका प्रिय शिक्षिका, सधंैभरि हाँसिरहने माइजूको २०७३ असोज १९ गते लोकन्थलीमा भएको मोटरसाइकल दुर्घटनामा असामयिक निधन भयो, जुन हाम्रो निम्ति बज्रपात थियो ।
सात पटकको स्थगनपछि लगभग आठ महिनापछि २०७४ असार ८ गते पहिलो पटक उक्त घटनाको सम्बन्धमा अदालतमा बहस भयो । यसबाट पुष्टि हुन्छ कि नेपालको न्याय प्रणाली कतिको चुस्त दुरूस्त छ भन्ने कुरा । ‘ढिलो न्याय दिनु पनि अन्याय हो’ भन्ने उक्ति बुझ्दा बुझ्दै ‘नहुनु मामाभन्दा कानो मामा बेस’को शैलीमा न्याय पाउने आशामा अदालतको बहस कक्षमा सातौं पटक प्रतीक्षामा थिएँ । बहस स्थगन गर्दै जाने कारण ‘रात पारेर अग्राख पलाउने दाउ’ पनि हुनेरहेछ अदालतमा ।
‘गाडीले हानेपछि घाइतेलाई बचाउने प्रयास नगरी उल्टै आफू बच्न गाडी नरोकी भाग्न खोज्दा किचेर मृत्यु भएको साक्षी प्रमाण रहेको छ, श्रीमान्’ अनेक तर्कनाको बीच फेरि अर्को वकिलको आवाज सुनेँ । सरकारी वकिलको अतिरिक्त हामीले आफ्नै तर्फबाट वकिल राखेका थियौं । ‘यो अञ्जानमा भएको गल्ती होइन, बरू घाइतेमात्र हुँदा अनेक झमेला हुने भएर जानी जानी मारेको हो, यो ज्यानमार्ने उद्योग हो, श्रीमान् । यो चालकलाई हदैसम्मको सजाय हुनुपर्छ’ लाख बिन्तीको भावमा वकिलले न्यायाधीशलाई अनुरोध गरे । साक्षीलाई विपक्षी वकिलले घुमाइ घुमाइ प्रश्न सोधेर कायल बनाएको सिनेमाको दृश्य सम्झेँ । साक्षीले न्यायाधीशको सामुन्ने आँखाले देखेको दृश्य भन्ने छ, त्यसको लागि साक्षीलाई बोलाउन न्यायाधीशले अ¥हाउने छ भन्ने सोचेर बसें । तर आशाको विपरीत अघिकै पारामा न्यायमूर्ति एकतमासले सुनेर बसे । ‘सुनेर’ पनि के भन्नु ‘हेरेर’ बसे भन्दा ठीक होला । किनकि त्यहाँ दोहरो संवाद नहुँदा श्रीमान्ले सुनेको हो वा अर्कै सोचेर बसेको हो थाहा हुने कुरो भएन । साक्षीलाई बोलाउने कुनै सड्ढेत भएन । मलाई लाग्यो यदि साक्षी न्यायाधीशसामु हाजिर भएर आफूले देखेको कुरा भन्नु नपर्ने भए त जसले जे भने नि हुने भयो । यसरी वास्तविकता सामुन्ने आउँछ त ? मेरो मन आकुल व्याकुलजस्तै भयो । अदालती प्रक्रिया देखेर आश्चर्यचकित भएँ ।
सरकारी वकिलले आफ्नो दलिल दिँदै भन्दै गए, ‘यस दुर्घटनामा चालकको पुरापुर लापरबाही देखिन्छ । चालकले दुर्घटना भएको थाहा पाउँदा पाउँदै पनि सकेसम्म घाइतेलाई बचाउनुको सट्टा ‘मरेकै जाती’ भनेजस्तै गरी गाडीलाई रोक्ने प्रयास नगरेको प्रस्टै देखिन्छ । त्यसैले यो दुर्घटना जानीजानी भएकोले यस्तो कसुर गर्ने व्यक्तिलाई लाग्ने १० वर्षको सजाय माग गर्दछु, श्रीमान् !’ न्यायका प्रतिमूर्ति न्यायाधीशले अघिकै पारामा कुनै प्रतिक्रिया दिएनन् । न्यायाधीशको अनुहारको भाव शिक्षकले पढाउँदा बुझे नि नबुझे नि शिक्षकलाई हेरिरहने विद्यार्थी जस्तै थियो । विद्यार्थीले नबुझे जस्तो शिक्षकलाई लाग्यो भने बीचैमा सोध्न सक्छ तर यहाँ वकिलले न्यायधीशलाई ‘बुझेको हो’ ? भनेर सोध्न मिल्दैन ।
सरकारी वकिल यति कुरा न्यायाधीशको अगाडि राख्दै बाहिरिए । त्यहाँ दोहोरो संवादको कुनै गुञ्जाइस थिएन । सरकारी वकिल यसरी बाहिरिए उसलाई फैसलाको कुनै सरोकार छैन वा फैसला कस्तो हुन्छ भन्ने कुनै चासो रहेन । उनको अनुहारमा कुनै उत्सुकता वा जोशजस्तो कुनै भाव थिएन । उसको दायित्व भनेको घटनाको बारेमा न्यायाधीशलाई जानकारी दिनेमात्र रहेछ । मलाई तुरन्तै सिनेमामा हुने बहस याद भयो । वकिलको जागरूकता, बहस गर्दा उनमा देखिने जोश, विपक्षलाई अनेक प्रश्न गरी अप्ठेरो पारेको दृश्य आँखा वरिपरि घुम्न थाल्यो । यस्तो दृश्य भनेको सिनेमामा मात्र हुँदोरहेछ ? वा वास्तविक जीवनमा यस्तो हुनैसक्दैन र ? यस्तो झाराटार्ने बहसले वास्तविक पीडितले न्याय पाउला र ? वा वास्तविक अपराधीले दण्ड पाउला ? भन्नेजस्ता प्रश्न मेरो मनमा खेल्न थाल्यो ।
यत्तिकैमा प्रतिवादी वकिलको बोल्ने पालो आयो । आफ्नो धर्म निर्वाह गर्ने नाममा लापरबाहीका साथ गाडी हाँक्ने चालकको पक्ष लिँदै भने ‘गाडी चालकमात्र होइन मोटरसाइकल चालकले पनि होस पु¥याएर आफ्नो सवारी चलाउनुपर्छ ।’ अब के, छेउमा च्यापेर मोटरसाइकल हाँकिरहेको चालकले राजाको सवारीलाई बाटो छोडेजस्तै साइड लागेर बस्नुप¥यो ? ट्रि«परलाई सवारी साधनको राजा घोषणा गर्नुप¥यो ? प्रतिवादी वकिलले आफ्नो ग्राहकलाई बचाउन अनेक तर्क दिंदारहेछन् भलै त्यस्ता तर्कको कुनै सिङपुच्छर हँुदैन । कुहिएको घाउबाट पिप निस्केसरी उनको मुखबाट कुतर्क फुटुटुटु निस्कियो, “अहिलेको पुनर्निर्माणको समयमा ट्रि«पर चालकलाई यदि १० वर्षको जेल सजाय दिने हो भने पुनर्निर्माणको कार्य ५० वर्ष पछि पर्नेछ । त्यसै त अधिकांश ट्रिपर चालक विदेश गइरहेको समयमा चालकको अभाव भई पुनर्निर्माणको गति रोक्ने छ । त्यसैले चालकलाई सजाय दिनुहँुदैन ।’ यदि यो कुतर्कलाई मान्ने हो भने कुनै प्रख्यात गायकले मान्छे मारे पनि उनलाई जेल सजाय दिनु भएन किनकि स्रोताहरूले ती गायकको गीत सुनेर आनन्द लिन पाउने छैनन् । कुनै विद्वानले जानीजानी मानिसको हत्या ग¥यो भने पनि विद्वानहरूको अभावको समयमा यस्ता व्यक्तिलाई सजाय दिनु हुँदैन । खैर, उनले आफ्नो कर्तव्य पूरा गरे, भलै अपराधीलाई बचाउन नै किन नहोस् । उनी पनि कुनै दोहरो सम्बादविना नै बाहिरिए । न्यायधीशबाट केही प्रतिक्रियाको आशा पनि गरिएन । यहाँ पनि न्यायाधीशलाई दुर्घटनाबारे थप जान्ने कुनै उत्सुकता छ जस्तो लागेन ।
