श्रीलङ्काका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा
- मंसिर २६, २०८१
(चीन–संरा अमेरिका द्विपक्षीय सम्बन्ध संसारमा सबैभन्दा महत्वपूर्ण सम्बन्धहरूमध्ये एक हो । यस सम्बन्धको प्रक्षेपणले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको छ । तर, पनि अमेरिकाले शीतयुद्धको वास्तविक अर्थ देखाउँदै राजनीति र कूटनीति, अर्थतन्त्र, व्यापार, प्रविधि र सैन्य सुरक्षाजस्ता विभिन्न मोर्चाहरूमा चीनलाई दबाउने आफ्नो प्रयासलाई तिव्रता दिइरहेको छ ।
ग्लोबल टाइम्सले चिनियाँ र विदेशी विज्ञहरूलाई ‘नयाँ शीतयुद्ध’ को अमेरिकी बङ्ग्याइ उदाङ्गो पार्न र यसले विश्वलाई सम्भावितरूपमा हुनसक्ने क्षति अनुमान गर्न आमन्त्रित गरेको छ । यो शृङ्खलाको तेस्रो किस्ता हो ।)
केही वर्षअघि स्वीडेनको द ट्रान्सनेसनल फाउन्डेसन फर पिस एन्ड फ्युचर रिसर्चले ‘बिहाइन्ड द स्मोकस्क्रिन’– पश्चिमको विनाशकारी चीनविरुद्ध शीतयुद्धको एजेन्डा र किन यो रोकिनुपर्छ । शीर्षकमा एक प्रतिवेदन प्रकाशित ग¥यो ।
संयुक्त राज्य/पश्चिमी आरोप उद्योगका धेरै परिप्रेक्ष्यहरूमध्ये हामीले सिन्चियाङमा नरसंहार, जबरजस्ती श्रम र ताइवानलगायत पश्चिमी दिमागमा चीनको व्यवस्थितरूपमा नकारात्मक छवि निर्माण गर्ने उद्देश्यका नौ मुख्यधाराका मिडिया बङ्ग्याइ विधिहरूबारे मध्यवर्ती कथाहरू हेर्यौं ।
हामीले पत्ता लगायौँ कि शीतयुद्ध ‘स्वतन्त्र’ प्रेसलाई प्रभाव पारेर तीन मुख्य संयन्त्रहरूमार्फत हुने रहेछ :
क) नक्कली वा मनगढन्ते कथाहरू,
ख) बहिष्कार – उदाहरणको लागि, चीनको विकासका हरेक सकारात्मक पक्षहरूको बहिष्कारको अभियान,
ग) स्रोत अज्ञानताः उही केही सीमित स्रोतहरू प्रयोग गरेर विकृत जानकारी फैलाउने कार्य अमेरिकाबाट फैलाइएका र दोहो¥याइएका वाक्वाकीलाग्दा विज्ञापन र मूल अनुभवजन्य प्रमाण वा दाबीहरूको वैधता कहिल्यै जाँच गरिँदैन ।
अन्ततः यसले मुख्यधाराको मिडियाको विशिष्टता र महत्वपूर्ण भूमिकाको क्षय निम्त्याउँछ र पत्रिकारूलाई कालो र सेतो विश्वव्यापी दृष्टिकोणमा बन्द गर्नेतर्फ तिनीहरूको रूपान्तरण गर्छ । जसले ‘हामी राम्रो, उनीहरू खराब’ भन्दै द्वन्द्व र युद्धलाई बढावा दिन्छ, सबै सैन्य–औद्योगिक क्षेत्रद्वारा सञ्चालित मिडिया–शैक्षिक कम्प्लेक्स यसका तड्कारा उदाहरण हुन् ।
प्रजातन्त्रको लागि दुर्भाग्य, मुख्यधाराका मिडियाहरू सैन्यवाद, हतियार, साम्राज्य र यसका युद्धहरूलाई वैधानिकता बढाउने नेता बनेका छन् । यी सबैमा शीतयुद्धका तत्वहरू के – के हुन् ?
