अन्ना लुइस् : बिर्सन नसकिने एक क्रान्तिकारी महिला – १
- मंसिर २०, २०८०
(अहिलेको विश्वमा मुर्डोक (Murdoch) को सञ्चारमाध्यम जस्तै) त्यसबेलाको जर्मनीमा ‘डेर स्पीगेल’ पत्रिका प्रमुख कम्युनिस्टविरोधी दक्षिणपन्थी पत्रिका थियो । रूडोल्फ अगष्टिनको सो पत्रिका ‘टाइम’ पत्रिकाको नक्कल थियो । सन् १९६० मा फ्रिटज टोबियासको छद्म नामबाट सो पत्रिकामा धाराबाहिक लेखहरू प्रकाशित भए र सन् १९६३ मा पुस्तकाकारमा निस्कियो । यो सङ्ग्रहको तत्काल अङ्ग्रेजी अनुवाद गरी ‘राइखस्टाग आगलागी’ शीर्षकमा संरा अमेरिकाभर व्यापक प्रचार गरियो । टोबियासले लण्डन आयोगको निष्कर्षलाई गलत भन्दै भान डेर लुब एक्लैले आगलागी गरेको, मुद्दाका प्रतिवादीहरू निर्दोष रहेको र नाजीहरू पनि आगलागीमा संलग्न नभएको जिकिर गरे । उनका अनुसार त्यो सुनुवाइ पनि निष्पक्ष थियो । लण्डन आयोगमा पेस गरिएका सबै प्रमाण र सूचनाहरू कम्युनिस्टहरूले तयार पारेका, कतिपय अवस्थामा कीर्ते गरिएका र त्यो आयोग आफैँ पनि ठूलो कम्युनिस्ट प्रचारबाजी भएको दाबी गर्नमै उनले थुप्रै शब्द खर्चे । ‘पूर्वकम्युनिस्टहरूको परित्याग’ वा ‘आत्मालोचना’ बाट उद्धृत भन्दै टोबियासले आयोग गठन गर्ने, त्यसको प्रतिवेदन र ‘खैरो किताब’ प्रकाशन गर्ने काममा लागेका व्यक्तिहरूको खिसी गरे । आयोग गठनमा मुख्य भूमिका निभाएका विली म्युन्जेनवर्ग (Willi Muenzenberg) तिर इङ्गित गर्दै टोवियासले उनलाई जाली र धूर्त बताए । पूर्वकम्युनिस्टहरू भनेर टोबियासले अर्थर कोस्टलरलाई धेरैपल्ट उल्लेख गरे ।
कम्युनिस्टहरूले जे दाबी गरे त्यो झूटो हुन्छ भन्ने शीतयुद्धकालीन प्रस्तुत गर्दै टोबियासले आगलागीको खबर सुनेर हिटलर अचम्ममा परेकाले उनको आगलागीमा हात हुन नसक्ने हावादारी र विवादास्पद तर्क प्रस्तुत गरे । भान डेर लुबलाई आगलागीको एक्लो जिम्मेवार मानिएको यो पुस्तकमा आगलागी धेरै ठाउँबाट एकसाथ लगाइएको भन्ने छानबिनको निष्कर्ष गलत भएको उल्लेख छ । भवनको जानकारी भएका धेरै मान्छेहरूले धेरै ठाउँबाट एकसाथ आगो लगाएको भन्ने विशेषज्ञ (गोयरिङको पनि) हरूको भनाइलाई गलत भन्दै टोबियासले आगलागीलाई ठूलो देखाउन सो कुरा बढाइचढाइ गरिएको उल्लेख गरेका छन् । जिसेभियसको बयानलाई पनि नकार्दै गेस्टापोका ‘दर्शक’ बनेर जिसेभियस सुनुवाइमा जाँदै नगएको र आगलागीको समयमा अर्नस्ट बर्लिनमै नरहेको टोबियासको दाबी थियो । उनका अनुसार राल भन्ने व्यक्ति अर्नस्टको क्ब् समूहमै थिएनन् । (तर पछि यी सबै दाबीहरू झूटा साबित भए ।)
टोबियासले पुस्तकमा टोर्गलरका वकिल अल्फोस साकलाई एक नायकका रूपमा चित्रित गरे । नाजी पार्टीका सदस्य साकलाई टोर्गलरको वकिल नियुक्त गरिएको थियो । टोर्गलरले सफाइ पाएपछि साकको व्यवसायिक जीवनमा उथलपुथल आउनका साथै ज्यानमाथि समेत खतरा उत्पन्न भयो । तर, चाँडै नाजी पार्टीप्रतिको उनको भक्तिमा अरूले गरेको शङ्कालाई मेटाउन उनी सफल भए । सन् १९३५ मा उनीद्वारा लिखित पुस्तकमा नयाँ जर्मनीमा मुद्दाका सुनुवाइहरूमा न्यायाधीश, सरकारी वकिल र प्रतिवादी वकिल सबै ‘कानुनी मोर्चामा सहयात्री बन्नुपर्ने … (र) नयाँ कानुनी कारबाहीहरूले एक व्यक्ति र राज्यबिचको सङ्घर्ष प्रतिनिधित्व नगर्ने हुनाले मुद्दाका सबै पक्षले आफूहरू प्रतिद्वन्द्वी नभई एकै कित्तामा रहेको बुझ्नु जरूरी रहेको’ उल्लेख थियो । नाजीहरूको ‘जनअदालत’ मा डा. साकको यही धारणा लागू हुन थाल्यो र प्रतिवादी वकिलहरूले आफ्नै पक्षलाई अपराधको अभियोग लगाउन थाले । डा. साक प्रभावकारी प्रतिवादी वकिल हुन् वा होइनन् भन्नेमा विवाद छ । मुद्दाको सुनुवाइको बेला पूरै समय उपस्थित रहेका लण्डन आयोगका सदस्य अमेरिकी अधिवक्ता आर्थर गारफिल्ड हेजका अनुसार साकको प्रस्तुति निकै स्तरीय थियो । नाजीहरूले नै आगो लगाएको भन्ने कुरालाई साकले जोड दिनुपथ्र्यो भन्ने तर्कलाई हेज मान्दैनथे । सन् १९३४ मा लेखेको पुस्तकमा साकले नाजीहरूले आगलागी गराएको भन्ने प्रमाणलाई झूटो भन्दै खिसी गरेका थिए । सो मुद्दाबारे अरू विशेषज्ञहरूको भने मत फरक छ । मुद्दा राजनैतिक प्रकृतिका भएको र ‘खैरो किताब’ का आरोपहरूको खण्डन गर्न गोयबल्स, गोयरिङलगायतका नाजी नेताहरू नै बयान दिन आएकाले त्यो अवस्थामा कुनै वकिल ‘तटस्थ’ बन्न नहुने तर्क उनीहरूको थियो । अदालतमा उपस्थित भएर नाजीहरूले राजनैतिक सङ्घर्षको चुनौती दिएको त्यो बेला मैदानमा नउत्रिनु मूर्खता भएको जिकिर उनीहरूको थियो । हामीलाई ठीक लागेको यही विचारअनुसार साकको प्रस्तुति पूर्ण थिएन, त्यसमा धेरै कुरा खट्किएको थियो । यता टोबियासका विचारमा साक प्रतिवादी वकिलका प्रतिमूर्ति नै थिए ।
नाजीहरूद्वारा आगलागी गरिएको ‘प्रस्ट प्रमाण’ नभेटिएको टिप्पणी आर्थर गारफिल्ड हेजको रहेको भन्दै टोबियासले धेरै ठाउँमा उल्लेख गरेका थिए । तर, यो कुरा हेजको भनाइलाई बङ्गयाइटिङ्गयाइ लेखिएको थियो । ‘प्रस्ट प्रमाण’ भन्नाले आगो लगाउँदै गरेको देखेको प्रत्यक्षदर्शीको बयान बुझिन्छ । मुद्दाका प्रमाणहरूको विस्तृत अध्ययनपश्चात् लेखिएको प्रतिवेदनमा हेजले नाजीद्वारा आगो लगाइएको परिस्थितिजन्य प्रमाण रहेको प्रस्ट पारेका थिए । एक स्विडिस् पत्रिकालाई