भर्खरै :

भारत अतिक्रमित जग्गा छोड

भारत अतिक्रमित जग्गा छोड

अब संरा सङ्घका महासचिव नेपाल आएको बेला नेपालको नक्सा बुच्चे होइन चुच्चे हो भनी गुटेरेसलाई चित्त बुझाउनुप¥यो । त्यो र त्यो क्षेत्रबाट भारतीय सेना अतिक्रमित गरेर बसेको ६२ वर्ष भएछ । आफ्ना सबै सामान लिई नेपालबाट भारत फिर्ता हुनुको विकल्प छैन । यही एउटा उपाय छ गुटेरेस भ्रमणको । भ्रमणलाई यसरी लिनु जरुरी छ । नेपाल युद्ध चाहँदैन, मित्रताको आधारमा अतिक्रमित भूभाग नेपालको हुनुप¥यो ।
नेपाल पूर्व, पश्चिम र दक्षिण भारतसँग टाँसिएको छ । उत्तरमा मात्र चीनसँग टाँसिएको छ । यो भूमिको अवस्थिति हो नेपालको । चीनसँग सीमा सम्झौता भइसकेको छ । जनवादी गणतन्त्र चीन नेपालको पुरानो नक्साअनुसार सांस्कृतिक महत्वका गौरी शङ्कर हिमाल एउटा चीनतिर परेछ एउटा नेपालतिर । यो सांस्कृतिक संवेदनशीलता गम्भीररूपमा राख्न चेयरम्यान माओ त्सेतुङसम्म कुरा पुगी दुवै हिमाल गौरीशङ्कर नै नेपालको हिमाल भनी चीनले मान्यो । सगरमाथाको चुचुरोको विवाद बृहत्तर मैत्रीका आधारमा टुङ्ग्याइयो । मित्रता भनेको यस्तो हुन्छ । तर, भारतले भने सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत विशाल भूभाग एवं सुस्ताको त्यति विशाल भूमि जबरजस्ती कब्जा गरेको छ । विसं २०१८ सालको नेपालको आठौँ राष्ट्रिय जनगणनाको बेला त्यो सुदूरपश्चिम क्षेत्रको जनगणनाको नेतृत्व मैले गरेको थिएँ । त्यतिबेला त्यो कालापानी, लिपुलेकमा मान्छे बस्दैनथ्यो । त्यो भाग लेक पर्ने, वस्तु भाउ पाल्न नमिल्ने, खेतीयोग्य नहुने हुँदा मान्छे बस्दैनथ्यो । तसर्थ, म र मेरो टोली त्यहाँ गएन । यो २०१८ साल जेठ–असारको कुरा हो । तर, २०१८ को फागुन–चैतमा चिनियाँ सेनाले भारतीय फौज कालापानी पसेपछि कालापानी नेपालको भूभाग भएको हुनाले चिनियाँ सेना पस्दै पसेनन् । त्यो बेलादेखि कालापानीमा बसेको बस्यै छ भारतीय सेना ।
हाम्रो भूमि हाम्रै हुनुप¥यो
राजालाई यो कुरो थाहा थियो रे । तर, भारतीय प्रधानमन्त्रीले हामी परिस्थिति सामान्य हुनासाथ फर्कन्छौँ भनेका थिए । तर, खुरुक्क फर्कनुको साटो कालापानीको एउटा थुम्कोबाट निस्केको पानी र त्यो क्षेत्र नै कालीको मुहान हो भन्न लगायो र त्यो कब्जा गरेर बस्यो । त्यहीँ एउटा मन्दिर बनायो त्यही कुलोलाई कालीको मुहान भन्न लाग्यो । त्यसपछि त्यो लिपुलेक क्षेत्रलाई नै आफ्नो नक्सामा पारी मानसरोवर जाने अनुकूल हुनेगरी मोटर सडक बनायो । सुगौली सन्धिमा कालीको मुहान तोकिदिएको भए अहिले यो सवाल नै आउँदैनथ्यो । त्यो विवाद उठेको ६२ वर्षमात्र भएछ । अब त भारतले त्यो क्षेत्र कब्जा गरेपछि के के ग¥यो के के । अब संरा सङ्घका महासचिव नेपाल आएको बेला नेपालको नक्सा बुच्चे होइन चुच्चे हो भनी गुटेरेसलाई चित्त बुझाउनुप¥यो । त्यो र त्यो क्षेत्रबाट भारतीय सेना अतिक्रमित गरेर बसेको ६२ वर्ष भएछ । आफ्ना सबै सामान लिई नेपालबाट भारत फिर्ता हुनुको विकल्प छैन । यही एउटा उपाय छ गुटेरेस भ्रमणको । भ्रमणलाई यसरी लिनु जरुरी छ । नेपाल युद्ध चाहँदैन, मित्रताको आधारमा अतिक्रमित भूभाग नेपालको हुनुप¥यो ।
कहीँको पनि जग्गा साटिनु हुँदैन
अझ भारत सरकारले अतिक्रमित गरेको नेपाली भूमिको ६२ वर्षदेखिको क्षतिपूर्ति पनि दिनुप¥यो । अन्यथा बलवान एवं ठूला छिमेकी राष्ट्रले साना र कमजोर छिमेकी राष्ट्रको अस्तित्व जोगाउन नै कठिन हुने भयो । भारतले आफ्नो फौज सबै कालापानीबाट फिर्ता लिएर ती अतिक्रमित क्षेत्र छोडी भारत नै फर्कनुको विकल्प छैन । यदि यस्तै जबरजस्ती गर्ने हो भने निर्धो मान्छे मात्र होइन राष्ट्र पनि रहने छैनन् देशद्रोही शासकहरूविरुद्ध जाग्न जनता सहर्ष तयार रहनुपर्छ । देशलाई घात हुने विषयमा हस्ताक्षर गर्ने शासकहरू देशद्रोही हुन् । विद्यार्थीलाई गलत विषय पढाउने पाठ्यक्रम फेर्नुपर्ने हुँदा ख्वप विश्वविद्यालयको आवश्यकता भएको हो । वास्तवमा विश्वकै अन्तर्राष्ट्रिय मुद्रा कोष साम्राज्यवादीहरूकै अङ्ग भएकोले हामी त्यसमा फस्न नहुनेतर्फ सचेत हुनुप¥यो । भक्तपुरस्थित सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई भक्तपुर अस्पतालभन्दा पश्चिमको जग्गा अझै उपलब्ध भएको छैन । विस्तारवादी भारतको डरले हुन नसकेको चर्चा पनि गरियो । प्रधानमन्त्रीलाई रकम नबुझाएका शिक्षकहरूलाई पदबाट हटाएको कुरा पनि उठ्यो । प्रधानमन्त्रीले शिक्षकहरूलाई जिल्लाबाट सरुवा गर्दा पनि रकम लिँदा रहेछन् भन्ने पनि उल्लेख गरियो । नेपालको भूमि सार्वभौम छ । तसर्थ, कहीँको जग्गासँग पनि साटिनु हुँदैन यो सार्वभौम सत्य हो ।
कक्षा एकदेखि नै देशभक्त
भूमिलाई संसारभरकै ठूलो सम्पत्तिको रूपमा लिइन्छ । तसर्थ एक इन्च पनि जमिन बेचेर साटिने काम गर्ने अधिकार कुनै देशको कुनै नागरिकलाई हुँदैन । हाम्रा पुर्खाले सानो दुःख गरी नेपाल जोगाएको कहाँ हो र ¤ तसर्थ, हामीमाथि आफ्नो देशको एक इन्च पनि जमिन तलमाथि गर्ने अधिकार कसैलाई पनि छैन । यस्तो दुस्साहस गर्ने जो कुनै व्यक्ति पनि देशद्रोही ठहर्छ । यस्तो चेतना हामीले विद्यालयको तल्ला कक्षाबाटै प्रारम्भ गर्नुपर्छ । अझै पनि नेपालमा एक कक्षामा भर्ना भएका १०० जना विद्यार्थीमध्ये कक्षा १२ पुग्दा सारै थोरै मात्रै विद्यार्थी बाँकी रहन्छन् । तसर्थ, आफ्नो अमूल्य माटोप्रतिको माया र देशभक्ति कक्षा १ बाट नै प्रारम्भ गराउनुपर्छ । सहर किसानका छोराछोरी आज कक्षा १ मा पढ्दै छन्, कक्षा २ मा पढ्छन् पढ्दैनन् कुनै टुङ्गो हुँदैन । ड्रात्रको छोराछोरी, सिकर्मी, डकर्मीका सन्तान, प्रजापतिका नानीहरू कक्षा १०–१२ सम्म नै पढ्छन् भन्ने भर हुँदैन । तसर्थ, देशको माटोप्रतिको मोह कक्षा एक अझ बिनाकक्षाका विद्यार्थीलाई पनि पढाइनुपर्छ ताकि ती केटाकेटी देशभक्त भएर निस्कून् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *