लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
अफ्रिकन मुलुक रूवान्डामा हुतु र तुत्सि जातिबिचको द्वन्द्व, भारतको मुस्लिम र हिन्दूबिचको द्वन्द्व, हालसालै भारतको मणिपुर घटनाका कुकी र मेइतेइ समुदायको द्वन्द्वबाट हरेक नेपालीले पाठ सिक्नु जरुरी छ । पछिल्ला समयमा नेपालमा प्रदेश नामकरणमा भएको विवाद, धरानमा देखिएको धार्मिक मतभेदको विवादलाई मिहीन ढङ्गले अध्ययन गर्नु पनि जरुरी छ । एक अर्काप्रतिको जातीय कटाक्ष र अहङ्कारले देश अगाडि बढ्दैन । “सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली” को भावनालाई आत्मसात गर्दै सबैलाई सम्मान गरौँ, सद्भाव कायम राखौँ ।
प्राइम टेलिभिजनको ‘चियागफ’ कार्यक्रममा मगर, तामाङ र मुस्लिम जातिमाथि अधिवक्ता भगवती पाण्डे (शीतल) ले २०८०÷०४÷०६ गते दिएको विवादास्पद अभिव्यक्तिपश्चात् नेपाल तामाङ घेदुङ सङ्घ र नेपाल मगर सङ्घले २०८०÷०४÷०९ गते जिल्ला प्रहरी परिसर काठमाडौँ, टेकुमा जाहेरी दिए । तामाङ र मगर समुदायले शीतल पाण्डेलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन पनि गरे । प्रदर्शनमा व्यापक प्रहरी दमन भयो । अधिवक्ता पाण्डेविरुद्ध साउन १२ गते जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दियो, तर प्रहरीले पक्रने आँट गरेन । जाहेरीपश्चात् अधिवक्ता भगवती पाण्डे पक्राउ नपरेपछि नेपाल तामाङ घेदुङ सङ्घ र नेपाल मगर सङ्घले २०८०÷०४÷१७ गते प्रहरी परिसर टेकु घेराउ गरे । त्यसपछि बल्ल प्रहरीले पाण्डेलाई पक्राउ ग¥यो । तर, जिल्ला अदालत काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गर्नको लागि अनुमति नदिएपछि उनलाई राति नै थुना मुक्त गरियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमुध ढुङ्गेलका अनुसार प्रमाण नष्ट गर्ने अवस्था नभएको कारण अदालतले म्याद नदिएको हो ।
प्राइम टेलिभिजन एचडीको ‘चियागफ’ कार्यक्रममा प्रस्तोता दिक्पाल कार्कीको ‘मानिसमा कसरी आपराधिक सोच बढ्छ ?’ भन्ने प्रश्नमा अधिवक्ता शीतल पाण्डेले भने, हिन्दू धर्मशास्त्रअनुसार आमाबाट पाँच पुस्ता र बुबातर्फ सात पुस्ताको फरक भएपछि विवाह गर्न मिल्छ । त्यसो भए पनि कुनै जातजातिमा दाजुबहिनीबिच विवाह भएका उदाहरण छन् । उनीहरूबाट जन्मिएका बच्चामा कट्टरवादी, एक लाइनको सोच्ने जीनको विकास हुँदो रहेछ । अपराध संहितामा ‘हाडनाता करणी’ भन्ने शब्द छ । हाडनाता करणीमा ब्राह्मण, क्षेत्रीलगायत समुदायमा सजाय हुन्छ तर कुनै समुदाय जस्तैः– मुस्लिम, मगर, तामाङ समुदायका दाजुबहिनीमा विवाह भए पनि सजाय हुँदैन । त्यो किन गलत हो भने नजिकको सम्बन्धमा पशुको प्रजननमा पनि बारिन्छ भने मानिसको सम्बन्धमा खुला छोड्दा यसले अपराध सृजना गर्ला कि नगर्ला ? अथवा कलङ्क, दोष सिर्जना गर्ला कि नगर्ला, त्यो जीनमा खराब चिज उत्पन्न होला वा नहोला ? एकदमै महत्वपूर्ण विषय छ । उक्त विवादास्पद अभिव्यक्ति दिएपश्चात् तामाङ, मगर समुदाय आन्दोलित भए । उनीहरूले आफ्नो समुदायलाई अधिवक्ता पाण्डेले अपराधीजस्तै ठानी पशुसँग तुलना गरेको, उनको अभिव्यक्तिबाट आफ्नो समुदायको अपमान भएको र सामाजिक सद्भाव खलबलिएको आरोप लगाएका छन् । यथार्थमा उनले भनेजस्तै तामाङ, मगर समुदायमा दाजुबहिनीबिच विवाह हुँदैन ।
अन्तर्वातामा अधिवक्ता पाण्डेले अपराधविद् सिसरे लोम्ब्रोसोको भनाइलाई प्रस्तुत गरेकी छिन् । सिसरे लोम्ब्रोसो एक इटालिएन अपराधविद् हुन् । इतिहास पल्टाएर हेर्दा अर्का अपराधविद् सिसरे बेक्यारिया (सन् १७३८–१७९४)र लोम्ब्रोसो (सन् १८३५–१९०९) सम्मको समयलाई युरोपमा पुनर्जागरणको समय मानिन्छ । त्यतिबेला नयाँनयाँअनुसन्धान र आविष्कारहरू भए । मानव शरीरको संरचना र रोगको कारण बुझ्न नयाँ नयाँप्रयोगहरू पनि भएका थिए । यही पृष्ठभूमिमा लोम्ब्रोसोले मानिसको शारीरिक विशेषता र व्यवहार हेरेर अपराधी पहिचान गर्न सकिन्छ भन्ने नयाँ विचार ल्याए । उनका अनुसार अपराधको समस्या बुभ्mनको निम्ति अपराधलाई नभई अपराधीलाई अध्ययन गर्नुपर्छ ।
लोम्ब्रोसो एक सैन्य डाक्टर थिए । उनले आफ्नो कार्यकालमा दुई किसिमका सैन्य कर्मचारीहरू भेटे । एक अनुशासित र अर्को अनुशासनहीन । त्यसपश्चात् उनले अनुशासनहीन हुनुको जड खोज्न थाले । सोही क्रममा एक पटक उनले कुख्यात डाँकुको पोस्टमार्टम गर्दै गर्दा असामान्य शरीर संरचना भएको पाए । त्यसपछि उनले आफ्नो बाँकी जीवन आपराधिक शरीर संरचना र असामान्य शारीरिक बनावटको अध्ययनमा बिताए ।
लोम्ब्रोसोका अनुुसार अपराधीहरू खराब शरीर संरचना लिएर जन्मेका हुन्छन् र तिनै अपराधका स्रोत हुन् । यो कुरा पुष्टि गर्न उनले ३८३ वटा मानव खप्परहरूको अध्ययन गरे । लोम्ब्रोसोका अनुुसार सानो र उदास निधार भएको, थेप्चो नाक भएको, फराकिलो बङ्गारा भएको, गालाको हड्डी ठूलो भएको, कान ठाडो भएको, लामालामा हात भएको, शरीरमा अत्यधिक रौँ भएको र रौँ हुँदै नभएको जस्ता १८ वटा आपराधिक विशेषता छन् । यीमध्ये पाँच वटा विशेषता लिएर जन्मेको मानिस अपराधी हुने उनको भनाइ छ । अब प्रश्न उठ्छ, के साँच्चै लोम्ब्रोसोले भनेजस्तै असामान्य शारीरिक विशेषता लिएर जन्मेका मानिसहरू अपराधी हुन्छन् ? अथवा असामान्य शारीरिक विशेषता नभएका मानिसहरू अपराधी हुँदैनन् त ?
लोम्ब्रोसो युरोपियन राज्यमध्येको इटलीका नागरिक हुन् । युरोपेली मूलका गोरा शासकहरूले विश्वभरका अरू जातिलाई तल्लो स्तरको ठान्दछन् । अहिले पनि संरा अमेरिका र युरोपियन देशहरूमा रङ्गभेद चरमचुलीमा छ । केन्याका प्रथम राष्ट्रपति जोमो केन्याटाले उपनिवेशवाद र साम्राज्यवादका बारेमा भनेका छन्, “युरोपियनहरू भन्थे, हामीलाई हाम्रो भगवान्ले अरूलाई दमन गर्ने आशीर्वाद दिएका छन् ।” लोम्ब्रोसो पनि यही पृष्ठभूमिका एक अपराधविद् हुन् ।
कोलम्बसको नाम प्रायः सबैले सुनेकै छौँ । अमेरिका पत्ता लगाउने महान् व्यक्ति भनी प्रचार गरिएका कोलम्बसको कालाकर्तुतको इतिहास कमैलाई थाहा होला । १६ औँ शताब्दीतिर जब कोलम्बस आफ्ना मानिसहरूसँग क्यारेबियन तटमा पुगे, त्यहाँ आशवाकजातिका आदिवासीहरू दौडधुप गर्दै उनीहरू भए ठाउँ पुगे र कोलम्बसको टोलीलाई स्वागत गरे । कोलम्बसको टोलीले क्युवालाई एसिया र हिस्पानियोल हाइटी, बाहामासलाई चीन ठानेको थियो । केही समयपछि कोलम्बसको टोलीले क्यारेवियन तटका आदिवासीहरूलाई समातेर बन्दी बनायो र जहाज माहालेर युरोप पठायो । त्यहीँबाट मानिसको व्यापारको सिलसिला सुरू भयो । अमेरिकामा पनि युरोपेली आप्रवासीहरू आउँदाको समयसम्म करोडौँको सङ्ख्यामा आदिवासीहरू थिए । युरोपेली आप्रवासीहरूले मच्चाएको हत्या र हिंसाको श्रृङ्खलाले सन् १९०० सम्ममा उनीहरूको जनसङ्ख्या ३ लाखमा झ¥यो । कोलम्बसले कैयौँ अपराध गरे तर पनि कोलम्बसलाई अपराधी मानिँदैन किन ? लोम्ब्रोसोले भनेजस्तै असामान्य शारीरिक विशेषता भएका मानिसहरू अपराधी हुन्छन् । आफूलाई सभ्य सम्झने कोलम्बसको टोलीले किन अपराध ग¥यो ?
