अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि अस्ट्रेलियाको सीमा भनेको ‘गाई मारी गधा पोस्ने’ कार्य हो
- आश्विन १८, २०८१
इन्टरनेटको सुविधा विस्तार विकाससँगै नेपालमा साइबर अपराध वृद्धि हुँदै गएको छ । आपराधिक स्वभावका मानिसहरूले साइबर अपराधलाई सजिलै पैसा कमाउने वा ठगी गर्ने सजिलो उपाय बनाएका छन् । मोबाइल बैङ्किङको खाता ह्याक गरेर र पासवर्ड थाहा पाएर पैसा चोर्ने गिरोह त केही वर्षअघिदेखि नै सक्रिय थिए । हिजोआज मानिसलाई ब्ल्याकमेल गर्ने सजिलो माध्यम बनेको छ नयाँ साइबर अपराधहरू ।
साइबर अपराधका अनेक रूपहरू छन् । जानी नजानी हामी सर्वसाधारण इन्टरनेट प्रयोगकर्ताहरू साइबर अपराधमा फस्न पुगिरहेका छौँ । फसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्एप आदि सामाजिक सञ्जालमा नचिनेका मानिसहरू साथी बन्न आइपुग्ने गर्छन् । सुरुमा राम्रा राम्रा कुरा गर्छन् । ख्याल ख्यालमै कानुनी र नैतिक हिसाबले गर्नै नहुने काम गराउँछन् । जस्तो अर्धनग्न र नग्न भएर भिडियो कल गर्ने नारी र पुरुषहरूले हामीलाई पनि त्यस्तै गर्न आग्रह गर्छन् । तिनीहरूको झाँसामा परेपछि त्यस्तो भिडियो रेकर्ड गरेर पछि सार्वजनिक गरिदिन धम्की दिएर लाखौँलाख रुपैयाँ माग्छन् । नेपाल प्रहरीका अनुसार पछिल्लो ८ महिनामा लगभग ५,००० साइबर अपराधका घटनाका उजुरी परेका छन् ।
जसमध्ये १६ प्रतिशत सेक्सटोर्सनका घटना छन् । कोही व्यक्तिसँग नग्न भएर भिडिओ कल गर्ने र त्यही भिडिओ रेकर्ड गरेर पछि ब्ल्याकमेल गरी पैसा असुल्न खोज्नुलाई नै सेक्सटोर्सन भनिन्छ । पैसा दिन अस्वीकार गर्ने वा नसक्नेहरूकाआपत्तिजनक भिडियो र तस्बिर सार्वजनिक गरेर बदनाम गराउने घटना पनि बढिरहेका छन् । विज्ञहरूका अनुसार सामाजिक सञ्जालमा आफूले नचिनेका व्यक्तिको फ्रेन्ड रिक्वेस्ट स्वीकार नगर्नु र फोलो गर्ने काम नगर्नु नै बुद्धिमानी हुन्छ । जति नै नजिकको वा घनिष्ट साथीले भने तापनि कुनै पनि खाले अनैतिक र गैरकानुनी हर्कत अनलाइन भिडियो कलका क्रममा नगर्ने । आफ्नो सामाजिक सञ्जालका पासवर्डहरू सुरक्षित गर्ने र समय समयमा परिवर्तन गरिरहने गर्नुपर्छ । कुनै व्यक्तिले त्यस्ता गलत हर्कत ग¥यो वा गर्नमात्रै खोज्यो वा हामीलाई त्यस्ता हर्कन गर्न भन्यो भनेपनि प्रहरीको साइबर सेलमा उजुरी गर्नुपर्छ ।
साइबर अपराधबारे समयमै सजग बनौँ र अपराधको हिस्सेदार बन्नबाट जोगिऔँ ।
Leave a Reply