वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
सन् १८४३ : अलेक्जेन्डर किथले एक पुस्तकमा आफ्नो आकाङ्क्षा पोखे – भूमिहीन मानिसहरूलाई मानिसहीन भूमि ।
सन् १८७८ : प्यालेस्टाइनमा पहिलो यहुदीवादी बस्ती बस्यो ।
सन् १८८१ : रुसमा यहुदी सफाया बढ्दै गर्दा प्यालेस्टाइनमा यहुदी बसाइसराइको पहिलो लहर (आलिया) सुरु भयो ।
सन् १८८४ : धर्मगुरु विलियम हेकलरले सन् १८९७ सम्म प्यालेस्टाइनमा यहुदीहरूलाई ‘पुनःस्थापना’ गर्ने भविष्यवाणी गरे ।
सन् १८९६ : थियोडर हर्जलले ‘यहुदी राज्य’ नामक पुस्तक लेखेर यहुदीवादी आन्दोलनको जग हाले ।
सन् १८९७ : विश्व यहुदीवादी सङ्गठनको स्थापना भयो । यसले आफ्नो पहिलो सम्मेलन ग¥यो ।
सन् १८९९ : यहुदीवादी आन्दोलनलाई पुँजी र ऋण दिलाउन यहुदी औपनिवेशिक कोष स्थापना भयो । यसलाई बैङ्कको रूपमा प्रयोग गरियो ।
सन् १९०१ : यहुदी बस्तीको लागि जमिन खोज्न यहुदी राष्ट्रिय कोष नामक संस्थाको स्थापना भयो ।
सन् १९०२ : दार्शनिक मार्टिन बुबर यहुदी मुखपत्र ‘डि वेल्ट’ को सम्पादक बने ।
सन् १९०७ : यहुदी बस्तीको लागि बसाइसराइको दोस्रो आलिया सुरु भयो ।
सन् १९०९ : तेल अभिभको स्थापना भयो ।
प्यालेस्टाइनमा हाशोमर नामक पहिलो सैन्य ‘आत्मरक्षा’ यहुदी दलको स्थापना भयो ।
सन् १९१६ : साइक्स–पाइक सम्झौताले अटोमन साम्राज्यलाई बेलायत र फ्रान्सबिच बाँड्ने तय भयो । प्यालेस्टाइन बेलायतको भागमा पर्ने भयो ।
सन् १९१७ : बेलायती विदेशमन्त्री आर्थर बाल्फोरले प्यालेस्टाइनमा ‘यहुदीहरूको राष्ट्रिय घर’ बनाउने वचन दिए । यहुदी नरसंहारमा परेर बनेका शरणार्थीहरूलाई बेलायतबाट टाढा राख्न उनले यो उपाय लगाएका थिए ।
सन् १९२० : बेलायतको सहयोगमा भूमिगत सैनिक सङ्गठन ‘हगाना’ बन्यो । यो पछि इजरायली सुरक्षा निकायमा फेरियो ।
विन्स्टन चर्चिलले यहुदीवादलाई बोल्शेभिकहरूसँग भिडाउने नीति तयार गरे र यहुदीवादलाई समर्थन गर्न आह्वान गरे ।
सन् १९२९ : ‘हागना’ ले प्यालेस्टाइनमा हतियार तस्करी गर्न थाल्यो ।
‘हागना’ बाट ‘इर्गुन’ नामक शाखा छुट्टियो । यो सङ्गठन बेलायतको विरोधी थियो भने अरब जातिलाई देखि सहँदैनथ्यो ।
सन् १९३३ : जर्मनीमा हिटलर सत्तामा आए । यसले गर्दा यहुदी शरणार्थीहरू ठूलो सङ्ख्यामा प्यालेस्टाइनमा बसाइसराइ गर्न थाले ।
सन् १९३५ : ‘हागना’ ले प्यालेस्टाइनमा हतियार तस्करी गरिरहेको कुरा खुल्यो । त्यसले गर्दा प्यालेस्टाइनमा ‘महाविद्रोह’ भयो । बेलायती सेनाको लागि त्यो उसको औपनिवेशिक इतिहासकै सबैभन्दा ठूलो विद्रोह थियो ।
सन् १९३६–३९ : ‘इर्गुन’ र ‘हागना’ को सहयोगमा बेलायती सेनाले ‘महाविद्रोह’ दबायो । यी तीनवटा सेनाले मिलेर ५ हजार प्यालेस्टाइनीहरूको हत्या गरे ।
सन् १९३९ : विद्रोह दबाएपछि बेलायतले बाल्फोर घोषणा थाती राखेको श्वेतपत्र जारी ग¥यो । त्यसमा अरब र यहुदी दुवै धर्मावलम्बीको ‘स्वतन्त्र प्यालेस्टाइनी राज्य’ बन्नुपर्ने लेखिएको थियो । बेलायतले यहुदी आप्रवासनलाई सीमित ग¥यो ।
सन् १९४२ : यसको जवाफमा यहुदीवादीहरूले बिल्टमोर कार्यक्रम अघि सारे । त्यसमा यहुदी राज्य निर्माण गर्न आह्वान गरिएको थियो ।
सन् १९४७ : संयुक्त राष्ट्रसङ्घले प्यालेस्टाइनलाई यहुदी र प्यालेस्टिनी राज्यमा बाँड्ने १८१ प्रस्तावना अघि सा¥यो । प्यालेस्टाइनमा यहुदीहरूको ओइरो लाग्यो ।
सन् १९४८ मार्च : ‘हागना’ ले ‘डलेट’ योजना बनायो । प्यालेस्टिनी गाउँहरू ध्वस्त पार्दै त्यहाँका जनतालाई लघार्नु यो योजनाको लक्ष्य थियो ।
अप्रिल महिना : यहुदीवादी अर्धसैन्य समूहले दायर यासिन गाउँमा १०० भन्दा बढी प्यालेस्टिनीहरूलाई एकै चिहान बनायो ।
मे महिना : इजरायलले छिमेकी देशहरूलाई युद्ध गर्न उक्साउने गरी नयाँ राज्य स्थापना भएको घोषणा ग¥यो । यसर्थ उसले इजरायली रक्षा बल (आइडिएफ) स्थापनाको घोषणा ग¥यो । सन् १९४७ मा छुट्याएको भन्दा पनि बढी भूभाग कब्जा गर्न थाल्यो । उसले आफ्नो नयाँ सिमानालाई ‘हरित रेखा’ भन्यो ।
डिसेम्बर महिना : संयुक्त राष्ट्रसङ्घले प्रस्ताव १९४ पारित ग¥यो । यो प्रस्तावना अनुसार प्यालेस्टिनी जनतालाई आफ्नो घरमा फर्किने अधिकार छ ।
सन् १९४९ : छिमेकी देशहरूसँगको इजरायलको युद्ध टुङ्गियो । साढे ७ लाख प्यालेस्टिनीहरू विस्थापित र निर्वासित भए ।
सन् १९५० : इजरायलले ‘फिर्ती कानुन’ ल्यायो । विश्वका जुनसुकै कुनामा बसोबास गर्ने यहुदीहरूलाई आफ्नो देशमा स्वागत गर्दै तिनलाई नागरिकता दिने भनियो ।
सन् १९५६ : इजरायलले इजिप्टको साइनाइ प्रायःद्वीपमाथि हमला ग¥यो । बेलायत र फ्रान्सले उसलाई सो हमलामा मद्दत गरे । स्वेज नहरमाथि पहुँच प्राप्त गर्न त्यो हमला गरिएको थियो ।
सन् १९५०–६० को दशक : संरा अमेरिकामा यहुदीवादीहरूले ठूलाठूला कार्यक्रमहरू गरे । ती कार्यक्रममा समाजवादी र मजदुर वर्गीय विचार राख्ने यहुदीहरू पनि सामेल भएका थिए । उनीहरूले त्यसलाई अमेरिकी यहुदीवाद भनेर धाक लगाए ।
सन् १९६७ : इजरायलले आफ्ना छिमेकी देशहरूमाथि आक्रमण ग¥यो । उसले इजिप्टको साइनाइ, सिरियाको गोलन थुम्को र इजिप्ट नियन्त्रित गाजा, जोर्डन नियन्त्रित पश्चिम किनारा र पूर्वी जेरुसेलम कब्जा ग¥यो । ३ लाख प्यालेस्टिनीहरू निर्वासित भए र बाँकी सबै प्यालेस्टिनीहरूलाई इजरायली भूभागमा राखियो ।
सन् १९७५ : संयुक्त राष्ट्रसङ्घले प्रस्ताव ३३७९ पारित ग¥यो । त्यसमा यहुदीवादलाई जातिवादकै एक रूप किटान गरिएको छ ।
सन् १९७८ : क्याम्प डेभिड समझदारी भयो । सोही अनुसार इजरायल र इजिप्टबिच शान्ति समझौता भयो । उक्त सम्झौताअनुसार साइनाइ प्रायःद्वीप इजिप्टकै हुने भयो ।
सन् १९७९ : पादरी जेरी फालवेलले ‘मोरल मेजोरिटी’ नामक सङ्गठन स्थापना गरे । यो इजरायलको पक्षमा कटिबद्ध इसाई यहुदीवादी सङ्गठन हो । बाइबलमा भने अनुसार इजरायलले भूमि लिँदा यशु क्राइस्टले संसारमा पुनःजन्म लिनेमा यस सङ्गठनको विश्वास छ । बाइबलको भविष्यवाणीअनुसार क्राइस्टको दोस्रो आगमनले गैर इसाइहरू सबैको नाश हुनेछ ।
सन् १९८० : इजरायलले ‘जेरुसेलम कानुन’ पास ग¥यो र जेरुसेलमलाई इजरायलको राजधानी घोषणा ग¥यो । यसको लागि उसले पूर्वी जेरुसेलम कब्जा ग¥यो । माथि भनिका इसाईहरूले इजरायलको सो पाइलालाई स्वागत गर्दै जेरुसेलममा अन्तर्राष्ट्रिय इसाई दूतावास स्थापना गरे ।
सन् १९८१ : इजरायलले आधिकारिक रूपमै सिरियाको गोलन थुम्को कब्जा ग¥यो ।
सन् १९८२ : इजरायलले लेबनानमाथि हमला ग¥यो । त्यहीँबाट प्यालेस्टिनी मुक्ति सङ्गठन (पिएलओ, प्यालेस्टिनियन लिबरेसन अर्गनाइजेसन) ले आफ्ना गतिविधि तीव्र पार्दै थियो । १९८२ सेप्टेम्बरमा ‘लेबनिज फालान्ज’ नामक दक्षिणपन्थी इसाई दल र इजरायली सेना मिलेर ३५ हजार प्यालेस्टिनी र लेबनानीहरूको हत्या गरे । मारिनेहरू पश्चिम बेरुत सहरका दुई शरणार्थी शिविरहरूमा बसोबास गर्दै आएका थिए । इजरायली हमलाका कारण लेबनानले ‘पिएलओ’ का कार्यकर्तालाई देशनिकाला ग¥यो । इजरायलले सन् २००० सम्म दक्षिण लेबनानमा अड्डा जमाइरह्यो ।
सन् १९८७ : पहिलो इन्तिफादा आन्दोलन सुरु भयो । अरबी भाषामा इन्तिफादाको अर्थ विद्रोह हुन्छ । इजरायलले ठूलो सङ्ख्यामा व्यवस्थित रूपमा विद्रोहीहरूलाई घाइते बनायो ।
सन् १९९३ : इजरायल र ‘पिएलओ’ ले पहिलो ओस्लो समझदारीमा हस्ताक्षर गरे । समझदारी अनुसार दुवै देश दुई राज्य समाधानतर्फ जाने भयो । यसको लागि ‘अन्तरिम प्यालेस्टिनी प्राधिकरण’ स्थापना गरियो । त्यससँग सीमित अधिकार थियो । (समझदारीको पूर्ण कार्यान्वयन भने हुन सकेन ।)
सन् १९९४ : इजरायल र जोर्डनबिच शान्ति सन्धि भयो ।
सन् १९९५ : दोस्रो ओस्लो सम्झौता भयो । पश्चिम किनार क्षेत्रलाई क, ख र ग क्षेत्र भनी विभाजन गरियो । ती तीनै क्षेत्रमा इजरायलले फरकफरक तरिकाले नियन्त्रणमा राख्ने भयो ।
सन् २००० : दोस्रो इन्तिफादा आन्दोलन सुरु भयो ।
सन् २००२ : त्यसको जवाफमा इजरायलले पश्चिम किनार क्षेत्रमा ‘प्रतिरक्षा कारबाही’ सुरु ग¥यो । यो सन् १९६७ यताकै सबैभन्दा ठूलो आक्रमण थियो । सोही दौरान उसले रङ्गभेदी पर्खालको निर्माण थाल्यो ।
सन् २००४ : इजरायली प्रधानमन्त्री एरियल स्यारोनले गाजा क्षेत्रबाट एकतर्फी रूपमा सम्बन्ध तोड्ने योजना घोषणा गरे ।
सन् २००५ : इजरायलको गाजाबाट एकतर्फी सम्बन्ध–तोड योजना अघि बढ्यो । हजारौँ इजरायली बासिन्दाहरूले प्यालेस्टाइन छोड्न थाले । प्यालेस्टिनी प्राधिकरणले गाजामा शासन गर्न थाल्यो तर गाजाको सीमा इजरायलले नियन्त्रण ग¥यो ।
सन् २००६ : अमेरिकी पादरी जोन हेजीले ‘इजरायलका निम्ति इसाई एकता’ नामक सङ्गठन खोले । यो संरा अमेरिकाको सबैभन्दा ठूलो इजरायलपक्षधर सङ्गठन हो । यसमा २० लाख सदस्य छन् ।
सन् २००७ : हमासले गाजामाथि नियन्त्रण कायम ग¥यो । यही बहानामा इजरायलले सो क्षेत्रमा नाकाबन्दी सुरु ग¥यो ।
सन् २००८–०९ : इजरायलले गाजामाथि तीनहप्ते हमला सुरु ग¥यो । सो कारबाहीमा परेर १४ सय प्यालेस्टिनीले ज्यान गुमाए । इजरायलले गाजा क्षेत्रका भौतिक पूर्वाधारहरू नष्ट ग¥यो । गाजा अब पूर्णतः पराश्रित बन्न पुग्यो ।
सन् २०१४ : इजरायलले गाजाविरुद्ध सातहप्ते हमला ग¥यो । त्यस कारबाहीमा परेर १८ सय गाजाबासीको मृत्यु भयो ।
सन् २०१७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिए । आफ्ना चुनावी प्रचारसभाहरूमा अमेरिकी यहुदीवादीहरूसँग गरेको प्रतिबद्धता उनले पूरा गरे । यसका साथै उनले अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्न निर्देशन दिए ।
सन् २०१८ : जेरुसेलमस्थित अमेरिकी दूतावासको उद्घाटनमा ट्रम्पले आफ्ना छोरी र ज्वाइँलाई पठाए । इजरायलले आफ्नो रङ्गभेदी शासन सुरु गरेको ७० औँ वार्षिकीको मौकामा सो उद्घाटन गरिएको थियो ।
सन् २०२० : इजरायलले पश्चिम किनारामा बढाइरहेको ठूलो आकारको कब्जाकारी गतिविधि रोक्यो । संयुक्त अरब एमिरेट्ससँग कूटनीतिक सम्बन्ध स्थापनाको सर्तअनुसार उसले उक्त निर्णय गरेको थियो । यसका साथै इजरायलले बहराइन, मोरक्को र सुडानसँग पनि सम्बन्ध सामान्य बनायो ।
सन् २०२२ : इजरायली प्रम नेतन्याहुले राष्ट्रसङ्घको महासभामा प्यालेस्टाइनविहीन मध्यपूर्वको नक्सा देखाएपछि र प्यालेस्टिनीहरूको पवित्र धार्मिकस्थल अल नक्सा पस्नमा प्यालेस्टिनी जनतामाथि पाबन्दी थोपरेपछि गाजामा सक्रिय हमास समूहले प्रतिरोध युद्ध ग¥यो ।
(‘अ ल्यान्ड विथ ए पिपल’ बाट)
Leave a Reply