भर्खरै :

शिक्षक र विद्यार्थीका लागि उपयोगी सन्दर्भ सामग्री

शिक्षक र विद्यार्थीका लागि उपयोगी सन्दर्भ सामग्री

“समाज विकासको एक झलक” पुस्तक

मानव जातिको विकास कसरी भयो ? यो प्रश्न तमाम जिज्ञासुहरूका लागि रोचक हुनसक्छ । यस प्रश्नको उत्तर थाहा पाउनु अझ तथ्यपरक जानकारी हासिल गर्नु ज्यादै गा¥हो छ । अझ भनौँ, मानव समाजको उत्पत्ति र विकास भनेको गहन अध्ययनपश्चात् पाठकसामु पेस गर्ने विषय साधनाको उपज हो ।
अत्यन्त गहन तर पेचिलो विषयमा थोरैले कलम चलाउँछन् । यस्तै गा¥हो विषय वरिष्ठ राजनीतिज्ञ एवम् लेखक हरिबहादुर श्रेष्ठले गर्नुभएको छ । मानव समाज विकास झलकको विषयवस्तुलाई केन्द्रबिन्दुमा राखी लेखिएको ‘समाज विकासको एक झलक’ हरिबहादुर श्रेष्ठको पछिल्लो प्रकाशित कृति हो ।
स्रष्टा समाज नेपालद्वारा २०८० जेठ महिनामा प्रकाशित भए पनि उक्त पुस्तक पढ्न भने साउनको मध्यसम्म कुर्नुप¥यो । पुस्तकबारे सामाजिक सञ्जालतिर व्यापक चर्चा भइरहँदा विभिन्न अन्तरक्रिया कार्यक्रम आयोजना भए । त्यहीँ भएर पनि होला पुस्तक पढ्न सा¥है मन थियो ।
पुस्तक हातमा प¥यो । सरसरति भूमिका पढेँ । १९७५ तिर गैरनेपाली भाषी किसानहरूमा समाज विकासका विविध चरण र आयामबारे सुसूचित गर्न लेखकले सामग्री टिपोट गर्नुभएको रहेछ । यसरी गहन अध्ययनपश्चात् अथक साधनाद्वारा तयार पारिएको निवन्ध सो कृति शिक्षक र विद्यार्थीका लागि अमूल्य सन्दर्भ सामग्री हो । अनुसन्धान गर्ने समाजशास्त्री र मानवशास्त्रीका लागि भने स्रोतसामग्री हो ।
करिब १५४ पृष्ठभित्र पाठकसामु सरल भाषामा प्रस्तुत गरिएको उक्त पुस्तक पृथ्वीको उत्पत्तिदेखि मानव विकासका विभिन्न चरणहरूको सचित्र वर्णनसँगै नेपाली समाजको प्रसङ्ग व्यवस्थित गरी उल्लेख गर्नु जटिल काम हो । लेखकको वैज्ञानिक चेत र अनुसन्धानात्मक प्रवृत्ति भएर नै कृतिको जन्म भएको बलियो प्रमाण पुस्तकको अन्त्यमा उल्लेख भएको सन्दर्भसामग्रीले पुष्टि गर्दछ ।
हुन त ‘सय वर्षपछिको भक्तपुर’ कृति सार्वजनिक गरिसकेका लेखकले आफूमा भएको दिव्य चेतना र दूरदृष्टिको पर्याप्त आधार प्रस्तुत गरिसकेको परिप्रेक्ष्यमा यो पुस्तक प्रकाशनले विगत (इतिहास) र भविष्यलाई लेखकले जोडेर आफ्नो अमूल्य योगदान समाजलाई दिएको आभाष हुन्छ ।
पुस्तक पढ्दै जाँदा लाग्यो, लेखकले इतिहासलाई मौलिक शैलीमा प्रस्तुत गर्नुभएछ । जब गहिरिएर अध्ययन गरेँ तब महसुस भयो स्रष्टाले समाज विज्ञानको अनुपम उपहार पस्कनुभएको रहेछ ।
