संस्कृति र सम्पदा जोगाऔँ !/थँबही (ठमेल) को सार्वजनिक कमलपोखरी मासेर बनाइएको छायादेवी कम्प्लेक्स तत्काल भत्काऊ !
- मंसिर २५, २०८१
सरकारी वकिल कार्यालयले मुख्य नाइके भनी श्रेणीबद्ध संरचना तयार गरी सङ्गठित आपराधिक क्रियाकलापमा लागेको बताउँदै पहिलो तह अर्थात् मुख्य नाइकेमा सानु भण्डारी र केशव दुलाल, इन्द्रजित राई, सन्दीप रायमाझी र प्रतीक थापालाई राखिएको छ ।
दोस्रो तहमा कार्यान्वयन गराउन सक्रियहरू भनेर राखिएको छ । दोस्रो तहमा सन्देश शर्मा, आङटावा शेर्पा, निरज राई, टङ्ककुमार गुरुङ, सागर राई रहेका छन् । तेस्रो तहमा कार्यदल बनाउने र नीति नियम बनाउने काम गरेको बताइएको छ । जहाँ पूर्वमन्त्रीहरू बालकृष्ण खाण, टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, खाणका पीए नरेन्द्र केसी, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शमशेर मियाँ रहेका छन् । उनीहरूले नीतिगतरूपमा प्रभाव पार्ने काम गरेको उजुरीमा बताइएको छ ।
सङ्गठितरूपमा ठगीको रकम उठाउने अर्थात् चौथो तहमा रामशरण केसी, राजेश अर्याल, विक्रम भन्ने गोविन्द चौधरी, सुनिल बुढाथोकी, निरन्जनकुमार पोखरेल, धिरेन राई, मोहनराज राई, अशोक पोखेरल, सागर राई, दीपा हुमागाईं, विनिता साङदेन लिम्बू, हरिभक्त महर्जन, लक्ष्मी महर्जन र राजेश अर्याल रहेका छन् । आरोपितलाई राष्ट्रहित प्रतिकूल काम गरेको (मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ५१ अभियोगमा मुद्दा दायर भएको छ ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईले नक्कली शरणार्थी बनाउने प्रकरणबाट पैसा उठाउँदै जग्गामा लगानी गर्ने गरेको भेटिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौँमा दायर गरेको अभियोग पत्रअनुसार उनले करिब साढे ४ करोड रूपैयाँ लिएको उल्लेख छ । (राजधानी, २०८० जेठ ११)
यस प्रकरणमा मुछिएकाहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा ४३ वटा सबुत प्रमाणसमेत बुझाइएको छ । जसमा जाहेरवालाले जाहेरी दर्खास्तसाथ पेस गरेको पेन ड्रात्मा भएको वारदात मिति र समयको भिडियो तथा फुटेजहरू सीडीमा राखी मिसिलमा संलग्न गरिएको छ । यस्तै, प्रतिवादीहरूको खातामा रकम जम्मा भएको भौचरको प्रतिलिपि, प्रहरीको डिजिटल फरेन्सिक ल्याबबाट प्राप्त भएका परीक्षण प्रतिवेदनलगायत सबुत प्रमाणको रूपमा अदालतमा पेस गरिएको छ ।
उक्त प्रकरणमा नाम जोडिएका अन्य व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउन पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, पूर्वन्यायाधीश बलराम केसीलगायत मानवअधिकारकर्मी तथा नागरिक अगुवाहरूले माग गरेका छन् । (नेपाल समाचार पत्र, २०८० जेठ ११)
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नबिच गृह मन्त्रालयमै लेनदेनको विषयमा विवाद भएको बयान दिएका छन् । १६ पुस २०७७ मा काम विशेषले गृह मन्त्रालय गएको बेलामा स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको र कार्यकक्षमा छिर्दा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबिच लेनदेनसम्बन्धी विवाद भएको सुनेको बयान दिएका छन् ।
सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा ‘टोपबहादुर मामा’ भनी रायमाझीको नाममा पैसा भुक्तानी भएको विवरण भेटिएको थियो ।
सानु भण्डारी र केशव दुलालले प्रहरीसमक्ष दिएको बयान र प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा राईको नाम उल्लेख छ ।
भण्डारीले तत्कालीन गृहसचिव राईको गाडीमा आफूले रकम राखेको बयान दिएका हुन् ।
अख्तियारमा समेत नक्कली शरणार्थी प्रकरणको विषयमा उजुरी परेको थियो । तर, अख्तियारले भने कुनै कारबाहीको प्रक्रिया अघि बढाएको थिएन ।
पछिल्लोपटक पुनः अख्तियारमा दोस्रो उजुरी परेपछि भने अख्तियार प्रमुख राईले इन्द्रजित राईलाई सम्पर्क गरी रकम फिर्ता गरिदिन निर्देशन दिएको बयानमा भनिएको छ ।
प्रहरीको फरार सूचीमा प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाई छन् । यस्तै, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता लिम्बू, निरञ्जनकुमार खरेल र सुनिल बुढाथोकी पनि नक्कली शरणार्थी प्रकरणमा जोडिएर फरार रहेको प्रहरीले भनेको छ । यस्तै, वतन नखुलेका गोकुल थापा र रमा थापा पनि प्रहरीको फरार सूचीमा छन् । (राजधानी, २०८० जेठ १०)
सरकारी वकिलको कार्यालय काठमाडौँले केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टङ्कबहादुर गुरुङ, इन्द्रजित राई, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, बालकृष्ण खाण, आङटावा शेर्पा, शमशेर मिया, टेकनाथ रिजालविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दायर गरेको छ । त्यस्तै पक्राउ पुर्जी जारी भएपछि फरार भएका लक्ष्मी महर्जन, केशव तुलाधर, हरिभक्त महर्जन, अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाईं, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनिता सावदेन लिम्बू, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतीक थापाविरुद्ध पनि अभियोगपत्र दायर गरिएको छ ।
पूर्वगृहमन्त्री खाणको घरबाट बरामद च्यातिएको कागज परीक्षण गर्दा अक्षर सचिव पाण्डेकै भएको फोरेन्सिक ल्याबको ‘परीक्षण प्रतिवेदन’ बाट पुष्टि भएको अभियोगपत्रमा उल्लेख गर्दै सो पत्र प्रमाणको रूपमा पेस गरिएको छ । अर्को एउटा पत्र प्रहरीले खाणका स्वकीय सचिवलाई पक्राउ गर्दा उनको साथबाट बरामद गरेको थियो । निजी मोबाइलमा विवरणहरू मेटाउने उद्देश्यले ‘फरम्याट’ गरेका पाण्डेले लेखेको अर्को पत्रमा भनिएको छ ।
रायमाझी उपप्रधान तथा ऊर्जामन्त्री हुँदा सानु भण्डारी, केशवप्रसाद दुलाल, सन्देश शर्मा, इन्द्रजित राईलगायतसँग बाक्लो उठबस, घुमफिर हुने गरेको उनकै बयानबाट खुलेको छ ।
सरकारी वकिलको कार्यालयले अभियोगपत्रमा जाहेरवाला र पक्राउ परेकाहरूको बयान, केही अपुष्ट एसएमएस, मोबाइल, डायरी र जाहेरवाला तथा गृह मन्त्रमालयका कर्मचारीलाई प्रमाणको रूपमा राखेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको हकमा पनि प्रमाण कमजोर रहेको छ । सचिव टेकनारायण पाण्डेले मोबाइलमा पठाएको ४४ वटा स्क्रिन सटलाई पनि प्रमाणको रूपमा राखिएको छ । इन्द्रजित राईको हकमा उनलाई पैसा बैङ्कमा बुझाएको रकमको भौचरलाई आधार बनाइएको छ ।
जाहेरीका साथ पेस भएको अडियो फाइलमा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती एवं सांसद आरजु देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाणकी श्रीमती एवं सांसद मन्जु खाण, पूर्वगृहमन्त्री रामबहादुर थापा, उनकी श्रीमती नैनकला थापा, छोरा प्रतीक थापाका नाम छन् । तर, प्रतीकविरुद्ध मुद्दा दायर भएको छ भने रामबहादुर र उनकी पत्नीमाथि अनुसन्धान भएको छैन । प्रहरी प्रतिवेदनमा उल्लेख भएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यका सचिव राजेश्वर स्थापित, पूर्वप्रधानमन्त्री ओलीका सल्लाहकार डा. अजयक्रान्ति शाक्यमाथि छानबिन हुनेछ । (नागरिक, २०८० जेठ ११)
इन्द्रजित राई मैले पहिलेदेखि चिनेका व्यक्ति हुन् । काम विशेषले गृह मन्त्रालय जाँदा मैले प्रायः इन्द्रजित राईलाई नै बढी भेट्ने गरेको थिएँ । रायमाझीले सानु भण्डारीको घरबाट प्राप्त डायरीमा आफ्नो नाममा रकम दिएको भनिएको कुरामा सत्यता नरहेको दाबी गर्नुभएको छ । उहाँले केशव दुलाल र सानु भण्डारीको अफरमा ‘फ्रेस’ हुनको लाग हेलिकप्टरमा गोसाईकुण्ड पुगेको स्वीकार गर्नुभयो । (नेपाल समाचारपत्र, २०८० जेठ १०)
सामान्यतया नेताहरूको दबाब आईजीपीमार्फत नै आउने भएकाले यसरी एक आईजीपी बिदा भएर अर्काे आईजीपीले कार्यभार सुरु नगर्दै पक्राउ गर्ने योजना बनेको थियो । तर, १० चैतमा एक व्यक्तिले मोबाइल स्विच अफ गरेपछि प्रहरीको योजना सफल भएन । त्यसको दुई दिनपछि प्रहरीले तीनजनालाई पक्राउ गरी अनुसन्धान अघि बढायो । लगत्तै ‘माथि’ बाट दबाब आए पनि प्रहरी नेतृत्वले त्यसलाई अघि बढाउन अपराध अनुसन्धान कार्यालयलाई साथ दियो ।
प्रहरीले सानु भण्डारीको घरबाट एक–एक डायरी बरामद ग¥यो, जसमा उच्चपदस्थलाई पैसा दिएको मितिसहितको विवरण थियो । त्यसलाई पुष्टि गर्ने आधारसमेत भेटिए । केहीलाई चेकमार्फत पैसा दिएकाले बैङ्किङ स्टेटमेन्टले त्यसलाई पुष्टि गर्दथ्यो । यसकै आधारमा सङ्गठित अपराधअन्तर्गत अनुसन्धान गर्नुपर्ने आवाज प्रहरीभित्रै उठ्यो ।
त्यही सेरोफेरोमा अर्का बिचौलिया सन्देश शर्मा पनि पक्राउ परेपछि प्रहरी अनुसन्धान लम्बियो र मुद्दा ठगीसँगै ३ वैशाख ०८० मा सङ्गठित अपराधमा परिणत भयो । अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, “यो केसको टर्निङ प्वाइन्ट नै त्यही थियो । त्यसपछि मात्र उच्चपदस्थको पर्दा खुल्न थालेको हो ।”
आईजीपी वसन्त कुँवर, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वसल्लाहकार एवं वाग्मती प्रदेशका पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्य, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’, उनकी पत्नी नैनकला थापा, काठमाडौँका पूर्वमेयर विद्यासुन्दर शाक्यका पिए राजेश्वर स्थापितको नाम अभियुक्तहरूको बयानमा छ ।
एमाले सचिव योगेश भट्टराईले भने, “प्रहरीको आईजीपीकै नाम आएको छ । कानुन कार्यान्वयनको जिम्मेवारी पाएको ६५ हजार प्रहरीको कमान्डर वसन्त कुँवरजीले नै गएर बयान दिनुपर्छ, तपाईँको संलग्नता छैन भने प्रश्न उठेको विषय क्लियर गर्नुस् । अख्तियार प्रमुखलगायत सबै जानुपर्छ ।”
रास्वपा सभापति रवि लामिछानेले लेनदेनमा नाम आएका सबैको प्रहरी कार्यालय लगेर बयान लिनुपर्ने बताए ।
रास्वपाका स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा संदिग्धहरूको सूचीमा प्रहरी प्रमुख नै थपिनु दुःखद कुरा भएको उल्लेख गर्दै कानुनको लामो हातबाट कोही भाग्न नसक्ने बताए ।
माओवादी सांसद माधव सापकोटाले पदमा बहालहरूले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताए । प्रधानमन्त्री तहसम्मै पहरो तानियो भने पनि पछि हट्नुहुँदैन ।
राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आईजीपी कुँवरको भूमिका शङ्कास्पद रहेको कुरा आएको भन्दै निलम्बन गरेर छानबिन गर्नुपर्ने बताए ।
पूर्वआईजीपीसमेत रहेका राप्रपा सांसद ध्रुवबहादुर प्रधानले नाम आएका सबैलाई अनुसन्धानको घेरामा राख्नुपर्ने र यसपछाडि कसैले भ्रष्टाचार गर्ने आँट नगरोस् भन्ने पाठ दिनुपर्ने बताए ।
नेमकिपाका प्रेम सुवालले अनुसन्धान अधिकारीले नाम आएकाको यथार्थ के हो भनेर बयान लिनुपर्ने बताए । “पूर्वप्रधानमन्त्रीहरूको नाम आएको छ, उहाँहरूले सत्य पत्ता लगाउन सहयोग गर्नुपर्छ,” उनले भने । (नयाँ पत्रिका, २०८० जेठ ११)
सानु भण्डारीबाट १ करोड ६० लाख नगदै र सन्दीप रायमाझीलाई बैङ्किङ प्रणालीबाट ४० लाख दिएको भण्डारीको बयानबाट खुलेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने सम्बन्धमा भण्डारी तथा दुलालले राईको कार्यकक्षमा रकम दिएको र समयमा राईले काम नगरकोे सम्बन्धमा हातपात हुँदा निजले सहजकर्ताको भूमिका निर्वाह गरेको भन्ने निजैको बयान ।
प्रतिवादी केशवप्रसाद दुलालले बालकृष्ण खाणलाई नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यकै लागि भनी १ करोड २४ लाख ५० हजार नगदै दिएपश्चात् लगत्तै कार्यादेशसमेत थप गरी समितिको म्याद थप गरेको । पक्राउ पर्नुअघि बालकृष्ण खाणले आफ्नो निजी मोबाइलबाट विवरण मेटाउने उद्देश्यले फ्याक्ट्री रिसेट गरेको ।
गृहमन्त्रीजस्तो शक्तिशाली पदमा बसी आफूलाई लाभ पु¥याउने र अकुत सम्पत्ति कमाउने उद्देश्यले राष्ट्रहित प्रतिकूल काम गरको ।
रामशरण केसी मेरो घरमा गई नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने योजनाबारेमा जानकारी दिँदै त्यसका लागि मद्दत माग्न आएको भन्ने खुलाएको ।
केसीबाट रिजालले ११ लाख निजको घर झापामा लिएको हो भनी केसीले खुलाइ लेखाइ दिएको ।
रिजालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समूहमा आबद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरूका आधारमा विश्वास दिलाई करोडौँ रकम उठाई पीडितहरूलाई हानिनोक्सानी पु¥याई ठगी गरेको । (कान्तिपुर, २०८० जेठ ११)
Leave a Reply