‘मोटरसाइकलले गाडीमा ठोकिन आएकोले यो दुर्घटना भएको हो भनेर मेरो प्रतिवादीको साक्षीले बोलेको कुरा सफेद झूट हो र घटना घटेको स्थलबाट यो कुरा कुनै हालतमा पुष्टि हुँदैन, श्रीमान् !’ फेरि अर्को वकिलले आफ्नो तर्क प्रस्तुत गर्दै दुर्घटना चालकको पूर्णतः हेलचेक्रयाँइले भएकोले अधिकतम सजायको माग गरे । अब मलाई लाग्यो आफ्नै आँखाले देखेको साक्षी र ड्राइभरलाई अदालतको कठघरामा उभ्याइने छ, ‘दूधको दूध पानीको पानी’ छुट्याउन । मेरो आँखा कठघरामा दर्गुन थाल्यो । कतिखेर ड्राइभरलाई कठघरामा उभ्याउँदै वकिलले प्रश्नको वर्षा गर्छन् भनेर म अधिर भएँ । न्यायाधीशको अनुहारमा पुलुक्क हेरें । साच्चैको आँखामा पट्टि बाँधेको न्यायमूर्तिजस्तै उहाँको अनुहारमा भावको कुनै उतारचढाव पाइएन ।
बहसको प्रक्रिया पूरा भएको जानकारी पाउँदा अचम्मित हुनुका साथै निराश भएँ । त्यहाँ कुनै साक्षीको उपस्थिति भएन, हत्या गर्ने चालकको उपस्थिति थिएन । साक्षीले जस्तोसुकै झूट बोल्न पनि सक्नेरहेछ किनकि साक्षी हाजिर हुनै नपर्ने रहेछ । यसरी हुने सतही फैसलाबाट अपराधीले न्यायोचित सजाय पाउला र ? भनेर जिज्ञासा राख्दा वकिलबाट थाहा पाएँ, ‘दुर्घटनाको प्रकृतिमा सामान्य २ वर्षको सजाय दिने चलन छ, दस वर्षको सजायको व्यवस्था कानुनमा मात्र उल्लेख छ, लागू भएको छैन ।’ फैसलाको आकार लगभग सुरूमै थाहा हुनेरहेछ । त्यही भएर वकिलहरू आफ्नो बोल्ने क्रम सकेपछि अरूको विचार सुन्ने धैर्य नहुने र बाहिर निस्किहाल्दा रहेछन् । अरू क्षेत्रमा जस्तै ठूला ठूला गाडी व्यवसायीबाट पनि अदालत प्रभावित हुनपुगेको महसुस गरें । नैतिकता र इमानदारीले घिटीघिटी सास लिइरहेको अवस्था छ अदालतमा । सबैलाई उस्तै खाले सजाय हुने भए यति लामो अदालति प्रक्रिया बनाएर सम्बन्धित मानिसको समय खेर फाल्नु आवश्यक थिएन । एकजना अदालत धाएर कायल भएका निरास व्यक्तिले भनेको कुरा बडो मार्मिक छ, ‘कहिल्यै नेदेखेको नागमणि भेटिएला तर अदालतमा इमानदार व्यक्ति नभेट्ने भो बा !’ ‘यिनीहरूले न्याय देला भनेर पछि लाग्नु त साँढेको झर्ला र खाउँला भनेर स्याल पछि लागेजस्तो हुने भयो ।’
वार्षिकीमा माइजूप्रति हार्दिक श्रद्धाञ्जली !
Leave a Reply