भ्रष्टाचारका सहस्र टाउका – १
- आश्विन ३, २०८१
साप्ताहिक ‘मातृभूमि’ को २१ भदौको ‘लापरबाही नै लापरबाही’ शीर्षकमा सम्पादकीय लेख्छ –
“कुनै पनि दुरभिसन्धिअन्तर्गत सरकारले जानाजानी यस किसिमको लापरबाहीको प्रदर्शन गरी ह्योजुलाई त्यसरी पिटीपिटीकन मार्ने मौका त दिएको होइन भन्ने शङ्कासमेत गरिएको छ । राजधानी काठमाडौँमा विद्यार्थी या कुनै पञ्चायतइतर राजनैतिक समूहका मानिसहरूले कुनै ‘बन्द’ वा ‘हडताल’ को सिलसिलमा सामान्य जुलुस मात्र निकाल्न खोज्दा तत्काल प्रहरीले निर्ममतापूर्वक लाठी प्रहार गरेर गिरफ्तारीको लहर चलाई बिथोल्ने गरेको कुरालाई सम्झँदा त्यस्तो शङ्का गर्नु अस्वाभाविक होइन । प्रशासनले शान्ति सुरक्षा कायम गरी एक नागरिकको जीवन बचाउनमा जुन चरम लापरबाही प्रदर्शन गरेको छ । त्यसलाई ढाकछोप गर्न निजको हत्यालाई अनावश्यक किसिमले राजनैतिक रङ्ग दिएर भक्तपुरको राजनीतिमा आफ्नो लोकप्रियता एवं वर्चस्व कायम राख्दै आएका वामपन्थी राजनीतिज्ञलाई त्यसमा फसाई बदनाम गराउने प्रयास गरेको देख्दा पनि यो घटना एक दुरभिसन्धिको अङ्ग अर्थात्् एक सुनियोजित घटना हो कि भन्ने शङ्का विभिन्न क्षेत्रले गर्नु आश्चर्यको कुरा होइन ।”
उक्त सम्पादकीयमा अगाडि भनिएको छ, “ह्योजुजस्तो विवादग्रस्त व्यक्तिलाई कुपन वितरण गर्ने काममा खटाउँदा गडबडी हुन सक्छ भनी प्रशासनले निजलाई खटाएको ठाउँमा आवश्यक सङ्ख्यामा प्रहरी पनि खटाउनुपर्दथ्यो ।”
साप्ताहिकको ‘भक्तपुरमा आतङ्कको कारण भूकम्प पीडित बिचल्लीमा, राजनैतिक रिसइबी फेर्ने षड्यन्त्र मात्र’ भन्ने शीर्षकमा समाचारमा लेखिएको छ – “आगामी आम चुनावसम्ममा काठमाडौँको साँखु र ललितपुरको लुभु पनि भक्तपुरमा समावेश गरिने चर्चा चलेकोले ‘रोहितलाई जेल नहाले चुनाव जितिन्न’ भनेर त्यस क्षेत्रका केही व्यक्तिहरू यस घटनाको दोषी रोहित र उनका समर्थकहरूलाई नै बनाउने कार्यमा दौडधुप गर्न थालेको बुझिएको छ । यसै प्रयासको क्रममा वामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित) लाई यहीँ ९ गते राति गिरफ्तार गरिएको हो भन्ने भक्तपुरका प्रायः सबैजनालाई विश्वास भएको छ । त्यसदिन राती गिरफ्तार हुँदा उनी आफ्नो ‘पार्टी अफिस’ (ओमचरणको घर) मा बैठक गरिरहेका थिए र पुलिस पुग्नासाथ उनले आफ्नो नाउँ ढाँटी भाग्न खोजेका थिए भन्ने चर्चाका सम्बन्धमा स्थानीय प्रमुख जिल्ला अधिकारीलगायत स्थानीय व्यक्तिहरूसँग बुझ्दा त्यसदिन राति त्यस्तो कुनै बैठक भएको र कसैलाई पनि बैठकबाट समातेको कुराको पुष्टि हुन सकेन । केबल राजनीतिक रिसइबी फेर्न यो केही पक्षले उठाएको मनगढन्ते हल्ला मात्र हो भन्ने स्थानीय जनतामा चर्चा छ । साथै स्वयम् प्रधानमन्त्री, राष्ट्रिय पञ्चायत अध्यक्ष र अधिकांश मन्त्रीहरूले समेत घटनाको छानबिन नै नभई व्यक्ति तोकेर ‘फाँसी दे’ भनेर नारा लगाउँदै हिँडेको देखिँदा यस मामलामा सही न्याय हुन्छ हुन्न भनी बुद्धिजीवीहरू सशङ्कित हुन थालेका छन् ।
भक्तपुरमा हाल भूकम्प पीडितहरूको उद्धार कार्य प्रहरी आतङ्कमा परिणत भएको छ । यसरी, यहाँ ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने नै भएको छ । त्यसै घटनाको अनुसन्धानको सिलसिलामा ‘प्रमुख हात रहेको आशङ्का’ मा समातिनुभएका रापस गोविन्द दुवाल र का. रोहितले आफूलाई आशङ्कामा समाइसकेपछि स्थानीय जनतालाई धरपकड गरी आतङ्कित नगर्न र अनावश्यक दुःख नदिन प्रशासनसमक्ष अनुरोध गर्नुभएको कुरा विश्वस्त सूत्रबाट थाहा हुन आएको छ ।
हाल राजधानीमा चलेको एक चर्चा अनुसार छिट्टै नै भक्तपुर नगर पञ्चायत विघटन हुँदै छ । यस सम्बन्धमा औपचारिक पुष्टि भने अझै कतैबाट भएको छैन । कानुनी तवरमा हालसम्म कतैबाट अपराध पुष्टि भइनसकेका भक्तपुर नगर पञ्चायत पदाधिकारीहरू रहेको नगर पञ्चायत विघटन गर्नु अर्को राजनैतिक षड्यन्त्र हो भनी पर्यवेक्षकहरू टिप्पणी गर्न थालेका छन् । अति घृणित एवं निर्मम तरिकाले गरिएको यस हत्याका खास अपराधी पत्ता लगाई कारबाही गर्नुपर्ने कुरामा यहाँका नागरिकले जोड दिएका छन् ।”
२३ भदौको ‘युगधारा साप्ताहिक’ ले ‘पत्रिकाको कार्यालयमा प्रशासनको छापा, ‘दृष्टि’ र ‘गर्जन’ जफत गरियो’ भन्दै प्रशासनले पत्रकार जगतलाई आतङ्कित पारेको खबर छाप्यो ।
बुधबार निस्कने दृष्टि साप्ताहिकको सम्पूर्ण प्रतिहरू प्रेसमा छापामारी काठमाडौँ जिल्ला प्रशासनले बिनाभर्पाइ जफत गरेको छ । छापिएको प्रति तथा प्रुफ कपीसमेत मङ्गलबार अञ्चलाधीश कार्यालयले सेन्सर गरी पूर्वाञ्चलका भूकम्प पीडितहरूबारे छापिएको एक पेज लामो रिपोर्ट तथा ह्ह्योजु हत्यासम्बन्धी रिपोर्टको सम्पूर्ण अंश काट्न लगाएको थियो । यस्तै अन्तिम पृष्ठमा छापिएको सम्पादकीय, भूकम्प पीडितसम्बन्धी समाचारहरू र ह्ह्योजु हत्या काण्डसम्बन्धी समाचारहरू पनि राति १ बजेसम्म बसी सेन्सर गरिएकोमा बिहान स्थानीय प्रशासनले जफत गरेको छ ।
साप्ताहिकले ‘गर्जन’ साप्ताहिकमा पनि प्रहरी पुगेको र ‘ज्वाला’ साप्ताहिकको सम्पादक कृष्णप्रसाद शिवाकोटी पक्राउ भएको पनि समाचार छापेको थियो ।