अझ रोचक कुरा त नेपाल सरकारले २०७६ सालमा माध्यमिक तह (कक्षा ११ र १२) को नयाँ पाठ्यक्रम तयार गरी लागू गर्ने निर्णय ग¥यो । सो अनुरूप कक्षा ११/१२ मा अनिवार्य विषयको रूपमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको पाठ्यपुस्तक तयार भयो । जसमा मानव तथा समाजको उद्भव र विकास शीर्षकको एकाइ कक्षा ११ मा समावेश गरिएको छ । सो एकाइमा मानव समाजको विकासक्रम कृषि युगको सुरुवात, पुँजीवादी युग, औद्योगिक विश्वजस्ता विषयवस्तु समावेश गरिए । औद्योगिक क्रान्ति, बस्ती विकासजस्ता शीर्षक समाविष्ट गरी पाठ्यपुस्तक तयार गरियो । ती नै विषयवस्तुको आवश्यकता र सान्दर्भिकता करिब आधा शताब्दी अघि लेखकले बोध गरी सङ्कलन गर्नु एक स्रष्टाका लागि योभन्दा गौरवको विषय अरू के हुनसक्छ ? तसर्थ, लेखक हरिबहादुर श्रेष्ठलाई एक विशिष्ट सन्दर्भ सामग्री उपहारका लागि साधुवाद !
अर्काे कुरा कक्षा ११ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको एकाइ ४ मा कार्ल माक्र्सले अघि सारेका मानव समाज विकासका चरणहरूको अपूर्णतासहितको विषयवस्तु पाठ्यसामग्रीको रूपमा अध्ययन–अध्यापन भइरहेको सन्र्दभमा यो कृतिले सो रिक्तता परिपूर्ति गरेको छ । यो कृतिमार्फत अब विद्यार्थी–शिक्षकले मानव समाज विकासका विभिन्न कालखण्ड र नेपाली समाजको बनावटबारेमा गहन अध्ययन र सुसूचित हुने मौका पाउनेछन् ।
उक्त कृति तयार गर्दा सङ्कलन गरिएका विषयवस्तु तथा तथ्यपरक जानकारीको गहनता र व्यापकता देख्दा लेखक श्रेष्ठको क्रियाशीलताको सहजै अनुमान गर्न सकिन्छ । यसरी यस कृतिले शैक्षिक क्षेत्रमा ठूलो गुण लाएको कुरा नकार्न सकिन्न ।
उक्त कृतिको महत्व र सार्थकता वर्तमान परिप्रेक्ष्यमा व्यापक रहेको महसुस भएको छ । २०७२ सालमा गरी वर्तमान संविधानको प्रस्तावनामै समाजवादप्रति पुनः प्रतिबद्ध राष्ट्र निर्माण गर्ने कुरा उल्लेख भएको र अर्थ व्यवस्था समाजवादउन्मुख हुने कुरा स्वीकार गरेको सन्दर्भमा लेखकले समाजवादको उदयको विषयमा विस्तृत व्याख्या समय सान्दर्भिक लागेको छ । तथापि, समाजवाद र यसका नेपाली आयामबारे विषयवस्तु समावेश गरिदिएको भए आमपाठकलाई समेत धारणा बनाउन सजिलो हुन्थ्यो । आशा छ, आगामी संस्करणहरूमा उक्त विषय समेटिने छ ।
कार्ल माक्र्सले परिकल्पना गरेको साम्यवादी समाजको विषयवस्तु ‘समाज विकासको एक झलक’ पुस्तकमा समेटिनुपथ्र्याे भन्ने महसुस भएको छ ।
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यपुस्तकको एक सन्दर्भ सामग्रीको रूपमा विद्यालयले पुस्तकालयमा राख्नुपर्छ र विद्यार्थीलाई उक्त पुस्तक अध्ययन गर्न उत्प्रेरित गर्नुपर्छ । विद्यालय प्रशासन र स्थानीय तहले यसमा रुची देखाउने छन् ।
अन्त्यमा, लेखक हरिबहादुर श्रेष्ठको यो कृतिले आम पाठकहरूको बौद्धिक स्तर बढाउन र ज्ञानको दायरा फराकिलो बनाउन पुस्तक सहायक सिद्ध हुनेछ । लेखकको आगामी लेखन यात्राले समाजलाई अझ विशिष्ट योगदान देओस् र लेखकले गतिशीलता पाओस् शुभकामना !
(लेखक वागीश्वरी माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *