भर्खरै :

आगामी ३० वर्षमा अर्को चमत्कार सिर्जना गर्न एपेकले लिनुपर्ने बाटो

आगामी ३० वर्षमा अर्को चमत्कार सिर्जना गर्न एपेकले लिनुपर्ने बाटो

यस वर्ष एसिया–प्रशान्त आर्थिक सहयोग एपेक नेता स्तरीय अनौपचारिक बैठकको ३० औँ वार्षिकोत्सव मनाइएको छ । धेरै मानिसहरू एसिया–प्रशान्त विकासको अर्को ‘स्वर्ण ३० वर्ष’ कसरी सिर्जना गर्ने भनेर सोचिरहेका छन् । स्थानीय समयअनुसार नोभेम्बर १७ का दिन अमेरिकाको सान फ्रान्सिस्कोमा सम्पन्न ३० औँ एपेक नेताहरूको अनौपचारिक बैठकमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले एसिया–प्रशान्त क्षेत्रमा उच्च गुणस्तरीय वृद्धिको प्रवद्र्धन गर्न संयुक्त प्रयास गर्न आह्वान गर्नुभयो र चीनले चिनियाँ शैलीको आधुनिकीकरणले विश्वभरका देशहरूको आधुनिकीकरणलाई बढावा दिन नयाँ अवसरहरू उपलब्ध गराउने वचनबद्धता गर्नुभयो ।
संसारमा धेरै परिवर्तन भइसकेको छ । एसिया–प्रशान्त विश्व अर्थतन्त्रको सबैभन्दा गतिशील वृद्धि क्षेत्र बनेको छ । तर, एकै समयमा यसका सामु उल्टो भूमण्डलीकरण, असमान विकास, भू–राजनीतिक प्रतिस्पर्धा र जलवायु परिवर्तनजस्ता चुनौतीहरू पनि देखापरेका छन् । यस पृष्ठभूमिमा राष्ट्राध्यक्ष सीले एपेक शिखर सम्मेलनमा मूल उद्देश्यमा अडिग रहन, एकताबद्ध र सहयोग गर्न र एसिया–प्रशान्त क्षेत्रमा उच्च गुणस्तरको वृद्धिलाई प्रवद्र्धन गर्न सहकार्यको वकालत गर्नुभयो । इतिहासदेखि वर्तमान र भविष्यसम्म एसिया–प्रशान्त सधैँ आपसी उपलब्धि, पारस्परिक लाभ र साझा जीत परिणामका लागि एक विकास प्लेटफर्म हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *