भर्खरै :

चीनसँगको ‘नयाँ शीतयुद्ध’ अमेरिकाले बुनेको जाल

चीनसँगको ‘नयाँ शीतयुद्ध’ अमेरिकाले बुनेको जाल

चीन र संरा अमेरिकाबिचको ‘नयाँ शीतयुद्ध’ जनमतको तातो बहसको विषय बनेको छ । यसका दुई प्रतिनिधि लेखहरू हुन् ः एउटा हो हेरिटेज ट्रस्टीका अध्यक्ष केभिन रोबर्टसद्वारा मार्चमा प्रकाशित ‘हामीले चीनसँगको नयाँ शीतयुद्ध कसरी जित्छौँ’ शीर्षकको लेख र अर्को हो अमेरिकी रणनीतिकार चाल्र्स ए कुप्चानले जूनमा लेखेको “हामीले सम्झेको भन्दा धेरै नराम्रो शीतयुद्ध हुनसक्छ ।” के चीन र अमेरिकाबिचको ‘नयाँ शीतयुद्ध’ ती दुई लेखकहरूले विश्वास गरेजस्तै ‘अपरिहार्य’ हो ?
शीतयुद्ध सन् १९४० देखि १९९० को दशकसम्म संरा अमेरिका र समाजवादी सोभियत सङ्घबिचको ‘तातो युद्ध’ बिनाको चौतर्फी भिडन्त थियो । इतिहासलाई फर्केर हेर्दा अमेरिकाले जितेको शीतयुद्ध कुनै सैन्य विजय थिएन । शीतयुद्ध पनि अमेरिकाको लागि राजनीतिक विजय थिएन किनकि चीनको उदयले भ्रमलाई चकनाचुर बनायो र ‘वासिङ्टन मोडेल’ सर्वोच्चतामा लगाम लगाउन असफल भयो ।
बाइडेन प्रशासन सत्तामा आएदेखि यसले चीनविरुद्ध साझा मूल्यहरूको गठबन्धनलाई पुनरुत्थान गर्न आर्थिकरूपमा ‘जोखिम मुक्ति’ को नाममा ‘चीनविरोधी’ गर्न र ‘जोखिम मुक्ति’ को निर्माण गर्न राजनीतिकरूपमा खेमा बनाउन र इन्डो–प्यासिफिक सर्कल चीनलाई सैन्यरूपमा दबाउन कुनै कसर बाँकी राखेको छैन । यो चौतर्फी रणनीति शीतयुद्धको मानसिकताको निर्देशनमा बनाइएको स्पष्ट छ । यसको उद्देश्य चीनलाई आफ्नो पूर्वनिर्धारित शीतयुद्ध रणनीतिक ढाँचामा ल्याउनु हो । यो पनि आधारभूत कारण हो कि पश्चिमी मिडियाले चीन र अमेरिका बिच ‘नयाँ शीतयुद्ध’ को लागि हल्ला गरिरहेको छ ।
तर, संरा अमेरिका र सोभियत सङ्घबिचको शीतयुद्धमा जस्तै आज अमेरिकाका लागि चीनलाई राजनीतिक र सैन्यरूपमा पराजित गर्न गा¥हो हुनेछ । भर्खरै, अमेरिकी विदेश सचिव (विदेशमन्त्री) एन्टोनी ब्लिन्केनले सार्वजनिकरूपमा स्वीकारेका छन् कि अमेरिकाले तीव्र प्रतिस्पर्धाको बिचमा चीनसँग ‘शान्तिपूर्वक सहअस्तित्व’ गर्ने बाटो खोज्नुपर्छ ।
चीन पहिलेजस्तो थिएन । चीनको सुधार र खुलापन र आर्थिक विश्वव्यापीकरणको लहरका कारण चिनियाँ अर्थतन्त्र विश्व अर्थतन्त्रसँग गहिरो रूपमा गाँसिएको छ । यस ढाँचामा, अमेरिका र उसका सहयोगीहरू चीनसँगको ‘प्रतिस्पर्धा’ मा दुई पूर्णतया फरक खेलहरूमा फसेका छन् । अमेरिकाले चीनलाई ‘सबैभन्दा ठूलो खतरा’ मान्छ, यसरी ‘शून्य–योग खेल’ सिद्धान्त सिर्जित भिडन्तलाई बढावा दिन्छ । यद्यपि, (अस्थायी) अपरिवर्तनीय आर्थिक अन्तरनिर्भरताको कारणले गर्दा, अमेरिका चीनबाट सम्बन्ध तोडेरे पनि दृढताका साथ चीनबाट ‘डिकपलिङ’ (सम्बन्ध विच्छेद) को प्रतिरोध गरिरहेका छन् । बरु, तिनीहरूले ‘निष्पक्ष आर्थिक आदानप्रदान कायम राख्न’ दबाब सिर्जना गरिरहेका छन्, जुन निश्चितरूपमा जीत–जीत सहयोग र सम्झौताको ‘सकारात्मक–योग खेल’ माथिको जीत हो ।
अर्को शब्दमा भन्नुपर्दा सुरक्षा र आर्थिक हितमा हुने विकृति नै संरा अमेरिकालाई आन्तरिकरूपमा आफ्नो शक्ति सुदृढ गर्न र बाहिरीरूपमा चीनविरुद्ध खेमा बनाउनमा सबैभन्दा ठूलो बाधा हो र यो अवरोधले अमेरिकालाई उसले सोभियत सङ्घको विरुद्धमा गरेजस्तै आफ्नो राजनीतिक, सैन्य र आर्थिक शक्तिलाई एकजुट गर्न गा¥हो बनाएको छ ।
अझ महत्वपूर्ण कुरा के छ भने चीनलाई ‘नयाँ शीतयुद्ध’ को रणनीतिक जालमा कहिल्यै पनि तान्न सक्ने छैन ।
विचारधाराको हिसाबले चीनले अमेरिकासँगको स्पष्ट भिडन्तलाई कम महत्व दिन्छ । अमेरिकाले यसलाई ‘सार्वभौमिक मूल्यहरू’ भन्छ – अनिवार्यरूपमा ‘उदारवादी लोकतान्त्रिक’ मूल्यहरू थोपरेको छ, जबकि चीनले साझा भलाइमा ध्यान केन्द्रित गर्दछ र साझा भविष्यको विश्वव्यापी समुदायको निर्माणलाई प्रवद्र्धन गर्दछ । आफ्नो विचारधारा वा निर्यात नगरी आफ्नै बाटो लिने कुरामा जोड दिन्छ । अन्य देशहरूलाई चीनको बाटो लिन कुनै बाध्यतामा पार्दैन ।
आर्थिक मोर्चामा चीनले विजयी परिणामका लागि सहयोगी विकासलाई खुला र प्रवद्र्धन गर्न जारी राखेको छ । जबसम्म चीन सुधार र खुलापनको पक्षमा छ, अमेरिकाले आफ्नो अर्थतन्त्रलाई ‘डि–सिनिकाइज’ (चीनबाट मुक्त) गर्ने प्रस्ताव गर्नु गलत प्रयास हो ।
यो देख्न सकिन्छ कि शीतयुद्धका सबैभन्दा आधारभूत विशेषताहरू – वैचारिक र राजनीतिक जस्तालाई तस्तै, सैन्य भिडन्त र पूर्ण आर्थिक ‘डिकपलिङ’ – चीन र अमेरिकाबिच सम्भव देखिँदैन । चीन र अमेरिकाबिचको अपरिहार्य ‘नयाँ शीतयुद्ध’ को दाबी अमेरिकाले मनगढन्तेरूपमा सिर्जना गरेको हो । संरा अमेरिकाको योजनाअनुसार चीन र अमेरिका तथाकथित नयाँ शीतयुद्धको अवस्थामा प्रवेश गर्नेछन् र त्यसपछि अमेरिकाले आफ्ना राजनीतिक, सैन्य र आर्थिक शक्ति र आफ्ना सहयोगीहरूलाई चीनलाई दबाउनका लागि एकसाथ ल्याउन सक्नेछ ।
यो स्पष्ट छ कि चीन अमेरिकाको पाइला पछ्याउँदै पूर्वनिर्धारित शीतयुद्धको रणनीतिमा परेको छैन र पर्ने गल्ती गर्नेछैन । बरु, चीन आफ्नो शान्तिपूर्ण विकास र खुलापनको नीतिमा अडिग रहनेछ र भिडन्तबिना सहकार्य र सहयोग खोजिरहनेछ । यसरी अमेरिकाले एउटा हातले अर्को हातबिना ‘नयाँ शीतयुद्ध’ को ताली बजाउन सक्दैन ।
(लेखक साङ्घाई अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)
– ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *