भर्खरै :

वडाध्यक्षको डायरीबाट

वडाध्यक्षको डायरीबाट

दुई जनासँग विवाह गरेर मैले ठूलो गल्ती गरेँ
वडा कार्यालयमा प्रथम प्रहरको समय थियो । त्यहीँ भएर वडामा अलि सेवाग्राहीहरूको भिड थियो । तापनि, म क्रमैसँग कुराकानी गर्दै सक्दो सेवाग्राहीहरूको समस्या समाधान गर्न ध्यानपूर्वक छलफल गर्दै थिएँ । एक जना अर्धवैँसे महिलासँग कुरा सुरु गरेँ । मैले भनेँ, “भाउजू किन वडा कार्यालय आउनुभयो ?” भाउजूले प्रत्तिउत्तरमा भन्नुभयो, “सर ¤ मेरो जेठी र कान्छी छोरीको जन्मदर्ता लिन आएको हुँ । मेरो श्रीमान् सम्पर्कमा हुनुहुन्न । तपाईँले यहाँ वडा कार्यालयमा बोलाएर जन्म दर्ता लिई दिनुप¥यो । जन्म दर्ता लिन के के कागज चाहिन्छ ? जेठी छोरी कक्षा ८ पुगिन् र कान्छी छोरी कक्षा ६ पुगिन् । घरमा श्रीमान्ले खान लाउन नदिएकोले भाडा माझ्ने काम गरिरहेको छु । श्रीमान् अर्कै श्रीमतीसँग बसेका छन् ।
भाउजू अलि पाको उमेरको देखिनुभएको थियो । आर्थिक अवस्था नाजुक भएको अनुहारमा प्रस्ट देखिन्थ्यो । नाकमा फुली लगाइरहेको थियो । त्यही भएर पक्कै भाउजूको गैरनेवारसँग प्रेम विवाह भएको हुनुपर्छ भनी अनुमान लगाएँ । नाकमा फुली भएकोले मेरो मनमा लागेको कुरा सोधी हालेँ, “तपाईँ त नेवार पक्कै होइन, तामाङजस्तो लाग्यो । अनि तपाईँ यो वडाको हो त ? घर कहाँ हो ? कोसँग विवाह भएको हो ? श्रीमान् को हो ? अनि के काम गर्छ ?”
जवाफमा भाउजूले भन्नुभयो, “म तामाङ नै हो सर । मेरो घर सिन्धुपाल्चोक हो । मेरो विवाह यही वडामा बस्ने राजन सुवाल (नाम परिवर्तित) सँग भएको हो । हाम्रो प्रेम विवाह थियो । श्रीमान् गाडी चलाउनुहुन्छ । गाडीमा नै हाम्रो प्रेम बस्यो । अनि विवाह भयो । छोरी दुइटी छन् । तर, श्रीमान्ले बाहिर अर्कै केटी राखेको रहेछ । मलाई थाहा नै छैन । अहिले त मलाई घरबाट निकालेको पनि पाँच÷६ वर्ष भयो । कान्छी च्यापेर ठिमीको घरमा राखेको छ रे । म बाहिर कोठा भाडा लिएर बसेकी छु । छोरीहरूलाई भाँडा माझेर कमाएको पैसाले सरकारी स्कूलमा जेनतेन पढाएको छु । तपाईँ सक्नुहुन्छ भने मलाई भरणपोषण खर्च र जन्म दर्ता गराई दिनुप¥यो । मेरो नाम शोभा तामाङ सुवाल (नाम परिवर्तित) हो ।”
मैले जवाफमा भने, “मेरै घर अगाडि सुवाल परिवार एउटै मात्र छ । तपाईँलाई त मैले कहिल्यै देखिन्न । तपाईँको श्रीमान् त मेरो सहपाठी नै हो । त्यसले दुइटा विवाह गरिसकेछ र ? जन्म दर्ता नै दिइएन । खोइ मलाई मोबाइल नं. दिनुस् त । म अहिले नै कल गर्छु । आफ्नो सन्तानलाई जन्म दर्ता नदिई सुख र ?” मैले शोभा भाउजूसँग नाम र मोबाइल नं. लिएँ र फोन डायल गरेँ । फोन उठ्यो । तर, फोन एक जना महिलाले उठाएको थियो ।
मैले मोबाइलमा भनेँ, “राजन सुवालको मोबाइल होइन र ? राजनजी कता हुनुहुन्छ ? तपाईँको नाम ?” प्रतिउत्तरमा त्यस महिलाले भनिन्, “म राजनकै श्रीमती हुँ । के काम छ भन्नुस् । म भनी दिउँला । राजन त घरमा छैन । गाडी चलाउन जानुभएको छ । दुई तीन दिनपछि आउनुहुन्छ । बिर्सेर मोबाइल छोडेर जानुभयो ।”
मैले जवाफ फर्काएँ, “राजनको कति वटा श्रीमती हो ? एक जना त यहाँ मेरै अगाडि हुनुहुन्छ । तपाईँ पनि श्रीमती रे । म यस वडाको वडाध्यक्ष बोल्दै छु । राजनको जेठी श्रीमती उजुरी गर्न आउनुभएको छ । राजनलाई एक दुई दिनमा वडामा पठाई दिनुस् ।” त्यसपछि फोन राखिदिएँ । त्यसपछि महिनौँसम्म शोभा भाउजू नि आउनुभएन । राजन पनि वडा कार्यालयमा आउनुभएन ।
दिउँसो म फुर्सदमा समाचार हेर्दै थिएँ । त्यही समयमा शोभा भाउजू वडामा आउनुभयो । उहाँको अनुहार देख्नेबित्तिकै मैले चिनिहाले, “भाउजू नमस्ते ! आउनुस् । तपाईँ कहाँ हराउनुभयो ? छोरीको जन्म दर्ता चाहिँदैन ? तपाईँ त वडामा आउनै छोड्नुभयो ? श्रीमान्सँग भेट भयो ? किन वडामा नआउनुभएको ?”
प्रतिउत्तरमा शोभा भाउजूले भन्नुभयो, “यहाँबाट गएपछि नै म बिरामी परे । नानु पनि दुवै जना बिरामी परे । श्रीमान्ले एकपटक पनि हेर्न आएनन्† उपचार गर्नु त छोडिदिनुस् । के गर्ने सर ? निको भएपछि तपाईँलाई भेट्नै आएँ । आज पनि एक जनाको भोजमा भाँडा माझ्नलाई आएकी हुँ । अलि फुर्सद मिलाएर साहुसँग सोधेर आएको हुँ । मेरो साहु त तपाईँको साथी रे । तपाईँले जसरी भए पनि जन्मदर्ता दिलाउन सहयोग गर्नुहुन्छ भन्नुभएको छ । तपाईँ सहयोगी र मिलनसार भन्दै थियो मेरो साहुले । मैले साहुजीको सबै कुरा बुझिन । तर, तपाईँले मलाई न्याय दिनुहुन्छ भन्नुभएको छ । साथै मेरो साहुजी एकदिन तपाईँलाई भेट्न आउँछु भन्नुेभएको छ ।”
भाउजू बोल्दै गर्दा मैले राजनलाई कल गरिसकेको थिएँ । फोन राजनले नै उठाउनुभएको थियो । मैले फोनमा भनेँ, “राजनजी कता हो ? म तपाईँकै सहपाठी घर अगाडिको वडाध्यक्ष तपाईँको जेठी श्रीमतीले उजुरी दिनुभएको छ । तपाईँ अहिले वडा कार्यालयमा आउनुस् ।” मेरो आवाज सुनेर राजन अप्ठेरो मानेजस्तो लाग्यो । तैपनि उहाँ घरमा नै भएकोले तुरुन्त वडामा आउनुभयो । अर्कै श्रीमती पनि सँगै आउनुभएको थियो ।
राजन र उनकी श्रीमतीलाई सोफामा बस्ने अनुरोध गरँे । मैले आफ्नै सहपाठी र छिमेकी भएकोले सहज किसिमले सोधेँ, “किन दुइटा विवाह गरेको ? अनि विवाह गरिसकेपछि जन्म दर्ता दिनुपर्दैन आफ्ना सन्तानलाई ?” राजनले जवाफमा भन्नुभयो, “दुई जनासँग विवाह गरेर मैले ठूलो गल्ती गरेँ । परिस्थितिले यस्तै भयो । मेरो गल्तीप्रति क्षमा गरिदिनुहोला । म मेरी जेठी श्रीमतीतर्फको बच्चालाई जन्म दर्तामात्र होइन, श्रीमतीलाई नागरिकता पनि लिई दिन्छु । कान्छीको नागरिकता र बच्चाको जन्म दर्ता छ । अनि आजै घरमै लगेर पाल्छु । त्यही भएर मैले कान्छीलाई पनि लिएर आएकी हुँ । यिनी पनि बुझ्ने खालकी छिन् । त्यही भएर वडाध्यक्षजी मलाई माफ गर्नुहोला । तपाईँ ढुक्क हुनुहोस्, नागरिकता र जन्म दर्ता दुवै छोरीलाई दिन्छु ।”
मैले तीनै जनालाई भनँे, “तपाईँ एक त कानुन विपरीत बहुविवाह गर्ने, अर्काे जेठी श्रीमतीलाई घरमा राखेर खुवाउनुपर्ने ठाउँमा कान्छीलाई राखेर अन्याय गर्ने ? कान्छी पट्टिकालाई जन्म दर्ता र नागरिकता दिने अनि जेठीलाई नदिने भनेको पनि हुन्छ ? जेठी श्रीमती राम्री नभएर कान्छी श्रीमती ल्याएको हो ? राम्री केटी पाएँ भन्दै फेरि पत्नी ल्याउने ? तल फारम भर्नुस् । सबै प्रक्रिया गर्नुस् । म सिफारिस गरिदिन्छु । नागरिकता र जन्मदर्ता आजै दिने हो ।”
मैले आफ्नै सहपाठीलाई सम्झाइरहेको थिएँ । खासमा पहिला सँगै पढ्दा यस्तो नराम्रो व्यवहारको साथी थिएन । तर, कुन परिस्थितिमा बहुविवाह हुन पुग्यो । त्यस विषयमा मलाई राम्ररी जानकारी थिएन । आज मैले आफ्नै सहपाठी राजनलाई गाली गर्नुपर्दा मलाई मज्जा लागेको थिएन । तर पनि मैले उनलाई धेरै सम्झाएँ । उनको मुख रातो पिरो भएको थियो । मेरो अगाडि राजन निकै अफ्ठ्यारो मानिरहेको थियो । राजनकी पहिलो श्रीमती चाहिँ अझ अलि बढी सम्झाउनुस् है सर भन्दै थिइन् ।
त्यसपछि मैले केही दिन शोभा भाउजू र राजनलाई सम्पूर्ण कागजात बनाएर पठाई दिएँ नानुहरूलाई स्कूलमा छात्रवृत्तिको लागि सिफारिस पनि दिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *