भर्खरै :

चीनको बन्दरगाहलाई निशाना बनाउनुअघि विश्वभरका अमेरिकी सैन्य आधारहरूको असरबारे किन सोधिँदैन ?

चीनको बन्दरगाहलाई निशाना बनाउनुअघि विश्वभरका अमेरिकी सैन्य आधारहरूको असरबारे किन सोधिँदैन ?

अमेरिकी समाचारका उपभोक्ताहरूलाई चीन राष्ट्र संरा अमेरिका र विश्वभरका राष्ट्रहरूका लागि खतरा हो भनेर नभनेको दिन विरलै बित्छ । वाशिंगटन पोस्टले भर्खरै उदाहरणसहित एक रिपोर्ट प्रस्तुत गरेको छ । ‘चीनले रणनीतिकरूपमा महत्वपूर्ण बन्दरगाहहरूको विश्वव्यापी सञ्जाल हासिल गरेको छ’ शीर्षक अन्तर्गत चीनले प्रस्तावित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को पहिलो दशकमा चीनले विश्वव्यापी नेटवर्कमा महत्वपूर्ण हिस्सेदारी हासिल गरिसकेको छ । बन्दरगाहहरू जुन विश्व व्यापार र नेभिगेसनको स्वतन्त्रताको केन्द्रबिन्दु हुन् । यद्यपि, लगानीको लक्ष्य व्यापारिक थियो, अमेरिका र यसका सहयोगीहरू सम्भावित सैन्य प्रभावहरूको बारेमा बढी नै चिन्तित भएका छन् ।
हामीले वाशिङ्टन पोस्टको रिपोर्टमा कुनै निश्चित भाषामा अध्ययन गर्नुअघि, विश्वभरमा बलियो अमेरिकी सेनाको उपस्थितिको सम्भावित धारणालाई स्वीकार गर्न महत्वपूर्ण छ । विशेषगरी चीनको विश्वव्यापी व्यापार महत्वाकाङ्क्षाको बारेमा वाशिङ्टनको चिन्ताको प्रकाशमा एक अनुमानअनुसार सन् २०२१ मा अमेरिकाले ८० देश र क्षेत्रहरूमा करिब ७५० सैन्य आधारहरू सञ्चालन गरिरहेको थियो ।
सोही अनुमानले पूर्वी एसियालाई जापानमा १२० वटा र दक्षिण कोरियामा नजिकै ७३ वटासँग सैन्य आधारका सुविधाहरू रहेको बताउँछ । के कसैले त्यो तथ्याङ्क हेर्न र सम्भावित सैन्य प्रभावहरूको बारेमा सोध्न सक्दैन ? अमेरिकामा, कमैले त्यस्ता प्रभावहरूको बारेमा आश्चर्यचकित हुनेछन् किनभने अमेरिकी नागरिकहरू विश्वस्त छन् कि उनीहरूको सेनाको पोशाकमा पुरुष र महिलाहरूले शान्ति सुरक्षित गरिरहेका छन् । अमेरिकाको महत्वाकाङ्क्षाका यी दावीहरूलाई पन्छाएर माथि उल्लेखित अखबारको रिपोर्टमा फर्कौँ ।
हामी देख्छौँ कि चीनको चिन्ताले समाचार रिपोर्टिङमा आफूलाई कहाँ सम्मिलित गर्छ ?
हामी यी शब्दहरूबाट सुरु गर्छौँ, “विश्व व्यापार र नेभिगेसन (जहाज आवतजावत) को स्वतन्त्रताको केन्द्रबिन्दु भएका विश्वव्यापी बन्दरगाहहरू ।” बीआरआईका सबैभन्दा मुखर आलोचकहरूले पनि यो पहल विश्वव्यापी व्यापारलाई सहज र थप घनिष्ठ रूपमा जोड्न योजना गरिएको हो भनी स्वीकार गर्छन् । त्यसलाई ध्यानमा राखेर चीनले विभिन्न बन्दरगाहहरूमा पूर्वाधार निर्माण गर्न वा सुधार गर्नु अर्थपूर्ण छ जहाँ बीआरआई प्रयासहरूसँग सम्बन्धित वस्तु र सेवाहरू पास हुनेछन् । तपाईँ वा म घर बनाउनको लागि पहिले यो सुनिश्चित गर्छाैँ कि घरको जग बलियो कतिको छ र माथिल्ला संरचना सामना गर्न सक्षम छ वा छैन भनी जाँच गर्छौँ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले २०१७ मा अन्तर्राष्ट्रिय दर्शकहरूलाई बीआरआईको सिल्क रोड इनिसियटिभका पक्षहरू ऐतिहासिक महत्वमा धनी भएको बताउनुभयो, “हजारौँ माइल र वर्षहरू फैलिएको प्राचीन रेशम मार्गहरूले शान्ति र सहयोग, खुलापन र समावेशीता, पारस्परिक लाभ र पारस्परिक शिक्षाको भावनालाई मूर्त रूप दिएका थिए । सिल्क रोड भावना मानव सभ्यताको एक महान् सम्पदा भएको छ । त्यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थिए । बीरआरआईमा उनको प्रतिक्रिया के थियो ? डरले बेरिएको र ‘अमेरिका फस्र्ट’ भनिने राष्ट्रवादको संरक्षक र बनी खुल्ला व्यापारप्रतिको नीति जोखिमपूर्ण रूप अवलम्वन गरेका थिए । ध्यान दिनुहोस् कि राष्ट्रपति सीले ढोका खोल्ने र इतिहासलाई अङ्गाल्ने कुरा गरिरहेका थिए जबकि राष्ट्रपति ट्रम्पले ढोकाहरू बन्द गरिरहेका थिए र चीनको बारेमा गलत जानकारीपूर्ण बयानबाजी गरिरहेका थिए । राष्ट्रपति सीले अन्तर्राष्ट्रिय सम्बन्ध र व्यापारको बलियो जग निर्माण गर्न पहल गरिरहेका थिए तर ट्रम्पले त्यो जगलाई कमजोर बनाउन चाहन्थे । त्यस्ता जगलाई कमजोर बनाउनु विश्वव्यापी व्यवस्थाका लागि खतरा हो भन्ने कुरामा के तपाईँ सहमत हुनुहुन्न ?
जब हामी वाशिङ्टन पोस्टको कथामा फर्कन्छौँ, हामी थप बुझ्छौँ कि कसरी खतरनाक चीनको बारेमा अनावश्यक सुझावहरूले वास्तविकतालाई असर गर्छ । यस वाक्यांशलाई हेर्नुहोुस्, “अमेरिका र यसका सहयोगीहरू सम्भावित सैन्य प्रभावहरूको बारेमा अनावश्यक रुपमा बढी नै चिन्तित भएका छन् ।” यहाँ मुख्य शब्द ‘सम्भावित’ हो । सम्भावित भनेको केही हुन सक्छ भन्ने मात्र हो । या फेरि, यो नहुन पनि सक्छ । सम्भावित एक बढाइचढाइ गरिएको शब्द हो जसले पर्याप्त घुमाउरो अर्थको लागि अनुमति दिन्छ । ताकि यदि कुनै घटना वास्तवमा देखापर्दैन भने, कुनै पनि चिन्ता जगाउने मानिसहरू (वा सरकारहरू) टाढा जान सक्छन् र आफूलाई कुनै पनि दोषबाट मुक्त गर्न सक्छन् ।
अहिलेसम्म, तपाईँलाई राम्रोसँग थाहा छ कि कसरी अदूरदर्शी राष्ट्रवाद र चीनको बारेमा तर्कहीन डरले अमेरिकी सङ्घीय कानूनमा धेरै त्रुटिपूर्ण ऐनहरू निम्त्याएको छ । सन् २०२१ मा पारित भएको संयुक्त राज्यको नवप्रवर्तन र प्रतिस्पर्धा ऐन एउटा उल्लेखनीय उदाहरण हो ।
२५० बिलियन डलरको विधेयकले आगामी वर्षहरूमा पश्चिमले सिर्जना गरेको विश्वव्यापी व्यवस्थालाई कायम राख्न अमेरिकाको नेतृत्वदायी भूमिकालाई कम गर्न चीनले गर्ने कुनै पनि आक्रामक प्रयासको प्रतिरोध गर्ने अपेक्षा गरिएको थियो । आलोचकहरू त्यहाँ बाहिर थिए, तर उनीहरूले एकपछि अर्को राजनीतिज्ञको रोकिने नाम नै नलिने बयानबाजीलाई सोक्न सकेनन् जसले यो कार्य सही थियो र यो सही समयमा बहस भइरहेको थियो ।
के तपाईँलाई यस्तो छानबिन भयो जस्तो लाग्छ ? निस्सन्देह, आंशिकरूपमा किनभने निर्वाचित राजनीतिज्ञहरू त्यस्ता जवाफहरू खोज्न इच्छुक छैनन्† बरु, उनीहरू आफ्ना मतदाताहरूसँग भेटघाट गर्न चाहन्छन् र ‘पेइचिङमा बसोबास गर्ने दुष्ट राक्षस’ बाट अमेरिकालाई जोगाउन आफ्नो भूमिका निर्वाह गरेकोमा गर्व गर्न चाहन्छन् ।
अमेरिकीहरूले चीनको बारेमा तर्कसङ्गत विश्लेषण प्राप्त गर्नुपर्दछ । त्यसले उनीहरूलाई २१ औँ शताब्दीको लागि देशको दृष्टिकोणको थप पूर्ण समझदारी प्राप्त गर्न सक्षम बनाउने छ । त्यसो नगरिए त्रासयुक्त विश्लेषणद्वारा त्यसलाई प्रतिस्थापित गर्नेछ । त्यसैले शत्रुतापूर्ण धारणाहरूले ठाउँ लिन्छ र हामीलाई थाहा छ कुन उद्योगहरूले त्यसबाट फाइदा लिन्छन् ।
(लेखक रोबर्ट मोरिस विश्वविद्यालयको सञ्चार र सङ्गठनात्मक नेतृत्व विभागमा सहायक प्राध्यापक हुनुहुन्छ ।)

– ग्लोबल टाइम्सबाट
अनुवाद : अभिनव

Leave a Reply

Your email address will not be published. Required fields are marked *