वाग्मती प्रदेश स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण होस्
- भाद्र १७, २०८१
चोर्ने, लुट्ने, ठग्ने, बेपत्ता पार्ने, नक्कली नोटको कारोबार गर्ने आदि सबै आपराधिक क्रियाकलाप हुन् । कहिले बालबालिकासँग रहेको गहना फकाएर चोरी हुन्छ त कहिले मोबाइल र गहना लुटिएको हुन्छ । बालबालिकाहरू बेपत्ता पार्ने घटना बेलाबखत भएको हामी सुन्छौँ र पढ्छौँ । घर, पसल, सङ्घ संस्थामा पनि बरोबर चोरी भएको हामी पाउँछौँ । विद्यालय र सङ्घ संस्थामा कम्प्युटर, नगद चोरी हुन्छ । टोल टोलमा रहेका पाटी–पौवा, मन्दिर, पोखरी, ढुङ्गेधारा स्थानमा रहो तामा, पित्तल र ढुङ्गाका मूर्तिहरूको चोरी त कति कति ।
अहिले पोखरीमा छोडेका माछा पनि चोर्न थालियो । असोज १८ गते कमलविनायक पोखरीमा माछा चोरियो । स्थानीयले माछा चोरिरहेको बखतमा पक्राउ गरेका थिए । माछा चोर्नेसँग स्थानीयले बुझ्दा अन्य पोखरीमा पनि माछा चोरेको थाहा भयो । माछा चोर्न लगाउन अन्यले स–साना बालकहरूलाई प्रयोग गरेको बुझिएको छ । माछा चोर्न १२ वर्षका बालकलाई प्रयोग गरेको देखियो । माछा चोरिरहेको बेला पक्राउ परेका बालकहरूलाई जगाती वृत्त प्रहरीमा बुझाइएको छ । ती बालकहरूलाई माछा चोर्न कसले उत्साहित या प्रयोग गरेका हुन् ? छानबिन गर्नुपर्ने देखिन्छ ।
यसरी नै बालबालिकालाई बेहोस बनाएर गहना लुट्ने र बेपत्ता पार्ने, मिर्गौला निकाल्ने, यौन शोषण गर्ने, बेच्ने र वेश्यालय पु¥याएर नेपाली चेलीबेटीहरूको इज्जत लुट्ने काम पनि भइरहेको देखिन्छ । यी सबै सामाजिक अपराध मात्र होइन मानवविरोधी क्रियाकलापहरू हुन् । सहर–बजार या गाउँ–ठाउँका सोझासिधा चेलीबेटी या महिलालाई विभिन्न प्रलोभन देखाएर, राम्रो काम, धेरै आम्दानी हुने काम पाउँछ भनेर विदेशमा लगेर बेच्ने र वेश्यालयमा पु¥याएर अलपत्र पार्ने यहाँ पेशेवर मानव तस्करहरू पनि नभएका होइनन् । यस्ता काममा कति म्यानपावर कम्पनीका व्यक्तिहरू पनि संलग्न भएका हुन्छन् । यस्ता कुनै पनि सामाजिक अपराध या मानव तस्करहरूलाई उचित कारबाही गर्नुपर्छ । अपराधीहरू कारबाहीमा परेनन् भने यस्ता अपराधका घटनाहरू बारम्बार दोहोरिने छन् र जनता मर्कामा पर्नेछन् । यसतर्फ सरकार, शासक दल र भ्रष्टाचारविरोधी सबै सरोकारवाला निकायहरूको ध्यान जानु आवश्यक छ ।
Leave a Reply