भर्खरै :

सीआइए, क्युवा र अफ्रिकाको रङ्गभेदी सत्ता

सीआइए, क्युवा र अफ्रिकाको रङ्गभेदी सत्ता

सन् १९७५ र १९९१ बिच क्युवाले एउटा अन्तर्राष्ट्रिय मिसन थालनी ग¥यो । त्यसको नाम थियो ‘अपरेसन कार्लोटा’ । अफ्रिकी देश अङ्गोला तिनताक भर्खरै स्वतन्त्र भएको थियो । अङ्गोलालाई दक्षिण अफ्रिकाको रङ्गभेदी शासनले कब्जा गर्ने सम्भावना थियो । त्यसलाई रोक्न नै त्यो कारबाही सुरु गरिएको थियो । कार्लोटा कारबाहीले अफ्रिकाको उपनिवेशवादविरोधी राष्ट्रिय मुक्ति सङ्घर्षमा पनि अहम भूमिका खेल्यो ।
सिपाहीँ, डाक्टर, शिक्षक, इन्जिनियर, निर्माण कामदार गरी विभिन्न पेसाका २ लाखभन्दा बढी क्युवालीहरूले त्यो कारबाहीमा भाग लिए । तीमध्ये २ हजार क्युवाली त्यो कारबाहीमा सहिद भए ।
दक्षिण अफ्रिकाको रङ्गभेदी शासनविरुद्ध लड्नमा क्युवाले खेलेको निर्णायक र व्यापक भूमिकालाई पश्चिमाहरूले सकेसम्म लुकाउँदै आएका छन् । कसैले त्यस्तो केही भएकै थिएन सम्म भन्छन् ।
यद्यपि क्युवाली संलग्नताको महत्वलाई मेटाएर मेट्न सकिन्न । वास्तवमा अङ्गोलाको स्वतन्त्रताको रक्षा गर्नुपर्छ र दक्षिण अफ्रिकी जनताले स्वतन्त्रताको हक पाउनुपर्छ भन्नेमा क्युवा अटल थियो ।
अफ्रिकी छोराछोरी फर्के !
कार्लोटा कारबाहीको नाम एक क्युवाली दास नेताको नाममा राखिएको थियो । कार्लोटाले सन् १८४३ मा दास विद्रोह गरेका थिए । अङ्गोलाले अपर्झट सहयोगको याचना गरेपछि १९७५ नोभेम्बर ५ मा कार्लोटा कारबाही सुरु भयो । अङ्गोलाले भर्खरै उपनिवेशवादविरुद्ध भीषण सङ्घर्ष टुङ्ग्याएको थियो र स्वतन्त्रता हासिल गरेको थियो । तर, उसको टाउकोमाथि दक्षिण अफ्रिकाको खतरा थियो । दक्षिण अफ्रिकाका गोरा शासकहरू अङ्गोलाको हब्सी सरकार ढलाउन चाहन्थे ।
दक्षिण अफ्रिका अङ्गोलाको राजधानी लुआन्डातिर सेना पठायो । कार्लोटा कारबाहीले दक्षिण अफ्रिकी सेनालाई रोक्यो र त्यसलाई अङ्गोलाको सीमाबाट बाहिर पु¥यायो । रङ्गभेदी दक्षिण अफ्रिकी सेनाको त्यो पराजय समस्त अफ्रिकाको उपनिवेशवादविरोधी सङ्घर्षको लागि कोशेढुङ्गा साबित भयो ।
‘द वल्र्ड’ त्यसबेला दक्षिण अफ्रिकाको नामी पत्रिका थियो । त्यसले क्युवाली योगदानको कदर गर्दै लेखेको थियो, “अङ्गोलामा क्युवाको सफलताका कारण कालो अफ्रिकाको मनोबल बढेको छ । ‘पूर्ण मुक्ति’ को सपना साकार हुनसक्ने देखेर कालो अफ्रिका मदमत्त भएको छ ।”
अङ्गोलामा क्युवाको ऐक्यबद्धता दुई देशबिचको सामान्य सहयोग मात्र थिएन । त्यो अफ्रिका बाहिर गएका अफ्रिकीहरू (वा अफ्रिकी डायस्पोरा) ले गरेको अफ्रिकाको प्रतिरक्षा पनि थियो । सन् १९५९ मा क्युवामा क्रान्ति भयो । त्यसपछि नै क्युवा अफ्रिकी स्वतन्त्रता सङ्घर्षलाई सघाउन सक्रिय हुँदै आएको थियो ।
अफ्रिकी नेताहरूले भित्री हृदयदेखि नै क्युवाली सहयोगको सराहना गरेका थिए । एमिलकार काब्राल गिनी बिसाउ र केप भेर्देको उपनिवेशवादविरोधी राष्ट्रिय मुक्ति सङ्घर्षका ख्यातनामा नेता थिए । उनले उद्घोष नै गरेका थिए, ‘म मृत्युपछिको जीवनमा विश्वास गर्दिन । तर, त्यस्तो जीवन छ नै भने पनि अमेरिकामा दास बनाएर बेच्न लगिएका हाम्रा पुर्खाहरूको आत्मा आज पक्कै गदगद भएको होला । आफ्ना सन्तानहरू पुनः एक भएको देखेर तथा हामीलाई स्वतन्त्र र स्वाधीन बनाउन उताका सन्ततिले सघाएको देखेर हाम्रा पुर्खाको आत्मा हाँसेको होला ।’
अङ्गोलामा क्युवाली क्रान्ति सन् १९६० को दशकदेखि पस्न सुरु भयो । त्यसबेला अङ्गोलाको जनमुक्ति आन्दोलन (एमपीएलए) नामक सङ्गठनसँग क्युवाको सम्पर्क भयो । अङ्गोलालाई पोर्चुगली उपनिवेशवादबाट मुक्त गर्ने सङ्घर्षमा ‘एमपीएलए’ ले केन्द्रीय भूमिका खेलेको थियो । सन् १९७५ मा पोर्चुगल अङ्गोलाबाट फर्कियो ।
यद्यपि ‘एमपीएलए’ लाई सत्तामा आउनबाट रोक्न संरा अमेरिकी सरकारले त्यहाँ विभिन्न सङ्गठनहरूको निर्माण ग¥यो । खासगरी अमेरिकी पैसाले चल्ने अङ्गोलाको पूर्ण स्वाधीनता सङ्घ (युनिटा) का कुख्यात नेता जोनास साभिम्बी ती सङ्घ सङ्गठनमध्ये प्रमुख थियो । १९७५ अक्टोबरमा दक्षिण अफ्रिकाले वासिङ्टनसँग मिलेर अङ्गोलामाथि हमला ग¥यो । १९७५ नोभेम्बर ५ मा क्युवाको क्रान्तिकारी नेतृत्वले अङ्गोलाको नेतृत्वसँग विद्यमान स्थितिबारे छलफल ग¥यो । अङ्गोला सरकारको अनुरोधमा उसले दक्षिण अफ्रिकाको आक्रमणकारी सेनालाई खेद्न सैन्य सहयोग पठायो । अङ्गोला निल्ने दक्षिण अफ्रिकी रङ्गभेदी सरकारलाई निस्तेज पार्न यो सहयोगको ठूलो हात रह्यो ।
आफ्नो सैन्य सहयोगलाई क्युवाली नेतृत्वले दुई कोणबाट व्याख्या ग¥यो । एक, एक स्वतन्त्र देशलाई विदेशी कब्जाबाट जोगाउन । दुई, अफ्रिकाप्रतिको क्युवाको ऐतिहासिक ऋण चुक्ता गर्न । फिडेल क्यास्त्रोले बारम्बार अफ्रिकासँगको क्युवाको ऐतिहासिक सम्बन्धमा जोड दिए । बे अफ पिग्समा क्युवाले विजय प्राप्त गरेको १५ औँ वार्षिकीमा उनले क्युवा अफ्रिकी र ल्याटिन जातिको देश भएको बताए ।
योर्गे रिस्केत सन् १९७० देखि सन् १९९० को दशकताका क्युवाको अफ्रिका मामिलाका प्रमुख कूटनीतिज्ञ थिए । उनले पनि बारम्बार अफ्रिकाप्रतिको क्युवाको जिम्मेवारीलाई सैन्य सहयोगसँग जोड्ने गर्थे । त्यो साइनोलाई काला क्युवालीहरूलाई पुख्र्याेली सम्पदासँग जोडेको भनिन्थ्यो । अङ्गोलाको लडाइँमा सहभागी धेरै काला क्युवालीहरूले अफ्रिकामा गएर पुनः क्युवाको प्रतिरक्षा गरिरहेको बताउने गर्थे । आफ्नो पुख्र्याेली भूमिको रूपमा अफ्रिकाको विशेष महत्व रहेको ती लडाकुहरूलाई थाहा थियो ।
पादरी अबुनो गोन्जालेजले यो गहिरो सम्बन्धबारे भनेका थिए, “मेरा बाजे अङ्गोलाबाट आएका थिए । त्यसैले त्यहाँ गएर अङ्गोलालाई सहयोग गर्नु मेरो कर्तव्य हो । म मेरा पुर्खाहरूप्रति ऋणी छु ।”
जनरल राफेल मोराकेनले यही भावना व्यक्त गरे । उनले एमिल्कार काब्रालको भावना दोहो¥याउँदै भने, “हामी अङ्गोला पुग्दा मैले एक अङ्गोलावासीले यस्तो भनेको सुनेँ – अफ्रिकाबाट दास बनाउन लगिएका केटाकेटीका नाति पुस्ता अफ्रिकालाई मुक्त पार्न फर्केको देखेर हाम्रा बाजेहरू खुसी भएका होलान् । मैले यी शब्द कहिल्यै बिर्सिन्न ।”
दक्षिण अफ्रिकामा क्युवाको संलग्नतालाई केवल सोभियत सङ्घको छाया भनेर टारिन्छ । यो एउटा कुटिल मिथकसिवाय केही होइन ।
सन् १९७५ तिर जोन स्टकवेल अङ्गोलामा सिआइए निर्देशक थिए । उनको संस्मरणको नाम ‘शत्रुहरूको खोजीमा : सिआइएको कथा’ हो । त्यसमा उनले लेखे, “हामीले क्युवालाई सोभियत सङ्घले निर्देशित नगरेको पायौँ । कुरा उल्टो थियो । क्युवाली नेताहरूले आफ्नै वैचारिक अडानका कारण त्यहाँ हस्तक्षेप गर्नुपर्ने महसुस गरेका थिए ।”
‘विरोधाभाषपूर्ण मिसन : हवाना, वासिङ्टन र अफ्रिका’ प्रोफेसर पियरो ग्लिजेसिसको प्रसिद्ध पुस्तक हो । सो पुस्तकमा क्युवा सरकारले लगातार अङ्गोला सरकारले औपचारिकरूपमा अनुरोध गरेपछि मात्र त्यहाँ सेना पठाएर दक्षिण अफ्रिकी सेनालाई पछि हटाउने निर्णय लिएकोमा जोड दिइएको छ ।
वासिङ्टनले अङ्गोलामा क्युवाली सेना पुगेको हुनाले दक्षिण अफ्रिकाले हस्तक्षेप गरेको झूटो रटान जप्दै आएको छ । माथिका उदाहरणबाट उसको दाबी असत्य साबित हुन्छ । साथै यसबाट के पनि पुष्टि हुन्छ भने क्युवाली निर्णयमा सोभियत सङ्घको हात थिएन । कतिसम्म भने क्युवाले अङ्गोलामा सेना पठाउँदा सोभियत सङ्घलाई जानकारीसमेत दिएको थिएन । ‘द इकोनोमिस्ट’ पत्रिका क्युवा पक्षधर पत्रिका होइन । सन् २००२ मा त्यसमा एउटा लेख प्रकाशित भयो । लेखमा क्युवा सरकारले ‘आफ्नै अगुवाइ’ मा सो कार्य गरेको जनाइएको थियो । सारमा यत्ति भनौँ, क्युवाले स्वतन्त्र निर्णय लिएको थियो । अङ्गोलामा उसले सोभियत सङ्घको इसारामा चलेको थिएन ।
क्युवाले शक्तिशाली देशहरूको इसाराबेगर स्वतन्त्र ढङ्गले काम गर्न सक्छ भन्ने कुरा वासिङ्टनले बुझ्न सक्दैनथ्यो । खासमा त्यसबेला यस्तो सोच अमेरिकाको लागि कल्पनाभन्दा परको कुरा थियो ।
हेनरी किसिन्जर त्यसबेला राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । पछि उनी संरा अमेरिकाका विदेशमन्त्री पनि बने । अङ्गोलामा क्युवाको सहयोग उनको लागि अभिशाप भयो । सन् १९६९ मा उनले एउटा कडा वक्तव्य दिएका थिए । उनले भने, ‘दक्षिणमा केही महत्वपूर्ण काम भएको छैन । दक्षिणमा कहिल्यै इतिहास लेखिएको छैन । इतिहासको मियो मस्कोबाट सुरु हुन्छ, त्यसपछि बोन जान्छ, वासिङ्टन पार गर्छ र टोकियो पुग्छ । दक्षिणमा जे हुन्छ, त्यसको कुनै मूल्य छैन ।’
क्युवा ‘तेस्रो विश्व’ को आर्थिकरूपमा गरिब देश थियो । त्यहाँ ल्याटिन र अफ्रिकी जातिबिच बलियो सहसम्बन्ध थियो । यस्तो देशले स्वतन्त्र गतिविधि गरेर ऐतिहासिक घटनालाई प्रभावित गरेको देखेर किसिन्जरको पारो तात्यो ।
अमेरिकी साम्राज्यवादको जातिवादमा आधारित विभेदकारी व्यवस्थालाई चुनौती दिने क्युवाको अठोट देखेर किसिन्जरले एउटा विस्तृत सैन्य योजनाको विकास गर्नुपर्ने कुरा अघि सारे । सन् १९७५ र १९७६ मा उनले यो प्रस्ताव पेन्टागनसमक्ष राखेका थिए । क्युवाले अमेरिकी जालोमा खलल पु¥याएको हुनाले त्यसविरुद्ध प्रतिवाद गर्ने उद्देश्यले सो योजनाको खाका कोरियो ।
उक्त योजनामा समुद्री नाकाबन्दी लगाउने, हवाई बमबारी गर्नेदेखि सिधै कब्जा गर्ने विकल्पहरू खुला थिए । यो योजनालाई व्यवहारमा ल्याइएन । यद्यपि यसका विषयमा अमेरिकी सरकारको उच्च तहमा गम्भीर छलफल भएका थिए । यसबाट अन्तर्राष्ट्रवादी भावनाले अङ्गोलाको प्रतिरक्षा गर्दा क्युवाले कति ठूलो जोखिम मोलेको थियो भन्ने स्पष्ट हुन्छ ।
वासिङ्टन रङ्गभेदी सत्ताको बलियो किल्ला थियो भन्ने कुरा बिर्सनु हुन्न । खासगरी रोनाल्ड रेगन र जर्ज एच.डब्लु. बुशको कार्यकालमा वासिङ्टन रङ्गभेदी सत्ताको रक्षक थियो । चेस्टर क्रुकर संरा अमेरिकाका सन् १९८१ देखि १९८९ सम्मका अफ्रिकी मामिलाका सहायक विदेशमन्त्री थिए । ‘द न्युयोर्क टाइम्स’ का संवाददाता जोसेफ लेलिभेल्दसँग कुरा गर्दै क्रुकरले यस्तो दाबी गरेका थिए, “गोराहरू यही बसिरहनेछन् ।” उनले ‘देशभक्तहरूलाई आधुनिकीकरण’ गरेकोमा दक्षिण अफ्रिकी सेनाको मुख्यालयको प्रशंसा गरेका थिए । उनले भनेका थिए, “वासिङ्टनको मुख्य चासो काला र गोराबिच एउटालाई रोज्नु होइन । बरु पश्चिमको आर्थिक, सामरिक, नैतिक र राजनीतिक स्वार्थको रक्षा गर्नु हो ।”
वासिङ्टन र रङ्गभेदी सत्ताको सम्बन्ध र गहिरो वैचारिक मिलापमा जोड दिँदै क्रुकरले भने, “ऐतिहासिकरूपमा दक्षिण अफ्रिका स्वाभाविक रूपमा संरा अमेरिकाको भाग हो ।” दक्षिण अफ्रिकी विदेशमन्त्री रोयलफ बोथाले १९८१ को मे महिनामा वासिङ्टन भ्रमण गरे । भ्रमणपछि उनले क्रुकरकै भावना अभिव्यक्त गरे । तत्कालीन अमेरिकी सरकारलाई उनले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा बढी दक्षिण अफ्रिकाको नजिक आएको सरकार भने ।
दक्षिण अफ्रिकाको आतङ्की युद्ध
सन् १९७५–७६ मा अङ्गोलामा हार खाएपछि दक्षिण अफ्रिकाको जातिवादी सत्ता समग्र दक्षिणी अफ्रिकामा आफ्नो दबदबा थोप्ने सोचसाथ अघि बढ्यो । यो कुरा सन् १९७७ मा प्रधानमन्त्री बोथाको नेतृत्वमा रक्षा मन्त्रालयले जारी गरेको श्वेतपत्रमा उल्लेख गरियो । त्यसमा सबभन्दा मूलभूत कुरा ‘गोरो राष्ट्रको आत्मनिर्णयको अधिकार’ अक्करमा परेको दाबी गरिएको थियो । त्यसको रक्षार्थ व्यापक उपायको प्रयोग गर्नुपर्ने र सामाजिक एवम् राजनीतिक जीवनका सम्पूर्ण पक्षमा लागु हुने ‘पूर्ण रणनीति’ आवश्यक रहेको उक्त श्वेतपत्रमा उल्लेख थियो ।
यो ‘पूर्ण रणनीति’ को परिभाषामा यस्तो लेखिएको थियो – पूर्ण रणनीति सैन्य, मनोवैज्ञानिक, आर्थिक, राजनीतिक, सामाजिक, प्राविधिक, कूटनीतिक, विचारधारात्मक, सांस्कृतिक तथा अन्य सम्पूर्ण पाटापक्षलाई जोड्ने बहुपक्षीय कारबाही हो ।
रक्षामन्त्री जनरल म्याग्नस मालानले दक्षिण अफ्रिका ‘पूर्ण युद्धमा संलग्न’ रहेको घोषणा गरे । फलतः दक्षिण अफ्रिका एउटा सैनिक राज्यमा परिणत भयो । दक्षिण अफ्रिका आफ्नो जातिवादी व्यवस्था जोगाउने र क्षेत्रीय आतङ्की युद्ध छेड्ने तरबार बन्यो ।
परिणामस्वरूप रङ्गभेदी सत्ताविरोधी सङ्घर्ष दक्षिण अफ्रिकाभित्र र बाहिर दुवैतिर चम्कियो । सन् १९७५ देखि १९८८ सम्म त्यहाँको रङ्गभेदी सत्ताले आफ्नो क्षेत्रीय दबदबालाई सुदृढ र व्यापक बनाउन एउटा क्रूर अभियान चलायो । त्यसले दक्षिणी अफ्रिका अस्थिर बन्यो । दक्षिण अफ्रिकाको सेनाले जनधनमा ठूलो क्षति पु¥यायो । प्रत्यक्ष–परोक्ष धेरै मानिसको ज्यान गयो । भौतिक पूर्वाधार, कृषि र विद्युत् सञ्जाल ध्वस्त हुँदा अर्थतन्त्र ओरालो लाग्यो ।
पूरै आर्थिक क्षतिको हिसाब लगाउन गा¥हो छ । तर, पक्कै पनि त्यो क्षति भयावह थियो । एक अध्ययन अनुसार सन् १९८८ सम्ममा दक्षिणी अफ्रिकामा ४५ अर्ब डलरको आर्थिक क्षति भएको थियो । अङ्गोलामा २२ अर्ब, मोजाम्बिकमा १२ अर्ब, जाम्बियामा ७ अर्ब र जिम्बाब्वेमा ३ अर्ब डलर बराबरको क्षति भएको थियो ।
यस अवधिमा भएको मानवीय क्षति झन् ठूलो छ । दक्षिण अफ्रिकाको सत्य तथा मेलमिलाप आयोगले यो रुग्ण यथार्थमा जोड दिँदै भन्यो, ‘स्वतन्त्रता आन्दोलनको क्रममा दक्षिण अफ्रिकाको सरहदभित्र मारिएका मानिसको तुलनामा बाहिर मारिएकाहरूको सङ्ख्या धेरै ठूलो रह्यो ।
अफ्रिकी सरकारले आफ्नो सत्ता जोगाउन खोज्दा देशबाहिर धेरैले पीडा खेप्नुप¥यो । छिमेकीहरूप्रतिको दक्षिण अफ्रिकी सरकारको आक्रामक गतिविधिका कारण प्रत्यक्ष वा परोक्ष दसौँ हजार मानिसहरूको ज्यान गयो । अफ्रिकाका केही विपन्न देशका भौतिक पूर्वाधारमा नियोजित रूपमा प्रहार हुँदा लाखौँ मानिसहरूको उठिबास भयो ।’
सन् १९८१ देखि १९८८ सम्ममा झन्डै १५ लाख मानिसहरू मरे । त्यसमा ८ हजार २५ हजार त बालबालिकामात्र थिए । दक्षिण अफ्रिकी सरकारले गराएको विद्रोहमा परेर तिनको ज्यान गएको थियो । यी मारकाटका लागि अङ्गोलामा ‘युनिटा’ र मोजाम्बिकमा रेनामो नामक सङ्गठन जिम्मेवार थियो । दक्षिण अफ्रिकाको सेनाको प्रत्यक्ष हस्तक्षेप ती हत्याहिंसा पछाडिको अर्को प्रमुख कारक थियो ।
दक्षिण अफ्रिकाले छिमेकी देशहरूमा पटकपटक बमबारी, सशस्त्र घुसपैठ र गुप्त हत्याहरू गरायो । यीमध्ये सन् १९७८ मे ४ को नरसंहार अत्यन्त कुख्यात छ । दक्षिण–पश्चिम अङ्गोलाको कासिङ्गा क्षेत्रमा रहेको नामिबियाली शरणार्थी शिविरमा त्यो नरसंहार मच्चाइएको थियो । त्यस हमलामा दक्षिण अफ्रिकी हवाई सेनाले सयौँ मानिसलाई मारेर बाँकी सयौँलाई बन्दी बनाएको थियो ।


कुइतो क्वानाभाल
सन् १९८७–१९८८ मा अङ्गोलाको दक्षिण–पूर्वी भेगमा पर्ने सहर कुइतो क्वानाभाल आसपास लगातार लडाइँहरू चर्के । ती लडाइँहरू दोस्रो विश्वयुद्धपछि समग्र अफ्रिका महादेशले देखेका लडाइँहरूमध्ये सबैभन्दा ठूला सैनिक भिडन्त साबित भए ।
यो भिडन्तको एकातिर क्युवा, अङ्गोला र दक्षिण–पश्चिम अफ्रिकी जनसङ्गठन (स्वापो) को संयुक्त सेना थियो । लडाइँको अर्को मोर्चामा तिनीहरू दक्षिण अफ्रिकाको सरकारी सेना, अङ्गोलाको ‘युनिटा’ सेना र नामिबियाको दक्षिण अफ्रिकी सेना थिए । ‘युनिटा’ ले अङ्गोलामा रहेर दक्षिण अफ्रिकाकै छद्म सङ्गठनको काम गथ्र्यो भने नामिबियालाई त्यसबेला दक्षिण अफ्रिकाले अवैधरूपमा कब्जा गरेको थियो ।
रङ्गभेदविरोधी सङ्घर्षमा कुइतो क्वानाभालको महत्वलाई न्यूनाङ्कन गर्न मिल्दैन ।