पहिलो र प्रमुख, शीतयुद्ध एक मनोवैज्ञानिक–राजनीतिक घटना हो । यसले हाम्रो अविश्वसनीय जटिल संसारलाई दुई भागमा विभाजित ग¥यो । राम्रोविरुद्ध खराब । यसले हाम्रो श्रेष्ठता जोगाउन र अरूलाई चुप लगाउन र कमजोर राख्न खोज्छ । यदि यसको प्रतिरोध असफल भयो भने यसले युद्धको प्रतिज्ञा गर्दछ । यसले समानता, सहयोग र आपसी सिकाइको संसारलाई रोक्छ । यदि तपाईँ प्रणालीमा पहिलो नम्बरमा हुनुहुन्छ भने तपार्इँ अरूबाट सिक्न र सुन्नुहुन्न बरु तपाईं अरूलाई सिकाउनुहुन्छ, घुस दिनुहुन्छ र आदेश जारी गर्नुहुन्छ ।
शीतयुद्ध शीत योद्धाको लागि राम्रो हुन सक्छ जब युद्ध आरोहणमा हुन्छ । युरोपको ‘पुरानो’ शीतयुद्धमा, दुईवटा आधारभूतरूपमा पश्चिमी प्रणालीहरू – एउटा कार्ल माक्र्सको सिद्धान्तमा आधारित, अर्को एडम स्मिथको सिद्धान्तमा आधारित प्रणालीहरूले प्रतिस्पर्धा गरे । सबै शक्ति तराजूहरूमा, सोभियत सङ्घ र यसको प्रणालीमा उच्च थियो । हामीलाई थाहा छ यो कसरी समाप्त भयो ।
त्यसपछि विजेताले ‘मूर्खतापूर्वक’ सबै स्थान लियो । संयुक्त राज्य अमेरिका÷नेटो संसारले आफ्नो असाधारण ‘अन्तर्राष्ट्रिय नियम–आधारित आदेश’ भित्र मनलागी काम गर्यो, संयुक्त राष्ट्र सङ्घीय बडापत्र र अन्य अन्तर्राष्ट्रिय कानुनहरू मिचे । नाटोको आफ्नै सन्धिको उल्लङ्घन गरी नाटो–क्षेत्र बाहिरको सैन्य कार्यहरू ग¥यो । युगोस्लाभियामा मानव अधिकार र व्यवस्था परिवर्तन÷स्रोत÷आतङ्कवादविरोधी युद्धहरूको बहानामा सोभियत सङ्घलाई दिइएको सबै प्रतिज्ञाहरूविरुद्ध नाटोको विस्तार गरियो ।
सबै धेरै राम्रो भयो र धेरै सजिलो लाग्थ्यो । अरूको कुरा किन सुन्ने वा सहानुभूति दिने ? परिवर्तनशील संसारमा किन ध्यान केन्द्रित गर्ने ? जब ‘हामी’ परिवर्तनकर्ताहरू, परमेश्वरको आफ्नै देश उत्कृष्ट हो ? यदि हामी यसबाट टाढा जान सक्छौं भने, हामी गर्छौं । यद्यपि, विवेकशीलता, राज्यसत्ता र दीर्घकालीन सोचले काम गरेको भए नार्सिसिस्ट साम्राज्यवादी घमण्डको सट्टा विश्वव्यापी प्रभाव विश्लेषण गर्न बाध्य तुल्याउने थियो ।
पश्चिमले बाँकीलाई बेवास्ता ग¥यो । चिनियाँ अवधारणाहरूको सुन्दर संयोजनमा आधारित चीनको प्रभावशाली सामाजिक–आर्थिक विकास – जुन पश्चिमले अझै बुझ्दैन र आयातित पश्चिमी तत्वहरू ब्रिक्स, साङ्घाई सहयोग सङ्गठन र अफ्रिकी र अन्य क्षेत्रीय सङ्गठनहरूजस्ता सङ्गठनहरूको स्थापना र परिपक्वतालाई खतरा ठान्छ ।
पश्चिमले पनि आफ्नो सैन्यवादको लागि तिर्ने वास्तविक मूल्य बुझेको छैन । यो प्रविधि र अर्थव्यवस्थासहित सबै नागरिक क्षेत्रहरूमा ठूलो र बढ्दो बोझ हो र बढ्दै गइरहेको छ । अधिक राष्ट्रिय र सामूहिक रूपमा आत्मनिर्भरता लगभग ५० वर्ष पहिले विकसित र पश्चिमद्वारा उपहास गरिएको अवधारणा हो ।
परिणाम के भयो ? यो लेख ब्रिक्स अफ्रिका, मध्य पूर्व र दक्षिण अमेरिकाका आवश्यक देशहरूका साथ विस्तार भएको भोलिपल्ट लेखिएको हो । आज बहुध्रुवीयता र सहकार्यतर्फको ठूलो कदमले यसो भन्दै छन् हामी तपाईंबिना अमेरिका र युरोप छिर्न सक्छौं यदि तपाईं नयाँ, व्यावहारिक सर्तहरूमा सहयोग गर्न चाहनुहुन्छ भने हामी तयार छौं, भएर तपाईंको पश्चिमी वर्चस्व र पश्चिमी मूल्यहरूको विश्वव्यापीकरणको दिन समाप्त हुँदैछ ।
यस्तो छ विश्वव्यापी व्यापक इतिहासः साम्राज्यहरू आए र गए । संरा अमेरिका÷नाटोको अन्तिम होइन । कोही पनि यति भोलि रहन्छ भन्ने छैन । सारा संसारको शासक बन्ने र अरूलाई बाध्य पार्ने ईश्वर–प्रदत्त अधिकार छ भनेर विश्वास गर्न भनिन्छ र यसको मापदण्डहरू स्वीकार गर्न जोड गरिन्छ भने त्यसको अन्त्य निश्चित छ ।
हाम्रो आँखा अगाडि परिवर्तन भइरहेका विशाल विश्व व्यवस्था अकल्पनीय अति अकल्पनीय छ । सत्ताको अज्ञानता वा अन्धो नशाले मात्र यसलाई बेवास्ता गर्दछ । पश्चिमले आफ्नो दौड चलाएको छ र अति विस्तारित भएको छ, अन्य संस्कृतिहरू र सोच्ने तरिकाहरूप्रति असंवेदनशील भएको छ र प्रणालीगत परिवर्तनहरू अनुकूलन गर्न असमर्थ भएको छ तर एकतर्फी रूपमा स्टेरिङमा जोड दिइरहेको छ । पश्चिमले अरूको नजरमा वैधता गुमाउँदैछ, सापेक्षिक आर्थिक र राजनीतिक शक्ति र बाँकीले आकर्षित गरेको महसुस गर्ने राम्रो भविष्यको संसारको रूपरेखा बनाउने रचनात्मक क्षमताता ¥हास ल्याइरहेको छ ।
मैले यहाँ भनेको शुद्ध गान्धी विचार होः तपाईंले हिंसा प्रयोग गरेर अरूलाई भौतिक, आर्थिक, सैन्य, संरचनात्मक, सांस्कृतिक र वातावरणीय हानि पु¥याउन सक्नुहुन्छ । तर, ढिलो चाँडो, तपाईंको हिंसाबाट यसले तपाईंलाई भ्रष्ट बनाउँछ, भ्रष्ट बनाउँछ, क्रूर बनाउँछ । तपाईको निम्ति माया भन्दा धेरै घृणा हुनेछ । एक महत्वपूर्ण जन विकास हुनेछ ।
गहिरो सामाजिक–सांस्कृतिक अर्थमा, क्रिस्चियन ओक्सीडेन्टले ती धेरै प्रकारका हिंसाहरूलाई अनुचित रूपमा समस्याग्रस्त पारेको छ जसमा यसले सांस्कृतिक रुपमा आफ्नो सम्बन्ध बनाएको छ ।
चीनमा पश्चिमको शीतयुद्ध दैनिक समाचारहरूमा चिप्स, व्यापार, ताइवान र स्थायी आरोपहरू उद्योगका अन्य नियमित विषयहरूभन्दा धेरै हावी भएका छन् । यो मानवताको विकासको तरिकामा गहिरो टेक्टोनिक (भू धरातलीय) परिवर्तनहरूको बारेमा हो । पश्चिमा देशहरू या त यसमा सामेल हुनेछन् र योगदान गर्नेछन् या नयाँ संसारमा विकास बाहिरको परिधि बन्नेछन् । तिनीहरू साम्राज्यवादी सनक वा धमाकाको रुपमा पतन हुनेछ र व्यापक इतिहासको अपरिहार्य परिवर्तनहरूसँग अनुकूलन हुनेछन् ।
हामीलाई अर्को १०० वा सो वर्षपछिको मानव जातिको भविष्यको बारेमा धेरै कम थाहा छ । सबै हुँदाहुँदै पश्चिमका असल शक्तिहरूप्रति सहानुभूति र सहयोग विस्तार गर्ने र यसका दुष्टताहरूका विरुद्ध ‘जस्तालाई तस्तै’ को नीतिबाट टाढा रहने दर्शन सबैभन्दा सुरक्षित दर्शन हो ।
(लेखक स्वीडेनस्थित थिङ्क ट्याङक ट्रान्सनेशनल फाउन्डेसन फर पिसका निर्देशक हुन् ।)
अनुवाद : विशाल
Leave a Reply