अन्तर्वार्ता दिँदै हेजले आगलागीमा नाजीहरूको संलग्नताको ‘प्रस्ट प्रमाण’ नभएको भनी उल्लेख गरेको दाबी वादी पक्षका प्रमुख अधिवक्ता डा. कार्ल वेनरले गरेका थिए । यसको लगत्तै वेनरलाई जवाफ दिँदै हेजले एक पत्रमा लेखेका थिए, “आगलागीमा लुबका अरू सहयोगी वा मतियारहरू पनि रहेको भन्ने कुनै ‘प्रस्ट प्रमाण’ छैन । तर, तपाईँको दाबी जस्तै, उनी एक्लैले सो काम गरेका होइनन् भने उनका मतियारहरू पक्कै नाजीहरू हुनुपर्छ ।” यो चिट्ठीलाई टोबियासले उल्लेख त गरेनन् नै अझ “आगलागीमा भान डेर लुब एक्लै जिम्मेवार भएको मान्ने थोरैमध्येमा हेज एक थिए“ भनी ठाडै झूट बोलेका थिए ।
टोबियासको लेख सैद्धान्तिकरूपले पक्षपाती र गल्तीले भरिपूर्ण भए पनि शीतयुद्धको त्यो समयमा विशेषगरी पश्चिम जर्मनी र अमेरिकामा यही वर्णन नै आधिकारिक मानियो । पश्चिम जर्मनी र अमेरिकामा भविष्य बनाउन चाहने कुनै पनि विद्यार्थीले एक पुस्तापछि सम्म पनि टोबियासको कुरामाथि औँला उठाउने हिम्मत गर्न सक्दैनथे ।
पूर्व जर्मनीको पतन र नयाँ जर्मन गणतन्त्रको स्थापनापछि नाजी कानुनी व्यवस्थालाई सफाइ दिन बनाइएका शीतयुद्धताकाका नीति र विचारहरू अर्थहीन बन्न थाले र यसले वकिल र विद्यार्थीहरूको नयाँ पुस्तालाई सहजरूपमा इतिहास पल्टाएर हेर्न सजिलो भयो । नाजी समर्थक र पूर्वनाजीहरूले पनि त्यतिबेलासम्म न्यायालय र विश्वविद्यालयबाट अवकाश पाइसकेका थिए । जर्मन कानुनी प्राध्यापक र सरकारी अधिकृत इन्गो मुलरले त्यतिबेला ‘हिटलरको न्याय : तेस्रो राज्यसत्ताको अदालती व्यवस्था’ शीर्षकमा एक पुस्तक लेखे । सन् १९९१ मा अङ्ग्रेजीमा अनुदित सो पुस्तकमा उनले सन् १९३३ पछि यहुदी न्यायाधीशहरूबाहेक अरू न्यायाधीश र सम्पूर्ण जर्मन न्यायालय सजिलै नाजी सत्तातिर ढल्केको ठाडै आरोप लगाएका थिए । जर्मन न्याय व्यवस्थाबाट यहुदी न्यायाधीशहरू भने विस्तारै हटाइँदै गए । पश्चिम जर्मनीका अदालतहरूमा ‘नाजी उन्मूलन’ (Denazification) प्रक्रिया पूर्णतया असफल भएको भन्दै उनले पश्चिम जर्मनीका अदालतका अधिकांश न्यायाधीशहरू आफ्नै इच्छाले नाजी सत्ताका लागि काम गरेका र नाजी पार्टीका सदस्य रहेका भन्ने ६० को दशकको विवादास्पद कुरा सत्यतथ्य भएको उल्लेख गरे । संसद् भवनमा नाजीहरूले नै आगो लगाएको हो होइन भनी निष्कर्ष नदिए पनि सो आगलागीले नाजीहरूकै स्वार्थसिद्ध गरेको ठहर मुलरको थियो । सो अवस्थालाई नाजी नेतृत्वले कसरी आफ्नै स्वार्थको लागि प्रयोग गर्यो भनी उल्लेख गर्नुका साथै पुस्तकमा मुलरले नाजी संलग्नतालाई विना कुनै आधार ठाडै अस्वीकार गर्ने न्यायाधीशको फैसलालाई पनि गलत ठह¥याएका थिए ।
सन् १९१४–४५ को ‘जर्मन सार्वजनिक कानुनको इतिहास’ पुस्तक सन् २००४ मा अङ्ग्रेजीमा अनुदित भयो । लेखक माइकल स्टोलेस्ले जर्मन विश्वविद्यालयका यहुदीबाहेकका कानुनका प्राध्यापकहरूले पनि न्यायाधीश र वकिलहरूले जस्तै स्वेच्छाले नाजी शासनको पक्षमा काम गरेका र पछि पश्चिम जर्मनीमा पनि सोही पदमा रही कार्य गरेको खुलाएका थिए ।
राइखस्टाग आगलागीकै विषयमा भने निर्णायक घटना इतिहासकार अलेक्ज्यान्डर बआर (Alexander Bahar) र भौतिकशास्त्री तथा मनोविज्ञानशास्त्री विलफ्रेड कुगेल (Wilfred Kugel) को ‘राइखस्टाग आगलागी : इतिहास कसरी बनाइन्छ’ शीर्षकको पुस्तक प्रकाशन हो । उनीहरूले त्यो समयसम्म सार्वजनिक नभएका आधिकारिक कागजात तथा पहिलेका छानबिनहरूमा पाइएका दस्तावेजहरूको अध्ययन गर्नुका साथै घटनाको प्रमाणहरूको विश्लेषण गरेका थिए । प्रमाणहरूको गहन अध्ययन गर्दै उनीहरूले त्यो विषय टुङ्गोमा पु¥याए : मुद्दामा पेस भएका बयानहरूअनुसार भान डेर लुब ११ देखि चौध मिनेटमात्र संसद् भवनभित्र थिए । त्यति समयमा आगो सुरू भएका सबै नभई धेरै स्थानमा पनि उनी पुग्न सम्भव थिएन । आगो लगाउन प्रयुक्त त्यति धेरै मात्रामा प्रज्ज्वलनशील पदार्थ उनी एक्लैले यताउता ओसार्न पनि सम्भव थिएन । त्यसैले टोबियासको वर्णनमा विश्वास गर्नेहरूले कि त मुद्दामा पेस गरिएका सबै प्रमाणहरूलाई अस्वीकार गर्नु पर्यो कि त भौतिक नियमलाई वा दुवैलाई ।
रहस्यमयी संशोधनवादी ‘इतिहासकार’ टोबियासकै कुरा गर्दा, उनी न त वकिल थिए न इतिहासविद् । उनका कतिपय कुराहरूले त उनले विद्यालय शिक्षा नै पूरा नगरेको भान हुन्छ । उनले आफू राजनैतिकरूपमा तटस्थ भने पनि सामाजिक प्रजातान्त्रिक पार्टीको पूर्वसदस्य रहेको शङ्कास्पद कुरा लेखेका छन् । तर, उनले नेदरल्यान्ड, इटाली र स्वेत रूसमा नाजी आक्रमणकारी सेनाको सदस्य भएर काम गरिसकेको बोध हुन्छ । अनि जिसेभियसको बयानलाई झूटो भन्दै उनले पेस गरेका ‘तथ्यगत’ कुराहरू सबै झूटा थिए भनी अघि नै उल्लेख गरिसकिएको छ ।
अहिले उपलब्ध घटनाको पूर्ण अध्ययन प्रतिवेदनका अनुसार जिसेभियसले दाबी गरेजस्तै उनी मुद्दाका निरीक्षणकर्ता थिए । गोयरिङको आवासमुनिको भूमिगत मार्गको प्रयोगबाट आगलागी गर्न एक समूह गएको, टोलीका नाइके गेवेर (Gewehr) रहेको (सो नाम टोबियासले कहीँ कतै उल्लेख गरेका छैनन्) र सो कार्य क्ब् कमान्डर कार्ल अर्नष्टको प्रत्यक्ष रेखदेखमा भएको कुरा सबै खोलिदिन्छु भनी रालले आफ्नो हत्याको केही दिनअघि भनेको भन्ने जिसेभियसको दाबी पनि सत्य रहेको प्रमाणित गर्ने तथ्यहरू बआर र कुगेलले भेट्टाएका छन् । सो आगलागीमा भाग लिने दसजना क्ब् का सदस्यहरूमध्ये प्रायः लाई नाजी जर्मन प्रहरीले सन् १९३४ जूनको एक रात हत्या गरेको थियो । ‘लामा छुराहरूको रात’ भनिएको सो घटनालाई ‘रोहेन कू’ (Roehn Putsch) पनि भनिन्थ्यो । सत्ता विद्रोह वा कू (राजद्रोह) दबाउने नाममा ती हत्या गरिएका थिए । सन् १९३३ मा जिसेभियसका हाकिम डाइल्सले सन् १९४६ मा भनेअनुसार राइखस्टागमा आगो लगाउने टोलीका सदस्यहरूमध्ये गेवेर (Gewehr) मात्रै जीउँदा थिए । नयाँ पत्ता लागेका प्रमाणहरूका अनुसार आगलागीको लागि जिम्मेवार SA टोलीमा गेवेरले काम गरेको र सन् १९३१ देखि उनले विभिन्न प्रज्ज्वलनशील पदार्थको काम गरेका थिए । राइखस्टाग आगलागीको विषयमा बआर र कुगेलको पुस्तक नै निर्णायक दस्तावेज हो ।
निष्कर्ष
लण्डन आयोगमा अङ्ग्रेज–अमेरिकी न्याय व्यवस्थाका दुई वकिलहरूले खेलेको उदाहरणीय भूमिका समयको परीक्षामा खरो उत्रिएको छ । लण्डन आयोगलाई नाजीहरूले ३० को दशकमा र टोबियासले ६० को दशकमा ‘कम्युनिस्ट प्रचारबाजी’ भनी आरोप लगाए पनि डी. एन. प्रीट र आर्थर गारफिल्ड हेज बीसौँ शताब्दीको पूर्वाद्र्धका प्रभावशाली बेलायती र अमेरिकी वकिल भनी चिनिन्छन् । नाजी सत्ताको बर्बर आतङ्कमा पूरै जर्मन न्यायपालिकाको पनि संलग्नता रहेको तथ्य आज कसैले नकार्न सक्दैन । आजको नयाँ शासनमा प्रतिवादी थुनछेक (Preventive Detention) र मौलिक अधिकार खोस्ने आकस्मिक ‘देशभक्त ऐन’ लाई सुरक्षा दिने ‘कानुन’ को रूपमा सोच्नु हुन्न र यो कुरा निकै महत्वपूर्ण छ । नागरिक सत्ताबाट प्रहरी राज्यसत्तामा रूपान्तरित हुँदै गरेको सरकारको विरोधमा नीति र विचारको लडाइँ लडिरहेका वकिल र न्यायप्रेमीहरूलाई हामीले सकेसम्म समर्थन र सहयोग गर्नुपर्छ ।
सन् २००८ जनवरीमा आएर सङ्घीय जर्मनी न्यायालयले अदालतमा उपस्थित हुन नसक्ने अवस्थाका मारिनस भान डेर लुबको ज्यान सजायको निर्णय उल्टाउँदै पहिलेको निर्णय राजनैतिकरूपले पूर्वाग्रही र अन्यायी भएको फैसला ग¥यो । सत्य कुरालाई मानिएको यो फैसलालाई हामीले स्वागत गरे पनि सन् २००९ जनवरी मारिनस भान डेर लुबको हत्याको ७५ औँ वार्षिकी भएको सम्झनुपर्छ । २५ वर्षको उमेर पुग्नु ३ दिनअघि लिपजिग (Leipzig) जेलमा उनलाई टाउको काटेर ज्यान सजाय दिइएको थियो ।
The Reichstag Fire Trial, 1933–2008.
The Production of Law and History
MICHAEL E.TIGAR AND JOHN MAGE
समाप्त
स्रोत : राइखस्टाग आगलागी मुद्दा
Leave a Reply