पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
प्रजातन्त्र भन्नाले सबै नागरिकलाई राजनीतिक तथा सार्वजनिक मामिलामा र सामाजिक व्यवस्थापनमा सहभागी हुने अधिकारको सुनिश्चितता हुनु हो । यो मानव जातिको साझा खोज हो र राजनीतिक सभ्यताको विकासलाई सहज बनाउने एक मात्र उपाय हो । विभिन्न देशहरूले प्रजातन्त्रतन्त्रका विभिन्न रूपहरू अपनाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले पश्चिमी शैलीको प्रजातन्त्रको नक्कल गर्दैन बरू, यसले चिनियाँ विशेषतासहितको समाजवादी प्रजातन्त्र विकास गर्न रोजेको छ, किनभने यो व्यवस्था नै यस देशको अवस्थासँग उपयुक्त छ ।
कुनै पनि देशले आफ्नो राष्ट्रिय अवस्था, राजनीतिक प्रणाली, इतिहास र संस्कृति अनुरूप प्रजातन्त्रको रूप रोज्नुपर्छ । चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनताका आवश्यकताहरू पूरा गर्न, सामाजिक स्थायित्व सुनिश्चित गर्ने र देशको व्यवस्थापन गर्न जनतालाई सबैभन्दा बलियो संस्थागत सुनिश्चितता प्रदान गर्ने भएकाले जनवादी प्रजातन्त्रको सम्पूर्ण प्रक्रियालाई पछ्याउँछ । आफ्नो सम्पूर्ण प्रक्रियामा जनताको प्रजातन्त्रले जनता र जनताको हितलाई प्राथमिकतामा राख्छ । चिनियाँ विशेषतासहितको समाजवादी प्रजातन्त्रले जनताको सर्वोच्चता सुनिश्चित गर्छ । यो पुँजीवादी र अभिजात वर्गको स्वार्थलाई बढावा दिने पश्चिमी शैलीको प्रजातन्त्रभन्दा बिल्कुलै भिन्न छ । उदाहरणका लागि, पुँजीवादी वर्गले मात्र अमेरिकी शैलीको प्रजातन्त्रको आनन्द लिनसक्छ, संयुक्त राज्य अमेरिकाले आफूलाई ‘प्रजातन्त्रको ज्योति’ भनी घोषणा गरे पनि सामान्य मानिसहरूले शासनमा बोल्नसम्म पनि पाउँदैनन् । यसको विपरीत जनताको प्रजातन्त्रको सम्पूर्ण प्रक्रिया जनताको प्रजातन्त्रले जनताको सर्वोच्चतालाई जोड दिन्छ । फलस्वरूप चीनमा जनताको सहमति र ऐक्यबद्धतामा आधारित प्रजातन्त्रको विकास हुँदै आएको छ । यसले जनतालाई वार्ता र आफ्नो मतदानको अधिकार प्रयोग गरेर प्रमुख मुद्दाहरूमा सहमतिमा पुग्न अनुमति दिन्छ ।
जनताको प्रजातन्त्रको सम्पूर्ण प्रक्रिया र प्रगतिले समाजको सुसंवादी र दिगो विकासलाई सहज बनाउँछ, जनताको हितमा सुधार गर्छ र उच्च गुणस्तरीय र उच्च कुशल प्रजातान्त्रिक समाज निर्माण गर्न मद्दत गर्छ । यसले प्रजातान्त्रिक संस्थाहरूलाई बलियो बनाउँछ र जनताको बढ्दो आवश्यकताहरू पूरा गर्न मद्दत गर्छ ।
सन् २०१२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनदेखि चीनले चिनियाँ विशेषतासहितको समाजवादको प्रवद्र्धन गर्दै देशको राजनीतिक र सामाजिक जीवनमा जनताको प्रमुख स्थानलाई सुदृढ गर्दै चिनियाँ समाजवादको संस्थागत शक्तिलाई सदुपयोग गर्दै आएको छ । जनताले आफ्नो मालिकको रूपमा देश चलाउने र नीति तर्जुमा, कार्यान्वयन र पर्यवेक्षणका हरेक पक्षमा सहभागी हुने कुरा पार्टीले सुनिश्चित गरेको छ ।
जनताको प्रजातन्त्रको सम्पूर्ण प्रक्रिया लागि सार्वजनिक पर्यवेक्षण एक पूर्वशर्त हो । जनताको शक्तिले मात्र प्रजातन्त्रमा योगदान पु¥याउन सक्छ र त्यसको प्रभावकारी पर्यवेक्षणमा प्रयोग गर्दा जनतालाई फाइदा हुन्छ । पूर्ण प्रक्रिया जनवादी प्रजातन्त्रको विकासको लागि सबै तहमा जन–काङ्ग्र्रेसको सुचारू कार्यसम्पादन आवश्यक छ, ताकि अधिकारीहरूले जनताका सरोकारहरूलाई सम्बोधन गर्न र सामाजिक समस्याहरू समाधान गर्नमा ध्यान केन्द्रित गर्न सकून् ।
सन् २०२२ मा चिकपाको २० औँ राष्ट्रिय महाधिवेशनको प्रतिवेदनले जनताले देश चलाउने, देशको राजनीतिक प्रणालीलाई कायम राख्ने र प्रजातान्त्रिक माध्यमहरू विस्तार गर्ने संस्थाहरूलाई बलियो बनाउने महत्वलाई प्रकाश पारेको छ । प्रतिवेदनले देशले परामर्शात्मक प्रजातन्त्रको पूर्ण विकास गर्दै परामर्शमूलक प्रजातन्त्रको व्यापक, बहुस्तरीय र संस्थागत विकासलाई प्रवद्र्धन गर्नुपर्ने पनि बताएको छ ।
सन् १९४९ मा जन गणतन्त्रको स्थापना भएदेखि नै चिनियाँ विशेषतासहितको परामर्शात्मक प्रजातन्त्रको विकासले चीनको विकास आवश्यकताहरू पूरा गर्न मद्दत गरेको छ । यसरी परामर्शमूलक प्रजातन्त्रले चिनियाँ राष्ट्रको कायाकल्प (विकास र रुपान्तरण) गर्न र राजनीतिक सभ्यता निर्माण गर्न मद्दत गरेको छ ।
चीनको प्राथमिक स्तरको प्रजातन्त्रको अन्वेषणले राजनीतिक र सार्वजनिक मामिलामा जनताको सहभागिता बढाएको छ र उनीहरूलाई आत्म–निरीक्षण र आत्म–व्यवस्थापन गर्न मद्दत गरेको छ । जनताको समर्थन जुटाउने र आफ्नो शक्ति जुटाउनको लागि प्रभावकारी अस्त्र रहेको संयुक्त मोर्चाले समग्र जनगणतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । अब, चीनले आफूलाई एक महान आधुनिक समाजवादी देशको रूपमा निर्माण गर्न र चिनियाँ राष्ट्रको कायाकल्प महसुस गर्न सबै शक्तिहरूलाई एकताबद्ध गर्न र सबै सकारात्मक पक्षहरूलाई परिचालन गर्न आवश्यक छ ।
चिनियाँ विशेषतासहितको समाजवादी प्रजातन्त्र चिनियाँ जनताको लागि साँचो प्रजातन्त्र हो, जसलाई समाजका सबै सदस्यहरूको विचारलाई समेट्ने राष्ट्रिय जन काङ्ग्रेसमा मतदान गर्ने र आफ्ना प्रतिनिधिहरू चयन गर्ने अधिकार प्रदान गरेको छ । सम्पूर्ण प्रक्रियामा जनताको प्रजातन्त्रले मानवजातिको सामाजिक प्रगतिलाई प्रतिबिम्बित गर्दछ र विश्वव्यापी राजनीतिक सभ्यतामा योगदान पु¥याएको छ ।
प्रजातन्त्रको लागि मानवताको खोज र प्रयोगको अन्त्य कहिल्यै हुनेछैन र कुनै देशले जुनसुकै प्रजातन्त्रको मोडेललाई पछ्याए पनि सुधारको लागि सधैँ ठाउँ राख्नुपर्छ । तर चीन र चिनियाँ जनताका लागि पूर्ण प्रक्रिया जनवादी प्रजातन्त्र नै प्रजातन्त्रको सबैभन्दा राम्रो रूप हो, किनभने यसले राष्ट्रिय परिस्थिति अनुरूप, स्थायित्व कायम गर्न र देशको विकासलाई सम्भव र सहज बनाएको छ ।
(लेखक वुहान पोलिटेक्निक युनिभर्सिटीका सहायक अनुसन्धानकर्ता हुनुहुन्छ ।)
अनुवाद : प्रकाश
चाइना डेली
Leave a Reply