१९८७ नोभेम्बरदेखि १९८८ मार्चसम्म दक्षिण अफ्रिकी सेनाले कुइतो क्वानाभाल कब्जा गर्ने अनेक असफल प्रयास ग¥यो । दक्षिणी अफ्रिकाका अन्य क्षेत्रमा ती भिडन्तले नाम कमाए । तिनलाई रङ्गभेदी सत्ताविरुद्ध कोशेढुङ्गामा गणना गरिन्छ । ती निर्णायक पराजयकै कारण दक्षिण अफ्रिकाको क्षेत्रीय शक्ति घट्दै गयो र अन्ततः दक्षिण अफ्रिकाको जातिवादी शासनसत्ताको अन्त्य भयो ।
दक्षिण अफ्रिकाले क्षेत्रीय दबदबा कायम गरेर आफ्नो रङ्गभेदी सत्ता जोगाउन चाहेको थियो । कुइतो क्वानाभालको लडाइँले उसको त्यो महत्वकाङ्क्षालाई ठेगान लगायो । यसले गर्दा नामिबिया एकाएक स्वतन्त्र भयो भने रङ्गभेदी सत्ता पनि कमजोर बन्दै गयो । कुइतो क्वानाभालको लडाइँलाई धेरैले दोस्रो विश्वयुद्धको समयमा भएको स्तालिनग्रादको लडाइँसँग तुलना गर्ने गर्छन् । त्यो लडाइँमा क्युवाले अहम् भूमिका खेलेको थियो । किनभने, त्यसमा उसले नै आवश्यक स्रोतसाधन, लडाकु र रणनीति योजना उपलब्ध गराएको थियो ।
सन् १९८७ जुलाईमा अङ्गोलाको सेना ‘फाप्ला’ ले ‘युनिटा’ माथि हमला गर्न थाल्यो किनभने ‘युनिटा’ ले जातिवादी सत्ताको प्यादाको काम गर्दै थियो । क्युवालीहरूले यो सैनिक कारबाहीमा विमति जनाए किनभने त्यसो गरे दक्षिण अफ्रिकाले हमला गर्ने बहाना पाउने उनीहरूको ठम्याइ थियो । पछि घटनाक्रमले उनीहरूले अनुमान गरेझैँ मोड लियो । दक्षिण अफ्रिकाले सैनिक हमला ग¥यो । उसले अङ्गोलाको सेनालाई रोक्यो र पछि धकेल्दै लग्यो । अङ्गोलाको सेनातर्फ ठूलो जनधनको क्षति भयो र ऊ पछि हट्दै कुइतो क्वानाभाल सहरको सैनिक किल्लामा फर्किनुप¥यो ।
लडाइँ कुइतो क्वानाभालमा केन्द्रित हुँदै गयो । अङ्गोलाको सेना आपतमा प¥यो । उसको सबैभन्दा लडाकु दस्ता पनि नष्ट हुने सङ्घारमा पुग्यो । अङ्गोलाको अस्तित्व नै दाउमा थियो । कुइतो क्वानाभाल दक्षिण अफ्रिकाको पोल्टोमा गएको भए समग्र देश नै कब्जा हुने स्थिति थियो । अङ्गोलाका जर्नेल एन्टोनिया डोस सान्तोसले कुइतो क्वानाभाल सहरको महत्वमा जोड दिए । उनले दक्षिण अफ्रिकाले सो सहर कब्जा गरे ‘उत्तर अङ्गोला कब्जा गर्ने ढोका खुल्नेछ’ भने ।
स्वतन्त्र अङ्गोलाविरुद्धको सुरुआती सैन्य सफलतालाई निर्णायक हमलामा परिणत गर्न प्रिटोरियाले सबैभन्दा अत्याधुनिक हातहतियारसहित आफ्नो सबैभन्दा उत्तम सेनालाई कुइतो क्वानाभाल कब्जा गर्न पठायो । अङ्गोलाको सेनाका लागि स्थिति झन्झन् कष्टकर बन्दै गयो । त्यसैले अङ्गोला सरकारले हवानासमक्ष सहयोग माग्यो । १९८७ नोभेम्बर १५ मा क्युवाले ट्यांक, तोप, विमानप्रतिरोधी हतियार, विमान, सैन्य उपकरण तथा अन्य हातहतियारसहितको क्युवाली सेना अङ्गोला पठाउने निर्णय ग¥यो । अन्ततः ५० हजार जनाको क्युवाली दलबल अङ्गोला पुग्यो । क्युवाजस्तो सानो देशको लागि ५० हजारको टोली पनि निकै ठूलो थियो । त्यसलाई देशको भूगोल र जनसङ्ख्यासँग तुलना गर्दा संरा अमेरिकाको हकमा त्यो १० लाख सेना बराबर हुन आउँछ ।