उक्त साप्ताहिकले पहिलो पानामै ‘ह्ह्योजु हत्याकाण्डमा प्रशासन नै दोषी रापसहरूको ठहर, प्रधानमन्त्री श्रेष्ठको राजीनामा माग’ को शीर्षकमा राष्ट्रिय पञ्चायतमा नैतिक जिम्मेवारी लिई २१ भदौको दिन राजीनामा मागेको समाचारमा उल्लेख ग¥यो ।
२४ भदौको ‘समीक्षा’ को ‘पक्षपातरहित पुनर्निर्माणकार्यक्रमको निम्ति’ शीर्षकमा भन्छ, “त्यो दुर्घटना एउटा अप्रिय आकस्मिकता थियो । ह्योजु र बिजुक्छेँ डफ्फाहरूबिच जतिसुकै मनोमालिन्य रहिआएको भए तापनि बिजुक्छेँको समूहमा यसको उत्पतिदेखि नै कहिल्यै पनि आतङ्कवादी प्रवृत्तिले ठाउँ पाएको देखापरेको थिएन । त्यसको विपरीत बिजुक्छेँ समूहले नेपालको राजनीति र पञ्चायती व्यवस्थाप्रति प्रजातान्त्रिक जनपक्षीय आधारमा सन्तुलित दृष्टिकोणलाई नै अनुशरण गर्ने गरेको हो । नेपालमा माओ त्सेतुङ विचारधाराका अनुयायी रहेकाहरूमध्ये बिजुक्छेँ समूह नै तुलनात्मक तवरमा ,व्यवहारिक, आत्मनियन्त्रित र सन्तुलित प्रतिक्रियायुक्त रहने गरेको हो भन्ने कुरा २०३८ देखि पञ्च निर्वाचनमा त्यो समूह सहभागी रहँदै आएको देखा परेको हो । त्यति मात्रै होइन, राष्ट्रिय पञ्चायत र भक्तपुर नगर पञ्चायतमा बिजुक्छेँका अनुयायीहरूमा विचार र व्यवहारमा आफ्नो प्रकारले सिद्धान्तनिष्ट रही सन्तुलित र व्यवहारिक रहेको हो ।
भक्तपुरको दुर्घटनाको निम्ति त्यो समूह स्वयंलाई जिम्मेवार ठह¥याउन सकिन्न । त्यस्तै उक्त दिनको घटनालाई साङ्घातिक दुर्घटनाको स्तरमा उचालेर स्थितिलाई सँगालिने हदमा पु¥याउने र ह्योजुको मृत्यु हुने अवस्था सृष्टि गर्ने काम योजनाबद्ध तवरमा त्यो भिडभित्र पसेका पञ्चायतका उग्रवादी तत्वबाट भएको हो भन्नेहरूसित सहमत हुन असम्भव छ ।
भक्तपुरको दुर्घटनामा ह्योजुको मृत्यु भिडका क्रोधजनित शुद्ध आकस्मिकता भए तापनि भिड भने भूकम्प पीडितलाई खाद्यान्न सहायता गर्ने काममा राजनीतिक आधारमा पक्षपात भएको देखेर क्रुद्ध भएको प्रस्ट छ । यस्तो दुर्घटनाको अवसरमा राजनैतिक पक्षपात गर्दै भक्तपुरका बिजुक्छेँको प्रभावमा रहेको पञ्चायत एकाइलाई पन्छाएर जिल्लाका जनताद्वारा अस्वीकृत भइसकेको नेतृत्वलाई बलजफ्ती अधि सार्ने गल्ती काम सरकारबाट भएको हो ।”
‘के रोहित–दुवालप्रति न्याय होला’ भन्ने शीर्षकमा ‘एक भक्तपुरे यात्री’ ले ‘योजना साप्ताहिक’ १६ आश्विन २०४५ को पाठक प्रतिक्रियामा भन्छन्, “ ……. रोहित (नारायणमान बिजुक्छेँ) लगायत थुप्रै व्यक्तिहरूको गिरफ्तारी, प्रधानमन्त्रीसमेतका वरिष्ठ पञ्चहरूको ‘रोहितलाई फाँसी दे’ को नारासहितको जुलुस भक्तपुरमाथिको श्वेत आतङ्कको पराकाष्ठा र विभिन्न राजनीतिक, बुद्धिजीवी, पत्रकार तथा समूहहरूको यस घटनाप्रतिको प्रतिक्रिया, ……. सरजमिन पनि प्रहरीको घेराबन्दीमा रोहित–दुवाल आदि अभियुक्तका श्रीमतीहरूले संयुक्तरूपमा यस किसिमको अन्याय भएकोमा भक्तपुरको इतिहासमा पहिलोपल्ट जिल्ला प्रहरी कार्यालय भक्तपुर र काठमाडौँविरुद्ध श्री ५ महाराजधिराज सरकार र सम्माननीय प्रधानन्यायाधीशज्यू र भक्तपुर जिल्ला अदालतसमक्ष बिन्तीपत्र तथा निवेदनहरू पेश गरे । …….. तापनि मूलतः ह्योजु हत्याकाण्डसम्बन्धी सरकारी कमजोरी ……. र धाँधलीयुक्त सरजमिन, अझै रोहितलाई जेल चलान इत्यादि कारणले दुवालहरूमाथि न्याय होला भन्ने कमै विश्वास भक्तपुरे जनताका साथै आम पर्यवेक्षकहरूको रहेको पाइयो । तथापि यस सम्बन्धमा सक्षम र सम्बन्धित निकायले ध्यान पु¥याउन नसके समस्या समाधानभन्दा उल्झन हुने सम्भावना पनि भएकोले विशेषरूपले ध्यानाकृष्ट गर्न चाहन्छु ।”
१७ भदौको ‘सातदिने, समीक्षा’ ले ‘लछारपछार गरी ह्योजुको हत्या, बिजुक्छेँ समूहमा प्रहार’ भन्ने शीर्षकको रिपोर्टिङमा लेख्छ, “…….. घटनाको प्रारम्भ भक्तपुरका भूकम्प पीडितहरूलाई सहायताको खाद्यान्न वितरण गर्दा कर्णप्रसाद ह्योजुले नारायणमान बिजुक्छेँका समर्थकहरूलाई कुपन नदिएर तथा भूकम्पले क्षतिग्रस्त भक्तपुर सहरका ७ र ८ वडाका परिवारलाई भन्दा पनि क्षति नभएको मानिसलाई कुपन दिएर सहायता वितरण कार्यमा पक्षपात गरेको भन्ने आधारमा विवाद सुरु भएको थियो ।
दिउँसो ४ बजेतिर उक्त विवाद सुरु भएपछि कुपन बाँडेको ठाउँमा उत्तेजित केही युवकहरूले ह्योजुको मुखमा कालोमोसो दलेर घाँटीमा मालाझैँ जुत्ता झुन्ड्याई भक्तपुरका सडकहरूमा घुसाउन थाल्यो । त्यसो हुँदा सडकमा भिड बढ्दै र संग्रालिँदै गयो । ह्योजुलाई लछारपछार र कुटपिट गर्दै तिनको जीउको लुगासमेत भिडले च्यात्न थाल्यो ।
त्यस अवस्थामा स्थानीय प्रहरीले हस्तक्षेप गरी भिडबाट छुटाएर ह्योजूलाई प्रहरी भ्यानभित्र राख्यो । तर, भिडले प्रहरी भ्यानलाई घेरेर धम्कीहरू दिँदै चिच्याएपछि आफ्नो सुरक्षाको निम्ति प्रहरी डी. एस. पी. ले भ्यानबाट ह्योजूलाई भिडबिच बाहिर निकालेर घटनास्थलबाट गाडी लिएर गए भनी स्थानीय जनता भन्छन् । दत्तात्रयबाट त्यसरी ह्योजुलाई लछारपछार गर्दै भिड सुकुलढोकातिर बढ्यो । ……. यी सबै भएको दुई घण्टापछि मात्र प्रहरीले फेरि हस्तक्षेप गरी अर्धमृत अवस्थामा पुगिसकेका कर्ण ह्योजु र ह्योजुका साथ रहेका उनका मित्र उत्तम श्रेष्ठलाई भ्यानमा राखी साढे ६ बजेतिर वीर अस्पताल पु¥यायो ।
भूकम्प पीडितलाई सहायता बाँड्ने कामको जिम्मा सरकारले स्थानीय नगर पञ्चायत वा जिल्ला पञ्चायतलाई उछिनेर कर्णप्रसाद ह्योजुको जिम्मा दिएर भक्तपुरका भूकम्प पीडित अवस्थालाई राजनीतीकरण गर्दै ह्योजुलाई उचाल्न खोजेबाट उक्त घिनलाग्दो परिणाम निस्किएको हो भनी पर्यवेक्षकहरू भन्छन् । ह्योजुको मृत्युपछि भदौ १० गते तिनको शवलाई लिएर प्रधानमन्त्री र राष्ट्रिय पञ्चायतका अध्यक्षको नेतृत्वमा वीर अस्पतालदेखि बबरमहलसम्म विशाल जुलुस निकालेर ‘हत्यारा नारायणमानलाई फाँसी दे’, ‘आतङ्कवाद मुर्दावाद’ भन्ने नारा लगाइयो ।
उक्त जुलुस निस्कनुभन्दा पहिले नै ९ भदौको मध्यरातदेखि नै भक्तपुरमा श्री नारायणमान बिजुक्छेँ, रापस श्री गोविन्द दुवालका साथै भक्तपुर नगर पञ्चायतका वर्तमान तथा भु.पू. प्रधानपञ्च, उपप्रधानपञ्च दुईबाहेक सबै सदस्यहरू, सम्पूर्ण न.स.स.हरू र बिजुक्छेँ समर्थक ठानिएका सबै कार्यकर्ताहरू पक्राउ गरिए । सरकारले पक्राउ गर्नेहरूको सङ्ख्या सुरुमा ३५ भने तापनि अहिलेसम्ममा एकसत्न्दा बढी सङ्ख्यामा पक्राउ गरिएको अनुमान छ । भक्तपुरमा हिजो दिउँसोसम्म पनि पक्राउ आतङ्क थियो । ह्योजुको घटनालाई नारायणमान बिजुक्छेँको समूहमाथि व्यापक प्रहार गर्ने अवसरको रूपमा सरकारले उपयोग गरेको हो भन्ने धारणा राजधानीमा पाइन्छ ।”
‘भूकम्प, हत्या, सरकार र रा.पं.’ शीर्षकमा समीक्षाको त्यही अङ्क (१७ भदौ) मा रामेश्वर मरहठ्ठाले भदौ १५ गते बसेको राष्ट्रिय पञ्चायत बैठकको महापञ्चहरूले कर्ण ह्योजुको हत्या, भिषण भूकम्पबाट पीडित परिवारका निम्ति उद्धार सहायता कार्यमा भएको अनियमितता र अन्य विषयमा अभिव्यक्तिहरूबारे लेखे–
“यसै बैठकमा भक्तपुरको ९ भदौको कर्णप्रसाद ह्योजु काण्डलाई लिएर ३÷४ घण्टासम्म विशाल भिडले लछारपछार गर्दै, पिट्दै र घिसार्दै गर्दा पनि प्रहरी र प्रशासनले संरक्षण दिन नसकेकोमा सरकारको कडा भत्र्सना गर्नुको साथै प्रधानमन्त्री, मन्त्रिपरिषद् र पनिजाबुस अध्यक्ष समेतको उपस्थितिमा ‘नारायणमान बिजुक्छेँलाई फाँसी दे’ जस्ता नारा लाग्नुमा आश्चर्य र न्याय प्रणालीमा प्रभाव पार्नेजस्ता रापसहरूले विचार व्यक्त गरे ।
उमेशजङ्ग थापा, लेखनाथ अधिकारी र ओमकारप्रसाद गौचनले भने वामपन्थी, जनपक्षीय आदि शब्द प्रयोग गर्दै त्यो ह्योजु हत्याको जिम्मेवार कम्युनिस्ट हुन् भन्ने निष्कर्ष जस्तै व्यक्त गरेका थिए ।
वामपन्थी झुकाव भएका प्रत्येक रापसले आफ्ना विचार व्यक्त गर्नासाथ मोरङका उमेशजङ्गले नियमविपरीत गर्ने र अध्यक्षले तुरुन्त समय दिएपछि कम्युनिस्ट, जनपक्षीय, वामपन्थी आदि शब्द थप्दै यी हत्यारा हुन् भन्ने गर्थे । अन्य रापसहरूले नियमापत्ति गर्दा समय नपाउने र उमेशजङ्गलाई त्यसरी समय दिएको देख्नेहरू वामपन्थी झुकाव राख्ने महापञ्चहरूलाई गाली गर्न र गराउनको निम्ति अध्यक्ष र थापाबिच सम्झौता त थिएन ? भन्ने आशङ्का पनि व्यक्त भएको सुनियो ।
‘समीक्षा’ ले रामेश्वर मरहट्टाको रिपोर्टिङलाई ‘पागलखानाको माग’ उपशीर्षकमा अगाडि भन्छ–
“द्रोणाचार्य क्षेत्रीले रापस श्री गोविन्द दुवाललाई राष्ट्रिय पञ्चायत सदनमा उपस्थित गराउने माग गर्नुहुँदा उमेशजङ्ग थापाले हत्यारा शब्द प्रयोग गरेकोले खोटाङका रापस श्री वीरेन्द्रकेशरी उपाध्यायले अदालतले निर्णय नदिएसम्म अपराधी भन्न पाइन्न भन्दै नियमापति गर्नुभएको थियो । रापस श्री चन्दा शाहले उमेशजङ्ग थापालाई पागलखानाको व्यवस्था गरिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । त्यसो भन्दा श्री थापाले चन्दा शाहलाई अपशब्द प्रयोग गर्नुभएको थियो ।” १७ भदौकै ‘समीक्षा’ ले ‘पाशविक काण्ड’ भन्ने सम्पादकीयमा भन्छ–
“राजधानीसित जोडिएको जिल्लामा यस्तो नाटकीय घटना हुँदा प्रहरी र प्रशासनमा देखापरेको त्यस्तो अकर्मण्यता र उदासिनता आकस्मिक होइन कि योजनाबद्ध थियो भनी शङ्का गर्नेहरूलाई सन्तोषजनक जवाफ आएको छैन ।” “…….. मन्त्रिपरिषद्ले र २७ वर्षदेखि मुलुकको राजनीतिको जिम्मा लिएको पञ्च नेतृत्वले सडकमा उत्रिएर न्यायिक प्रणालीमाथि प्रभाव पार्ने गरी एउटा व्यक्तिको नाम लिई नारा लगाउनु र राजनीतिक प्रतिशोधजस्तो देखिने गरी व्यवहार गर्नुलाई पनि उत्तरदायित्वपूर्ण र सन्तुलित प्रतिक्रिया भन्न मिल्दैन । प्रधानमन्त्री र पनिजाबुस अध्यक्षबाट समेत त्यसरी सन्तुलन गुमाउनुलाई उहाँहरूको अदूरदर्शिता मात्र भन्न सकिन्छ ।“
‘मेरो देशः मेरो संसार’ मा मदनमणि दीक्षितले १७ भदौकै समीक्षामा लेखे– “भक्तपुरको त्यो विवादमा जिल्ला, केन्द्रीय प्रशासन र पनिजाबुसले जसरी भए पनि ह्योजुलाई उचालेर बिजुक्छेँलाई पछार्ने कोसिस गर्नु स्वाभाविक थियो । त्यस्तै हुने पनि गरेको थियो । बुद्धि भएको भए निर्वाचनमा पराजित र जुन थालमा खाएर मोटाएको हो त्यही थाललाई कोपरा बनाउने चरित्रमाथि भर पर्न खोज्ने जस्तो काम २५ वर्षपछि पनि पञ्चायतले गर्नुपर्ने थिएन । भक्तपुरमा उदार कार्य चलाउन त्यहाँका अन्य कुनै संस्था वा पञ्चायत एकात्न्दा पनि सरकारलाई कर्णप्रसाद नै चाहिएको बाट पनि त्यही देखा परेको हो । यस्तो अवस्थामा भक्तपुरका भूकम्प पीडितहरूबिच सहायता सामग्री वितरण गर्दा सरकारले राजनीतिक पक्षपात र पूर्वाग्रहलाई सरकारले ठाउँ दिएर नै अन्तिम अवसरमा ह्योजूलाई त्यहाँ अघि सारेको थियो । त्यसरी विग्रहको स्थितिलाई नै पीडाको अवस्थामा समेत चर्काउने कोसिस यहाँ प्रशासनले नै गरेको थियो ।”
“……… भक्तपुर सहरको केन्द्रीय भागमा त्यस्तो घटना हुँदा प्रहरी के हेरिरहेको थियो भन्ने मेरो पहिलो प्रश्न छ । भक्तपुर पर्यटन आकर्षणको ठूलो केन्द्र हो, भूकम्पले क्षतिग्रस्त भयो, विचलित अवस्थामा थियो, विवादग्रस्त थियो । त्यस्तै बेला पीडित परिवारहरूबिच खाद्यान्न वितरण हुन लागेको थियो । भक्तपुरमा मात्र होइन, क्षतिग्रस्त त्यस्ता पीडित अवस्थामा रहेका कुनै पनि ठाउँमा सुरक्षा व्यवस्था र प्रहरीलाई सावधान राख्नुपथ्र्याे । झगडा हुन थालेको थाहा पाउनासाथ तुरुन्तै प्रहरीले ह्योजूलाई भिडबाट छुटाएर उपचारार्थ अस्पताल पु¥यायो भनी गृहमन्त्रीले शुक्रबार रा.प. मा भने पनि थुप्रै महापञ्चले त्यो कथनलाई असत्य ठह¥याई तत्काल प्रतिवाद गरेका पनि हुन् । गृहमन्त्रीको भनाइमा सत्यता रहे पनि प्रहरीले समयमै हस्तक्षेप गरेको भए ह्योजूको जीवन जाने थिएन । तैपनि, आफ्नो त्यो भनाइमा गृहमन्त्री अड्ने हो भने ह्योजुको हत्या निम्ति त्यो दिनको भक्तपुरे भिडबिच होइन कि अन्यत्र नै गृहमन्त्रीले ह्योजुको हत्यारा खोज्नुपर्नेछ ।”
“…. श्री ५ को सरकारमा प्रधानमन्त्री र उहाँको मन्त्रिपरिषद् तथा संवैधानिक अङ्ग पनिजाबुसले सडकमा उत्रिएर विरोध गर्नुपर्ने घटना जत्रो विशालता प्रदान गर्न म सक्दिनँ । ‘हत्यारा नारायणमानलाई फाँसी दे’, ‘आतङ्कवाद मुर्दावाद’ भन्ने नारा लगाउँदै विशाल जुलुस झिक्नुपर्ने र राजधानीमा त्यस्तो जुलुसलाई प्रधानमन्त्री र पनिजाबुस अध्यक्षले नेतृत्व गर्न अघि सर्नु सा¥है विचित्र हो र त्यही भक्तपुरमा अघिल्लो दिन भएको लिचिङकै सौम्य रूप हो । हुन त लिचिङको सौम्य रूप हुँदैन । प्रधानमन्त्री र अध्यक्ष सुवेदीले भक्तपुरको एउटा सानो प्रतिबन्धित डफ्फाविरुद्ध नारा लगाउदै सडक प्रदर्शनमा उत्रिनु उहाँहरूको पदको अवमूल्यन भएको छ । अघिल्लो दिन त्यत्रा ठूला राष्ट्रिय व्यक्तित्वको हत्या भएको विरोधमा मुलुकको प्रधानमन्त्री र प्रतिनिधि व्यवस्थाका अध्यक्ष नारा लगाउँदै सडकमा उत्रिएका हुन् भने त्यस्तो विलक्षण व्यक्तित्वको सुरक्षा निम्ति भक्तपुरको विषम अवस्थामा उहाँहरूले के गर्नुभएको थियो ? मेरो यो प्रश्नलाई कसैले जवाफ दिनेछैन भन्ने मलाई थाहा छ । नेपालमा बुद्धिको कुरा गर्नु कुहिरोको काग हुनु हो भन्ने पनि थाहा छ ।”
Leave a Reply