भर्खरै :

कोभिड १९ कोरोना महामारी -के विश्वको मानचित्र परिवर्तन होला ?

केपी छुस्याकी
आजभन्दा लगभग तीन महिनाअघिसम्म पनि हामीमध्ये धेरैले यो जीवाणुबारे कुनै किसिमको चर्चा सुनेका थिएनौं । यो जीवाणुबारे सीमित विशेषज्ञहरूलाई मात्र ज्ञान थियो । त्यो जीवाणुको नाम हो — नोवेल कोरोना (कोभिड –१९) भाइरस ।
चिनियाँहरूले यो वर्षको वसन्त पर्व मनाउन पाएनन् । २०१९ को डिसेम्बरमा चीनको हुपेइ प्रान्तको उहान सहरमा सर्वप्रथम यो रोगका बिरामी देखापरे । सुरुका केही महिना यो भाइरसको सङ्क्रमण चीनका विभिन्न प्रान्तहरूमा मात्र केन्द्रित रह्यो । यो भाइरसलाई पश्चिमा देश र संरा अमेरिकी नेता तथा मिडियाहरूले ‘चिनियाँ भाइरस’ को संज्ञा दिए । नोवेल कोरोना भाइरसको महामारीलाई ‘चीनको चेर्नोबिल’ भनेर चीनविरोधी पूर्वाग्रह पोखियो । यो भाइरसको सङ्क्रमण सुरुमा चीनबाट भए तापनि त्यसको उत्पत्ति अमेरिकामा भएको चिनियाँ तथा जापानी विशेषज्ञहरूको दाबी छ । यो कुनै प्रयोगशालामा निर्माण नभएको र प्राकृतिक हो भन्ने पनि छ । नोवेल कोरोनाको उत्पत्तिबारे भविष्यमा थप प्रमाणहरूले पुष्टि गर्दै जानेछ । विश्व स्वास्थ्य सङ्गठनले भाइरसको विश्वव्यापी सङ्क्रमण भएपछि ‘पानडेमिक’ (छोटो समयमा संसारभर फैलिएको) घोषणा ग¥यो । यो भाइरस आजको दिनसम्ममा दुई सयभन्दा बढी मुलुकहरूमा फैलिसकेको छ । कोरोनाको सङ्क्रमणबाट विश्वभर ११ लाख १८ हजारभन्दा बढी मानिसहरू सङ्क्रमित भइसकेका छन् भने तीमध्ये झन्डै ५९ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।
कोरोना नयाँ प्रजातिको रुघाखोकी लगाउने भाइरस हो । यो भाइरस मुख र नाकबाट स्वस्थ शरीरभित्र पस्छ । शरीरभित्र पसेर घाँटी हुँदै फोक्सोसम्म पुगेर श्वासप्रश्वासमा समस्या निम्त्याउँछ । यो रोगको भाइरस बालबालिका, कमजोर शरीर भएका, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ज्येष्ठ नागरिकलाई चाँडो सर्दछ । यसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास गराउन सक्छ । यो रोग लागेमा १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु, श्वास फेर्न गा¥हो हुनु, रुघाखोकी लामो समयसम्म लाग्नु, नियमित हाच्छ्युँ आउनु, छाती तथा टाउको लगाातार दुख्नु, निमोनिया हुनुजस्ता लक्षणहरू देखिन्छ । विशेष सतर्कता अपनाउन सकेको खण्डमा हामी यो रोगबाट सुरक्षित हुन सक्छौँ । यसको लागि कोरोना शङ्कास्पद व्यक्तिको सम्पर्कबाट टाढा रहने, मास्क लगाउने, तातोपानी मात्र पिउने, खोक्दा नाकमुख छोप्ने, नियमित साबुन पानीले २० सेकेन्ड मिचिमिची हात धुने र स्व–क्वारेन्टाइनमा बस्न विशेषज्ञहरूले सल्लाह दिने गरेका छन् ।

नेपालमा प्रतिदिन औसत २० व्यक्तिको मृत्यु क्षयरोगको कारण भइरहँदा पनि त्यसले त्यति धेरै चासो र चिन्ता हामीलाई उत्पन्न गरेन । तर, क्षयरोगबाट मृत्यु हुने सङ्ख्याभन्दा कोभिड १९ बाट मर्नेको सङ्ख्या धेरै कम हुँदा पनि हामी यति आँत्तिएका छौँ । क्षयरोगबाट प्रायः विपन्न वर्गका मानिसहरूको मृत्युप्रति गरेकोले हाम्रो ध्यान त्यसबाट हुने मृत्युप्रति कम मात्र जाने गरेको छ ।

भाइरसको कुनै भौगोलिक सिमाना हुन्न । चीनको उहानमा सर्वप्रथम पुष्टि भएको यो भाइरस फैलिएर दक्षिण कोरिया, जापान, थाइल्याण्ड हुँदै यूरोपको फ्रान्स, इटाली र संरा अमेरिकासम्म पुगिसकेको छ । पछिल्ला केही हप्ताहरूबाट यस रोगको केन्द्रबिन्दु इटाली हुँदै संरा अमेरिका सरेको छ । इटालीमा आजको दिनसम्म १ लाख १९ हजारभन्दा बढी मानिसहरू सङ्क्रमित भई १४ हजारभन्दा बढीको ज्यान गयो । अमेरिकामा अहिलेसम्म झन्डै २ लाख ८७ हजार मानिस सङ्क्रमित भई ७ हजार १४६ सय मानिसले ज्यान गुमाइसकेको तथ्याङ्क छ । यो तथ्याङ्क अझ उँभो लाग्दैछ ।
इतिहासमा यस्ता महामारीहरू समय समयमा नदेखिएको होइन । रोगहरूको विश्वव्यापी विस्तारको लामो इतिहास छ । लिखित इतिहासमा सुरुआती वर्षहरूबाट नै व्याक्टेरियाजन्य क्षयरोग र क्रमशः भाइरसजन्य रोगहरू प्लेग, हैजा र स्पेनिस फ्लुको महामारी देखापरेको इतिहास छ । तत्कालीन अवस्थामा ती महामारीहरूबाट करोडौँ मानिसले ज्यान गुमाउनुपरेको थियो । आज पनि क्षयरोगको कारण अल्पविकसित तथा गरीब मुलुकहरूबाट बर्सेनि दशौं लाख मानिसले ज्यान गुमाइरहेका छन् । नेपालमा प्रतिदिन औसत १६ व्यक्तिको मृत्यु क्षयरोगको कारण भइरहेको छ । जनस्वास्थ्यको क्षेत्रमा विकसित तथा अल्पविकसित राष्ट्रहरूमा सुधारका धेरै कार्यहरू भएका छन् । तर, महामारी सङ्क्रमण देखापर्नु र हराएर गए भनिएका पुराना सङ्क्रामक रोगहरू पुनः देखा पर्ने गरेका छन् । प्लेगको महामारीले संसारलाई कयौँ पटक तर्साएको छ । सन् २००२ मा सार्स, २००८ मा स्वाइन (एच वन एन वन) फ्लू, २०१२ मा मर्स र २०१८ मा इबोला भाइरसको सन्त्रास हाम्रो मानसपटलबाट ओझेल भइसकेको छैन । रोगको उत्पत्तिको ऐतिहासिक कारणहरूबारे विवेचना गर्ने रोगविज्ञहरूले प्रत्येक पटक यो संसारमा नयाँ रोगको उत्पत्ति हुनुका पछाडि पर्यावरणमा आएको परिवर्तन नै मुख्य रहेको तर्क गरेका छन् । मानव संसारमा भइरहने मौसमी उत्तारचढाव, विशेषतः मानवसिर्जित जलवायु परिवर्तनका साथै मानव जातिले गरेको अनियन्त्रित सामाजिक–आर्थिक उथलपुथल पनि नयाँ–नयाँ रोग उत्पत्ति हुनुमा जिम्मेवार मानिन्छ । विकासको नाममा हुने पर्यावरणको विनास र प्राकृतिक स्रोतको अत्याधिक दोहनले जलवायु परिवर्तन भएको छ । भाइरसहरू बदलिँदो परिस्थितिमा जलवायुअनुसार आफूलाई सजिलै ढाल्न सक्ने र छिटो समयावधिमै उत्परिवर्तित हुने स्वभाव हुने भएकोले पनि भाइरसका फरक फरक धपहरू देखापरेको हो । सार्स, मर्स र कोभिड १९ सबै कोरोना प्रजातिका भाइरसहरू नै हो ।
आजभन्दा एक सय वर्षअघि र अहिले रोगका कारणले मानिसहरूको मृत्यु हुनुमा तात्विक रुपमा के फरक छ ? त्यतिखेर चिकित्सा प्रविधि नै नभएर चिकित्साशास्त्रको आफ्नै सीमित ज्ञानको कारण मानिसले जीवन गुमाउनुपथ्र्यो । आज यो क्षेत्रमा असीमित ज्ञान, प्रविधि र सीप हुँदाहुँदै पनि तिनीहरूसम्म बहुसङ्ख्यक जनताको पहुँच नभएका कारण मानिसहरू मरिरहेका छन् । माथि नै उल्लेख भइसकेको छ–नेपालमा प्रतिदिन औसत २० व्यक्तिको मृत्यु क्षयरोगको कारण भइरहँदा पनि त्यसले त्यति धेरै चासो र चिन्ता हामीलाई उत्पन्न गरेन । तर, क्षयरोगबाट मृत्यु हुने सङ्ख्याभन्दा कोभिड १९ बाट मर्नेको सङ्ख्या धेरै कम हुँदा पनि हामी यति आँत्तिएका छौँ । क्षयरोगबाट प्रायः विपन्न वर्गका मानिसहरूको मृत्युप्रति गरेकोले हाम्रो ध्यान त्यसबाट हुने मृत्युप्रति कम मात्र जाने गरेको छ । सञ्चारमाध्यमले पनि उत्ति प्रचार गर्दैनन् । संसारमा चिकित्साशास्त्रको क्षेत्रमा असीमित ज्ञान, प्रविधि र सीप विकास हुँदा पनि जबसम्म राज्यले जनस्वास्थ्यलाई राज्यको अभिन्न अङ्ग र नागरिकको नैसर्गिक अधिकारको रूपमा स्वीकार गर्दैन, विश्व जगत्लाई अनेकौँ कोरोना र इबोलाले त्राहित्राहि बनाउनेमा कुनै शङ्का छैन । जनस्वास्थ्य मानव विकासकै एउटा पाटो भएकोले यसलाई राज्यसँगको सम्बन्धले प्रभाव पार्ने कुरा स्वतःसिद्ध छ । जनताको स्वास्थ्यको लागि सरकारले पूर्ण जिम्मेवारी लिएर स्वास्थ्य सेवाको उचित व्यवस्था तथा अन्य सामाजिक उपायहरू अवलम्बन गरेर मात्र पूरा हुन्छ ।
चीन र क्युवाको स्वास्थ्य सेवा प्रणाली, राज्यले नागरिकहरूको स्वास्थ्यमा निर्वाह गरेको जिम्मेवारीपूर्ण भूमिका र ती देशहरूले छोटो अवधिमा नै स्वास्थ्य सूचकहरूमा गरेको प्रगतिले विशेष चर्चा पाएको छ । त्यसैले त इबोलाको महामारीसामु संरा अमेरिकी स्वास्थ्यसेवी तथा डाक्टरहरू टिक्न सकेनन् । क्युवाले इबोलालाई अफ्रिकाबाट लखेट्यो, यसरी नै चीनले कोभिड १९ भाइरसलाई पराजित गर्ने निकै प्रशंसनीय कार्य ग¥यो । यो पक्कै पनि सहज काम थिएन । चीनले यो महामारी रोकथाम र नियन्त्रणमा चीन सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनता एकजुट भएर रोगको सङ्क्रमणलाई झण्डै शून्यमा झारिसकेको छ । त्यसको लागि ठूलो परिमाणमा स्रोत–साधनको परिचालन गरियो । उच्च र आधुनिक प्रविधिको उपयोग गरियो । स्वास्थ्यकर्मीले यो लडाइँमा आफ्नो ज्यानको बाजी लगाएर लडेका थिए । चिनियाँ समाज र प्रशासनको यो एउटा ठूलो शक्ति हो । भाइरसबाट सर्ने सरुवा रोगको नियन्त्रण र उपचार गर्ने विधिको विकास गर्ने इटालीको भेनिस नै पहिलो शहर थियो । सन् १६३० मा फैलिएको प्लेगको महामारीमा भेनिस सरकारले रोगको लक्षण देखिएका मानिसहरूलाई सहरभन्दा बाहिर चालिस दिनको क्वारेन्टिनमा राख्ने प्रबन्ध गरेको थियो । तर आज कोरोना महामारीसामु इटाली सरकार थाकेको देखिन्छ । कुनै पनि अस्त्रबाट महामारीलाई काबुमा ल्याउन उसलाई हम्मेहम्मे परेको छ । यस्तो कसरी भयो ? जबकि संसारको स्वास्थ्य सूचाङ्कमा इटाली अग्रपङ्क्तिमा छ । संरा अमेरिकामा कोरोनाको सङ्क्रमण दिन दुणा, रात चौगुणाको गतिमा बढिरहेको छ । सङ्क्रमण रोकिने कुनै छनक छैन । किन ? के ती देशहरूको प्रणाली नै असफलसिद्ध भएको हो ?

यो महामारीले विश्वको राजनैतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य तथा मानवशास्त्रीय मानचित्रलाई कसरी डो¥याउने छ ? अहिले नै निचोडमा पुगिहाल्नु हतारो होला । तर, जरुरै तलका विषयवस्तुहरूमा विश्व राजनीतिक वृतबाट ध्यानाकर्षण हुनेछ ।

२१ औँ शताब्दीलाई ज्ञान विज्ञानको शताब्दी भनिन्छ । यो शताब्दीमा यी सुक्ष्म जीवहरूबाट हुने महामारीहरूको रोकथाम र नियन्त्रण विश्व व्यवस्थालाई चुनौती बनिरहेको छ । सारा विश्व कोभिड – १९ कोरोना भाइरसको महामारीबाट तर्सिरहेको छ । हालसम्मको तथ्याङ्कलाई सरसरती केलाउँदा जो कोहीको मनमा पनि केही प्रश्नहरू उठेको हुनुपर्छ । कोभिड १९ को महामारी किन विकसित मुलुकमा चर्किदै छ ? एसिया, अफ्रिकी तथा ल्याटिन अमेरिकाका विकासोन्मुख मुलुकहरूमा यसको सङ्क्रमण किन धेरै छैन ? कोभिड १९ को महामारी कुन नतिजामा पुगेर समाप्त हुन्छ ? प्लेग, हैजा, स्पेनिस फ्लुको महामारीले तत्कालीन अवस्थाको जनस्वास्थ्यप्रतिको दृष्टिकोणमा फेरबदल ग¥यो । तत्कालीन बौद्धिक मान्यताहरूमाथि प्रश्न चिन्हहरू उठाइयो । साथसाथै त्यसैको कारणले आर्थिक, सामाजिक तथा राजनैतिक धु्रवहरू पनि फेरबदल भई अर्थ–राजनैतिक तथा सामाजिक क्षेत्रमा नयाँ खालको बहसलाई जन्म दियो । यो सन्दर्भमा कोभिड १९ कोरोना महामारीको पाठबाट निःसन्देह विश्वको राजनीति, आर्थिक, सामाजिक तथा विकास बहसमा नयाँ आयाम थपिने अनुमान गर्न सकिन्छ । ती के–के हुन सक्छन् त ? यो महामारीले विश्वको राजनैतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य तथा मानवशास्त्रीय मानचित्रलाई कसरी डो¥याउने छ ? अहिले नै निचोडमा पुगिहाल्नु हतारो होला । तर, जरुरै तलका विषयवस्तुहरूमा विश्व राजनीतिक वृतबाट ध्यानाकर्षण हुनेछ ।
क. विश्वव्यापीकरण
विश्व जतिजति खुम्चदै जान्छ, त्यतित्यति वास्तवमा हामी एउटै हावामा सास फेरिरहेका छौँ भन्ने कुरा मानिसले महसुस गर्नुपर्छ । सबै अण्डा एउटै टोकरीमा राख्दा जसरी जोखिमको सम्भावना ज्यादा हुन्छ, ठिक त्यसरी नै विश्वव्यापीकरणले हामीलाई केही पाठ सिक्न मौका दिएको छ । ती हुन् — दु्रतगतिमा रोगको सङ्क्रमण, आर्थिक सङ्कट, स्वदेशी उत्पादन ।
२०१९ को डिसेम्बर महिनाको अन्तमा उहानमा पहिलो पल्ट पहिचानमा आएको र २०२० जनवरी १० मा औपचारिक पुष्टि भएको कोभिड १९ कोरोना भाइरसको सङ्क्रमण निकै छिटो भयो । केही दिनमा नै नाटकीय ढङ्गमा सङ्क्रमितको सङ्ख्या दशौँ हजार पुग्यो । केही दिनमै विश्व स्वास्थ्य सङ्गठनले पेनडेमिक जीवाणु तथा स्वास्थ्य सङ्कट घोषणा गर्नुपर्यो । उहान शहर कोरोना सङ्क्रमणको केन्द्र बिन्दु बन्यो । बाँकी विश्वले चीनको भूगोल पार गरी यति छिटो आफ्नो देशसम्म आइपुग्न सक्छ भनी कल्पना गर्नु पूर्व नै यूरोप र संरा अमेरिकामा यो भाइरस पुगिसकेको थियो । बाह्य मूलूकसँगको बढ्दो मानवीय सम्पर्ककै कारण कोरोना भाइरस दु्रतगतिमा फैलिरहेको छ । कोरोना सङ्क्रमणलाई विश्वव्यापी महामारीको रूपमा फैलाउन भूमण्डलीकरणको सञ्जालमा रहेका विकसित मुलुकहरू नै अग्रपक्तिमा रहे । आज ती देशहरू चर्को मूल्य चुकाउनुपर्ने स्थितिमा छन् ।

पछिल्ला केही वर्षहरूबाट संसारको केन्द्र चीन बनिरहेको छ । आर्थिक, सांस्कृतिक, शैक्षिक केन्द्रको रूपमा विकसित हुँदै गएको चीनमा संसारभरका, विशेषतः विकसित यूरोपेली देशहरू तथा अमेरिकी नागरिकहरूको व्यावसायिक तथा सांस्कृतिक क्रियाकलापको केन्द्र बनेको हो । चीनको आर्थिक र सांस्कृतिक केन्द्रको रुपमा रहेको उहान सहरबाट देखापरेको कोभिड १९ भाइरस केही दिनमा नै दक्षिण कोरिया, जापान र थाइल्यान्ड पुग्यो । सँगसँगै यो भाइरस इटाली, स्पेन र अमेरिकामा पनि पत्तै नदिई छिटै पुग्यो । विश्वका मानिसहरू बढी चलायमान हुँदै जाँदा जीवाणुहरू अहिले एकाध घण्टामै महादेशहरूमा आवतवजावत गर्दछन् भन्ने चित्र प्रस्तुत भएको छ ।
विश्व व्यापार सङ्गठनअनुसार विश्वले सन् २००३ को सार्सबाट ४० अर्ब, २००९ को स्वाइन फ्लूबाट ५५ अर्ब, इबोलाबाट ५३ अर्ब डलरको उत्पादकत्व गुमेको थियो । कोरोना भाइरसको महामारीले आर्थिक मन्दीको प्रक्रियालाई तीब्र पार्ने खतरा बढिरहेको छ । सङ्क्रमित र मर्नेको सङ्ख्या बढेसँगै र शेयर बजार एवं तेलको मूल्य ओरालो लागेसँगै आर्थिक सङ्कट र विश्वव्यापी मन्दी नजिकिरहेको देखिन्छ । इटालीको कुल गार्हस्थ उत्पादनमा पर्यटन उद्योगको योगदान १४ प्रतिशत छ । अब के होला इटालीको अर्थतन्त्र ? आजको दिनसम्म कोरोनाले सबैभन्दा दयनीय बनाएको देश इटली हो । यो रोगको सङ्क्रमणबाट मुक्त पाएको केही वर्षपछि मात्र इटालीको अर्थतन्त्र सुचारु हुने आँकलन गरिएको छ । चिनियाँ पर्यटनमा निर्भर भियतनाम र फिलिपिन्सलगायतका मुलुकमा नराम्रो असर पर्ने स्पष्ट छ । केही वर्ष अगाडिको आर्थिक सङ्कटबाट वामे सर्दै गरेको अमेरिकामा लकडाउन गर्न सकिरहेको छैन । लकडाउनले अमेरिकाको अर्थतन्त्रलाई सङ्कटको भूमरीमा जाक्ने छ भनी स्पष्ट छ, त्यसैले ऊ मानवीय क्षति बेहोरेर भए पनि अर्थतन्त्र जोगाउने कसरतमा छ ।
चीनले कोभिड – १९ कोरोनाको महामारीबाट आफूलाई कसरी मुक्त ग¥यो त ? त्यति छोटो समयावधिमा महामारी नियन्त्रण कसरी सम्भव भयो ? सारा देश नेतृत्वसँग एकजुट भएका थिए र यसलाई साथ दिएको थियो प्राविधि र उत्पादनले । पछिल्ला केही दिनहरूबाट संरा अमेरिकाको सङ्क्रमण दर प्रतिदिन १५ हजार भन्दा बढी रह्यो । किन ? कसरी ? उत्तर सहज छ — पछिल्ला दिनहरूमा सङ्क्रमितहरूको पहिचान धेरै भयो । अमेरिकासँग प्रशस्त मात्रामा कोभिड १९ कोरोनाको पहिचान गर्ने किट नै अभाव छ । उसले अरु देशसँग ती सामग्रीहरू किन्नुपरेको छ । पँुजीवादी देश अमेरिकाले नाफाको लागि जसले सस्तोमा सामान बनाइदिन्छ उसैसँग आफूलाई चाहिने सामग्रीहरू आयात गर्दछ । जस्तै, आई–फोनको पेटेन्ट अमेरिकाको हो । तर, उत्पादन चीनमा हुन्छ । अचेल अमेरिकाले ठूलठूला सामानहरू मात्र उत्पादन गर्छ । त्यसैले त उसलाई कोभिड – १९ कोरोनाको ठूलो सङ्ख्यामा परिक्षण गर्न पनि महिनौँ कुर्नुप¥यो । कोरिया र अमेरिकामा सँगसँगै कोरोनाको सङ्क्रमणको थालनी भएको थियो । कोरियामा प्रतिदिन १० हजार सम्भावितहरूको परिक्षण हुँदा संरा अमेरिकामा १०० जनाको मात्र परीक्षण भयो । किन ? किनभने, अमेरिकासँग पर्याप्त किट थिएन । चीनसँग प्रविधिले सुसज्जित उद्योगहरू छन् । उसले आफूलाई चाहिने सबै सामानहरू आफै उत्पादन गर्छ । मेडिकल सामग्रीहरूदेखि दक्ष जनशक्ति र उच्चकोटीको प्रविधिले कोभिड – १९ कोरोनाको सङ्क्रमणलाई शून्यमा पु¥याएरै छोड्यो । कोरोनालाई शून्यमा झार्न चीनभरिबाट ४० हजारभन्दा बढी स्वास्थ्यकर्मी महामारीको मुख्य केन्द्र उहानमा खटिएका थिए । दस दिनको छोटो अवधिमै हौशेन सान र लेई शेन शान अस्पतालहरूमा २ हजार ६ सय शैय्याका अस्पताल बनायो । होटल, तालिम केन्द्र र स्थानीय कलेजका छात्रावासहरूलाई पनि अस्थायी अस्पताल बनाइएको थियो । सामान्य लक्षण भएका बिरामीको उपचारको लागि घुम्ती क्याबिन अस्पताल स्थापना गरिएको थियो । दैनिकरूपमा सर्वसाधारणलाई आवश्यक पर्ने वस्तुहरू सहज उपलब्ध गराइएको थियो ।
ख. नवउदारवाद
विकसित पँुजीवादी मुलुकहरूले वर्तमान युगलाई नवउदारवादको युग मान्दछन् । बीसौँ शताब्दीको पहिलो दशकदेखि अन्तिम दशकसम्म आइपुग्दा तीनओटा चरणहरू पार भए— उदारवाद, विकासवाद र नवउदारवाद । विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई केन्द्रबिन्दुमा राखेर विश्वका केही धनी राष्ट्रहरूको लागि बजार विस्तार गर्नका लागि पँुजीको विश्वव्यापीकरण गर्नु जरुरी थियो । यसको सफलताको लागि राज्यको भूमिकामा परिवर्तन नगरी सम्भव थिएन । यसकै पृष्ठभूमिमा रहेर उदार बजार, निजी क्षेत्रमाथि न्यूनतम नियन्त्रण, सामाजिक सेवा क्षेत्रमा कटौती आदि गरियो । नवउदारवादी मान्यताअनुसार सामाजिक सेवाहरू जस्तै शिक्षा, स्वास्थ्य, बिमा, पेन्सन, पर्यावरण इत्यादि वित्तीय घाटा हुन् । नवउदारवादले निजी लगानीलाई उत्साहित गर्छ । सन् १९८२ मा बङ्गलादेशमा त्यहाँको जनस्वास्थ्यको लागि अत्यावश्यक औषधि आफ्नै प्रविधिबाट उत्पादन गरी अत्यन्तै कम मूल्यमा जनतालाई उपलब्ध गराउने लक्ष्यसहित राष्ट्रिय औषधि नीति तयार गर्दा बङ्गलादेशी बजार मुठ्ठीमा लिएका बहुराष्ट्रिय औषधि कम्पनीहरूको प्रतिनिधित्व गर्दै अमेरिकी, बेलायती, डच तथा जर्मनी राजदूतहरूले उक्त औषधि नीतिलाई स्थगन गर्न प्रत्यक्ष दबाब दिएका थिए । त्यसैले नवउदारवादी अर्थव्यवस्थामा राज्यका लागि स्वास्थ्य प्रत्येक व्यक्तिको निजी मामिला हुन्छ र आपूर्तिमा पनि नागरिकको निजी दायित्व हुन्छ । सन् २००८ को आर्थिक मन्दीपश्चात इटालीमा नवउदारवादी नीतिअनुुसार नै स्वास्थ्य सेवाको बजेटमा भारी कटौती गरी नागरिकको स्वास्थ्य सेवामाथिको नैसर्गिक अधिकारबाट नागरिकको निजी दायित्व बनाएको थियो । यो नीति लागू भएपछि इटालीमा जनस्वास्थ्य सेवा हुनेखाने र क्रय क्षमता बढी भएका धनी र सम्भ्रान्त वर्गमा सीमित बन्यो । स्वास्थ्य सेवामा आम नागरिकहरूको पहँुच दुरुह बन्यो । यसरी इटलीको स्वास्थ्य नीति धाराशायी बन्यो । सन् २०१५ को प्रतिवेदनअनुसार पाँचमध्ये एक इटालियनले आधारभूत स्वास्थ्य सेवा पाउँदैन । यस नीतिको परिणाम आज कोभिड – १९ कोरोना महामारीको केन्द्रबिन्दु इटाली हुन पुग्यो । स्वास्थ्य प्रणाली नै मक्किसकेपछि महामारीबाट कसरी पार लगाउन सकिएला ? त्यसैले त तीन हप्तामा नै रोमका अस्पतालहरू खचाखच भरिए, चिकित्सकहरूले बुढाबुढीहरूको उपचार नगरी मर्नको लागि छोडे र कोरोनाका कारण निमोनिया भएका सङ्क्रमितहरूलाई घर फर्काइए । सङ्क्रमित बिरामीहरूमध्ये धन–दौलतको आधारमा बाँच्ने र मर्ने समेतको छिनोफानो चिकित्सकहरूको हातबाट निहित छ । बिसौँ शताब्दीको अन्तमा विश्वव्यापीकरणसँगै विकास भएको नवउदारवादमा राज्यका अधिकार धमिलो हुँदै गएपछि स्वास्थ्य विश्वबजारमा वस्तु बन्यो । नवउदारवादले कोभिड – १९ को विश्वव्यापी महामारीलाई अझ खराब बनाउन भूमिका खेल्यो । अमेरिका र यूरोपेली देशहरूले सधैँ वकालत गर्दै आएको नवउदारवादसँग यो विश्वव्यापी महामारीको कुनै उपचार छैन ।
यसको विपरीत समाजवादी राज्यव्यवस्थामा राज्यकै अगुवाइमा सबैभन्दा कमजोर र अशक्त तप्काका आवश्यकताहरूलाई प्राथमिकता दिएर स्वास्थ्यसेवा पु¥याउने प्रयास गरिन्छ । चीनमा कोभिड – १९ को सामनाको लागि राज्यले यही ढङ्गमा काम गरेको पुष्टि हुन्छ । कोभिड – १९ कोरोनाविरुद्ध चिनियाँ चिकित्सक सेनाले धुँवा नउडेको जनयुद्ध लडे । चीनभरिबाट ४० हजारभन्दा बढी स्वास्थ्यकर्मीहरूले ५० दिनभन्दा बढी महामारीको मुख्य केन्द्र उहानमा अथकरूपमा लडे । उनीहरूले मानिसहरूको जीवन जोगाउन मृत्युलाई समेत पछारे ।

त्यस्तै, क्युवाले कोरोनाविरुद्ध लड्न इटाली, चीन, भेनेजुयला, निकारागुआ, जमैका, सुरिनाम र ग्रेनेडासहित १४ मुलुकहरूमा डाक्टर र नर्ससहितको चिकित्सक टोली पठाएको छ । महामारीको प्रकोप बढेपछि क्युवाले ५० जनाभन्दा बढीको क्युवाली चिकित्सक टोली औषधि र अन्य मेडिकल सामग्रीसहित इटाली पुगेको छ । पश्चिम अफ्रिकामा इबोलाको महामारी फैलिरहँदा इबोलाविरुद्ध डटेर लडेको कुनै चिकित्सक टोली थियो भने त्यो क्युवाली मेडिकल टोलीमात्र थियो । जसले इबोलालाई अफ्रिकाबाट निमिट्यान्न पा¥यो । त्यहाँ उनीहरूलाई ‘सुपर हिरो’को उपमा दिइयो । त्यसकै स्मरणमा इटाली पुगेका क्युवाली मेडिकल टोलीले आफूहरू कुनै ‘सुपर हिरो’ नभएको बरु क्रान्तिकारी डाक्टर भएको प्रतिक्रिया दिएको स्मरणयोग्य छ । सेतो पोशाकका ती फौजीहरूले अन्तर्राष्ट्रिय मिसनअन्तर्गत जी–सेभेन देशहरूभन्दा पनि धेरै सङ्ख्यामा चिकित्सकहरू बाहिरी देशमा खटाउने गर्दछ । आज क्युवासँग विश्वको सबैभन्दा प्रभावशाली प्राथमिक स्वास्थ्य सेवा प्रणाली छ । योबाहेक क्युवाको औषधि उत्पादनमा पनि अलग्गै पहिचान बनाएको छ । क्युवाले विकास गरेको इन्टरफेरन अल्फा २ बी कोभिड १९ कोरोना भाइरसविरुद्ध बढी प्रभावकारी मानिएको छ । यो एन्टिभाइरलले शरीरमा प्राकृतिक प्रोटिनको उत्पादनलाई बढाउने र रोगविरुद्ध लड्ने प्रतिरक्षात्मक क्षमता वृद्धि गर्छ । २००५–२०१७ को अवधिसम्म जम्मा २१ वटा देशहरूमा बाढी, भूकम्प, सामुद्रिक आँधी तथा महामारीबाट प्रभावित झण्डै ३५ लाख नागरिकहरूको उद्धार गरेको तथ्याङ्क छ । २०७२ सालको भूकम्पमा पनि क्युवाली मेडिकल टोली नेपालमा स्वास्थ्यसेवाको लागि खटिएको स्मरणीय छ ।
निष्कर्ष
नवउदारवादले व्यक्तिवादलाई प्राथमिकता दिन्छ । त्यसकारण यो व्यवस्थामा सामूहिक भावना सधैँ कमजोर बन्छ । कोभिड – १९ को महामारी फैलिएपछि धेरै यूरोपेली सरकारले जारी गरेको आपत्कालीन सूचनाको पालना गरेनन् । यूरोपेली सरकारले क्वारेन्टिन र सामाजिक पृथकीकरणको घोषणा गर्दा जनता विभिन्न बहानामा सडकमा निस्किरहे । विभिन्न उत्सव तथा भेलामा सहभागी बनिरहे । चीन सामूहिकताको सिद्धान्तमा चल्ने देश हो । उसले व्यक्तिलाई पनि सामूहिकतामा जोड दिने गरेको छ । महामारीविरुद्ध लड्न जनताको हित गर्ने विषयमा चीनमा कुनै विवाद भएन । उसले सबै आर्थिक र सामाजिक गतिविधिमा पूर्णतः रोक लगायो ।
कोरोना महामारीले विश्वलाई एउटा ठूलो पाठ सिकाएको छ । बलियो र समृद्ध राष्ट्रलाई धराशायी बनाउन कुनै पारमाणविक बम होइन, एउटा अदना र अदृश्य जीवाणु नै काफी हुने रहेछ । कोभिड – १९ को विश्वव्यापी महामारी हरेक देशको लागि एउटा जनस्वास्थ्य सङ्कटमात्र होइन, यो विश्व स्वास्थ्य प्रशासन प्रणालीको लागि ठूलो चुनौती हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *