माओले साहित्यको मूल्याङ्कन कसरी गर्नुभएको छ ?
- फाल्गुन ५, २०८१
माओवादीका पुष्पकमल दाहालकै कार्यकर्ता खड्कबहादुर विश्वकर्माले सार्वजनिकरूपमा प्रश्न गरे, “गृहयुद्धको बेला दाहालको परिवारलाई वर्षभरि खान पुग्दैनथ्यो । अहिले दाहाललाई दुवईको बैङ्कमा राखिएको ४१ अर्ब रुपैयाँ नेपाल कसरी भित्याउने भन्ने विषयमा ठूलो तनाव छ । दाहालले जिम्मा दिएका छन्– वामदेवलाई । दाहालसँग अर्बौँ अर्ब रुपैयाँ कहाँबाट आयो ?”
डा. मनोजकुमार झाले संसारकै उच्च पाँच होटेल गनिएको दुवईको एउटा होटलमा दाहालको २५ प्रतिशत शेयर भएको दाबी गरे । सो होटलमा दाहाल परिवारसहित पुगेर बास बसेको र नेपालका भाटभटेनी र चन्द्रागिरीमा पनि दाहालको लगानी भएको खुलासा गरे । माओवादीका अर्का नेता बाबुराम भट्टराईले पनि अनमिनको चार अर्ब रुपैयाँ भ्रष्टाचार गरेको झाको दाबी थियो । झाले नेत्रविक्रम चन्द विप्लवको भनाइ सापटी लिएर भने, “दाहालले माओवादी लडाकुको ४० अर्ब रुपैयाँ भ्रष्टाचार गरे ।” झाले दाहाललाई विश्वकै सबभन्दा धनी व्यक्ति नै गनिएको पनि दाबी गरे । राजस्व छली गर्ने र भ्रष्टाचार गर्नेहरूलाई सरकारले मानपदवी दिएकोमा झाको असन्तुष्टि थियो ।
काठमाडौँ बुढानीलकण्ठ वडा नं २ बदेलीस्थित सिमल डाँडाको ७ रोपनी क्षेत्रमा वरिपरि सरकारी जग्गासहित हडपेर नक्सापास नै नगरी निजी प्लटिङ र हाउजिङ भइरहेको छ । केही गुण्डाहरूले त्यहाँ पाल्तु मानिस पनि राखेर जनतालाई धम्की दिँदै छन् । गुण्डाहरूले पूर्वप्रम देउवा पत्नी आरजुको समेत लगानी भएको दाबी गर्ने र यसबारे सञ्चारमाध्यममा लेखेर दिए पनि फरक नपर्ने भनी धम्की दिएको आम सञ्चारमा प्रकाशित र प्रसारित भइरहेका छन् ।
नेपाली ८७५ जनालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन जनही १५ लाखदेखि ५० लाख रूपैयाँ उठाएर अर्बौँ रुपैयाँ ठगी गरेको काण्डमा माओवादीबाट गृहमन्त्री भएका रामबहादुर थापा र टोपबहादुर रायमाझी (हाल दुवै एमाले भइसकेका), नेकाका गृहमन्त्री बालकृष्ण खाणसमेतको नाम जोडिएर समाचार प्रकाशित भयो । उपराष्ट्रपति कार्यालयको सचिवमा बहाल रहेकै अवस्थामा पक्राउ परेका पूर्वगृहमन्त्री टेकनारायण पाण्डेले रायमाझी र खाणको नाम पोलेका थिए । पूर्वगृहसचिव पाण्डेले तत्कालीन गृहमन्त्री रामबहादुरले गठन गरेको तीन सदस्यीय कार्यदललाई सरकारसँग रहेको भुटानी शरणार्थीको सूची नै उपलब्ध गराएको बताइन्छ ।
गृहमन्त्रालयले एमालेका वर्तमान सांसद एवम् पूर्वगृहमन्त्री रायमाझीविरूद्ध वैशाख २१ गते पक्राउ पुर्जी जारी गरेपछि एमाले अध्यक्ष ओलीले बिहीबार र शुक्रबारसमेत दुई पटक बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग छलफल गरे । ओलीसँगको भेटपछि दाहालले आफू दबाबमा नपर्ने बताए । ओलीले रायमाझीबारे खोज्ने जिम्मेवारी पत्रकारहरूलाई दिए । समाचार सूत्रका अनुसार वैशाख २१ गते रायमाझी अर्घाखाँचीको कार्यक्रममा सभामुख देवराज घिमिरेसँग कार्यक्रममा सहभागी भएका थिए । सोही दिन पक्राउ पुर्जी जारी भएपछि रायमाझी रूपन्देहीबाट सम्पर्कविहीन भएको भनियो तर उनी काठमाडौँमा भूमिगत भएको पनि बताइन्छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठगीमा संलग्न आरोपीहरूलाई भारतमा लुके पनि नछाड्ने दाबी गरे । तर, शासक दलहरू कोही पनि दूधले धोएको नहुँदा सबै आरोपीमाथि कार्वाही हुनेमा जनता ढुक्क छैनन् ।
Leave a Reply