भ्रष्टाचारका सहस्र टाउका – १
- आश्विन ३, २०८१
कुनै पनि सरकारको अघिपछिको सामान्य अवस्थामा होइन आपत् विपत् पर्दाको असामान्य स्थितिमा हुन्छ मूल्याङ्कन । तर, भूकम्प पीडितको स्थिति हेर्दा वर्तमान सरकारले सकेन भन्नैपर्छ । यस्ता अप्ठेरोको काम खास गरी प्राकृतिक विपत्तिको उद्धारको काम, अस्थायी बसोबासको काम, बिरामीको स्वास्थ्य सेवाको काम भन्नमात्र सजिलो हो, गर्न सजिलो होइन । अझ भूकम्प त विशेष प्रकारको विपत्ति हो । मूल वा पहिलो कम्प पछि आइरहने परकम्पहरूको कुनै ठेगान नै हुँदो रहेनछ । कति वटा परकम्प कहिले कहिले जान्छन् इन्द्रले पनि चल्न सक्दो रहेनछ । भूकम्पको भविष्यवाणी भनेकै भूकम्पप्रतिरोधी बलियो घर हो । अरु ओखती छैन । संसारको अहिलेसम्मको भूकम्प पढ्दा पुगिने ठाउँ भूकम्पप्रतिरोधी घरमात्र हो भन्ने निष्कर्ष हो । भूकम्प हामीकहाँ नेपालमा मात्र हुने होइन । हाम्रै एसियाको जापानमा यति धेरै भूकम्प जान्छ रे उनीहरू हारे प्रकृतिसँग र प्रतिरोधी बस्ती बनाउने निर्णयमात्र गरेनन् त्यस्ता बस्ती बनाएरैमात्र विश्राम लिए । हामीमात्र भन्छौँ गर्न चाहिँ गर्दैनौँ । त्यसैले धेरै वटा भूकम्पले हामीलाई तौलिसकेको छ । गत साताको आधा रातको भूकम्प पनि त्यही सन्दर्भको श्रृङ्खलामात्र हो । डेढसत्न्दा धेरै मान्छे मरे । त्यसमा पनि केटाकेटी धेरै परेछन् । बिरामी बुढाबुढी पर्ने नै भए । विपत्तिबाट हामीले सिक्नुप¥यो बलियो घर बनाउन ताकि आठ रेक्टर स्केलभन्दा ठूलो भूकम्पमा पनि हाम्रा घर उभिरहून् ।
ओढ्ने नै चाहियो
प्रधानमन्त्री प्रचण्ड सुत्नुभएको रहेनछ । भूकम्प आउँदा आधा रात पनि सायद सुत्नुभएन । पुनरुद्धार एवं सहयोगबारे सोचिरहनुभयो होला । भोलिपल्ट उज्यालो सँगसँगै प्रस्थान गर्नुभयो । विमानस्थलबाट भूकम्पको केन्द्रबिन्दु स्थल पुग्नुभई खटनपटन गर्नुभयो । पीडितहरूको उद्धार सुरु भयो । यो राम्रो काम भो । तर, प्रधानमन्त्रीले आफैमात्र उद्धार गरेर त्यो महामारीमा केही पीडितको छिटो उद्धार भयो होला । प्रम प्रचण्ड आफैँ उद्धारमा लागेर कति उद्धार भयो होला यो आफ्नो ठाउँमा छँदै छ । स्वयं प्रधानमन्त्री उद्धारमा नलागेर उद्धारको उचित बन्दोबस्ततर्फ लाग्नुपथ्र्यो कि ? आज यतिका दिन भइसक्यो भूकम्प गएको तर पीडितले अझै पाल पाएका छैनन् । यो ठण्डीमा खुला आकाशमुनि बसेका छन् । अझ पानीको के हालत होला ? राज्यको मूल मान्छेको मूल दायित्व के होला ? त्यो ख्याल गर्नुपर्ने होला । त्यहाँनिर गल्ती भयो कि ? प्रधानमन्त्री आफै काम गर्दैन । ऊ अरूलाई काम गराउँछ मैले बुझेको यो हो । कहाँ हाम्रा प्रधानमन्त्री काममा आफैँ खटिनुभयो । यो सर्वासमा ठीक होइन कि ? अझै पनि उद्धारको काम बाँकी छ कि ? अब कम्तीमा पाल चाहिए । ओढ्ने ओछ्याउने चाहिए । भर्खरकी सुत्केरी, शिशु र बुढाबुढीलाई । हाम्रो बोलीले तातो दिँदैन । त्यसको लागि ओढ्ने नै चाहियो ।
आफ्नो अर्काको छुट्टिन भएन
उहिल्यै अरनिको राजमार्ग नबन्दै वर्षात्मा एउटा ठूलो बाढी आयो वाग्मती नदीमा । त्यतिबेला त्रिभुवन विमानस्थल जाने मोटर बाटो एउटैमात्र थियो । वाग्मतीमा पनि एउटैमात्र पुल थियो । त्यो पुलमा यता उता भए नेपालको सम्बन्ध विश्वसँग टुट्थ्यो । सरदार विष्णुमणि आचार्य सायद अञ्चलाधीश थिए । वाग्मतीमा आएको बाढीले बानेश्वरको पुलै बगाउने लक्षण देखाप¥यो । राजा महेन्द्र रानीसँगै त्यो हेर्न गएछन् । हेरेर बाढी कम हुने होइन । अञ्चलाधीशलाई त्यहाँ देखेनछन् । त्यो बाढीबाट त्यो पुल जोगाउने एउटैमात्र उपाय बोरामा बालुवा भरी बाढी रोक्नु थियो । सरकारसँग त्यति धेरै बोरा थिएनन् । तसर्थ, विष्णुमणि बोराको बन्दोबस्त गर्न नयाँ सडक माडवारीकहाँ गएका रहेछन् । अब उनी पनि आए, थुप्रै बोरामा बालुवा भरियो, बाढी छेकियो । सडकमा वाग्मती पस्न पाएन, पुल पनि जोगियो सडक पनि जोगियो । अनिमात्र विष्णुमणि राजारानीकहाँ पुगेछन् र सबै कुरा राजारानीलाई भनेछन् र स्यावासी पाएछन् । त्यो एउटा दृष्टिकोण हो । बोरा नभएको भए राजारानीले हेरेको भरमा बाढी रोकिँदैनथ्यो । हाम्रा प्रधानमन्त्री प्रचण्ड यति धेरै परिश्रम गर्छन् । त्यो काम लागेको छ कि खेर गएको म भन्न सक्ने स्थितिमा छैन । सहयोग बाँड्दा पनि जुन पार्टीका नेताले बाँड्यो उसका मान्छेले बढी पाउने हुँदो रहेछ । सहयोग बाँड्दा आफ्नो अर्काको छुट्टिनु भएन ।
नेता हुनु होस् नेता !
सक्षम वा उत्तम नेतृत्वले आफ्नो क्षेत्रमा गई पीडितको उद्धारको काम गर्दैन । बरु ठाउँमा बसेर अरुलाई गराउँछ र सेवा पुनःस्थापना प्रभावकारी बनाउँछ । त्यसैले त नेतृत्व भनेको हो जसरी राजारानी बाढी हेर्न गए सरदार विष्णुमणि आचार्य बालुवा भर्ने बोरा खोज्न गए । प्रधानमन्त्रीको उत्साहले मात्र भए असल एवं भावुक कार्यकर्ता भयो भन्ने मेरो तर्क हो । प्रधानमन्त्री पीडितहरूकहाँ ओत, ओखती, अन्नपानी पुग्नुप¥यो । तपाईंले दौडधूप अति गर्नुभएको छ । धन्नको रहेछ तपाईँको स्वास्थ्य ¤ मान्छेको प्राण त भौतिक शरीर हो । भोक लाग्दो होला, तिर्खा लाग्दो होला । कसरी निर्वाह गर्नुभएको छ । श्रीमती सीता दाहालले पनि छोडेर गई सक्नुभयो । कसले हेर्छ तपाईंको स्वास्थ्य । म प्रधानमन्त्रीको स्वास्थ्यमा सचेत र स्फूर्ति हुनुप¥यो । तपाईँलाई पार्टीमा माया गर्ने मान्छे जरुरै होलान् । तिनको प्रयोग हुनुप¥यो । प्रधानमन्त्री प्रधानमन्त्री हुनुप¥यो । रातोदिन फिल्डमा खटिने कार्यकर्तामात्र भएर औचित्य हुँदैन जस्तो लाग्छ प्रधानमन्त्रीज्यू । तपाईँ काठमाडौँ बाहिर धेरै जना पनि यदाकदा उत्साहित हुनुहुन्छ । परन्तु, त्यो कति व्यवहारिक हुन्छ ? त्यो पनि हेर्नुप¥यो । तपाईं नेता हो । नेताले नेताले गर्ने काम गर्नुप¥यो कार्यकर्तामात्र भएर नेतृत्व पूर्ण हुँदैन । तपाईँ अहिले नेता होइन कार्यकर्ता हुनुभयो, भएको छ । नेता हुनुहोस् ।
Leave a Reply