भर्खरै :

गाजापट्टी बालबालिकाको लागि विश्वको ‘सबैभन्दा खतरनाक ठाउँ’ : युनिसेफ

गाजापट्टी बालबालिकाको लागि विश्वको ‘सबैभन्दा खतरनाक ठाउँ’ : युनिसेफ

न्युयोर्क, २३ नोभेम्बर (एजेन्सी) । गाजापट्टी बालबालिकाको लागि संसारको ‘सबैभन्दा खतरनाक ठाउँ’ भएको भन्दै संयुक्त राष्ट्र सङ्घीय बाल कोष– युनिसेफका प्रमुख क्याथरिन रसेलले प्यालेस्टिनी बालबालिकाहरू विनाशकारी अवस्थामा बाँचिरहेका छन् भन्नुभयो ।
बुधबार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा सम्बोधन गर्दै युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले हालैको तथ्याङ्कका आधारमा गाजामा हुने मृत्युमध्ये ४० प्रतिशत बालबालिकाको तथ्याङ्क रहेको स्पष्ट पार्नुभयो ।
“कथित रूपमा ५३०० भन्दा बढी प्यालेस्टिनी बालबालिकाहरू ४२ दिनमा मारिएका छन् … वा दिनमा ११५ भन्दा बढी, हरेक दिन, हप्ता र हप्ताहरूमा । यी तथ्याङ्कका आधारमा गाजामा हुने मृत्युमध्ये ४० प्रतिशत बालबालिका रहेका छन् । यो अभूतपूर्व हो,” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “गाजा गाजापट्टी बालबालिकाको लागि संसारको सबैभन्दा खतरनाक ठाउँ हो । गाजामा बालबालिकामा हुने हिंसाको प्रभाव विनाशकारी, अभेद्य र असमान भएको छ ।”
उहाँले युनिसेफले रिपोर्टहरू प्राप्त गरिरहेको छ कि ‘१,२०० भन्दा बढी बालबालिका’ बम विस्फोट भएका भवनहरूको भग्नावशेषमुनि छन् वा बेपत्ता छन् भन्नुभयो ।
उहाँले हमास र इजरायली शासनबिच अल्पकालीन युद्धविराम सम्झौताको स्वागत गर्दै बन्दीहरूको रिहाइ र गाजामा तीव्र लडाइँ र बमबारीमा अस्थायी विराम समावेश छ† यो सम्झौता बालबालिकाको सुरक्षा र कल्याण सुनिश्चित गर्न अपर्याप्त छ भन्नुभयो ।
“युनिसेफले यस नरसंहारलाई तुरुन्तै रोक्नको लागि तत्काल मानवीय युद्धविरामको लागि आह्वान गरिरहेको छ,” रसेलले भन्नुभयो ।
“हामी चिन्तित छौँ कि गाजाको दक्षिणमा थप सैन्य आक्रमणको वृद्धिले त्यहाँको मानवीय अवस्था तीव्र रूपमा बिग्रनेछ … थप विस्थापनको कारण बन्नेछ र नागरिक जनसङ्ख्यालाई अझ सानो क्षेत्रमा निचोड्ने छ । गाजापट्टीको दक्षिणमा आक्रमण हुनबाट जोगाउनैपर्छ, “रसेलले अगाडि भन्नुभयो ।
युनिसेफको अनुमानको आधारमा आगामी महिनामा गाजामा बस्ने बालबालिकाहरूमा कुपोषण झण्डै ३० प्रतिशतले बढ्न सक्ने चेतावनी दिँदै संयुक्त राष्ट्र सङ्घीय अधिकारीले भन्नुभयो, “दस लाख बालबालिका वा क्षेत्रभित्रका सबै बालबालिकाहरू – अहिले खानाको हिसाबले असुरक्षित छन्, जसको सामना गर्नुपरेको छ । चाँडै एक विनाशकारी पोषण सङ्कट निम्तिन सक्छ ।”
युनिसेफ प्रमुखले उत्तरी गाजाबाट विस्थापित बालबालिकाको बढ्दो सङ्ख्याबारे पनि चिन्ता व्यक्त गर्नुभयो । उनीहरू दक्षिणतिर जाने कोरिडोरमा आफ्नो परिवारबाट अलग भएका छन् वा विभिन्न अवस्था कारणले असहाय अवस्थामा चिकित्सा हेरचाहको लागि अस्पतालहरूमा बिनाअभिभावकका साथ आइपुगेका छन् ।
उहाँले भन्नुभयो, “आज गाजामा १७ लाखभन्दा बढी मानिसहरू, जसमध्ये आधा बालबालिकाहरू छन्, विस्थापित छन् । यी बालबालिकाहरूलाई अस्थायी हेरचाह प्राप्त गर्नको लागि पहिचान गरिनुपर्छ र परिवार ट्रेसिङ र पुनर्मिलन सेवाहरूमा पहुँच दिइनुपर्छ ।”
रसेलले विद्यालय र अस्पतालहरूमा इजरायली आक्रमणको निन्दा पनि गर्दै भन्नुभयो, “अस्पतालहरूमा आक्रमण वा लडाकुहरू प्रयोग गर्नु हुँदैन ।”
“हामीले विद्यालयहरूमा विनाशकारी हमलाहरू पनि देखिरहेका छौँ, लगभग ९० प्रतिशत विद्यालय भवनहरू क्षतिग्रस्त भएका छन् । बाँकी विद्यालय सुविधाहरूमध्ये झण्डै ८० प्रतिशत आन्तरिकरूपमा विस्थापित मानिसहरूका लागि आश्रयस्थलको रूपमा प्रयोग भइरहेका छन् । तर, यी ठाउँहरू जहाँ बालबालिका र परिवारहरूले आफ्नो घरबाट भागेर सुरक्षा खोजेका थिए, आक्रमणमा परेका छन् ।” उहाँले भन्नुभयो ।
“हालको सङ्कटमा मृत्युको सङ्ख्याले अघिल्लो वृद्धिको समयमा मृत्युको कुल सङ्ख्यालाई उछिनेकोे छ । २००५ र २०२२ बिचको गम्भीर उल्लङ्घनहरूको १७ वर्षको अनुगमन र रिपोर्टिङमा कुल १,६५३ बालबालिकाको मृत्यु भएको प्रमाणित गरिएको थियो,” उहाँले थप्नुभयो ।
यसबाहेक, संयुक्त राष्ट्र जनसङ्ख्या कोष (यूएनएफपीए) प्रमुख नतालिया कानेमले सुरक्षा परिषद्को बैठकमा चेतावनी दिँदै गाजामा आगामी महिना दयनीय अवस्थामा ५५०० गर्भवती महिलाहरूले बच्चा जन्माउने अपेक्षा गरिएको छ भन्नुभयो ।
“हरेक दिन करिब १८० जना महिला डरलाग्दो अवस्थामा सुत्केरी भइरहेका छन्, उनीहरूको नवजात शिशुको भविष्य अनिश्चित छ,” कनेमले भन्नुभयो ।
इजरायल–हमास युद्ध सुरु भएदेखि, तेलअभिव शासनले लगभग ६ हजार बालबालिका र ३९२० जना महिलासहित १४५३२ प्यालेस्टिनीहरूलाई मारेको छ र ३३ हजार जनाभन्दा बढी अन्य घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *