पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
कपाशेरा र नरेलाका जुम्ल्याहा बस्तीहरू दिल्लीको बाहिरी भागमा अवस्थित दुई ठूला प्रवासी कामदार जनताका केन्द्रहरू हुन् ।
भारत भरबाट राष्ट्रिय राजधानी क्षेत्र दिल्ली आउने हजारौँ प्रवासीहरूको घर बनेका छन् ती बस्ती । यी क्षेत्रहरूमा ठूलो मात्रामा अर्ध–औपचारिक बस्तीहरू– १९९० को प्रारम्भमा दिल्ली एनसीआरको द्रुत सहरीकरणबाट विकसित भएको थियो । आफ्नो गाउँ नजिकैको रोजगारी (अनौपचारिक ठाउँसहित) सुरक्षित गर्न कठिन हुनेहरूलाई नजिकका क्षेत्रहरूले उपलब्ध गराएको आर्थिक अवसरहरूले पनि ती वस्तीहरूको लोकप्रियता बढेको थियो ।
यी क्षेत्रहरूमा मुख्यतया छिमेकी राज्यहरू मध्य प्रदेश, उत्तर प्रदेश, बिहार र राजस्थानका कामदारहरू बसोबास गरेका छन् । भिजुअल स्टोरीबोर्डको अनुसन्धान टोली, नयाँ अर्थशास्त्र अध्ययन केन्द्र, ओपी जिन्दल ग्लोबल युनिभर्सिटीले विगत दुई वर्षदेखि कपाशेरा र नरेलाका केही भागहरूमा व्यापक समाजशास्त्रीय अध्ययनहरू सञ्चालन गरेको छ । सामाजिक स्थलाकृति, जीवनलाई बुझ्नको लागि गुणात्मक र मात्रात्मक दुवै अनुसन्धान विधिहरू प्रयोग गर्दै र प्रवासी बासस्थानको जीविकोपार्जनबारे विशेष अध्ययन तिनको ध्येय हो । त्यसैगरी कपाशेरा र नरेलाजस्ता ठाउँहरूले कसरी आप्रवासीहरूको दैनिक जीवनको सूक्ष्म–ब्रह्माण्डीय प्रतिबिम्बको रूपमा प्रतिनिधित्व गर्छन् ? भनी अध्ययन गरिएको थियो ।
यस रचनाले ती वसतीका केही अवलोकनहरू प्रस्ट गर्दछ ।
प्रायः अन्तर्वार्ता लिइएका कामदारहरू यी क्षेत्रहरूमा स्थापना भएका उत्पादन उद्योगहरूमा कार्यरत छन्, कपाशेरा मुख्यतया कपडा निर्यातमा केन्द्रित छ, जबकि नरेलाको औद्योगिक करिडोरले जुत्ता र साना–ठूला उत्पादनहरूजस्ता उपभोग्य वस्तुहरूमा विशेषज्ञता कायम गरेको छ । १९९० को दशकको प्रारम्भमा यी औद्योगिक केन्द्रहरूलाई प्रगतिशील निर्माण क्षेत्रको रूपमा परिकल्पना गरिएको थियो जसले गर्दा ठूलो सङ्ख्यामा प्रवासी कामदारहरूलाई रोजगारी प्रदान गरी ग्रामीण क्षेत्रबाट सहरी ठाउँहरूमा कामदारहरूको आवागमनलाई व्यवस्थित गर्न सकियोस् । यद्यपि, यी क्षेत्रहरूको सामाजिक भूगोल, सामाजिक संरचना र संस्थागत अवरोधहरूसहित विभिन्न कारणहरूले गर्दा प्रगति सीमित भएको छ । जसले गर्दा प्रवासीहरूलाई राम्रो अवसरहरूको पहुँच गर्न र समाजमा व्यापक एकीकरण गर्नबाट सीमित गरेको छ ।
