भर्खरै :

तिहारमा साहित्यिक तथा सांस्कृतिक गतिविधिबारे

तिहारमा साहित्यिक तथा सांस्कृतिक गतिविधिबारे

आज २८ कार्तिक २०८० को बिहान ८ बजे म टेबुलमा छु– सधैँजसो समाचारहरू पढ्न । तर राजधानी काठमाडौँबाट प्रकाशित हुने दैनिकहरू बन्द हुने हुँदा हिजोदेखि दैनिक समाचारहरू ‘मजदुर’ बाहेक हेर्न पाइन ।
२५ वर्षदेखि हरेक बिदामा पनि प्रकाशित ‘मजदुर’ दैनिक हेरेँ । नेपाल संवत् ११४४ का विभिन्न समाचारहरूमा ‘विभिन्न सांस्कृतिक ¥याली तथा सभामा साम्राज्यवादी अमेरिकाको निन्दा र भत्र्सना’ शीर्षकमा २७ कार्तिक भक्तपुरको नेपालभाषा साहित्य तःमुंज्याको नयाँ वर्षको अवसरमा आयोजित सांस्कृतिक सभामा नेमकिपाका सचिव प्रेम सुवालले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जनतालाई जानकारी दिनुभएको खबर छ ।
मध्यपुरको साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमको समाचारमा ‘प्यालेस्टिनी जनताको नरसंहारको सर्वत्र विरोध’ भइरहेको र इजरायलले अमेरिकाकै इसारामा हजारौँ बालबालिकाको हत्या गरेको खबर छ ।
सभामा भक्तपुरको क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.ऋषिकेशनारायण श्रेष्ठ, पुरातत्व विभाग महाप्रबन्धक सौभाग्य प्रधानाङ्ग, जलस्रोतविज्ञ रतन भण्डारी, ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, वाग्मती प्रदेशका सदस्य सृजना सैँजू, पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले सहकारी संस्थाहरूलाई समेत शासक राजनैतिक दलहरूले वितुल्याउँदै गएको तिर सङ्केत गर्नुभयो ।
३० वर्षदेखि निरन्तर सञ्चालित हुँदै आएको ‘श्रमिक’ साप्ताहिकमा नेमकिपाका केन्द्रीय सदस्य, भक्तपुर नगरपालिकाका मेयर एवं वागीश्वरी कलेजका व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले देशको १४४० कलेजहरूमध्ये ५ सय कलेज बन्द हुने अवस्था पुग्नुमा सरकारको शिक्षा नीतिलाई दोष दिनुभएको खबर छ । । अन्तर्राष्ट्रिय राजनीतिबारे स्पष्ट नीतिको ऐना सम्झिने नेपालको वामपन्थी साप्ताहिक ‘श्रमिक’ मा प्रजग कोरियाको राजदूत जो योङ मेनले बिहीबार भक्तपुरमा का. रोहितसँग बिदाइ भेट गर्नुभएको समाचार छापिएको छ ।
त्यस्तै पहिलो पृष्ठमै चीनको सिन्चाङ (तिब्बत) स्वायत्त क्षेत्रका चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ च्युन चङले नेमकिपाका अध्यक्ष रोहितसँग भेटवार्ता गर्नुभएको समाचार छापिएको छ ।
सम्पादकीयमा ‘के बाइडेन र न्यतन्याहु युद्ध अपराधी हुन् ?’ भन्ने शीर्षकमा संसारका अनेकौँ देशमा एकै महिनामा हजारौँ बालबालिका, सुत्केरी महिला र स्वानीमानिसहरूको हत्या भएकोमा संरा अमेरिकी राष्ट्रपति र इजरायली प्रम न्यतन्याहुको विरोध र निन्दा भएको प्रस्ट पारिएको छन् ।
‘श्रमिक’ ले देशको विभिन्न जिल्लामा ‘सोभियत सङ्घको अक्टोबर समाजवादी क्रान्ति’ को दिवस मनाएको समाचार छापेको छ ।
‘प्यालेस्टिनी समस्या र यासार अराफात–एक चर्चा’, ‘राष्ट्रपति फिडेल क्यास्ट्रोको संस्मरण’, ‘रिपब्लिकन पार्टीका उम्मेदवार (तेस्रो भाग)–१ तथा क्रिस्टिन प्लिसको ‘फासीवादका तीन छाल’ लेख छापिएको छ । मुसोलिनी, पिनोचे, थ्याचर, न्यतन्याहु र जो बाइडेनका तस्बिरहरू छापिएका छन् ।
आजको ‘श्रमिक’ मा मैले एउटा कविता पढ्न पाएँ– जोर्डनमा जन्मेका एक प्यालेस्टिनी कविको । सामी अल कासिम उनको नाम हो । उनी “प्यालेस्टाइनलाई कारागार भन्थे र समग्र अरब भूमिलाई मातृभूमि मान्थे ।”
उनका छापिएका ७ वटा कविताहरूमध्ये तेस्रो कविताको शीर्षक हो – ‘यात्राको टिकट’ । कविता यस्तो छ–
मलाई मारेको दिन
मेरो खल्तीमा तिमी
यात्राको टिकट पाउनेछौ
शान्तिसम्म पुग्ने
यात्राको टिकट
त्यसलाई खेर नफाल्नु है ।
कविताको भाव यस्तो छ – हरेक प्यालेस्टिनी नागरिक वा व्यक्तिको जीवनको कुनै ठेगाना छैन, कहाँ र कहिले मारिन्छ । त्यो कुरा थाहा पाउने माध्यम उसको खल्तीमा रहेको कागतको टुक्रोले थाहा पाउनेछ । त्यो ‘टिकट’ कुनै देशको बैठकको गन्तव्य हुनसक्छ वा कुनै आरक्षण स्थल वा मानिसको अन्तिम यात्रा !
यसको अर्थ हो – प्यालेस्टिनी जनताको जीवनको कुनै टुङ्गो छैन ।
किनभने ६० वर्षसम्म पश्चिमी साम्राज्यवादी देशहरू (संरा अमेरिका र नाटोका शासकहरू) ले प्यालेस्टिनी जनतालाई आफ्नो देशको बारे शान्तिपूर्वक टुङ्गो लगाउन दिएका छैनन् । यसकारण, त्यहाँका हरेक जनताको गन्तव्य सानो कागजको टुक्रामा अल्झिएको छ ।
कविले सा¥है मार्मिक ढङ्गले आफूलाई देखाएर सम्पूर्ण प्यालेस्टिनी जनताको जीवनको संवेदनशीलताबारे उजागर गरे ।
‘श्रमिक’ साप्ताहिकमा नेपाल संवत् ११४४ को नयाँ वर्षका शुभकामना कार्यक्रमका धेरै समाचार दिइएको छ । तर, ती कार्यक्रममा हरेक वक्ताले नेपाल संवत्को साथै राष्ट्रिय राजनैतिक परिस्थिति र अन्तर्राष्ट्रिय परिस्थितिले पनि ठाउँ पाएको हुँदा ‘श्रमिक’ लाई साम्प्रदायिक र कट्टर राष्ट्रवादी आरोप लाग्ने छैन ।
हो, आजको ‘मजदुर’ दैनिकले पनि स्थानीय र राष्ट्रिय समाचारहरूबाहेक जर्मनीको तानाशाह र नाजीवादी हिटलरले जर्मनीको संसद् भवन राइखस्टागमा आगो लगाउन दिएर दोष कम्युनिस्टहरूमाथि थोपरेको लेख छापेको छ । ‘राइखस्टाग आगलागी मुद्दा’ झैँ २०४५ सालमा पञ्चायती सरकारले कर्ण ह्योजुको हत्या गरी नेमकिपामाथि दोष दिने कुटिल राजनीति गरेको थियो ।
संरा अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको युद्धको विरोध तथा न्यतन्याहु र बाइडेनलाई ‘रक्तपिपासु एवम् राक्षस’ लेखिएका प्लेकार्डहरू बोकेका जनताले प्यालेस्टाइनको गाजामा मारिएका बालबालिकाहरूको प्रतीक बनाएर प्रदर्शन गर्दै थिए । क्यालिफोर्नियाको लस एन्जेल्समै संरा अमेरिका र पश्चिमी राष्ट्रहरूको बैठक हुँदै थियो ।
त्यस्तै, अन्य अन्तर्राष्ट्रिय समाचारहरूले नेपाली जनतालाई सबै प्रकारका समाचार, लेख र साहित्यबाट जानकारी प्रदान गर्दै आएका छन् ।

XXX

दिनको ३–४ वटा समाचार पत्रहरूबाट देश–विदेशका विषयमा जानकारी प्राप्त गर्ने पाठकहरूले नयाँ–नयाँ पाठ्यसामग्री खोज्नु स्वाभाविक हो । खोज्दै जाँदा भक्तपुर नगरपालिकाबाट प्रकाशित मासिकको ३२८ औँ अङ्क हात लाग्यो । १०८ पृष्ठको ‘भक्तपुर’ मासिकले पाठकहरूलाई दुई दिनको पाठ्यसामग्री पस्केको अनुभव भयो ।
त्यसपछि ‘विविध भाषा साहित्यिक समाज’ को आफ्नो २५ औँ साहित्य सम्मेलनको अवसरमा प्रकाशित ‘विविध’ ले थप रोमाञ्चित बनायो । पहिलो गातामै बासुरी बाजाका बालिका र युवतीहरूको प्रदर्शनको तस्बिर प्रकाशित भएको रहेछ ।
भक्तपुर नगरपालिकाको नेपालभाषाको कार्तिक अङ्क ख्वप पौ (पाक्षिक) हात लाग्यो । अनेक सान्दर्भिक समाचार र लेखहरू आफ्नै भाषाको पाउँदा पाठकहरूको मुख उज्यालो हुनु स्वाभाविक हो ।
भक्तपुर नगरपालिकामात्रै होइन, विद्यालयहरू पनि यस उत्सवमा सक्रिय देखिए । बाल विकास माविले ‘मिर्मिरे’ को ठाउँमा अङ्ग्रेजीको (त्जभ म्बधल) कार्तिक अङ्क अर्थात् आफ्नो ३७ अङ्क प्रकाशित ग¥यो । यस अङ्कमा अफ्रिकी देशभक्त प्रधानमन्त्री पेट्रिस लुमुम्वाको विषयमा एक शिक्षिकाले लेखिन् । चिनियाँ भाषाकी शिक्षिका मोकीले पनि ‘नेपालमा अध्यापन गराउँदा आफूलाई गर्व अनुभव’ भएको बारे लेखिन् ।
विद्यालय बुलेटिनले नेपालको कानुनको आकाशका एक ताराको रूपमा चम्किरहेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई आफ्ना विद्यार्थीहरू चिनाउन सफल भयो ।
भक्तपुरका सहकारी संस्थाहरू पनि के कम ! भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले २६ औँ वार्षिक साधारणसभाको बुलेटिन प्रकाशित गरी आफ्ना सदस्यहरूलाई आफ्नो प्रगति प्रतिवेदनमार्फत पारदर्शिता प्रस्तुत ग¥यो ।
कृष्णलाल प्रधान र मथुरा साय्मिका सल्लाहमा नेपालभाषाको कथाको त्रैमासिक पत्रिका ‘लुँ ध्वाखा’ (लुँध्वाका) प्रकाशित गरी कथाका पाठकहरूलाई कोसेली प्रदान गरी नयाँ वर्ष र तिहार (स्वन्ती नख) लाई अझ उज्यालो बनाएको पाठकहरूले अनुभव गर्ने अपेक्षा गरे ।
धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *