सम्पादकीय

  • भ्रष्टाचारविरोधी दिवसको सान्दर्भिकता

    ऐतिहासिक भ्रष्टाचारविरोधी दिवस बिहीबार विभिन्न गतिविधि गरी मनाइँदै छ । २०२५ र २०२६ मा भक्तपुरका किसानहरूले तत्कालीन भ्रष्टहरूविरुद्ध गरेको आन्दोलनकै सम्झनामा हरेक वर्ष भ्रष्टाचारविरोधी दिवस मनाउँदै आएका छन् । तत्कालीन अवस्थामा हुने भ्रष्टाचार र आज हुने भ्रष्टाचारमा धेरै कोणमा भिन्नता छन् । हिजो लाखमा पुग्ने भ्रष्टाचार आज करोडौँ करोडमा पुगेको छ । हिजो टेबुलमुनिबाट हुने […]

  • प्रजातन्त्रको नक्कली आवरण

    डोनाल्ड ट्रम्प संरा अमेरिकाका राष्ट्रपति बनेयता जातीय घृणा फैलाउने र अमेरिकी जनताबीचको सामाजिक सद्भाव बिथोल्ने लगातार प्रयास हुँदै आएका छन् । ट्रम्प कहिले आप्रवासी जनतालाई निषेध गर्ने अभिव्यक्ति दिन्छन् त कहिले जातीय घृणा फैलिने कुरा बोल्छन् । राष्ट्रपतिका यस्ता भनाइले संरा अमेरिकाका श्वेत अहङ्कारवादी र कट्टर जातिवादीहरू फरक परिचय बोकेका समुदायप्रति भौतिक तथा मनोवैज्ञानिक हमला […]

  • जनता सधैँ चुप लागेर बस्ने छैनन्

    नेपाली भाषामा एउटा उखान छ – ‘कुकुरको पुच्छर बा¥ह वर्ष ढुङ्गामा राखे पनि बाङ्गाको बाङ्गै’ । यो उखान नेपालका शासक र प्रशासकहरूमाथि लागू हुन्छ । नेपालका शासक प्रशासकहरूले देशलाई ‘नेपाल आमा’ ‘मातृभूमि’ आदि जेजस्ता सम्बोधन गरे पनि यथार्थमा दुहुनो गाई नै ठानेका छन्, बनाएका छन् । देशको विकासका लागि बजेटमा रकम विनियोजन गर्ने र खर्च […]

  • भागबण्डाको राजनीति कहिलेसम्म ?

    – अञ्जना रञ्जित सरकारी मुखपत्रको रूपमा रहेको गोरखापत्रमा ‘विश्वविद्यालय पदाधिकारीमा दलीय भागबण्डा अन्त्य गर्नुपर्छ’ भन्ने समाचार छाप्यो । असार २४ गते गोरखापत्रको अघिल्लो पृष्ठमै प्रकाशित सो समाचार पढेपछि विश्वविद्यालयमा दलीय भागबण्डा रहेको थाहा हुन्छ । विगतमा दलीय भागबण्डा भएकोले विश्वविद्यालय बेथिति महल बनेको शिक्षाविद्हरूको दाबी हो । फेरि त्यही रोग दोहोरिए इतिहासले सो भूललाई माफी […]

  • ‘असारे–विकास’ भ्रष्टाचारको उपज

    नेपालीमा एउटा उखान छ, ‘जब भयो राती तब बुढी ताती’ । यसै उखानसँग दुरुस्तैजस्तो मिल्ने अर्को पनि उखान छ, ‘दिनभर सुती बिताई राती बिस्कुन सुकाई’ । ‘असारे–विकास’ को चटारोमा रहेको सरकारको चरित्र यी उखानले ठ्याक्कै चरितार्थ गर्छ । यतिबेला जताततै चालू बजेट जसरी पनि सक्ने घम्साघम्सी÷हतारो चलेको छ । मन्त्रीदेखि तल्ला तहका कर्मचारी ‘असिनपसिन’ गरी लागेका […]

  • आपूर्तिमन्त्री यादव राजीनामा देऊ

    नेपाल सरकारले असार ३ गतेदेखि लागू हुने गरी भारतलगायत तेस्रो मुलुकबाट नेपाल भित्रिने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णय ग¥यो । राजपत्रमा सो निर्णय प्रकाशित भयो । त्यही कारण नेपाल–भारत सीमामा हप्तौँसम्म भारतबाट तरकारी र फलपूmल बोकेको ट्रक रोकिनुप¥यो । विषादी परीक्षणको सरकारी निर्णयलाई नेपाली जनताले सकारात्मक रूपमा लिए । विषादीकै कारण अनेकन प्राणघातक […]

  • कीर्तिपुरका जनताको सङ्घर्ष

    काठमाडौँ उपत्यकामा बढ्दो जनसङ्ख्या केन्द्रीकरणसँगै सार्वजनिक जमिन अतिक्रमण र अनियमित निर्माणका घटनाहरू पनि बढिरहेका छन् । सत्ताको आड र कर्मचारीतन्त्रसँग मिलेमतोमा हुने कतिपय यस्ता घटना स्थानीय तहको वशभन्दा बाहिर हुने गरेका छन् । तर, गएको शनिबार अनियमित निर्माण र सार्वजनिक सम्पत्तिमाथि अतिक्रमणविरूद्ध कीर्तिपुरका जनता स्वयम् उठे । सार्वजनिक क्षेत्र मिचेर अनियमित तरिकाले बनाउन खोजिएको भौतिक […]

  • भूकम्पबाट नसिकेको पाठ

    शनिबार साँझपख भक्तपुर केन्द्र बनाई गएको भूकम्पको झट्काले काठमाडौँ उपत्यकाबासीलाई तर्साएको छ । २०७२ सालको भूकम्पको कहिल्यै नबिर्सिने प्रहार खेपेका काठमाडौँबासीलाई बारम्बार गइरहेका साना–ठूला आकारको भूकम्प र पराकम्पले मन चिसो बनाइदिएकै छ । नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले यसपछि पनि यस्ता साना–ठूला भूकम्पको सामना गर्नुको नेपाली जनतासँग विकल्प छैन । मानिसले भूकम्प रोक्न सक्ने प्रविधि […]