कपाशेरा र नरेलाको सहरी रूपको अध्ययन गर्नका लागि सहरी अध्ययनले परिकल्पना गरिएको सामाजिक वर्गको बुझाइ चाहिन्छ । सामाजिक वर्गको बौर्देसियन सिद्धान्तले वर्गलाई आर्थिक, सामाजिक र सांस्कृतिक पुँजीको स्वामित्वको रूपमा परिभाषित गर्दछ । यो विधिले व्यावसायिकता–ध्रुवीकरण तर्कमा नयाँ सन्दर्भहरू प्रदान गर्दछ । जसले श्रमको प्रकृति कसरी परिवर्तन हुँदैछ र यसले सामाजिक वर्गीय भिन्नताहरूलाई कसरी असर गर्छ भनेर हेर्छ ।
कपाशेरा र नरेलामा आप्रवासीहरूको सन्दर्भमा पेसागत वर्ग सामान्यतया प्रयोग हुने वर्गको सूचक हो । यद्यपि, यी व्यापक पेसागत वर्गहरूले सांस्कृतिक प्राथमिकताहरू प्रभावकारीरूपमा अनुमान गर्न सक्दैनन् र प्रवासी कामदारहरूले अनुभव गरेका बेरोजगारी वा न्यून–रोजगारीको अनिश्चितरूपहरू लिन असफल हुन सक्छन्, जसमा अंशकालिक (पार्ट टाइम) आधारमा काम गर्ने कामदारहरू वा कपाशेराका प्रवासी महिलाहरू पनि पिसदरमा सिलाइ र बुनाइ कार्य गर्छन् ।
यो अन्य मापदण्डहरूबारे पनि विचार गर्न महत्वपूर्ण छ र यसले व्यक्तिहरूबिचको भिन्नताको रेखाहरू निर्धारण गर्दछ र सामाजिक संरचनाको जटिल सम्बन्ध सिर्जना गर्दछ ।
अन्तर्वार्ता लिने क्रममा हाम्रो अनुसन्धान टोलीले भौगोलिक र वर्ग विभाजनमा भएका परिवर्तनहरूलाई स्पष्टरूपमा पहिचान गर्ने उद्देश्य राख्यो र कपाशेरा र नरेलाको वर्ग संरचना समयसँगै कसरी परिवर्तन भयो भनेर जाँच गर्न प्रश्नावली तयार पा¥यो ।
कपाशेरा कुनै समय ग्रामीण क्षेत्र थियो जुन अहिले एयरपोर्टको निकटता र दिल्लीमा सेवा क्षेत्रको विकासका कारण सहरी बस्तीमा परिणत भएको छ । अर्कोतर्फ सन् १९७० को दशकमा नरेलालाई योजनाबद्ध औद्योगिक क्षेत्रका रूपमा विकास गरिएको भए पनि पूर्वाधारको अभाव र कम सम्बन्ध सञ्जाल (कनेक्टिभिटी) लगायत विभिन्न कारणले उद्योग आकर्षित गर्न नसकेर लामो समयसम्म अविकसित नै रह्यो ।
कपाशेरा र नरेलाको वर्ग संरचनामा आएको परिवर्तनलाई तिनीहरूको जनसाङ्ख्यिक संरचनाको विश्लेषण गरेर हेर्न सकिन्छ । भारतको जनगणना अनुसार, कपाशेराको जनसङ्ख्या १९९१ मा १३२८३ बाट बढेर २०११ मा ६४६३५ पुगेको छ, जसले यस क्षेत्रमा सहरीकरण र बसाइसराइमा उल्लेखनीय वृद्धि भएको सङ्केत गर्दछ । त्यसैगरी, नरेलाको जनसङख््या सन् १९९१ मा ८ हजार ८०२ रहेकोमा उद्योग विस्तार र पुनःस्थापनापछि २०११ मा ८५ हजार ७६४ पुगेको छ । यद्यपि, जनसङ्ख्या वृद्धि हुँदाहुँदै पनि नरेला धेरै हदसम्म अविकसित रह्यो र दिल्लीका अन्य भागहरूको तुलनामा निम्न स्तरको पूर्वाधार र सुविधाहरू मात्र कायम रहे ।
नरेलाको औद्योगिक क्षेत्रको पैदल यात्राले एकदमै अन्धकार चित्र प्रस्तुत गर्दछ । त्यहाँ एकसमान देखिने भवनहरू र अत्यन्त आधारभूत जीवन सुविधाहरू छन् । यसले सहरी परिदृश्यमा आर्थिक पुनर्सँरचना र विश्वव्यापीकरणको प्रभावलाई प्रतिबिम्बित गर्दछ । यस क्षेत्रमा कारखाना र कार्यशालाहरूको एकाग्रताले सहरी भूगोललाई आकार दिन उद्योगको भूमिका र श्रमिक वर्गको जनसङ्ख्याको लागि उपलब्ध निराशाजनक रोजगारीका अवसरहरूलाई प्रकाश पार्छ । नरेला र दिल्लीका अन्य भागहरूबिचको पूर्वाधार र सुविधाहरूको स्तरमा स्पष्ट भिन्नताहरूले सहरी क्षेत्रमा विभिन्न समूहहरूको जीवन अनुभवहरूमा सामाजिक असमानताको प्रभावलाई छर्लङ्ग पार्दछ ।
दिल्लीमा बस्ने ट्याग बोकेर पनि नरेलामा बसोबास गर्ने प्रवासी कामदार जनता असामान्य ढङ्गले एक्लिएका छन् र मुख्यधाराको दिल्ली सहरबाट अलगथलग छ । यसले सामाजिक वर्गले सहरको स्थानीय सङ्गठन र विभिन्न समूहहरूमा उपलब्ध अवसरहरूलाई कसरी प्रभाव पार्न सक्छ भनेर देखाउँछ ।
कपाशेरा र नरेलाको वर्ग संरचना पनि समयसँगै परिवर्तन भएको छ । कपाशेरामा निर्यात क्षेत्रको वृद्धिले नयाँ श्रमिक वर्गको जनसङ्ख्या ह्वाटै वृद्धि भएको छ । भारतका विभिन्न राज्यबाट प्रवासीहरूको आगमनले यस क्षेत्रमा बस्तीहरू र अनौपचारिक बस्तीहरूको वृद्धि भएको छ, जहाँ मुख्यरूपमा आर्थिकरूपमा विपन्न जनताले बसोबास गरेका छन् ।
कपाशेरा र नरेलामा गरिएका अन्तर्वार्ताहरूमा धेरै उत्तरदाताहरूले आ–आफ्नो समुदायमा रहेको वर्ग संरचनाको सामाजिक–आर्थिक स्थिति र उनीहरूको धारणाबारे छलफल गरेका थिए ।
कपाशेरा निवासी मुन्नीदेवीले भनिन्, “हामी श्रमजीवी परिवार हौँ । हामीसँग थोरै कुरामात्र छन्, तर हामीसँग जे छ त्यसै गर्छौँ ।” नरेलाका अर्का उत्तरदाताले भने, “म मजदुर वर्गको हुँ । हामीसँग बस्नका लागि पर्याप्त ठाउँ छ, हामी केवल विलासिताका चीजहरू किन्न सक्दैनौँ ।”
नरेलामा औद्योगिक विकास नहुँदा धेरै न्यून आय भएका बासिन्दा अनौपचारिक बस्तीमा बस्न बाध्य भएका छन् । यस क्षेत्रमा पूर्वाधार र सुविधाको अभावले पनि यस क्षेत्रका बासिन्दाहरूको सामाजिक–आर्थिक स्थितिलाई कमजोर पार्न योगदान गरेको छ । यद्यपि, हालसालै यस क्षेत्रमा पूर्वाधार र धारा जडान सुधार गर्ने प्रयासहरू भएका छन्, जसले यसका बासिन्दाहरूको जीवनस्तरमा केही सुधार ल्याएको छ ।
यसबाहेक, सरकारले नरेलालाई उद्योग र आवासीय क्षेत्रको हबको रूपमा प्रवद्र्धन गर्न विभिन्न पहलहरू सुरु गरेको छ । नतिजाको रूपमा, यस क्षेत्रले मध्यमवर्गीय परिवार र पेसाकर्मीहरूको आगमन देखेको छ । बढ्दो उपभोग्य वस्तुको मूल्य र भाडा वहन गर्न नसक्ने भएकाले नरेलाका विद्यमान न्यून आय भएका मानिसहरू विस्थापित भएका छन् । धेरै कम आय भएका परिवारहरू दिल्लीको बाहिरी इलाकामा जान बाध्य भएका छन्, जुन क्षेत्र रोजगारीका अवसरहरू र आवश्यक सेवाहरूबाट अझै टाढा छन् । यसले गर्दा यस क्षेत्रमा विभिन्न वर्गीय खण्डहरूको स्थानीय पृथकीकरण भएको छ, मध्यम वर्गले नयाँ विकसित क्षेत्रहरू ओगटेको छ भने न्यून आय भएका मानिसहरू नरेलाको पुरानो र अधिक जीर्ण भागहरूमा केन्द्रित भएका छन् ।
सांस्कृतिक पुँजी भन्नाले समाजमा मूल्यवान मानिने ज्ञान, सीप, शिक्षा र मूल्य मान्यतालाई जनाउँछ । नरेलाको सन्दर्भमा, सामाजिक स्थिति र आर्थिक अवसरहरू निर्धारण गर्न सांस्कृतिक पूँजी झनै महत्वपूर्ण हुँदै गएको छ । त्यसको प्रमाण नरेलामा आयोजित सीप तालिम केन्द्रहरू र बाल शिक्षा कार्यक्रमहरूमा हाम्रो क्षेत्रगत कार्यले देखाएको छ ।
यस क्षेत्रमा नयाँ उद्योग र सेवा क्षेत्रहरूको उदयले उच्च स्तरको शिक्षा र विशेष सीप भएका कामदारहरूको माग सिर्जना गरेको छ । सांस्कृतिक पूँजीको महत्वमा आएको यो परिवर्तनले सांस्कृतिक पुँजीको न्यून स्तर भएका आप्रवासी तल्लो र मध्यम वर्गलाई विस्थापित गरेको छ । यी समूहहरूमा प्रायः नयाँ रोजगार बजारमा प्रतिस्पर्धा गर्न आवश्यक शिक्षा र सीपहरूको अभाव हुन्छ र परिणामस्वरूप, तिनीहरू प्रायः कम ज्यालाका कामहरूमा उन्नतिको लागि थोरै अवसरकासाथ बाहिरिन्छन् ।
यसबाहेक, सामाजिक संरचना र संस्थागत बाधाहरूले प्रवासीहरूजस्ता पिछडिएका समूहहरूको अवसर र गतिशीलतालाई थप प्रतिबन्धित गर्दछ । यसले वर्गीय भिन्नताहरूलाई बलियो बनाउँँछ, सामाजिक भेदभाव, शिक्षामा पहुँचको कमी र सीमित सामाजिक सञ्जालहरूले यी समूहहरूलाई आफ्नो आर्थिक र सामाजिक स्थिति सुधार गर्न आवश्यक स्रोत र अवसरहरूमा पहुँच प्राप्त गर्नबाट रोक्छ ।
यसको विपरित, उच्च स्तरको सांस्कृतिक पुँजी भएका वर्गहरू, जस्तै उच्च–मध्यम वर्ग र कुलीन वर्गहरूले नयाँ आर्थिक अवसरहरूको फाइदा उठाउन र समाजको माथिल्लो तहमा आफ्नो स्थान सुरक्षित गर्न सक्छन् । उनीहरूसँग राम्रो शिक्षा, सामाजिक सञ्जाल र सांस्कृतिक स्रोतहरूमा पहुँच छ, जसले उनीहरूलाई नयाँ रोजगार बजारमा सफल हुन आवश्यक सीप र ज्ञान प्राप्त गर्न सक्षम बनाउँछ ।
कपाशेरामा पनि सांस्कृतिक राजधानीको जस्तै सामाजिक संरचना देखिन्छ । यद्यपि, प्रवासी कामदारहरूको ठूलो सङ्ख्या र कम सीप भएका उद्योगहरूको उच्च केन्द्रीकरणको साथ, सामाजिक र आर्थिक परिदृश्य फरक छ । सांस्कृतिक पुँजीको न्यून स्तरकासाथ आप्रवासी तल्लो र मध्यम वर्गको विस्थापनले नयाँ रोजगारी बजारमा शिक्षा र सीपको महत्वलाई प्रकाश पार्छ । सामाजिक संरचना र संस्थागत बाधाहरूले पिछडिएका समूहहरूको अवसर र गतिशीलतालाई प्रतिबन्धित गर्दछ ।
सामाजिक पुनरुत्पादनको बोर्डियसियन सिद्धान्तमा गरिएका अवलोकनहरूमा फर्केर हेर्दा दिल्लीको कुलीनवर्ग, मध्यमवर्ग र मजदुरवर्गबिचको सामाजिक असमानता सांस्कृतिक पुँजीको प्रसारण र आर्थिक र सामाजिक स्रोतको असमान वितरणबाट कायम रहन्छ ।
कपाशेरा र नरेलामा सहरी वर्ग संरचना बुझ्नको लागि बोर्डियसियन दृष्टिकोण लागू गर्दा आर्थिक, सामाजिक र सांस्कृतिक कारकहरूले सामाजिक वर्गलाई आकार दिने, बहिष्कार र सीमान्तीकरणका विभिन्नरूपहरू उत्पादन गर्न कसरी अन्तरक्रिया गर्छन् भन्ने कुरा स्पष्ट पार्न सक्छ । यी क्षेत्रहरूमा व्यक्तिहरूलाई उपलब्ध सांस्कृतिक, सामाजिक र आर्थिक स्रोतहरूले उनीहरूको सामाजिक वर्ग र तिनीहरूको गतिशीलताका अवसरहरूलाई आकार दिन्छ । यी क्षेत्रहरूबाट सहरको बाँकी भागहरूमाभन्दा भिन्न किफायती सार्वजनिक यातायातको अभाव, उदाहरणका लागि, माथिल्लो सामाजिक गतिशीलताको लागि ठूलो बाधा उत्पन्न हुन्छ । गैरसरकारी हस्तक्षेपहरूमार्फत रोजगारदाताहरूद्वारा विशिष्ट सीपबाट सुसज्जित र भर्ती गर्दा पनि यी क्षेत्रका व्यक्तिहरूले मोलमोलाइमा कठिनाइको कारणले उच्च तलब हुने क्षेत्रमा काम गर्न विरलै पाउँछन् ।
नरेला–बवाना क्षेत्रमा एक एनजीओ नवज्योति फाउन्डेशनले गरिब, विपन्न छिमेकीहरूबाट आएका युवाहरूलाई सीप तालिम प्रदान गर्दछ र त्यहाँ हाम्रो अन्तर्वार्ताको क्रममा हामीले तिनीहरूमध्ये धेरैजसो कम्पनीहरू रहेको गुडगाउँ वा नोएडामा काम गर्न जान हिचकिचाएका पायौँ । कारण थिए –यात्रा लामो र महँगो छ । किफायती आवास यी क्षेत्रहरूमा एक भ्रममात्र हो । ती सुविधा माथिल्लो वा धनी वर्गका लागि मात्र हो । धनी र प्रभावशाली वर्गसँग औपचारिक शिक्षा, सांस्कृतिक संस्थाहरू र सांस्कृतिक पुँजीका अन्य रूपहरूमा पहुँच छ । त्यसले तिनीहरूलाई उच्च सामाजिक र सांस्कृतिक स्थिति प्राप्त गर्न मद्दत गर्न सक्छ । यसले गरिबीको दुष्चक्रलाई निरन्तरता दिन्छ र वर्ग प्रणालीको यथास्थिति सुनिश्चित गर्दछ ।
कपाशेरा र नरेलाका विपन्न जनताको गतिशीलता र सम्भावनालाई प्रतिबन्धित गर्ने संस्थागत र सामाजिक प्रणालीहरू जटिल र एक अर्कासँग जोडिएका छन् । यी मुद्दाहरूलाई सम्बोधन गर्न आर्थिक, सामाजिक र सांस्कृतिक कारकहरूले सामाजिक वर्गलाई आकार दिन कसरी अन्तरक्रिया गर्छ भन्ने कुरा बुझ्नुपर्छ । बोर्डिउको ९द्ययगचमष्भग० को सिद्धान्तमा आधारित नीतिहरू र हस्तक्षेपहरूले औपचारिक शिक्षा र सांस्कृतिक संस्थाहरूमा पहुँच बढाउन, सामाजिक सञ्जाल र सामाजिक पुँजीको विकासलाई समर्थन गर्ने र माथिल्लो गतिशीलताका अवसरहरूलाई सीमित गर्ने आर्थिक असमानताहरूलाई सम्बोधन गर्नमा केन्द्रित हुनसक्छ । बोर्डियसियन दृष्टिकोण अपनाएर नीति निर्माताहरूले सामाजिक वर्गलाई कसरी आकार दिन्छ र यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर राम्रोसँग बुझ्न सक्छन् ।
(दीपांशु मोहन अर्थशास्त्रका प्राध्यापक र निर्देशक, सेन्टर फर न्यू इकोनोमिक्स स्टडीज ९ऋल्भ्क्०, जिन्दल स्कूल अफ लिबरल आर्ट्स एण्ड ह्युम्यानिटीज, ओपी जिन्दल ग्लोबल युनिभर्सिटीका निर्देशक हुन् । उनी हाल ओटावा विश्वविद्यालयको सामाजिक विज्ञान सङ्कायको स्कूल अफ इन्टरनेशनल डेभलपमेन्ट एन्ड ग्लोबल स्टडिजमा भिजिटिङ प्रोफेसरको रूपमा सेवा गरिरहेका छन् ।
हिमा तृषा एक वरिष्ठ अनुसन्धान विश्लेषक र भिजुअल स्टोरीबोर्ड, ऋल्भ्क् को लागि टोली सहप्रमुख हुन् ।
शुभाङ्गी डेरहगावेन एक स्वतन्त्र पत्रकार र ऋल्भ्क् को लागि योगदान गर्ने अनुसन्धान विश्लेषक हुन् ।
जिग्नेश मिस्त्री सीएनईएसका वरिष्ठ अनुसन्धान विश्लेषक र भिजुअल स्टोरीबोर्ड टोलीका सदस्य हुन् ।
यो अध्ययन सेन्टर फर न्यू इकोनोमिक्स स्टडीज, जिन्दल स्कूल अफ लिबरल आर्ट्स एण्ड ह्युम्यानिटीज, ओपी जिन्दल ग्लोबल युनिभर्सिटीको भिजुअल स्टोरीबोर्ड टोलीले उत्पादन गरेको हो । सबै फोटो क्रेडिट जिग्नेश मिस्त्रीको हो ।
– द वायरबाट
अनुवाद : वाणी
Leave a Reply