साउथ चाइना सीमा वास्तविक “राक्षस” को हो ?
- माघ १, २०८१
जून २७ का दिन पेरिसको एक उपनगर नानटेरेमा ट्राफिक प्रहरीले रोकेपछि ट्राफिक नियम उल्लङ्घनका कारण गोली हानेर मारिएका उत्तर अफ्रिकी मूलका नाहेल एम नामका युवाको दुःखद घटनाले फ्रान्समा एक सातासम्म अराजक स्थिति निम्त्यायो ।
आधिकारिक जानकारीअनुसार जुलाई ५ मा यो लेख लेखिएको समयमा दङ्गाको क्रममा १ हजार १२४ नाबालिगसहित झन्डै ४ हजार मानिसलाई प्रहरी हिरासतमा राखिएको थियो । सिन्ह्वा समाचार एजेन्सीका अनुसार यो फ्रान्समा भएका सबैभन्दा गम्भीर दङ्गामध्ये एक हो । जून २००५ मा अफ्रिकी मूलका दुई किशोर किशोरीको मृत्युको कारण भएको दङ्गापछिको शीर्ष स्थानमा पुगेको छ । संयुक्त राष्ट्र सङ्घले जून ३० मा फ्रान्ससित त्यसको कानुन कार्यान्वयनमा जातिवाद र भेदभावको गहिरो मुद्दालाई गम्भीरतापूर्वक सम्बोधन गर्न आह्वान ग¥यो ।
धेरै युरोपेली सामाजिक–राजनीतिक विज्ञहरूले अहिले फ्रान्स र यसका छिमेकी देशहरूको सबैभन्दा गरीब क्षेत्रहरूको फुटपाथमुनि लुकेको ‘टिक टाइम बम’ रहेको भनिरहेका छन् । यी चिन्ताहरूको बिचमा धेरै युरोपेली पर्यवेक्षकहरूले पेइचिङ रिभ्युसँग कुराकानी गरे । उनीहरूले दङ्गाको मूल कारण के मान्छन् भनेर आफ्ना विचारहरू व्यक्त गरे । तिनीहरूको विचारका अंशहरू निम्नानुसार छन् :
चीनविज्ञ तथा पेइचिङ रिभ्युका सम्पादकीय सल्लाहकार इल्सवेथ भान पारिडन (नेदरल्याण्ड्स)
एन्टवर्प, बेल्जियम नजिक हुर्केको म इल्सवेथ भान पारिडन चीनमा १० वर्षभन्दा बढी समयदेखि बस्दै आएको र काम गरिरहेको छु ।
जून २७ को घटनापछि फ्रान्स बढ्दो अराजकता, घृणा र शत्रुताको एक हप्ताबाट पक्षघात भएको थियो, जसले बेल्जियमको राजधानी ब्रसेल्ससहित अन्य युरोपेली सहरहरूमा पनि प्रभाव पा¥यो ।
नजिकका फ्लेमिश (बेल्जिमेली) साथीहरूले मलाई जानकारी दिएअनुसार कसरी दङ्गाको भिडियो फुटेज टिकटकमा भाइरल भइरहेकोे थियो, त्यहाँ धेरै युवा टिप्पणीकारहरूले तीव्र भइरहेका प्रहरी हिंसाबाट पीडितका लागि उनीहरूको समर्थन आवाज उठाए । प्रायःले ‘नाहेलको मृत्युको लागि जिम्मेवार जातिवादी प्रहरी अधिकृतलाई छातीमा गोली हान्न योग्य छ ।’ भनी नारा लगाइरहेका थिए । डा. मार्टिन लुथर किङको प्रख्यात शब्दहरू सम्झने हो भने, “अन्धकारले अन्धकारलाई हटाउन सक्दैन, केबल उज्यालोले त्यो गर्न सक्छ । घृणाले घृणालाई बाहिर निकाल्न सक्दैन, केवल प्रेमले त्यो गर्न सक्छ ।”
खेदजनक कुरा पेरिसको ग्रीष्मकालीन हावामा मेरो ल्यापटप र मोबाइलको स्क्रिनमा धुवाँको पिच–कालो धुवाँ उडिरहेको देख्दा, म अचम्ममा परेँ …के युरोप आप्रवासीहरूलाई पुनः अविकसित देश र समुदायहरूतिर धकेल्दै हो ? के सम्पूर्ण महादेशमा सामाजिक ध्रुवीकरण नियन्त्रण बाहिर फर्कनै नमिल्ने बिन्दुमा फैलिएको छ ? सङ्क्षेपमा हामी कहाँ चुक्यौँ ?
नाहेल बस्ने नानतेरे पेरिस सहर वा पेरिसको अर्को उपनगर, नेउली–सुर–सेइनको तुलनामा आप्रवासीहरूको ठूलो प्रतिशत र उच्च बेरोजगारी दर भएको क्षेत्र हो, मैले फ्रान्सेली भाषामा निस्कने बेल्जियम दैनिक समाचारपत्र ‘ले सोइर’ को अनलाइन पोर्टलमा पढेंँ । विगत १५ देखि २० वर्षमा युरोपेली थिङ्क ट्याङ्कहरूद्वारा गरिएका धेरै अध्ययनहरूले गरिबी, आप्रवासन र सामाजिक बहिष्करणसम्बन्धी समस्याहरू युरोपका कम आय भएका छिमेकहरूमा केन्द्रित रहेको देखाएको छ ।
समस्यामा पैसा फ्याँक्नु तयारी समाधानभन्दा बढी केही देखिँदैन । खाँचोमा परेकाहरूलाई आर्थिक सहयोग दिँदा पक्कै पनि भाडा तिर्न, टेबुलमा खाना राख्न र बत्ती बाल्न पनि मद्दत गर्न सक्छ तर यसले युवा बेरोजगारहरूलाई बाहिर जान र नोकरी पाउनको लागि कुनै वास्तविक प्रोत्साहन दिन सक्दैन । त्यसको साथै उनीहरूलाई डरलाग्दो अवस्थाबाट बाहिर निस्कने र नयाँ, स्वस्थ (हरेक अर्थमा) बाटोमा अगाडि बढ्नको लागि बाटो फेला पार्ने अवसर प्रदान गर्न सकेनौँ । सायद त्यहीँ नै हामी (युरोपियनहरू) ले गल्ती ग¥यौँ ।
उदाहरणका लागि, आप्रवासनले युरोपेली समाजमा अहिले र भविष्यमा ठूलो प्रभाव पार्छ । यो दुवै राजनीतिक तथा सामाजिकरूपमा ठूलो र महत्वपूर्ण विषय हो भन्दै युरोपभरका राष्ट्रहरूलाई विभाजन गर्ने एउटा विभाजनकारी मुद्दा बनेको छ । उदाहरणका लागि, धेरै डच बासिन्दाहरूले अझै पनि २०१५ र २०१६ को अन्तमा शरणार्थीहरूको बढ्दो आगमनलाई सम्झन्छन् । त्यसले मानिसहरूलाई उनीहरूको सहर र सहरहरूमा शरणार्थी केन्द्रहरूको आगमनको बारेमा चिन्तित तुल्याएको बुझ्न सकिन्छ । यस वर्ष जुलाई ७ मा, नेदरल्यान्ड्स सरकार पनि आप्रवासनमाथि कसरी लगाम लगाउने भन्नेबारे चारदलीय गठबन्धनभित्र असङ्गत मतभेदको कारण सरकार पतन भयो । फ्रान्स (र युरोप) आप्रवासनका चुनौती र अवसरहरूलाई सन्तुलनमा राख्न एकीकृत दृष्टिकोणको खोजी जारी छ ।
त्यसोभए यस लेखकको दिमागमा के आयो भने जसरी चीनले आफ्ना पिछडिएका देशहरूलाई मद्दत गर्नको लागि सामान्य प्रोत्साहनहरू लागू गरे, ती जातीय अल्पसङ्ख्यकहरूलाई समावेश गर्दै, उनीहरूलाई तालिम प्रदान गरेर गरिबीमा फसाउने बाधाहरू पार गरेर, उनीहरू व्यवसायिक प्रशिक्षण, सीप प्रशिक्षण प्रदान गरे त्यही गर्नुपर्छ । तपाईँ त्यसलाई जेसुकै नाम दिनुहोस् । अल्पसङ्ख्यक मानिसहरूलाई पैसामात्र प्रदान गरेर हुँदैन । बरु, उनीहरूलाई राम्रो जीवन बनाउन र थप उर्वर माटो सिर्जना गर्न उपकरणहरू प्रदान गर्नुपर्दछ ।
उदाहरणका लागि चीनको युनान प्रान्तका मियाओ अल्पसङ्ख्यक जातिका महिलाहरूलाई लिनुहोस् । उनीहरू आज सामूहिकरूपमा सङ्गठित छन् र चीनको सिमाना भित्र र बाहिर फेसन ब्रान्डहरूमा आफ्नो पुरानो बुनाइ र कडाइको सीप र प्रविधिहरूबाट सेवा गरिरहेका छन् । उनीहरूको मुक्तिको, सशक्तीकरण र गौरवको कथा हो । धेरैजना मसँग असहमत हुन सक्छन् र पक्कै पनि हरेक कथा सफलताको एकाएक स्वीकार्य हुने होइन । तर, फ्रान्समा हालैको कोलाहल, यसको प्रतिध्वनि र त्यसभन्दा बाहिरका प्रदर्शनहरूलाई ध्यान दिई युरोपले यसबारे चीनको प्लेबुकबाट समाधान निकाल्न सक्छ । त्यसोभए युरोप महादेशले अहिले आफैलाई पाएको अँध्यारो सामाजिक सुरुङको अन्त्यमा प्रकाश हुनसक्छ ।
अर्नाउड बट्र्रान्ड (फ्रान्स)
(फ्रान्सका एक उद्यमी र ट्विटर विचार नेता बट्र्रान्ड सात वर्षसम्म चीनमा बसे र काम गरे र हाल मलेसियामा बस्छन् ।)
मलाई लाग्छ कि सबै देशहरू जसको माझमा धेरै संस्कृतिहरू छन् । फ्रान्समा जे भइरहेको छ त्यसले तिनलाई खतरामा पारेका छन् । चीनको लामो इतिहासमा यस्तै घटनाहरू अनगिन्ती पटक भएका छन् । यही कारण हुनुपर्छ चीनले आफ्ना जातीय अल्पसङ्ख्यकहरूबिचको सद्भाव, भिन्नतालाई सम्मान गर्दै र समावेशितामा धेरै जोड दिन्छ ।
मलाई लाग्छ, चीन र पश्चिमबिचको सबैभन्दा ठूलो भिन्नता यो हो कि चीनले बुझेको छ कि संस्कृतिहरू धेरै स्थायी हुन्छन् र जनताका ती संस्कृतिलाई एकैबाजी परिवर्तन गर्ने वा फरक संस्कृति अपनाउने प्रयास गर्नु व्यर्थको अभ्यास हो । त्यसकारण, हामीले यो सत्य बुझेपछि प्रश्नलाई ‘हामीले यी मानिसहरूलाई हाम्रा मूल्यहरू कसरी अपनाउने’ बाट ‘हामीसँग के मूल्यहरू हुनुपर्छ ताकि हामी सबैलाई स्वीकार्य हुने तरिकामा हाम्रा फरक मूल्यहरू अनुरूप बाँच्न सक्छौँ ?’ मा परिवर्तन गर्नुपर्छ ।
मेरो विचारमा मूल मुद्दा विभिन्न संस्कृतिहरूको अस्तित्वलाई स्वीकार गर्ने र यी विभिन्न संस्कृतिहरूलाई शान्तिपूर्वक सहअस्तित्वको लागि बाटो खोज्ने हो । फ्रान्समा अहिलेको मुद्दा युवाहरू भर्खरै तिनीहरूले अस्वीकार गरेको फ्रान्सेली ‘मूल’ संस्कृति र फ्रान्सले अस्वीकार गरेको तिनीहरूको पुख्र्यौली संस्कृतिबिचको द्वन्द्वमा पिल्सिएका छन् ।
वास्तविक समाधान भनेको फ्रान्सले स्वीकार गर्ने तरिकामा उनीहरूको संस्कृतिमा गर्व गर्ने बाटो खोज्नु हो र साथसाथै हामीले फ्रान्सेली ‘स्थानीय’ संस्कृतिलाई अस्वीकार्य तरिकामा सम्झौता नगरी त्यसो गर्छौँ भन्ने सुनिश्चित गर्ने हो । तर, यदि हामी यसलाई समाधान गर्न चाहन्छौँ भने केही सम्झौताहरू निस्सन्देह गर्न आवश्यक छ । त्यहाँ केही धेरै सजिलो चीजहरू छन् जून फ्रान्सले गर्न सक्छ जून लामो बाटो जान सक्छ । मुस्लिम पवित्र दिनहरूलाई बैङ्क बिदाको रूपमा मान्यता दिनु । उदाहरणका लागि, सिङ्गापुरले यसको १५ प्रतिशत जनसङ्ख्या मुस्लिम (लगभग फ्रान्सको जस्तै) भएकोले ती फरक धर्मका मानिसहरूले थप छुट्टीहरू पाउँछन् । यो स्वीकृति र सम्मानको प्रतीक हो ।
अर्को उदाहरण, स्कूलहरूमा अरबी भाषालाई भाषाको रूपमा सिकाउने हो ताकि यी युवाहरूले फ्रान्सेली भाषाजस्तै आफ्नो पुर्खाको भाषा सही तरिकाले सिक्न सकून् वा फ्रान्सेली विद्यालयका क्यान्टिनहरूमा हलाल मेनुहरूलाई अनुमति दिनुपर्छ यदि तपाईँकहाँ मुस्लिम विद्यार्थीहरू छन् भने जुन व्यवस्था आजको दिनसम्म गरिएको छैन । यीमध्ये कुनैमा पनि ‘मूल’ फ्रान्सेली को लागि धेरै बेफाइदा वा नकारात्मक पक्ष छैन तर फेरि मुस्लिमहरूको लागि सम्मान र स्वीकृति दर्शाउँछ ।
प्रोफेसर जुलियो रियोस (स्पेन)
(चिनियाँ नीति पर्यवेक्षकका सम्मानित सल्लाहकार र चीनको बारेमा एक दर्जनभन्दा बढी पुस्तकका लेखक)
हामीले भर्खरै धेरै युरोपेली सहरहरूमा देखेका र फ्रान्समा सिर्जना भएको विरोध र गम्भीर दङ्गाको तत्काल प्रत्यक्ष कारण छ जून सबैलाई थाहा छः पुलिसको दुव्र्यवहार । यद्यपि, के भइरहेको छ भने त्यसको जराले गहिरो अस्वस्थतालाई सङ्केत गर्छ जसले चक्रीयरूपमा पश्चिमी स्थिरतालाई असर गर्छ । आप्रवासन समस्याको जटिल व्यवस्थापन र एकीकरणका कठिनाइहरूबाट सिर्जित असन्तुष्टि अविभाज्य (अनिवार्य) छ भनी कतिपयले सोच्ने गर्छन् । तर, हामीले सामाजिक न्यायको सन्दर्भमा स्थिर भूमिका खेल्ने तत्वहरूको खोजी गर्नुपर्छ । सम्भवतः दशकौँको नवउदारवादी एजेन्डाको नाटकीय र गहिरो विघटनकारी प्रभावहरूलाई हेर्ने प्रयास गर्नुपर्छ ।
सिमान्तकृत समुदायले क्रोध व्यक्त गरेको छ जोसँग गुमाउनको लागि थोरै वा केही छैन । जसले विद्यमान सामाजिक आर्थिक व्यवस्थामा आफ्नो जीवनको लागि स्पष्ट भविष्य देख्न सक्दैन । असमानता बढ्दै जाँदा, घट्दै गएको राज्य र सार्वजनिक नीतिहरूमा जनताको जीवनमा सुधार गर्न जोड दिने पर्याप्त कार्यक्रम र सरकारी अङ्ग छैन । युरोपका कमजोर राज्य समाजका बहुसङ्ख्यक गरिबवर्गका लागि प्रभावकारी हुन छाडेको छ र साझा कल्याणको आकाङ्क्षाका साथ विगतका सुधारात्मक नीतिहरूले ‘लेसेज फेयर, लैसेज पासर’ (यसलाई हुन दिनुहोस्) को नयाँ संस्करणलाई बढावा दिएको छ ।
एक गहिरो प्रणालीगत आत्म–आलोचनाले मात्र नागरिक विश्वास पुनः प्राप्त गर्न र असन्तुष्टिको चक्रीय विकास रोक्न सम्भव हुनेछ । नत्र फ्रान्स र समग्र युरोप राजनीतिक र आर्थिक व्यवस्थाविरोधी र कट्टरपन्थीहरूको एक प्रजनन स्थलमा परिणत हुनेछ । जून २०२४ मा हुने महत्वपूर्ण युरोपेली चुनावलाई ध्यानमा राख्दै, सजायको भोटले पुरानो युरोपको कमजोर सन्तुलनलाई थप हल्लाउन सक्छ । आवश्यक पर्ने आशाको सन्देशले आज जताततै विजय हासिल गर्ने बढ्दो लालचलाई अनिवार्यरूपमा संयमित गर्नुपर्छ । तर, यसका लागि तल्लो वर्गका लागि काम गर्ने राजनीतिक साहस चाहिन्छ ।
–पेइचिङ रिभ्यु
अनुवाद : वाणी
Leave a Reply