भर्खरै :

वर्तमान र पूर्वप्रधानमन्त्रीहरूलाई समस्याको हाँक !

वर्तमान र पूर्वप्रधानमन्त्रीहरूलाई समस्याको हाँक !

देशको चौतर्फी विकासको निम्ति होइन चौतर्फी पतन हुनुमा एमाले, एमाओवादी (प्रचण्ड), समाजवादी (माधव – खनाल) आदि शासक दलहरू र प्रधानमन्त्री एवम् मन्त्रीहरू जिम्मेवार छन् । ती शासकहरूले कृषि र उद्योग त ध्वस्त बनाए भने व्यापार घाटामा पनि देशलाई रसातलमा पु¥याए ।
एक, छिमेकी भारतको थिचोमिचो र हस्तक्षेप भयो । खुला सीमाको कारण देशमा दुर्दशा बढेको हो । ती दलहरूमध्ये कसैले भारतीय विस्तारवाद र भारतीय एकाधिकार पुँजीसँग कुनै विरोधपत्र दिएर सङ्घर्ष गरेका छन् ?
दुई, के यसबारे तिनीहरूले जनतालाई हाकाकाकी बताउने साहस देखाए ?
तीन, के माथिका हुतिहाराहरूले आफ्नो देश र सरकारलाई अप्ठेरो पारेको भारतीय विस्तारवादको विरोधमा कुनै अन्तर्राष्ट्रिय बैठकमा उठाए ?
चार, माथिका तीन उपायहरू पनि अवलम्बन गर्न नसक्ने हुतिहाराहरूले आफूहरूले शासन गर्न नसकेको कारण देखाई सरकारबाट राजीनामा दिन सक्थे, के दिए ?
यसबाट थाहा हुन्छ, शेरबहादुर देउवा, ओली, माधव नेपाल, खनाल, प्रचण्ड, बाबुरामहरू सबै नालायक, जनतालाई र देशलाई भड्खालोमा पु¥याउने अपराधीहरू नै हुन् । किन ? राम्रो काम देखाउन नसक्ने, तर बालुवाटार काण्ड, पशुपति काण्ड, सुन काण्डहरू गर्न पछि नपर्नेहरू कसरी नेपाल र नेपाली जनताका सपुत हुनेछन् ?
पालैपालो सरकारमा गएर जनता र देशहरूलाई विश्वासघात गर्ने विश्वासघातीहरू ‘१ सय ३३ मुलुकसँग व्यापार घाटा’ गर्न जिम्मेवार छन् । (नागरिक, १८ साउन २०८०)
‘आर्थिक अपराधले आक्रान्त नेपाल’ को शीर्षकमा ‘नागरिक’ लेख्छ, ‘महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा हरेक वर्ष तीव्रगतिले बढिरहेको देखिने सरकारी बजेटको अपव्यय, बढ्दो बेरुजु र अराजकता, आर्थिक अपराधका सत्य कथाहरू आदिका कारण सत्तामा आर्थिक अपराधीहरूको जगजगी बढेको हो ।’
के शासक दल र प्रधानमन्त्रीहरूले यस आरोपको उत्तर दिन साहस गर्छन् ?
न्यायपालिकाकै भागबन्डाको कारण न्यायाधीशहरूलाई समेत यी प्रधानमन्त्रीहरूले आ–आफ्ना तावेदार बनाएको व्यापक चर्चा सडक र बजारमा चल्दै छ ।
संरा अमेरिका, दक्षिण कोरिया र अन्य अमेरिकी देशहरूमा राष्ट्रपति र प्रधानमन्त्रीहरूको हत्या हुन्छ या उनीहरू आत्महत्या गर्छन् । तर, नेपाल राणा शासनपछि त्यस्ता हत्या पनि हाकाहाकी भएको प्रचारमा छैन । तर, प्रम सुशील कोइरालाको ‘मृत्यु वा हत्या’ बारे छानबिन नभएको केही जनसभामा उठ्दा पनि सरकारहरू मौन बसे ।
आफ्ना देशका युवाहरूलाई विदेशी सेनाको हातमा सुम्पिने सरकार र देशको दुर्गति र हीनताबोधको कारण नेपाली काङ्ग्रेसको सरकारले पुनः लाखाँै युवाहरूलाई आफ्नै होइन, अरु देशको आर्थिक विकास गर्न ‘म्यानपावर कम्पनी’ बनाएर ‘गल्लावालहरू’ ले नेपाली युवा युवतीहरूलाई अन्तर्राष्ट्रिय बजारमा दासजस्तै बेच्दै छन् । युवा शक्तिलाई विदेशमा बेच्ने शासकहरू देशभक्त हुन सक्दैनन् ।
हिमाल, पहाड र तराईका सबै शासकहरू निर्लज्ज छन् । प्रजातन्त्र र गणतन्त्र अनि समाजवादको नारा दिने यी सरकार र मन्त्रीहरूले समाजको छाउपडी, बोक्सी, दहेज, बाल हत्यासमेत रोक्न सकेका छैनन् । ‘बोक्सी आरोपमा बर्बर यातना, न्याय खोज्दा बनाइयो गाउँ निकालाको तमसुक’ शीर्षकले बताउँछ, ‘काजलको दर्दनाक पीडा, बोक्सी भनेर कुटे, रातभर श्मसानघाट राखे ।’ (नयाँ पत्रिका १८ साउन २०८०) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *