व्यवसायिक प्रतिभालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ दोस्रो ख्वप हाटबजार
- चैत्र २७, २०८१
काठमाडाँै, २० असोज । प्रभात अङ्ग्रेजी स्कूलका विद्यार्थीहरूको एक समूह भौगोलिक, प्राकृतिक तथा ऐतिहासिक स्थलको अध्ययन भ्रमण गर्न टोखा क्षेत्रमा शनिबार पुग्यो । अध्ययन भ्रमणअन्तर्गत शिवपुरी डाँडाबाट निस्केको टोखा झोरको झरना, ऐतिहासिक एवम् धार्मिक स्थल सपनतीर्थ तथा चण्डेश्वरी मन्दिर क्षेत्र र ऐतिहासिक नगरी टोखा बस्तीको अवलोकन गरियो ।
अवलोकनपछि टोखामा भएको विद्यार्थी भेला कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले भन्नुभयो, “अवलोकन भ्रमणले विद्यार्थीको विचार फराकिलो हुन्छ । ऐतिहासिक, प्राकृतिक, भौगोलिक अध्ययनले मानिसमा जाँगर र उत्साह हुन्छ ।
भक्तपुर नगरमा असल जनप्रतिनिधि निर्वाचित भएकोले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, व्यवस्थित आवास क्षेत्र, सांस्कृतिक सुधार गर्न र सामाजिक भावना विकास गर्न सफल भएको छ ।”
नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य एनवी श्रेष्ठले भन्नुभयो, “भक्तपुर दही, कालोटोपी, हाकुपतासी र चिउराको लागि प्रख्यात भएजस्तै टोखा चाकुको लागि प्रख्यात छ । हरेक मान्छेमा एक न एक सीप हुनु आवश्यक छ । विद्यार्थीहरू असल मार्गमा लाग्नु आवश्यक छ । खराबसँग साथसङ्गत
गरे असल बन्न सकिँदैन ।”
नेमकिपा टोखाका उपाध्यक्ष मदन श्रेष्ठले भन्नुभयो, “टोखा नगर एक ऐतिहासिक नगर हो । पहिले तुःख्यो – (उखुबारी) मात्र हुने ठाउँ भएकोले तुःख्योको अपभं्रस भएर टोखा नाम रहन गएको हो । शासक दलले देशको सन्तुलित विकास नगरेको कारणबाट उपत्यका बाहिरका मानिसहरू बसाइसराइ गरी काठमाडाँै उपत्यकाभित्र आएको हुँदा घना बस्तीको कारण ऐतिहासिक सम्पदा संरक्षण गर्न कठीन भएको अवस्था छ ।”
विद्यालयका शिक्षक राजेन्द्र खड्काले भन्नुभयो, “मूर्त अमूर्त सम्पदा, भौगोलिक स्थल, धार्मिक तथा ऐतिहासिक नगरी टोखा हेर्न पाएर म धेरै खुसी छु । विद्यार्थीहरूले देशको अवस्थाबारे जानकारी राख्न राजनैतिकरूपले पनि सचेत हुनु आवश्यक छ ।”
प्रभात स्कूलको कक्षा दसका विद्यार्थी हिमानी दाहालले अवलोकन भ्रमण गर्नैपर्ने स्थल रहेको बताउनुभयो ।
Leave a Reply