भ्रष्टाचारका सहस्र टाउका – १
- आश्विन ३, २०८१
लामो समय एकात्मक अनि अधिक केन्द्रीकृत शासन व्यवस्थामा रहेको नेपालको शासकीय प्रणालीलाई नेपालको संविधान २०७२ ले सङ्घीय शासन प्रणालीमा परिवर्तन गरेपछि हाल नेपालमा ३ तहको जन निर्वाचित सरकार कृयाशील रहेको छ । नेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकार सूची किटान गरिएको छ । सोही अनुसूचीमा आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहमा निश्चित गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (ज) मा व्यवस्था भएको आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी व्यवस्थाको कार्यान्वय गर्ने सम्पूर्ण अधिकार स्थानीय तह अथवा स्थानीय सरकारको रहेको छ । सोही अधिकार प्रयोग गरी कक्षा ८ को जिल्ला स्तरीय परीक्षा सूर्यविनायक नगरपालिकाले गरेको छ र त्यसको परीक्षाफलसँगै अभिभावकहरूले अभिभावक सङ्घ नेपाल भक्तपुर जिल्ला अध्यक्षलाई परीक्षाफलबारे गुनासो गरेका छन् । विषयगत रूपमा आन्तरिकतर्फ ऋ (सी) र सैद्धान्तिकतर्फ म् (डि) ग्रेड प्राप्त गर्न नसक्ने विद्यार्थीका लागि मूल प्रमाणपत्र उपलब्ध गराइने छैन । अग्र अध्ययनको लागि मूल प्रमाणपत्र अनिवार्य हुनेछ । त्यसैले कक्षा वृद्धि गर्न मूल प्रमाणपत्र लिन ग्रेड वृद्धि परीक्षाको व्यवस्था गरेको छ त्यहीअनुसार नभएकोमा गुनासो आएकोले सूर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्न कटुवाल सरसँग बुझ्दा एक हप्तामा परीक्षा लिँदा त्यसले खासै प्रगति हुन नसक्ने र ग्रेसमार्क सैद्धान्तिक बिषयमात्र भएकालाई २५ र प्राक्टिकल भएको विषयमा २० ग्रेसमार्क थपेर विषयगत रूपमा आन्तरिकतर्फ ऋ (सी) र सैद्धान्तिकतर्फ म् (डि) ग्रेड नआउनेको गुनासो हुन सक्ने र सबै विषयहरूमा हेर्ने हो भने १५० सम्म ग्रेस मार्क दिएकोले ग्रेडवृद्धि परीक्षा नलिएको बताउनुभयो । तर, लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले ग्रेडवृद्धि परीक्षा लिनुपर्ने निर्देशिकाको ७ लेटर ग्रेडिङको कार्यान्वयन विधि तथा ग्रेडवृद्धि परीक्षा (२) ग्रेडवृद्धि परीक्षा र प्रमाणपत्रका सम्बन्धमा देहायबमाजिम हुनेछ को (घ) मा परीक्षामा संलग्न हुन पाउनेछ भने रहेकोले परीक्षामा जानुपर्ने हो । तर, उपप्रमुखको संयोजत्कवमा रहेको शिक्षा समितिले परीक्षा नलिने निर्णय भएकोले रत्न कटुवाल सरले मबाट केही हुन नसक्ने र शिक्षा समिति मै कुरा गर्नु पर्ने बताउनुभयो । त्यस्तै शिक्षा समितिका सञ्जय खड्का र वडाध्यक्ष किरण थापासँग समेत बुझ्दा उपमेयरसँग यस विषयमा छलफल गर्ने बताउनुभयो ।
जिल्ला स्तरीय परीक्षा(कक्षा ८)को परीक्षाफल प्रकाशितसँगै आफ्ना नानीबाबुहरूको नतिजादेखि अभिभावकहरू चिन्तित छन् । अभिभावकहरूले आफ्ना बालबालिकाहरू उच्चशिक्षा हासिल गरी देशको कर्णधार बनून् र आफ्ना प्रतिभाहरू प्रस्फुटन गरी देशकै उदाहरणीय व्यक्तित्व, ठुला मानिस बन्न सकून् भन्ने चाहनाका साथ विद्यालयमा भर्ना गरेका हुन्छन् र आफू खाई नखाई आफ्ना बालबालिकाको भविष्य उज्ज्वल बनाउन मरिमेटी दुःख गरी छोराछोरीहरू हुर्काउँछन् । तर, बालबालिकाहरूलाई पढाइने प्रणाली नमिल्दा, पढाउने भनेको सिकाउने, बुझाउने र सम्झाउने हुनुपर्नेमा विद्यालयका शिक्षकहरू पढाउने भनेको घोकण्ठे विद्याको रूपमा लिँदा अथवा सिकाइ विधि वैज्ञानिक प्रणालीअनुसार नहुँदा बालबालिकाहरू परीक्षामा अनुत्तीर्ण हुने गरेका छन् र निराश बनेका छन् । कोही कोही त लाजले कमजोर विद्यार्थीहरू आत्महत्या समेत गर्ने गर्दछन् । त्यसैले नरभक्षी परीक्षा र हत्यारा परीक्षा भनेर बुद्धिजीवीहरूले संज्ञा पनि दिएका छन् । यो कस्तो परीक्षा जसले वर्सेनी विद्यार्थीलाई आत्महत्या गराउँछ ? परीक्षा प्राज्ञिकभन्दा बढी प्रशासनिक र सिकात्न्दा घोकाइ बलियो पार्ने परीक्षा भनेर सर्वत्र शिक्षा नीतिको विरोध हुँदै आएको छ । अनुत्तीर्ण भन्नु अक्षम घोषणा हो जसले जीविकोपार्जनका लागि सीप सिक्छुभन्दा पनि पाउँदैन । उच्चशिक्षा हासिल गर्न हात धुनुपर्ने हुन्छ । त्यसैले परीक्षा फलामे ढोका होइन । विकल्प छान्ने चरणको रूपमा विकास गर्नुपर्छ । यसैलाई मध्यनजर गरी परीक्षाको परीक्षाफल लेटर गे्रडिङ प्रणालीमा प्रकाशित गरियो । विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को मार्गनिर्देशन बमोजिम विद्यार्थी मूल्याङ्कनमा लेटर गे्रडिङको प्रक्रिया निर्धारण गरी विद्यालय तहको मूल्याङ्कन र प्रमाणीकरणमा सान्दर्भिकता, पारदर्शिता, वस्तुनिष्ठता र विश्वसनियता कायम गर्न शिक्षा नियमावली २०५९ को नियम १९२ को (ङ)ले दिएको अधिकार प्रयोग गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो निर्देशिका तयार गरी लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू गरियो । यसको उद्देश्य भनेको सिकाइ सक्षमता, शैक्षिक क्षतिलाई न्यूनिकरण गर्न, एकल विषय प्रमाणीकरणका माध्यमबाट विद्यार्थीको बहु बौद्धिकताका आधारमा सिकाइका अवसर प्रदान गर्ने रहेको छ । निर्देशिकाको ७ को २ (घ)ले ग्रेड वृद्धि परीक्षामा संलग्न हुन पाउने छन् भन्ने रहेको छ । त्यसैले सूर्यविनायक नगरपालिकाले जिल्ला स्तरीय(कक्षा ८) परीक्षा लिनु उपयुक्त हुने देखिन्छ । नत्र २०७७ सालको कोरोनाले एसईईको परीक्षा नलिई स्वमूल्याङ्कन विधिबाट परीक्षाफल प्रकाशित गर्दा शिक्षाको गुणस्तर घटेको र माथिल्लो कक्षामा धेरै विद्यार्थीहरू अनुत्तीर्ण भएको र कोरोना ब्याय्च भनेर समेत चित्रण भएको थियो ।
२०७७ जेठ २८ गते बुधबार मन्त्री परिषद्को निर्णयअनुसार एसईईको परीक्षा नलिई विद्यालयको आन्तरिक मूल्याङ्कनबाट परीक्षा बोर्डले लब्धाङ्ग पत्र दिने व्यवस्थाको समाचारहरू बाहिर निस्केसँगै पत्रपत्रिकामा अभिभावकहरूले आ–आफ्नो बालबालिकको ग्रेड बढाउन बिद्यालयहरूमा दबाब दिएका समाचारहरू पनि आएका थिए । यसमा अभिभावक सङ्घ नेपाल भक्तपुर जिल्ला समितिको ध्यान आकृष्ट भई त्यतिबेला प्रेस विज्ञप्ति प्रकाशित गरेको थियो । यसले भक्तपुरमा धेरै विद्यालयले यथार्थ मूल्याङ्कन गरी बोर्डमा पठाएका थिए । तर, अरु जिल्लाहरूमा त्यस्तो नभएको भनि राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्याङ्कन परिषद्को मिति २०७७।४।२८ को निर्णय भनि भाद्र २ गते कक्षा ११ मा भर्ना गर्न साधारण शिक्षातर्फ भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाइन्ट(जिपिए)१.६ (एक दशमलब छ) प्राप्त गरी अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्ने र अन्य विषय अध्ययन गर्न डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्ने भन्ने सूचनाले सालाखाला २५ हजार विद्यार्थीले आफ्नो रोजाइको विषयबाट बञ्चित भई कोरोनाको धब्बा लागेको थियो ।
परीक्षाको नतिजालाई निरपेक्ष ढङ्गले मात्र हेर्न मिल्दैन । मुख्य गरी देश र जनताको सेवा गर्ने हेतुले देश विकासको लागि आवश्यक जनशक्ति तयार गर्न र हत्या, हिंसा, भ्रष्टाचार बढेको बेला समाजमा भएका विसङ्गति, विकृतिहरू हटाई शान्ति, सदाचार र शिष्टाचार सहितको नैतिक एवं व्यावहारिक शिक्षा आवश्यक छन् । यसमा कतिको सफल ज्ञान प्राप्त गरेको छ यतातिर पनि ध्यान दिनुपर्छ । यसको पनि नतिजामा मूल्याङ्कन हुनुपर्छ ।
सरकारले लागु गरेको शिक्षा व्यावहारिक र व्यावसायिक कति होला ÷ नहोला ? समीक्षाको विषय बन्न सक्ला । तर, लागु भइरहेको विद्यमान शिक्षा प्रणालीमा किन विद्यार्थीले आशातीत सफलता प्राप्त गर्न सफल भएनन् ? यसको समीक्षा गर्नुपर्छ । परीक्षामा एक विद्यार्थी अनुत्तीर्ण हुनुमा समाजका विभिन्न पक्ष समान साझेदार हुन्छन् । अझ त्यसमा पनि अभिभावक शिक्षक बढी दोषी हुन्छन् भन्दा अन्यथा नहोला ।
धन्यवाद !
(लेखक अभिभावक सङ्घ नेपाल, भक्तपुर जिल्ला समितिका अध्यक्ष हुनुहुन्छ ।)
Leave a Reply