राजनीति

  • मौलिक हकसम्बन्धी चार नियमावली राजपत्रमा

    काठमाडौँ, ६ चैत । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले मौलिक हक कार्यान्वयनका लागि नियमावली निर्माणलाई तीव्रता दिनुभएको छ । नियमावली नबन्दा मौलिक हक कार्यान्वयन नभएको गुनासो बढेपछि मन्त्री तुम्बाहाङ्फेले कानुनसहित सम्बन्धित मन्त्रालयका सचिवलाई बोलाएर नियमावली निर्माणलाई तीव्रता दिन ताकेता गर्नुभएको हो । मौलिक हकसम्बन्धी ऐनअन्तर्गत बनाउनुपर्ने १६ मध्ये चार नियमावली नेपाल राजपत्रमा प्रकाशन भएका छन् । […]

  • स्वच्छ खानेपानी र सरसफाइ नेपालीको मौलिक हक

    काठमाडौँ, ५ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा खानेपानी तथा सरसफाइ विधेयकको दफावार छलफलमा संशोधन पेश गर्दै नेपालको संविधान २०७३ को मौलिक हक धारा ३५(४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हक हुने उल्लेख भएको हुँदा यो मौलिक हक सम्पत्ति वा पैसा हुनेले मात्र पाउने गरी विधेयकमा […]

  • खानेपानी विधेयकको छलफलमा सार्वभौमिकताबारे चर्चा

    काठमाडौँ, ४ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको विकास समितिमा खानेपानी तथा सरसफाइ विधेयकमाथि दफावार छलफलमा खानेपानीको व्यवस्थापन नेपाल सरकारबाटै हुनुपर्ने औँल्याउँदै सार्वजनिक सम्पत्ति मुठ्ठीभरको निम्ति उपयोग हुने प्रावधान विधेयकमा राख्न नहुने उल्लेख गर्नुभयो । सांसद सुवालले भन्नुभयो, “महसुल निर्धारण आयोग अलग निकाय बनाउनु आवश्यक छैन, उपभोक्तासँग छलफल गरी सरकारबाटै निर्धारण गरिनु आवश्यक […]

  • जनहितको वास्ता छैन, जुँगाको ताउमा ध्यान

     अनुदीप पारिश्रमिकभन्दा बढी सुविधा देश सङ्घीय संरचनामा गइसकेको छ । सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकार छन् । तीनै तहका सरकारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका छन् । संविधानले प्रत्यायोजन गरेबमोजिम तीनै तहका सरकारहरू ऐन कानुन बनाउन, लागू गराउन र परीक्षण गर्न सक्षम छन् । संविधानको सीमाभन्दा बाहिर गएर कुनै पनि सरकारले कानुन बनाउन सक्दैन । […]

  • भारतको आन्तरिक मामिलामा ‘विदेशी हस्तक्षेप’ ?

     राजन ‘अरूलाई परे कुरो आउँछ, आफूलाई परे ज्वरो ।’ उहिलेको यो उखान अहिलेका कुरौटे भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीमाथि लागू भएको छ । तपार्इँले बिर्सनुभयो ? यी नरेन्द्र मोदीको विशेष दूत भएर आएका अहिलेका भारतीय विदेश मन्त्री सुब्रमव्यम जयशंकरले नेपालमा संविधान घोषणा हुने समयमा खुलमखुला नेपाल सरकारका प्रतिनिधिलाई धम्कीको भाषामा संविधान घोषणाको मिति रोक्न दबाब दिएका थिए । […]

  • दिल्ली दङ्गा, शिख नरसंहार र गुजरात दङ्गा

    विद्या सुब्रमानियम गएको फेब्रुअरी २४ मा भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी भागमा ओइरिएका हिन्दू राष्ट्रवादी भीडले मुसलमानहरूका व्यापार व्यवसाय र घर लक्षित गरी चार दिनसम्म दङ्गा मच्चाए । हिंसात्मक दङ्गामा पचासभन्दा बढी मानिस मारिए । अरू सयौंको सङ्ख्यामा घाइते भए । सो घटनापछि म सबभन्दा नराम्ररी प्रभावित शिव बिहारमा घुम्न निस्केँ । त्यहाँ गरिएको विनाश आफ्नै आँखाले हेरेँ । हिन्दूहरूका अधिकांश […]

  • सरकार आफ्नो असफलता ढाकछोप गर्दै

    प्रेम सुवाल नेपाल मजदुर किसान पार्टी तत्कालीन रुसको बोल्शेविक पार्टीजस्तै क्रान्तिकारी पार्टी हो भने एमाले र माओवादी अर्थात् नेकपा मेन्शेविक पार्टीजस्तै पुँजीवादी पार्टी हो । पुँजीवादी सरकारको लुछाचुँडीमा लागेका यी दुवै पार्टी भाइकाङ्ग्रेस हुन् । एमाले र माओवादीको चुनावी मोर्चा र पार्टी एकता नेपाल र नेपाली जनताको हितका लागि भएको होइन बरु भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको […]

  • अफगानिस्तानमा दुई राष्ट्रपति !

    अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाह गरी दुवै जनाले राष्ट्रपति पदको शपथग्रहण गरेको दाबी गरेका छन् । सोमबार दिउँसो घानीले शपथग्रहण गरेको घोषणा गरेकै बेलामा अब्दुलाहले पनि शपथग्रहण गरेको दाबी गर्नुभएको हो । घानीले राष्ट्रपति कार्यालयमै विशेष समारोहको आयोजना गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारी सम्हालेको घोषणा गर्नुभएको थियो । समारोहमा अमेरिकी विशेष प्रतिनिधि जाल्माय […]