(ख्वप अस्पतालका निमित्त निर्देशक डा. मजेशप्रताव मल्लसित ‘मजदुर’ दैनिकका संवाददाताले गरेको सङ्क्षिप्त कुराकानी प्रस्तुत छ – सं.)
- ख्वप अस्पताल अहिले कस्तो चलिरहेको छ ?
जनस्वास्थ्य केन्द्रबाट रूपान्तरित हुँदै २५ शøयाको अस्पतालबाट हाल १०० शøयाको अस्पताल सञ्चालनमा छ । ख्वप अस्पताल जनताको अस्पतालको रूपमा विकास हुँदै छ । भक्तपुर नगरपालिकाको सहयोग र आफ्नै स्रोत–साधनले आज विभिन्न सेवा विस्तार हुँदै छ ।
हाल यस अस्पतालमा दैनिक ७५० देखि ८०० भन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् । प्रसूतिदेखि हाडजोर्नी÷जनरल सर्जरीका शल्यक्रियाहरू गराउन टाढा पुग्नुपर्ने र महँगा निजी अस्पतालहरूमा पुग्नुपर्ने बाध्यतालाई धेरै हदसम्म ख्वप अस्पतालले कम गरेको छ । जेठदेखि सुरु भएको प्रसूति तथा अन्य शल्यक्रियाहरू दैनिक जस्तो चलिरहेको छ । हालसम्म करिब १४० जनाभन्दा बढीको सफल प्रसूतिसेवा पुगिसकेको छ भने अन्य शल्यक्रियाहरू जस्तै हाडजोर्नी र जनरल सर्जरी पनि दैनिक हुने गरेका छन् । सामान्य शल्यक्रियादेखि जटिल शल्यक्रिया पनि यसै अस्पतालले दिँदै आएको छ । सेवामा गुणस्तरीयता र सुलभतालाई प्राथमिकता दिइएकोले ख्वप अस्पताल बिरामीहरूको आशा भरोसाको केन्द्र बनेको छ । - ख्वप अस्पतालबाट के कस्तो सेवा प्रदान गरिरहेको छ, जानकारी दिनुहुन्छ कि ?
ख्वप अस्पताल भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सामुदायिक अस्पताल हो । नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल वर्षको ३६५ दिन, ११ घण्टा ओपीडी सेवा दिने सम्भवतः देशको एकमात्र अस्पताल हो । हाल यस अस्पतालबाट प्रवाह हुने सेवाहरू निम्न रहेका छन् –
२४ घण्टा नै इमर्जेन्सी सेवा, ल्याब सेवा, एक्स–रे सेवा, फार्मेसी, अन्तरङ्ग सेवा, प्रसूति सेवा, शल्यक्रिया सेवा, ओपीडी सेवा, इन्टरनल मेडिसिन, हाडजोर्नी, स्त्री तथा प्रसूति, नाक, कान, घाँटी सेवा, छालारोग सेवा, दन्त सेवा, बाल रोग सेवा, जनरल सर्जरी, मुटुरोग सेवा, साइक्याट्री, रेडियोलोजी, प्याथोलोजी, एनेस्थेसिया, घरदैलो नर्सिङ सेवा आदि ।
हाल ख्वप अस्पतालमा २४ जना विशेषज्ञ डाक्टर, १५ जना मेडिकल अफिसरहरूसमेत १८० जना कर्मचारीहरू कार्यरत हुनुहुन्छ । - ख्वप अस्पतालको सेवा प्रवाहमा केही ढिलो भएको जनगुनासो छ, त्यसबारे के भन्नुहुन्छ ?
ख्वप अस्पतालमा सेवाग्राहीहरू दिनानुदिन बढ्ने क्रम जारी छ । करिब ८० प्रतिशत बिरामी नेपाल सरकारको राष्ट्रिय बीमा कार्यक्रममा आबद्ध छन् । बीमा कार्यक्रमका नियमहरू सेवा प्रदायक संस्था र बिरामीले मान्नुपर्ने हुन्छ । सो नियमहरू पालना गर्न अलि झन्झटिलो नै छ । त्यसमाथि बिरामीको चापले गर्दा पनि केही ढिलाइ हुने गरेको छ । यसर्थमा हामीले सेवा दिन ढिलाइ गरेका छैनौँ । बरु अन्य सरकारी तथा निजी अस्पतालमा भन्दा चाँडो सेवा पु¥याउँछौँ । शल्यक्रियाका लागि पनि अन्य अस्पतालमा जस्तो धेरै दिन कुर्नुपर्ने छैन । - हाल भनपा ८ कि नितु दुवालको मृत्युबारे ख्वप अस्पतालको नाम पनि जोडिएर आएको छ, वास्तविकता के हो ?
सुश्री नितु दुवालको भदौ ३१ गते पाटन अस्पतालमा उपचारको क्रममा दुःखद निधन भएको जानकारी हामीलाई पनि प्राप्त भयो । त्यसपछि सामाजिक सञ्जालमा विभिन्न किसिमको अभिव्यक्ति पनि हामीले पढ्यौँ । वास्तवमा यो सा¥है दुःखद घटना हो । ख्वप अस्पताल परिवार मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गर्दछौँ । सामाजिक सञ्जालमा ख्वप अस्पतालप्रति विभिन्न किसिमका गलत आक्षेप लगाइयो । ख्वप अस्पताल राम्रो भएको हेर्न नचाहने कतिपय मानिसहरू त्यसको बदनाम गर्न निरन्तर लागिरहेको बारे हामी सचेत छौँ ।
मृतक बहिनी हाम्रो अस्पतालमा डण्डीफोरका लागि उपचार गर्न आएकी थिइन् । सोही समस्याका लागि निजले औषधि सेवन गर्दै थिइन् । लगभग २ हप्तापछि उनलाई ज्वरो आयो । ज्वरोको लागि पनि यहाँबाट उपचार भयो । तर, मुखबाट खाने औषधिले ज्वरो कम नहुँदा लगभग १० दिनपछि इमर्जेन्सीमा आइन् । इमर्जेन्सीबाट भर्ना हुन पनि भनियो तर त्यस दिन भर्ना भइनन् । फेरि पछि आउँदा पिसाबमा सङ्क्रमण देखियो र भर्ना गरियो । तीनदिनको बसाइँपछि केही सुधार देखियो र बिरामीका आफन्तका अनुरोधमा घर पठाइयो । तर, फेरि भोलिपल्टै ल्याइयो । त्यसबेला पनि भर्ना गरियो । बिरामीलाई सुरुमा ज्वरो आएको दिनबाट नै हल्का शरीर चिलाउने कुरा त्यस भर्नामा बताइयो । उपचारकै क्रममा शरीरमा दाबरहरू देखियो र निजलाई आफन्तको अनुरोधमा अर्को अस्पताल पठाइयो । त्यसपछि बिरामी अन्य अस्पतालमा उपचार गराएको भन्ने बुझियो ।
घटनाक्रम यसप्रकारका छन् :
असार २२ – छाला रोगमा चिकित्सकसँग भेट र उपचार
साउन २ – फलोअप र ज्वरोका लागि उपचार
साउन १२ – इमर्जेन्सीमा ज्वरोका लागि
साउन १४ – भर्ना
साउन १७ – पुनः भर्ना
साउन २१ – रिफर (आफन्तको आग्रहमा)
उनको मृत्यु भदौ ३१ गते भएको जानकारी पायौँ । धेरै वटा अस्पतालमा विभिन्न किसिमका उपचार गराएको कुरा स्वयं बिरामीको परिवारले स्वीकारेको छ । कैयौँ ठाउँमा उपचार गराउँदा पनि निको नभएको दोष महिनौँ अगाडि नै रिफर गरेर पठाएको अस्पताललाई दिनु गलत हो । कसैको भनाइलाई भन्दा हामी सत्यतथ्य कुरालाई विश्वास गर्छौँ । कुनै निजी अस्पतालका कुनै अमुक व्यक्तिले भनेको भन्ने भरमा अस्पतालप्रति भ्रम सिर्जना गर्न खोज्नु राम्रो होइन ।
- ख्वप अस्पतालले चुप लागेर बस्दा मौन स्वीकार जस्तो भएन र ?
सर्वप्रथमतः हामी कुनै पनि विषय सामाजिक सञ्जालमै उत्थान भएकै भरमा प्रतिक्रिया दिनुपर्छ भन्ने पक्षमा छैनौँ । सामाजिक सञ्जालमा कसैको चरित्र हत्या गर्न निकै सजिलो हुने र भ्रामक सूचना फैलाउने सम्भावना धेरै हुन्छ । आरोप लगाउनुभन्दा पहिले परिवारले सोच्नुपर्ने थियो । हामी आफैँ आश्चर्यमा छौँ । - ख्वप अस्पतालको भावी योजनाबारे केही भन्नुहुन्छ कि ?
ख्वप अस्पताल भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देशकै कान्छो अस्पताल हो । हामी सेवा विस्तारकै क्रममा छौँ । दक्ष जनशक्ति तथा आवश्यक आधुनिक उपकरणसहित जनताको सेवा गर्ने हाम्रो लक्ष्य हो । उच्चत्तम उपचार न्यून खर्चमा गर्ने हाम्रो तरिका हो । त्यसको लागि आवश्यक काम गर्दै छौँ । जनताको अपनत्व र विश्वासले नै हामीलाई ऊर्जा दिँदै आएको छ ।
हाम्रो आगामी योजनाहरू यस प्रकारका छन् :
– सीटी स्क्यान खरिद तथा सञ्चालन गर्ने,
– आइसीयू/एनआइसीयू सेवा सुरु गर्ने,
– शल्यक्रिया कक्षहरू बढाउने,
– सामुदायिक फार्मेसी सेवा सञ्चालन गर्ने,
– आधुनिक उपकरणहरू थप्ने,
– विशेषज्ञ चिकित्सकहरू थप्ने, - अन्य केही ?
यस ख्वप अस्पताल जनताका लागि जनताकै स्वामित्वमा सञ्चालित अस्पताल हो । यसको मूल लक्ष्य नै सेवा हो । कुनै पनि बिरामीले उपचारको लागि बाहिर जान नपरोस् भन्ने नै हाम्रो लक्ष्य हो । सीमित स्रोत साधनका बीच गुणस्तरीयतालाई प्राथमिकता दिँदै जाने हाम्रो उद्देश्य हो । गुनासो, सुझाव सिधै अस्पतालका पदाधिकारीहरूलाई दिँदा त्यसको उचित सम्बोधन हुनेछ । सामाजिक सञ्जालका कुराहरू सही हुन्छन् भन्ने भ्रमबाट टाढा हुनुपर्छ । हाम्रो अस्पतालको ढोको गुनासा र सुझावहरूको लागि २४ सै घण्टा खुला छ । धन्यवाद !
Leave a Reply