प्यालेस्टिनी जनताले यहुदीहरूलाई शरण दिएको नरसंहार गराउन होइन
- माघ १, २०८१
भक्तपुर, ६ असोज । “सन् १८८६ को मई आन्दोलनमा सरकारकै मानिसले मजदुरको सभामा घुसेर प्रहरीलाई ढुङ्गा हानेका थिए । त्यही निहुँमा सरकारले मजदुर आन्दोलनलाई दबाएको थियो ।”
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले ‘छोरी–बुहारी समूह वडा नं. १०’ को आयोजनामा शनिबार भएको भक्तपुर काण्डको विरोध र भत्र्सना कार्यक्रममा उक्त भनाइ राख्नुभएको हो ।
सचिव सुवालले सन् १९१७ मा स्थापना भएको रूसको समाजवादलाई कोक्रोमै समाप्त पार्न साम्राज्यवादीहरू लागिपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सन् १९३३ मा प्रतिक्रियावादीहरूले जर्मनीको राइखस्टाग (संसद्) मा आगो लगाएर त्यसको आरोप कम्युनिस्टहरूलाई लगाई दमन र धरकपड गरेका थिए ।”
“विसं २०४५ भदौ ९ गतेको भक्तपुर काण्ड पनि नेमकिपाविरूद्ध पञ्चायती सरकारको राज्यस्तरको षड्यन्त्र थियो । भक्तपुर काण्ड भक्तपुरमा घटाइयो तर, नेमकिपाका कार्यकर्ताविरूद्ध देशभरि दमन चलाइयो”, सचिव सुवालले भन्नुभयो ।
सङ्कटको साथी नै साँचो अर्थमा साथी हुने चर्चा गर्दै उहाँले भन्नुभयो, “भक्तपुर काण्डको विरोधमा महिला दिदी–बहिनीहरू, मजदुर, किसान, बुद्धिजीवी, वकिलहरू पनि लाग्नुभयो । अन्ततः पञ्चायती षड्यन्त्रमा पञ्चायत नै समाप्त भयो । २०४७ वैशाख ११ गते तत्कालीन सरकारले भक्तपुर काण्डको झूटा मुद्दा फिर्ता लियो ।”
भक्तपुर काण्डमा आफूहरूले भोग्नुपरेको अवस्थाबारे चैत्यराज शाक्य र चन्द्रबहादुर उलकले बोल्नुभएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाई, केशव तिमिल्सिना, वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखा र लक्ष्मीप्रसाद चवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply