भर्खरै :

त्यो भक्तपुर, यो भक्तपुर !

त्यो भक्तपुर, यो भक्तपुर !

आज यहाँ विद्वत महानुभावहरूका कुरा सुन्ने अवसर पाएँ । अत्यन्त खुसी लाग्यो । विगतको भक्तपुर सानो आँखीझ्यालबाट हेरिरहेभैmँ अनुभूत हुँदै छ । अभैm यसको विराटस्वरूप चिन्न बुझ्न बाँकी नै छ । त्यसका निम्ति विभिन्न लेखरचना तथा कृतिहरू प्रकाशित हुँदै जाने विश्वास छ । यो पुस्तक ‘जीवन एक : सङ्घर्ष अनेक’ आपैmँमा भक्तपुरलाई चिनाउने, शैक्षिक क्षेत्रलाई चिनाउने, जीवनलाई चिनाउने एउटा आँखीझ्याल हो भन्नु अतिशयुक्त नहोला ! यो पुस्तकबारे आज थप बुझ्ने अवसर पाएँ । वास्तवमा मसँग केबल ‘ओभरहियरिङ्गस्’ मात्र छ । भेटघाटमा पुस्तकको चर्चा आदरणीय पार्टी अध्यक्ष (रोहित) ले गर्नुभएको सुनेको थिएँ । केही अग्रजहरूका टिप्पणी सुन्ने अवसर पनि पाएको थिएँ ।
६०/७० वर्ष अगाडिको भक्तपुरबारे यहाँ चर्चा चल्यो । परिवार, शिक्षा, संस्कृति, जीवनशैलीका विविध सन्दर्भ यहाँ उठे । विगतका दुःखकष्ट, कठिन परिस्थिति, अन्धविश्वास आदिबारे यहाँ कुराकानी भयो । फर्केर हेर्ने काम भयो । म भने वर्तमानका केही प्रसङ्ग जोड्न चाहन्छु । विगत ३० वर्षदेखि ‘श्रमिक’ साप्ताहिक र विगत २५ वर्षदेखि निरन्तर ‘मजदुर’ दैनिक ३६५ दिन नै भक्तपुरबाट प्रकाशित हुँदै छ । यी दुई पत्रिकाहरू मात्र अब बाँकी छन् जसले नेपालमा अन्तर्राष्ट्रिय विषयमा सत्यतथ्य नेपाली जनतालाई बताउँछन् । यसरी भनिरहँदा यो आत्मश्लाघा होइन, यथार्थ हो । सत्यको गहिराइमा पुग्दा यही निष्कर्षमा हामी पुग्नेछौँ ।
यही भक्तपुरमा हरेक दिनजसो, हरेक हप्ता राष्ट्रिय—अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा अन्तरक्रिया र गोष्ठीहरू हुन्छन्; छलफलहरू चल्छन् । यहाँका मानिसहरू राष्ट्रिय—अन्तर्राष्ट्रिय सवाललाई लिएर हुने प्रदर्शनीमा अग्रणी भूमिका निर्वाह गर्छन् । विदेशी मित्र तथा पाहुनाहरूसँग भेटघाट गरी विचार आदानप्रदान गर्छन् ।
हरेक दुई—तीन महिनामा एउटा पुस्तक सार्वजनिक हुन्छ । पछिल्लो पटकमात्रै हेर्ने हो भने यो दसैँदेखि तिहारसम्मको बिचमा अन्तर्राष्ट्रिय विषयका दुई—तीन वटा महत्वपूर्ण पुस्तकहरू प्रकाशित भए । भर्खरै ‘रुसमा डिसेम्बर विद्रोह’, ‘युक्रेनमा नवनाजीवाद’ र ‘देशघाती एमसिसी सम्झौताविरुद्ध नेमकिपाको सङ्घर्ष’ पुस्तकहरू प्रकाशित भए । मलाई लाग्छ, यी पुस्तकहरू राष्ट्रिय—अन्तर्राष्ट्रिय साहित्यमा महत्वपूर्ण बौद्धिक खुराक बन्ने छन् । त्योभन्दा अलि अगाडि एउटा महत्वपूर्ण पुस्तक सार्वजनिक भयो ‘समाज विकासको एक झलक’ । त्यो पुस्तक नेपाली साहित्यको क्षेत्रमा एउटा कोसेढुङ्गा साबित हुनेछ किनभने मानव समाजको विकासबारे नेपाली साहित्यमा मौलिक प्रकृतिको पुस्तकको अभाव छ ।
केही दिनअगाडि हामीले एउटा बेजोड खालको दबु नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न ग¥यौँ । उक्त मञ्चमा देशभित्र बोलिने विभिन्न भाषाका बारेमा विचार मन्थन हुन्छ । विभिन्न दर्शन, सिद्धान्त, राष्ट्रिय—अन्तर्राष्ट्रिय घटनाहरूको विषयमा त्यहाँ चिरफार हुन्छ । तःमुंज्या २०३७ सालदेखि ४३ वर्षसम्म निरन्तर चल्दै छ । तःमुंज्या विचारको बहस गर्ने अत्यन्त राम्रो दबुको रूपमा स्थापित भइसकेको छ । यो पटक करिब ४० जना आमन्त्रित विद्वान्हरूले आ–आरुनो विचार व्यक्त गर्नुभयो । यसलाई हिजोआज जनताको विश्वविद्यालयको कक्षाको उपमा दिइन्छ ।
केही दिनअगाडि एउटा बुलेटिन सार्वजनिक भयो । त्यो बुलेटिनमा हाम्रा श्रद्धेय पार्टी अध्यक्षज्यूले उल्लेख गर्नुभएको एउटा भनाइ अत्यन्त महत्वपूर्ण एवम् प्रेरणादायी छ, “यही गतिमा अगाडि बढेको खण्डमा अबको दस वर्षमा भक्तपुरको नेतृत्व महिलाहरूले गर्नेछन् ।” यसको आधार तयार हुँदै छ । तपाईँ कलेजमा जानुस् या विद्यालयमा जानुस्, त्यहाँ महिलाहरूले नेतृत्व गर्नुभएको तपाईँले पाउनुहुनेछ । एउटा सहयोगीको रूपमा मात्र होइन, शिक्षिका, प्रिन्सिपल तथा प्रशासन, लेखा र व्यवस्थापन क्षेत्रहरूमा पनि महिलाहरूले नेतृत्व गरिरहेको पाउनेछौँ ।


पुरानोे भक्तपुरको बारेमा मलाई अत्यन्त थोरै मात्र थाहा छ । पछिल्लो समयमा भक्तपुरबारे देशभित्रका मात्र होइन अन्तर्राष्ट्रिय जगत्का व्यक्तित्वहरूका धारणा सुन्ने अवसर पाउँदै छु । उहाँहरूका अभिव्यक्ति तथा विभिन्न प्रतिक्रिया सुन्दा गर्व लाग्छ । केही समयअगाडि भारतका एकजना विद्वान, लेखक तथा साहित्यकार विजयप्रसादले भक्तपुरका विभिन्न स्थान, कलेज, अस्पताल भ्रमणपश्चात् व्यक्त गर्नुभएको विचार यहाँ विस्तृत बताउन आज सम्भव छैन । एउटा कुरा भने यहाँ उल्लेख गर्दा उपयुक्त होला । एउटा दृश्य देखेर उहाँ विशेष प्रभावित हुनुभयो । त्यो हो भक्तपुरका जनता उत्साहपूर्वक ठूलो सङ्ख्यामा श्रमदान गर्दै गर्दाको दृश्य ।
उहाँ एकजना वामपन्थी साहित्यकार पनि हुुनुहुन्छ । उहाँले आफ्नै भाषामा भन्नुभयो, “हामीले ३० वर्षसम्म (पश्चिम बङ्गालमा) सरकार चलायौँ । तर, हामीले यो कुरा गुमायौँ । सबै प्राप्त गरेर पनि सबै गुमायौँ । जनता र जीवनसँग पार्टी र सरकारलाई जोड्ने मामिलामा हाम्रा थुप्रै कमजोरीहरू भए । यो चीज हामीसँग नभएको भएर हाम्रा उपलब्धिहरू गुमायौँ । तपाईँ मलाई अनुभव सुनाउन भन्नुुहुन्छ भने त्यो अनुभवको खानी मसँग छ । तपाईँहरूले निरन्तरता दिनुहोस् । यो जनश्रमदान, जनसहभागिता, जनसम्पर्क, जनसेवा अत्यन्त विशिष्ट प्रकारको छ ।” त्यो यहाँ राख्न सान्दर्भिक ठानेर उल्लेख गरँे ।
अहिले देशको सहकारी क्षेत्रमा गम्भीर समस्या आइरहेको छ । सहकारी बदनाम भइरहेको बेला भक्तपुरले असल अभ्यासका निम्ति ख्याति कमाइरहेको छ । तपाईँहरू निरीक्षण गर्न सक्नुहुन्छ । सहकारीको अध्ययनमा आज देशका कुनाकाप्चाबाट यहाँ मानिसहरू आइरहेका छन् ।
वर्तमान भक्तपुरको शिक्षा क्षेत्रबारे मैले धेरै बताइराख्न नपर्ला ! खेलकुदको क्षेत्रमा पनि भक्तपुरले देशलाई राम्राराम्रा खेलाडी दिइरहेको छ । सम्पदा, संस्कृति, भाषा आदिको संरक्षणका लागि जुन किसिमले यहाँ अभ्यास भइरहेको छ त्यो पनि देशकै निम्ति उल्लेखनीय योगदन हो । मलाई जहाँसम्म लाग्छ, तपाईँहरूले विगतमा बलियो इँटा हाल्नुभयो, जग बसाल्नुभयो । आज क्रमशः तल्ला थप्ने काम हुँदै छ । आज संसारले देख्ने गरी चुर्लिँदै गरेको हामी अनुभव गर्दै छौँ । त्यो अनुभव साट्न पाउँदा म यहाँका अग्रजप्रति हार्दिक अभिनन्दन गर्न चाहन्छु ।
अहिले एकखाले राजनीतिक नैतिकता, राजनीतिक संस्कार, राजनीतिक अभ्यास वा विचारको राजनीति, सिद्धान्तको राजनीति, नैतिकताको राजनीति कतै छ भने भक्तपुरमा छ । उहाँहरू भन्नुुहुन्छ, “अहिले पोलिटिकल इथिक्स, पोलिटिकल हाइजिन अब खोज्दैखोज्दै हामी भक्तपुर आइरहेका छौँ । कमसेकम हामीलाई निराश नपार्नुस् । यो दियोलाई जगाइराख्नुस् ।”
एकजना विद्वान्ले तःमुंज्यामा व्यक्त गर्नुभएको कुरासँगै तपाईँहरूसँग बिदा हुने अनुमति चाहन्छु । उहाँले भन्नुभयो, “ग्रिक कथामा सबैसबै समाप्त भइसकेपछि भित्रबाट मसिनो स्वरमा म आशा हुँ, म आशा हुँ भनेर जुन आवाज आउँछ त्यो भनेकै अहिलेको सन्दर्भमा भक्तपुर हो । अहिले नेपालको समग्र राजनीतिक क्षेत्रमा आशा गर्न योग्य कोही बाँकी छ भने त्यो भक्तपुर हो ।”
न्हू दँ नेपाल संवत् ११४४ को हार्दिक शुभकामना ! साथै, प्राध्यापक डाक्टर सर्वज्ञभक्त मल्ल र प्राध्यापक कोमलवदन मल्ललाई हार्दिक बधाई छ । तःमुंज्याबाट परिचित उहाँहरूलाई यस्तो महत्वपूर्ण जमघटमा फेरि भेट्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै बिदा हुन्छु । धन्यवाद !
(प्रा. कोमलवदन मल्लको आत्मकथा ‘जीवन एक : सङ्घर्ष अनेक’ सार्वजनिकीकरण समारोह, कार्तिक २५ गते नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले व्यक्त गर्नुभएको विचारको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *