प्यालेस्टिनी जनता र यहुदी सर्वसाधारण – २
- मंसिर २०, २०८०
देश जोगाउन र देश बनाउन कसैले सरकारको ध्यानाकर्षण गर्छ या खबरदारी गर्छ भने त्यो अन्यथा होइन । तर, ध्यानाकर्षणको नाउँमा अराजक गतिविधि गर्छ या प्रतिगामी कदम उठाउँछ भने त्यो कुनै परिवर्तनकामी जनताको निम्ति सह्य हुनेछैन । सरकारको कमी कमजोरी औँल्याउनुपर्छ, कमी कमजोरी हटाउन खबरदारी पनि गर्नुपर्छ । खबरदारी गर्नुको अर्थ अराजक गतिविधि गर्नु होइन, मनपरी बोल्नु र भन्नु होइन । कुनै सरकारको विकल्प प्रतिगामी कदम हुनसक्दैन । हो, देशमा भइरहेको बेथिति रोक्नुपर्छ, भ्रष्टाचार अन्त्य गर्नुपर्छ । तस्कर, कमिसनखोरको विरोध गर्नुपर्छ; कुशासनको विरोध गर्नुपर्छ । यो प्रत्येक नेपालीको अधिकारको कुरा हो । देशको बिग्रँदो स्थितिलाई सुधार्ने नाउँमा प्रतिगामी कदम गर्ने होइन बरु अगाडि बढ्ने परिवर्तन खोज्नुपर्छ ।
सरकार सच्चिनुपर्छ र सुध्रिनुपर्छ । देशको स्वाधीनता र भौगोलिक अखण्डताको निम्ति दल र जनता जुट्नुपर्छ । देशलाई दूरगामी असर पु¥याउने, देशको अस्तित्वमा आँच पु¥याउने या दाग लाग्ने काम गर्छ भने त्यसको निन्दा गर्नुपर्छ । सत्तारुढ दलको सिद्धान्त र विचारको राजनीति नगरी सतही या हल्लाको राजनीति गर्दा, जनता र देशको हितमा राजनीति नगर्दा जनता सिद्धान्तनिष्ठ र सचेत भएनन् । यसको कारण प्रत्येक पटकको निर्वाचनमा विशेषगरी ठूला दलमा उथलपुथल भयो । सीट सङ्ख्यामा अदलबदल भयो । के यो सिद्धान्तको राजनीति नगर्दाको परिणाम होइन ? सिद्धान्त र विचारको राजनीति नगर्दा सर्वसाधारण जनता लहै–लहैमा गए, लोभलालचमा फसे । जनतामा असन्तोष बढ्नु र सरकारको विरोधमा जनमत बढ्नुको कारण पनि त्यही हो ।
परिवर्तन गर्ने हो भने पछाडिको बाटो समात्ने होइन । प्रतिगामी कदम होइन, अग्रगामी बाटो रोज्नुपर्छ । पुँजीवादी व्यवस्था ठीक नभए समाजवादी व्यवस्था रोज्ने हो; समाजवादी व्यवस्थाको लागि जनतालाई तयार गर्ने हो; जनतामाझ भिजेर सङ्गठित गर्ने हो । शत्रु तातेपछि तात्ने र अरु बेला मौन बस्ने राजनीतिले देशमा छिटो परिवर्तन सम्भव छैन । कम्युनिस्टहरू देशमा परिवर्तन चाहन्छन्, परिवर्तनको निम्ति पूर्वाधारहरू तयार गर्छन् । के देशका ठूला र सत्तारुढ कम्युनिस्टहरूले साँच्चै कम्युनिस्टको धर्म निर्वाह गरिरहेका छन् ? प्रजातन्त्रवादी भनिने दलका नेताहरू प्रजातन्त्र र गणतन्त्रलाई के जीवनपद्धतिको रूपमा विकास गर्न लागेका छन् ? कम्युनिस्टको सिद्धान्त र विचारको कुरै नगर्ने, त्यसबारे जनतालाई नबुझाउने कम्युनिस्ट पार्टीले देशमा कसरी परिवर्तन ल्याउँछ र समाजवाद स्थापना गर्छ ?
देशमा आर्थिक सङ्कट निम्त्याउने, देशलाई ऋणमा डुबाउने, विदेशी शक्ति राष्ट्रको इसारा या उठबसमा सरकार चलाउने गर्छ भने त्यसको अवश्य विरोध गर्नुपर्छ; त्यसको निन्दा गर्नुपर्छ । विरोध र निन्दा गर्नुको अर्थ भिडन्त गर्नु होइन, प्रतिकार गर्नु होइन । यसले अर्काे परिणाम निम्त्याउँछ या हिंसात्मक घटना हुन्छ । त्यो मारपिटमा बदलिन्छ, तोडफोडमा बदलिन्छ । आखिर यसले देशकै सम्पत्ति क्षति गर्छ । यसले समाज परिवर्तनमा सहयोग पु¥याउँदैन । हिंसाको राजनीति समस्या समाधानको निकास पनि होइन । प्रजातान्त्रिक सङ्घीय गणतन्त्रको विकल्प प्रतिगामी कदम होइन, अग्रगामी कदम हो । त्यो भनेको समाजवादी गणतन्त्र हो । समाजवादी गणतन्त्र स्थापना गर्न देशका सबै कम्युनिस्टहरू लाग्नुपर्छ । देशका बहुमत जनता सचेत र सङ्गठित भएमा, परिवर्तनको बाटोमा लागेमा जसले जतिसुकै घाँटी सुकाएर प्रतिगामी कदम उठाउन खोजे पनि त्यो असफल हुन्छ । यसबारे सत्तारुढ दलहरू गम्भीर हुनुपर्छ ।
Leave a Reply