क्युवाको लागि त्यो सहयोग ऐतिहासिक नै थियो । फिडेल क्यास्त्रोले क्युवाली क्रान्तिले ‘आफ्नो अस्तित्व नै दाउमा राखेर तेस्रो विश्वको एउटा शक्तिशाली, सम्पन्न तथा औद्योगिक र प्राविधिक विकासमा फड्को मारेको एवम् हतियारको आहालमा घाँटीघाँटी डुबेको सत्ताविरुद्धको लडाइँमा हाम्रो जस्तो सानो देश, थोरै स्रोतसाधन र हतियारसहित होमिएको’ बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आफ्नै प्रतिरक्षा पनि कमजोर बनाउने जोखिम मोलेर सहयोग ग¥यौँ । हामीले हाम्रा पानीजहाजको मात्र प्रयोग ग¥यौँ । हामीले त्यो लडाइँको स्थिति बदल्न हाम्रा आफ्नै उपकरणहरूको प्रयोग ग¥यौँ । त्यो लडाइँमा सफलता प्राप्त गर्न हामीले सबथोक दाउमा राख्यौँ ।”
क्युवा सरकारको लागि कुइतो क्वानाभाललाई पराजित हुनबाट रोक्नु सबैभन्दा महत्वपूर्ण कुरा थियो । त्यहाँ दक्षिण अफ्रिका विजयी भए त्यो सहरमात्र नभई अङ्गोलाको सेना नै तितरबितर हुने थियो र अङ्गोलाको अस्तित्व नै समाप्त हुने थियो ।
क्युवाको क्रान्तिकारी नेतृत्वले कुइतो क्वानाभालको सुरक्षाभन्दा पनि पर गएर सहयोग गर्ने महत्वपूर्ण निर्णय लियो । क्युवालीहरूले अङ्गोलाविरुद्ध दक्षिण अफ्रिकी आक्रमणलाई पूर्णतः निस्तेज पार्ने योजना तयार पार्ने, त्यसका लागि चाहिने सेना पठाउने र योजना पूरा गर्ने लक्ष्य लिए । यसले त्यहाँको जातिवादी सत्तामा पनि निर्णायक धक्का पुग्ने उनीहरूको आकलन थियो ।
कुइतो क्वानाभालको सफल प्रतिरोधले त्यो क्षेत्रकै सत्ता समीकरणमा व्यापक र दीर्घकालीन परिवर्तन आउने निश्चित थियो ।
कुइतो क्वानाभाल कब्जा गर्ने दक्षिण अफ्रिकी कुप्रयासको जवाफ क्युवाली र अङ्गोलीहरूले मिलेर दिए । दक्षिण अफ्रिकी सेना कुइतो क्वानाभालमा अल्झिरहँदा क्युवालीहरूले रणनीतिक महत्वको तयारी गरे । दक्षिण अफ्रिकी सेना कुइतो क्वानाभालनजिकै रोकिएको थियो । त्यति नै बेला क्युवाले ४० हजार सैनिकलाई अङ्गोला र नामिबियाको सीमातिर पश्चिममा तैनाथ ग¥यो । त्यो क्युवाली सेनालाई ३० हजार अङ्गोली र ३ हजार स्वापो सेनाले टेवा दिएका थिए । दक्षिण अफ्रिकाको सेना कुइतो क्वानाभालमा कति मगन थियो भने ऊ सम्भावित सैन्य प्रतिवादको जवाफ दिनसक्ने स्थितिमा थिएन ।
अङ्गोली र स्वापो सेनासहित क्युवालीहरू नामिबियातिर लागे । यसले गर्दा उत्तर नामिबियामा रहेका दक्षिण अफ्रिकी दस्ताहरू असुरक्षित र कमजोर बन्न पुगे । स्थिति कति नाजुक भयो भने दक्षिण अफ्रिकी सेनाका एक उच्च अधिकारीले स्वीकार गरे, “क्युवालीहरूले नामिबियामा हमला गरेको भए दक्षिण अफ्रिकी सेनामा भागदौड मच्चिने थियो । हामीले तिनलाई कसै गरे पनि रोक्न सक्ने थिएनौँ ।”
सन् १९८८ को जूनमा दक्षिण अफ्रिकी सेना काल्युक र चिपियाबाट पछि हट्नुप¥यो । जसले गर्दा उसको स्थिति झन् खस्कियो ।
ती दुई पराजयलाई एक दक्षिण अफ्रिकी पत्रिकाले ‘लज्जास्पद पराजय’ भन्यो । लगत्तै क्युवा आकाशमा नियन्त्रण जमाउन सफल भयो । दक्षिण अफ्रिकामा एउटा अभेद्य सेना जम्मा भएपछि र हवाई दबदबा गुमाएपछि दक्षिण अफ्रिकी सेना अङ्गोलाबाट पछि हट्न बाध्य भयो ।
दक्षिण अफ्रिकाको रङ्गभेदी सत्तालाई परास्त गर्न कुइतो क्वानाभालको लडाइँको महत्वलाई पश्चिमाहरूले न्यूनाङ्कन वा बेवास्ता गरेका छन् । यद्यपि त्यो लडाइँ भइरहँदा पश्चिमा पत्रपत्रिकामा त्यसका विस्तृत विवरण प्रकाशित गरेका थिए ।
‘द वालस्ट्रीट जर्नल’, ‘द न्युयोर्क टाइम्स’, ‘द लन्डन टाइम्स’, ‘द फाइनान्सियल टाइम्स’ र ‘द वासिङ्टन पोस्ट’ जस्ता चर्चित पत्रिकाले कुइतो क्वानाभालबारे समाचार र लेख छापेका थिए । त्यस लडाइँले दक्षिणी अफ्रिकाको भविष्य कोर्न महत्वपूर्ण भूमिका खेलेको ती अखबारहरूमा औँल्याइएको थियो । त्यस लडाइँले दक्षिण अफ्रिकाको भेगीय शक्तिमा पनि ठूलो असर गरेको ती अखबारले उजागर गरेका थिए ।
लडाइँको मैदानमा पराजित भएपछि दक्षिण अफ्रिका वार्तामा बस्न बाध्य भयो । यसले गर्दा नामिबिया स्वतन्त्र बन्यो । त्यसले दक्षिण अफ्रिकाको रङ्गभेदी सत्तामा गहिरो असर पा¥यो । सैन्यकरण गरिएको दक्षिण अफ्रिकाको सामाजिक, राजनीतिक र आर्थिक अन्तरविरोधहरू झन् चर्को बने । यो अवस्थामा भेगीय सत्ता सन्तुलन पनि बदलियो ।
भिक्टोरिया ब्रिटाइन अफ्रिकासम्बन्धी विज्ञ हुन् । उनले कुइतो क्वानाभालले ‘रङ्गभेदी सत्ता र त्यसको सेना अपराजयी छैन भन्ने सन्देश अफ्रिका महादेशभरि फैलायो’ भनेका छन् । सन् १९९१ जुलाईमा हवानामा बोल्दै नेल्सन मन्डेलाले कुइतो क्वानाभालको लडाइँ र रङ्गभेदी सत्ताविरोधी सङ्घर्षमा क्युवाको अहम् महत्वबारे भन्नुभयो, “क्युवाका अन्तर्राष्ट्रवादीहरूले अफ्रिकाको स्वतन्त्रता, स्वाधीनता र न्यायमा निःस्वार्थ र सिद्धान्तनिष्ठ योगदान दिएका छन् । अफ्रिकी इतिहासमै अरू देशका जनता हाम्रो प्रतिरक्षामा उठेको यस्तो घटना पाइन्न । रङ्गभेदी सेनाको पराजय दक्षिण अफ्रिकाका सङ्घर्षशील जनताको लागि प्रेरणाको स्रोत बन्यो ! कुइतो क्वानाभालमा पराजित नभएको भए दक्षिण अफ्रिकाको रङ्गभेदी सत्ताले हाम्रो सङ्गठनमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने थिएन ! कुइतो क्वानाभालमा रङ्गभेदी सेना पराजित भएकैले आज म यहाँ उभिन सम्भव भएको हो !”
कुइतो क्वानाभाल रङ्गभेदी सत्ताको अन्त्यसँग अभिन्नरूपले जोडिएको छ । सार्पभिल हत्याकाण्ड, रिभोनिया इजलास र सोवेतो विद्रोहसँगै कुइतो क्वानाभालको विजय रङ्गभेदी सत्ताविरुद्धको सङ्घर्षमा कोशेढुङ्गा भई सदा अमर रहनेछ ।
कार्लोटा कारबाही र कुइतो क्वानाभालको लडाइँमा क्युवाको संलग्नताले अन्तर्राष्ट्रिय ऐक्यबद्धताको शक्ति उजागर गर्छ । यही ऐक्यबद्धताका कारण विश्वको शक्तिशाली सत्ताविरुद्ध एउटा सानो देश स्वतन्त्रता र न्यायको नाममा उभिन तयार हुन सम्भव भयो । कार्लोटा कारबाही र कुइतो क्वानाभालको कथा बलिदानी, अठोट र इतिहास निर्माणमा सामूहिक प्रयत्नको रूपान्तरणकारी प्रभावको कथा पनि हो ।
(आइज्याक साने क्यानडाको डेलहाउजी विश्वविद्यालयमा कार्यरत क्युवा तथा अश्वेत अध्ययनका विज्ञ हुन् । उनी अश्वेत तथा प्रवासी अफ्रिकी अध्ययन कार्यक्रमका संयोजक तथा सहायक प्रोफेसर हुन् । उनका ‘क्युवा : अ रेभोल्युसन इन मोसन’ लगायत पुस्तक प्रकाशित छन् ।)
स्रोत : कोभर्ट एक्सन
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *