“राजनीतिक परिवर्तन हुन एक युग लाग्न सक्छ”
- आश्विन २३, २०८१
तिहार नजिकिँदै छ । स्कूले विद्यार्थी र युवाहरू आतसबाजी, भुइँचम्मा एवं पटाकाजस्ता वस्तुहरू पड्काउँछन् र मनोरञ्जन गर्छन् । आतसबाजी, भुइँचम्पा र पटाका आगजन्य वस्तु हुन् । जताँतहीँ, जथाभावी पटाका पड्काउँदा अङ्गभङ्ग र आगलागी हुनसक्छ । विगतमा पटाका पड्काएकै कारण आगजनी भएर धेरैको घरमा क्षति र अङ्गभङ्ग भएको थियो । पटाकाकै कारण स्थानीयहरूबिच झगडा भएको थियो । त्यसकारण, स्थानीय प्रशासनले त्यस्ता विस्फोटक या आगजन्य वस्तुको ओसारपसार, बेचबिखन र प्रयोग नगर्न निषेधाज्ञा जारी राख्नुपर्छ । जिल्ला प्रशासनले सूचनामा निषेध गरे पनि लुकिछिपी त्यस्ता विस्फोटक पदार्थ ल्याउने हुँदा बेलाबखत अनुगमन र निगरानी भइरहनुपर्छ ।
स्थानीय प्रशासन सक्रिय भएमा त्यस्ता विस्फोटक पदार्थ नियन्त्रण गर्न सकिन्छ । प्रहरी प्रशासनकै सक्रियतामा कार्तिक १० देखि १७ गतेसम्म प्रशासनले ८ लाख रूपैयाँ बराबरको पटाका बरामद गरेको समाचार प्रकाशमा आएको छ । नेपाल–भारत खुला सीमा भएकोले पनि प्रहरी प्रशासनको निगरानी बढाउनुपर्छ । प्रहरीले कडाइ गरेमा लुकिछिपी पटाका ल्याउने काममा धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । त्यस्तै स्थानीय प्रशासनले जिल्ला जिल्लामा पटाका बिक्री नगर्न, नपड्काउन सूचना जारी गर्नुपर्छ । गाउँ–सहरको बस्ती, घर आँगन, चोक र विद्यालय विद्यालयमा शिक्षक, समाजसेवी, बुद्धिजीवी, प्रबुद्ध वर्गले पटाका नपड्काउन सम्झाउने र बुझाउने काम गर्नुपर्छ ।
प्रतिबन्धित र प्रज्ज्वलनशील पटाका र बारुद भारतबाट ल्याइएको हुन्छ । भारतको विभिन्न नाकाबाट लुकिछिपी पटाका, बारुद र आतसबाजी नेपाल भित्रिरहेको सीमा–नाकामा रहेका स्थानीय जनता बताउँछन् । सरकारले सूचना जारी गरेर कडा निगरानी नराख्दा पटाकाजन्य पदार्थ भित्रिरहेको छ, बिक्री वितरण भइरहेको छ । व्यापारीहरूले पनि लुकीछिपी पटाका बिक्री गरिरहेका छन् । स्थानीय जिल्ला प्रशासन या प्रहरी कार्यालयले निगरानी बढाएमा ओसार–पसार, बिक्री वितरण र पड्काउने कार्यमा धेरै हदसम्म नियन्त्रण गर्नसक्छ । प्रहरी प्रशासनकै सक्रियतामा बिक्रीमा ल्याउन लागेको पटाका बरामद गरेको खबर पनि प्रकाशमा आइरहेको छ । प्रहरी प्रशासनको त्यो सक्रियता तिहार अवधिभर भइरहे प्रशासनको उद्देश्य पूरा हुनेछ र कहीँ कतै अङ्गभङ्ग र आगलागी हुनेछैन ।
तिहारको बेला जुवातास पनि खेलेको हुन्छ । जुवा तास खेलेर धेरैको धेरै सम्पत्ति हारेको हुन्छ । वर्ष दिन कमाएको पैसा दुई चार घण्टामा सकिन्छ । कतिले घरको गरगहनासमेत बेचेको हुन्छ । ठूलठूला जुवातासको खेलमा हजार होइन लाखौँको हारजित हुन्छ । कति यस्ता खेलहरू घर–घरमा या पसल–पसलमा खेलेका हुन्छन् । यस्तै समयमा चोरी चकारी बढेको हुन्छ । गरगहना लुट्ने, डकैती गर्ने र चोरी चकारी गरिएको हुन्छ । चोरीचकारी र लुट्ने क्रममा हिंसात्मक घटना पनि घटेको हुन्छ । यी र यस्तैखाले अन्य सामाजिक अपराधीका घटनाहरू चाडपर्वमा भइरहेको पाइन्छ । यस्ता कार्यहरू नियन्त्रण गर्नेतर्फ प्रशासनको ध्यान जानु आवश्यक छ । अतः तिहार मनाउनुपर्छ† संस्कृति जोगाउनुपर्छ । तर, कला, संस्कृतिको नाउँमा विकृति, विसङ्गति र आपराधिक क्रियाकलाप निम्त्याउने, नयाँ पुस्तामा गलत सन्देश दिने काम रोक्नुपर्छ । आ–आफ्नो संस्कृति या चाडपर्वलाई जीवन्तता दिन हामी सबै लाग्नुपर्छ ।
Leave a Reply