वरिष्ठ अधिवक्ताहरूको बहस नोटतर्फ एक नजर
- मंसिर २६, २०८१
आज नेपाल संवत् फेरिने दिन हो । नेपाल संवत् मौलिक संवत् हो । नेपालमा यो संवत् ८८८ वर्षसम्म सरकारी संवत्को रूपमा चलेको थियो । आज सोमबार म्हः पूजाको दिन नयाँ नेपाल संवत् सुरू हुन्छ । आजदेखि नेपाल संवत् ११४४ सुरू भएको छ । नेपाल संवत् फेरिएकै दिन नेवार समुदायको बस्तीमा न्हूँ द ¥याली हुन्छ । त्यसरी नै भक्तपुरको चारवटै नगरपालिकामा बाजागाजासहितको न्हूँ द ¥याली हुनेछ । भक्तपुर, मध्यपुर, चाँगु र सूर्यविनायक नगरपालिकामा बिहान ¥याली र सभा हुन्छ । यसै दिन नगदेशको छ्वास टोलमा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम हुन्छ । भक्तपुरमा ¥यालीपछि खौमामा रहेको मास्टर जगतसुन्दर मल्लको प्रतिमामा माल्यार्पण हुनेछ । यो नयाँ वर्षको अवसरमा सम्पूर्ण न्यायप्रेमी जनतामा देशको स्वाधीनता र सार्वभौमिकताको निम्ति लड्ने प्रेरणा मिलोस् । प्यालेस्टिनी जनता र प्यालेस्टाइन देशको सुरक्षा गर्न आक्रमणकारी इजरायल र इजरायललाई साथ र सहयोग गर्ने साम्राज्यवादी देश अमेरिकाविरूद्ध संसारका न्यायप्रेमी जनताको आवाज एक स्वरमा बुलन्द भइरहोस् !
नयाँ वर्षको अवसरमा जनतामा नयाँ सन्देश प्रवाह गर्न सत्तासीन दलका नेता, मन्त्री र सांसदहरू कुनै पनि भ्रष्टाचार, अनियमिततामा नफसी देश र जनताप्रति जिम्मेवारीबोध भएर काम गर्नुपर्ने देखिन्छ । देशको सन्तुलित विकासमा ध्यान दिनुपर्छ । पद, पैसा र भागबन्डाको राजनीति छोडेर सिद्धान्त र विचारको आधारमा राजनीति गर्नुपर्ने देखिन्छ । पदअनुसारको जिम्मेवारी बहन गर्नुपर्छ । शक्ति राष्ट्रको उठबसमा रहेर सरकार सञ्चालन गर्नु बुद्धिमानी होइन । हरेक अनियमितता र भ्रष्टाचारमा फसेका अपराधीहरू कारबाहीमा पर्नुपर्छ । हरेक राजनीतिक दलले आ–आफ्नो सिद्धान्त र विचारअनुसार काम गर्नुपर्छ, जनतालाई सिद्धान्तनिष्ठ बनाउनुपर्छ । सिद्धान्त र विचारप्रति जनता सचेत र सङ्गठित नभएसम्म सरकार अस्थिर भइरहनेछ । यसले विकासमा बाधा पर्छ । नेपाल संवत्को नयाँ वर्षले सत्तासीन र अन्य ठूला दलका नेताहरूमा बुद्धि पलाओस् ।
नेपाल संवत् धान भित्याएर अन्नको पूजा गर्ने पर्व हो । लक्ष्मी पूजा यसको दृष्टान्त हो । यो पर्व फूलको पर्व हो । यो बेला सयपत्री, मखमली, लालपातेजस्ता रङ्गीचङ्गी फूल फुल्ने र सो फूल घर–घरमा सिङ्गार्ने, भाइटीका (किजापूजा) र म्हः पूजामा अधिक प्रयोग हुन्छ । यसै पर्वको निम्ति सयपत्री र मखमलीको खेती नै गरेको हुन्छ । आजभोलि ती फूललाई नगदेबालीको रूपमा खेती गरिएको पाइन्छ । सयपत्री र मखमलीलगायत अन्य फूल बिक्री गरेर राम्रो आम्दानी गरिरहेको हुन्छ । यो फलफुलको पर्व पनि हो । विशेषगरी यो समयमा भोगटे, बिमिराको पूजामा प्रयोग हुन्छ । तिहार उज्यालोको पर्व पनि हो । यसबेला तिहारभरि घरघरमा झिलीमिली बत्ती बालेको हुन्छ । साँझपख जताततै राम्रो, रमाइलो र झिलिमिली हुन्छ । त्यस्तै काग, कुकुर, गाई र गोरूको पूजा हुन्छ । यसरी मानिस, अन्न, पशुपन्छी, फूल, फलफुल आदिको पूजा हुने यो पर्व रमाइलो हुन्छ ।
यो मेलमिलाप र सद्भावको पर्व हो । यस पर्वमा विभिन्न सङ्घ संस्था, राजनीतिक दलहरू नयाँ वर्षको अवसर जोडेर शुभकामना आदानप्रदान गर्छन् । यसै समयमा आ–आफ्नो घर, आँगन, चोक, गल्ली, सहरबजारमा सरसफाइ गरिएको हुन्छ । यस समयमा विकृति विसङ्गति अन्त्य गर्न, जुवा तास खेल्ने काम रोक्न विभिन्न रचनात्मक कार्यक्रम हुने समय पनि हो यो पर्व । यति व्यस्तको समयमा पनि देश र जनतामा समर्पित विचारप्रधान ‘मजदुर’ दैनिक प्रकाशित हुन्छ । अतः पत्रिकामा आबद्ध लेखक, पत्रकार, समालोचक, पत्रिका वितरक, विज्ञापनदाता, आलोचक, कवि, कथाकार, पाठक, ग्राहक तथा प्रत्यक्ष र अप्रत्यक्षरूपमा साथ र सहयोग गर्ने महानुभावहरूमा ‘मजदुर’ दैनिक परिवार शुभकामना व्यक्त गर्दछौँ । यहाँहरूको सहयोग र साथ आगामी दिनमा पाइरहने हामीलाई विश्वास छ । यस अवसरमा सम्पूर्ण न्यायप्रेमी, देशभक्त जनताको सुख, शान्ति र समृद्धिको हामी कामना गर्दछौँ ।
Leave a Reply