दोस्रो विश्वयुद्धको दौरानमा जापानको हिरोसिमा र नागासाकीमा एटोमिक बम खसाल्ने सामान्य शारीरिक विशेषता भएका अमेरिकाका गोरा शासकहरू नै थिए । इतिहासमा आफूलाई सभ्य ठान्ने जाति समुदायले यहुदीहरूको हत्या गरेको कहालीलाग्दो नश्लवादको उदाहरण पनि युरोपमै पाइन्छ । आज पनि कैयौँ जर्ज फ्लोयड्हरू युरोपमै रङ्गभेदको सिकार भइरहेका छन् । त्यसकारण, लोम्ब्रोसोको सिद्धान्त भन्दै कुनै जाति समुदायलाई हेलाहोचो गर्नु ठीक होइन ।
मानिस शारीरिक बनावटबाट अपराधी हुँदैन । अपराधशास्त्रअनुसार अपराध हुनको निम्ति आपराधिक मनसाय र आपराधिक कार्य हुनु जरुरी छ । प्रथमतः अपराधी को हो भन्ने बुझ्नको लागि अपराध के हो भन्ने बुझ्नुपर्छ । सामान्य भाषामा अपराध भनेको समाजविरुद्धको कार्य हो । फौजदारी कानुनले निषेध गरेको कार्य गर्नु नै अपराध हो । देश, समाजको परिवेश र समयअनुसार कानुन फरकफरक हुन सक्छ । त्यसैगरी अपराधको परिभाषा पनि समाज र समयअनुसार भिन्नै हुन्छ । उदाहरणको लागि नेपालको राष्ट्रिय जनावर गाईलार्ई मार्नु र गाईको मासु खानु अपराध मानिन्छ तर अन्य देशहरूमा गाईको मासु खान कानुनले वर्जित गर्दैन । त्यस्तै पहिले बहुविवाह गर्नु सामान्य नै मानिन्थ्यो भने अहिले बहुविवाह गर्नु अपराध मानिन्छ ।
त्यसकारण, लोम्ब्रोसोको अपराधको सिद्धान्त कुनै समय, कुनै ठाउँमा ठीक मानियो होला, तर आजको परिवेशमा लोम्ब्रोसोको सिद्धान्तलाई उदाहरणको रूपमा प्रस्तुत गरेर कुनै जातजाति र समुदायलाई आघात पुग्ने अभिव्यक्ति दिनु जायज होइन । नेपालको संविधान, २०७२ को दफा २४ को उपदफा ३ मा “कुनै पनि उत्पत्ति, जातजाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई उँच वा नीच दर्शाउने, जातजाति वा छुवाछुतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछुत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचारप्रसार गर्न वा जातीय विभेदलाई कुनै किसिमले प्रोत्साहन गर्न पाइने छैन” भन्ने उल्लेख छ । यसलाई सबैले ध्यान पु¥याउनुपर्छ ।
अफ्रिकन मुलुक रूवान्डामा हुतु र तुत्सि जातिबिचको द्वन्द्व, भारतको मुस्लिम र हिन्दूबिचको द्वन्द्व, हालसालै भारतको मणिपुर घटनाका कुकी र मेइतेइ समुदायको द्वन्द्वबाट हरेक नेपालीले पाठ सिक्नु जरुरी छ । पछिल्ला समयमा नेपालमा प्रदेश नामकरणमा भएको विवाद, धरानमा देखिएको धार्मिक मतभेदको विवादलाई मिहीन ढङ्गले अध्ययन गर्नु पनि जरुरी छ । एक अर्काप्रतिको जातीय कटाक्ष र अहङ्कारले देश अगाडि बढ्दैन । “सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली, सार्वभौम भई फैलिएका मेची महाकाली” को भावनालाई आत्मसात गर्दै सबैलाई सम्मान गरौँ, सद्भाव कायम राखौँ ।
Leave a Reply