विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित
- पुष २८, २०८१
भक्तपुर, ४ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले आ.व. २०७९/८० को साउन १ गतेदेखि चैत मसान्तसम्ममा ६४ जिल्लाका १ लाख ६१ हजार २ सय जना बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।
२०७९ चैत मसान्तमा ३५ जिल्लाका १९ हजार १ सय ८७ जना बिरामीले स्वास्थ्य उपचार सेवा प्राप्त गरेको अस्पताल स्रोतले जनाएको छ । जसअन्तर्गत भक्तपुर जिल्लाका मात्र १८ हजार ९ सय १६ जनाले स्वास्थ्य उपचार प्राप्त गरेका छन् । आ.व. २०७८÷७९ मा ख्वप अस्पतालले कूल १ लाख ७५ हजार ९४३ जना बिरामीहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गरिसकेको थियो ।
ख्वप अस्पतालमा सञ्चालित सामुदायिक आँखा उपचार केन्द्रमा आ.व. २०७९/८० को फागुन मसान्तसम्ममा १९ हजार ९ सय ९७ जनाले आँखा जाँच गराएका थिए भने ५ सय ६२ जना बिरामीले मोतिबिन्दुको शल्यक्रिया गराएका छन् ।
त्यस्तै छाती पुनःस्थापना केन्द्रबाट आ.व. २०७९/८० को विगत आठ महिनामा ५ सय ९८ जनाले स्वास्थ्य उपचार पाएका थिए भने आ.व. २०७९/८० को साउनदेखि चैतसम्ममा सानो र ठूलो गरी जम्मा ८ हजार ८ सय २० जनाले अक्सिजन सेवा प्राप्त गरेको तथ्याङ्क छ । ख्वप अस्पतालले नगरवासीहरूलाई निःशुल्क अक्सिजन वितरण गरिरहेको छ ।
यसै आर्थिक वर्षको माघ ७ गते भक्तपुर नगरपालिकाले जनरल एनेस्थेसिया दिई थाइराइड ग्रन्थीको सफलतापूर्वक शल्यक्रिया गरी मेजर अपरेसनको समेत सुरुवात गरेको थियो । भक्तपुर नपाले नगरका १० वटै वडाहरूमा घरदैलो नर्सिङ सेवा सञ्चालन गर्दै आइरहेको छ भने नपाले वडा नं. ६ मा नागरिक आरोग्य केन्द्रमार्फत आर्युवेदिक उपचार सेवा पनि प्रदान गर्दै आइरहेको छ ।
भक्तपुरवासीहरूलाई सहजरूपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले वि.सं. २०३० सालदेखि जनस्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्दै आएको हो । जनताको माग र भावनालाई कदर गर्दै उक्त केन्द्रबाट प्रदान गरिने उपचार सेवालाई क्रमशः वृद्धि गर्दै जाने क्रममा भक्तपुर नपाले २०७८ वैशाख १८ गतेबाट ख्वप अस्पताल कोभिड युनिट सञ्चालन गरेको छ भने २०७८ साउन १ गतेबाट औपचारिकरूपमा ख्वप अस्पताल सञ्चालनमा छ । २०७९ जेठ २३ गतेबाट बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयबाट १०० शøया अस्पतालको रूपमा स्तरोन्नति प्राप्त भई सञ्चालनमा छ ।
ख्वप अस्पतालले दैनिक ७५० भन्दा बढी बिरामीहरूलाई २४ सै घण्टा इमर्जेन्सी सेवा, ल्याब, एक्स—रे सेवा र फार्मेसी सेवाका साथै हाडजोर्नी र नसा रोग, इन्टरनल मेडिसिन सेवा, दन्त सेवा, जनरल सर्जरी, मुटु रोग सेवा, मानसिक रोग, स्त्री रोग, छाला रोग, बाल रोग, नाक—कान—घाँटी सेवासम्बन्धी ओपीडी सेवा तथा नियमित खोप, परिवार नियोजन सेवा, फिजियोथेरापी सेवालगायतका सेवाहरू सञ्चालन गर्दै आएको छ ।
Leave a Reply