भर्खरै :

दलको विचार ठीक या बेठीकको नापो सङ्ख्या होइन

दलको विचार ठीक या बेठीकको नापो सङ्ख्या होइन
काठमाडौँ, ४ मङ्सिर । नेपाल मजदुर किसान पार्टी समाजवादी आन्दोलनको तयारीमा लागिरहेको छ । पुँजीवाद र समाजवादको भेद र समाजवादी व्यवस्थाबारे नेमकिपाले जनतालाई गाउँ–ठाउँमा सुसूचित पार्दै छ । सचेत र सङ्गठित शक्तिबिना देशमा परिवर्तन असम्भव छ । यसकारण, नेमकिपाका नेता तथा कार्यकर्ताहरू विभिन्न राजनीतिक कक्षा, भेला, गोष्ठी, प्रवचन कार्यक्रममा माक्र्सवाद, लेनिनवाद र माओ विचारबारे सुसूचित पार्छन्† त्यस वाद र विचारलाई देश, काल परिस्थितिअनुसार लागु गर्न राजनीतिक कक्षा लिन्छन् । यसरी नै संसारका विभिन्न मुलुकमा भएका मजदुर र किसान आन्दोलन, समाजवादी क्रान्तिबारे पनि नेमकिपाका नेता तथा कार्यकर्ताहरू प्रशिक्षित गर्छन् । यसरी जनतालाई राजनीतिक, वैचारिक, सांस्कृतिकरूपले सुसूचित पार्न नेमकिपा र नेमकिपाका वर्गीय सङ्गठनले देश विदेशको समसामयिक विषयमा पुस्तकहरू प्रकाशन गरिरहेका छन् ।
पद र पैसाको निम्ति ज्यानतोड गर्ने यो पुँजीवादी व्यवस्थामा सिद्धान्त र विचारलाई लात मारेर जसरी भए पनि निर्वाचनमा जित्ने, निर्वाचनमा जितेर नेता तथा कार्यकर्तालाई पोस्ने काममा पुँजीपति शासकहरू लागिरहेका छन् । नेमकिपाले विगतमा प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थामा पसेर देश र जनताको सेवामा सङ्घर्ष गरिरहेको कुरा घामझैँ छर्लङ्ग छ । नेमकिपाले कहिले पनि पद र पैसाको निम्ति राजनीति गरेको छैन । नेमकिपाले जस्तोसुकै चुनौतीको सामना गर्नु परे पनि सिद्धान्त र विचारको राजनीति छोडेन । देश र जनताको पक्षमा दृढतापूर्वक लड्दै आएको पार्टी नेमकिपा अरू कम्युनिस्ट पार्टीको निम्ति प्रकाशस्तम्भको रूपमा रहेको सच्चा बुद्धिजीवीहरूको भनाइ घटनाक्रमले पुष्टि गरेको छ । नेमकिपाले निर्वाचनलाई वैचारिक सङ्घर्षको रूपमा लिएको छ । पुँजीवादी व्यवस्थामा हुने निर्वाचनमा पैसाको छेलोखेलो हुने, लोभलालच देखाउने, भोज खुवाउने, सामान बाँड्ने, धाक धम्की दिने कारण निर्वाचन निष्पक्ष, शान्तिपूर्ण भएको देखिँदैन । यसकारण, नेमकिपाले निर्वाचनमा प्राप्त मतलाई राजनीतिक दलको सङ्गठनात्मक, राजनीतिक र सैद्धान्तिक स्थितिको नापो मान्दैन ।
महत्वपूर्ण कुरा निर्वाचनमा प्राप्त मत होइन† दलको सिद्धान्त र विचार हो† दलको सिद्धान्त र विचारले श्रमजीवीवर्गको प्रतिनिधित्व गरेको छ कि छैन ? तद्नुसार राजनीति गरेको छ कि छैन भन्ने प्रश्न महत्वपूर्ण हो । दलको विचार ठीक या बेठीक भन्ने कुराको नापो सङ्ख्या होइन । सङ्ख्यालाई नै आधार मान्ने हो भने प्रत्येक पटकको निर्वाचनमा ठूला दलले प्राप्त गरेको सांसद र प्रदेशसभा सदस्य सङ्ख्यामा धेरै हेरफेर भएको छ । सङ्ख्यालाई आधार मान्दा ती दलहरूको विचार सही छ भनेर कसरी मान्ने ? पार्टी सही ठाउँमा छ कि छैन, देश र जनताको पक्षमा छ कि छैन भन्ने आधार त्यो पार्टीले गर्ने राजनीतिक गतिविधि हो† सिद्धान्त र विचार हो ।
नेमकिपाले विदेशी शक्ति राष्ट्रले स्वाधीन तथा सार्वभौम देशमाथि गरिरहेको थिचोमिचो, आक्रमण, अतिक्रमण र दबाबको विरोध गरिरहेको छ । एमसीसी सम्झौताको विरोधमा नेमकिपाले तीन दर्जन जिल्लामा विरोध प्रदर्शन तथा सभा ग¥यो । फासीवादी इजरायलले प्यालेस्टाइनमा गरेको आक्रमणको विरोधमा नेमकिपाले नेपालमा पहिलोपटक विरोध प्रदर्शन र सभा गरेर साम्राज्यवादी अमेरिका, नरसंहारकारी इजरायल र उसका पिछलग्गूहरूको विरोधमा प्रदर्शन ग¥यो । युक्रेनको नवनाजीवाद र फासीवादको विरोधमा नेमकिपाले विरोध प्रदर्शन तथा सभा गरेर एक सच्चा कम्युनिस्ट पार्टीको कर्तव्य निर्वाह ग¥यो, अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा ग¥यो । यसकारण, नेमकिपाको राजनीतिक छवि बढेको छ, अरू विपक्षका बुद्धिजीवी, राजनीतिक विश्लेषक र देशभक्तहरूले पनि नेमकिपाले गरेको राजनीतिक गतिविधिको सही मूल्याङ्कन गर्दै प्रशंसा गरिरहेका छन् । यसरी नेमकिपाले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार सही राजनीति गरिरहेको छ, नेमकिपाको सो कदम सबैतिर प्रशंसाको विषय बन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *