भर्खरै :

वार्सा र गाजा : इतिहास केलाऔँ

वार्सा र गाजा : इतिहास केलाऔँ

एन फ्रेङ्क फासीवाद आतङ्कबाट ज्यान जोगाउन सन् १९४२ देखि १९४४ अगस्ट ४ सम्म लुकीपिछी बाँचिन् । उनको डायरी आधुनिक विश्वको सम्भवतः सबैभन्दा प्रख्यात डायरी हो । १९४४ अगस्ट ४ को एक बिहान एनलाई कब्जाकारी सेनाले पक्राउ ग¥यो । उनको परिवार गुप्तबासमा हुनाले तिनीहरूलाई अपराधी करार गरियो र अस्वीज यातनागृह पठाइयो । एन फ्रेङ्क यहुदी थिइन् ।
यति नै भनेर यकिनसाथ भन्न नसकिए पनि एन सम्भवतः १९४५ को मार्चमा बितिन् । वास्तविक कारण ज्ञात नभए पनि चिसोले गर्दा उनको मृत्यु भएको अनुमान गरिन्छ । चरम यातनाबीच पनि १६ वर्षको कलिलो उमेरकी एनको मनमा मायाको अभाव थिएन । १९४४ अगस्ट ५ बुधबारको दिन थियो । त्यस दिन उनले आफ्नो डायरीमा लेखेकी थिइन्, “म संसारका सबै मानिसको ओठमा मुस्कान ल्याउने काममा उपयोगी बन्न चाहन्छु, चाहे ती मानिसलाई मैले कहिल्यै नभेटेकी नै किन नहोस् । म मरेपछि पनि बाँचिरहन चाहन्छु ।”
२०२२ डिसेम्बरमा प्यालेस्टिनमा १६ वर्षे अल–रिमावीलाई ढाडमा दुई गोली हानियो । पहिलो गोली उनको छाती छेडेर पार भयो । दोस्रो उनको पेटबाट पस्यो । इजरायलको कब्जाकारी सेनाले ढुङ्गा प्रहार गरेको र कारमा विरोधी चित्र कोरेको ‘आशङ्का’ मा गोली हानेको बतायो । लगत्तै आइतबारको दिन १६ वर्षे याना जकार्नेलाई पश्चिम किनारमा इजरायली सेनाले मा¥यो । याना र उनको परिवार इजरायली सेनाले गरेको गोलीबारीबाट जोगिन आफ्नो घरमा लुकिरहेको थियो । इजरायली सेनाले जथाभावी प्यालेस्टिनी घरका छतछतमा प्रहार गरिरहेकै बेला यानाको मृत्यु भयो । उनका काकाले भने – छतमा परिवारका कोही घाइते भए–नभएको हेर्न गएकी थिइन् याना । त्यहाँ उनको लास भेटियो, एन फ्रेङ्कको मृत्यु भएकै उमेरमा । यानाका काकाले भनेअनुसार उनको शरीरमा चार गोली लागेको थियो । दुई गोली अनुहारमा, एउटा कुममा र चौथो घाँटीमा । इजरायली रक्षा मन्त्रालयका अनुसार ‘उनी आतङ्कवादमा वास्तवमै सहभागी नभए’ त्यो एउटा दुर्घटना थियो भन्यो । अर्थात् वर्षौँअघि एन फ्रेङ्क लुकेजस्तै आतङ्कबाट जोगिन कतै लुके इजरायलले त्यसलाई आपराधिक मान्छ ।
प्यालेस्टिनमा कति एन फ्रेङ्कहरू मारिए ?
१९४० नोभेम्बरमा नाजीहरूले पोल्यान्डको वार्सा सहरमा यातनागृहको स्थापना गरे । त्यो यातनागृहमा मान्छेको भिड कति बाक्लो थियो भने एउटा कोठामा औसत ९.२ बन्दी राखिएको थियो । पिउने पानी र खानाको कमी थियो । बाँच्न पनि नपुग हुन्थ्यो । दोस्रो विश्वयुद्धभन्दा अगाडि यहुदीहरू वार्साको मूलबजारमा बसोबास गर्थे । नाजी कब्जाकारीहरूले जानाजान सहरको यहुदी इलाकामा जथाभावी बमबारी गरे । बमबारीमा परेर ३० हजार यहुदीहरू सोत्तर भएका थिए ।
वार्सा कब्जा गरिसकेपछि यहुदीहरूलाई जबरजस्ती यातनागृहमा हुलिएको थियो । वार्सा यातनागृह सबैभन्दा ठूलो यातनागृह थियो । त्यसलाई वरपरबाट पर्खाल र तारबारले घेरिएको थियो । नाजीहरूको अनुमतिबेगर यताउता गर्ने बन्दीहरूलाई ठाउँका ठाउँ गोली ठोकिन्थ्यो । यातनागृहमा मानिसहरूलाई भोकभोकै मार्न नाजीहरूले त्यहाँ पठाइने खानामा कटौती गरे । नाजीहरू जहाँ पुग्थे यहुदीहरूलाई पक्राउ गर्थे र यातनागृह पठाउँथे । त्यहाँ तिनको हत्या गर्थे ।
१९४३ जनवरी १८ मा यातनागृहका बन्दीहरूले हतियार समाते । उनीहरूले ससानो टोली बनाई हतियारको बन्दोबस्त मिलाए र प्रतिरोध गर्न तम्तयार भए । विद्रोही यहुदीहरूले एउटा ठाउँ नियन्त्रणमा लिए र वरपर छेकबारहरू खडा गरे । अप्रिल १९ सम्म उनीहरूले बहादुरीपूर्वक प्रतिरोध जारी राखे । यत्तिकैमा फासीवादी सेनाले अन्तिम प्रहार ग¥यो । एकै महिनाले तिनीहरूले १३ हजार यहुदीहरूको हत्या गरे । तीमध्ये आधालाई फासीवादी सेनाले जिउँदै गाड्यो । जित्न असम्भव छ भन्ने बुझेपछि यहुदीहरूले अन्तिम सास रहेसम्म लडिरहे । उनीहरूले सुलह–सम्झौताको ढोका ढक्ढकाएनन् । तिनीहरू आफ्ना जनताका नायक बने ।
प्यालेस्टिनीहरूले किन हतियार समातेका होलान् भनी आफूले नबुझेको यहुदीवादीहरू बेलाबेला भन्ने गर्छन्; प्यालेस्टिनी जनताको विद्रोहलाई आतङ्कवाद करार गर्छन् । यो कुरा बुझ्न यहुदीवादीहरूले आफ्नै इतिहास पल्ट्याउनुपर्छ । एनको ठाउँमा यानालाई राख्नुपर्छ । जहाँ यहुदीहरू थिए, त्यहाँ प्यालेस्टिनीहरूलाई राख्नुपर्छ । जहाँ जहाँ वार्सा लेखिएको छ, त्यहाँ गाजालाई राख्नुपर्छ । जहाँ नाजीहरू लेखिएको छ, त्यहाँ यहुदीवादीहरू पढ्नुपर्छ । अनि गएर कही तिनीहरूले बुझ्नेछन् ।
स्रोतः एमआर अनलाइनबाट 
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *