भर्खरै :

भारतीय विमानका एअर मार्सल नेपाल खाने दाउकै सिलसिला हो ?

अनुराधा थापामगर
नेपालको कम्युनिष्ट आन्दोलनलाई संशोधनवाद र अवसरवादबाट जोगाउन नेपाल मजदुर किसान पार्टी २०३१ माघ १० गते स्थापना भएको आज ४३ वर्षमा प्रवेश गर्दैछ । पार्टी अध्यक्ष नारायणमान बिजुक्र्छे (रोहित) ले जोत्नेलाई जमिन वितरणको लागि किसान आन्दोलन अघि बढाउने, पञ्चायती चुनावको क्रान्तिकारी उपयोग गरी देश र जनताको सेवा गर्ने, सामन्तवाद र पूजीवादको अन्त्य गरी जनताको सरकार स्थापना गर्ने, भारतीय विस्तारवाद र एकाधिकार पूजीबाट नेपालमा भइरहेको थिचोमिचो अन्त्य गर्ने, संरा अमेरिकी साम्राज्यवाद र रूसी सामाजिक साम्राज्यवादको विरोधमा सङ्घर्ष अघि बढाउने लक्ष्यसहित पार्टी स्थापना गर्नु भएको हो ।
हाम्रो पार्टीको मार्गनिर्देशक सिद्वान्त माक्र्सवाद, लेनिनवाद र माओ त्से तुङ विचारधारा हो । पूजीवादी विचार राख्नेहरू माक्र्सवाद पुरानो भएको दावी गर्दैछन् । तर समाजमा वर्ग रहेसम्म वर्गसङ्घर्ष हुनेछ र माक्र्सवाद पुरानो हुनेछैन । पूजीवादको उत्थान, विकास र पतनको नियम माक्र्सवाद हो । पन्छाउनै नसक्ने आर्थिक सड्ढट र मजदुर वर्ग नै पूजीवादको चिहान हो । यसकारण अन्ततः मजदुर वर्गको विजय हुनेछ । यसलाई संसारको कुनै शक्तिले रोक्न सक्ने छैन ।

तेल र ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाएर बेच्ने, तेल ओसार्ने टैड्ढरमै प्वाल पारेर निगमको तेल चोर्ने घटना सार्वजनिक भएको हो । सरकारले नेपाल आयल निगममा भइरहेको चुहावट र अनियमितता छानविन गर्नुपर्छ र निगमका महानिर्देशक र मुख्य कर्मचारीलगायत आपूर्ति मन्त्रीहरूलाई पनि छानविनको घेरामा ल्याउनुपर्छ ।

हाम्रो पार्टी स्थापनाको आजको यो शुभ दिनको अवसरमा सम्पूर्ण नेपाली जनता र कामदार वर्गलाई शुभकामना दिन चाहन्छु ।
बिजुली चोरीमा ठूला उद्योगी, ब्यापारी र विद्युत् प्राधिकरणका कर्मचारीहरू नै संलग्न भएको, महिनाको १०–१२ लाख रूपैया तिर्नुपर्ने उद्योगी व्यापारीले ५० हजार रूपैयामात्र तिरे हुने बनाइएको र यस्तो चोरीबाट वार्षिक ९ अर्ब रूपैयाभन्दा बढी प्राधिकरणको आम्दानी गुमेको सार्वजनिक भयो । बिजुली चोरीमा संलग्न उद्योगी र कर्मचारीको तस्वीरसहित सम्पत्ति सार्वजनिक गर्नुपर्छ र उनीहरूलाई थुनामा राखी मुद्दा चलाईनुपर्छ । यस अघिका प्राधिकरणका प्रमुख, ऊर्जा सचिव र ऊर्जा मन्त्रीहरूलाई पनि छानवीनको घेरामा ल्याईनु पर्छ ।
नेपाल आयल निगममा पनि यसरी नै चुहावट र अनियमितता भइरहेको छ । तेल र ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाएर बेच्ने, तेल ओसार्ने टैड्ढरमै प्वाल पारेर निगमको तेल चोर्ने घटना सार्वजनिक भएको हो । सरकारले नेपाल आयल निगममा भइरहेको चुहावट र अनियमितता छानविन गर्नुपर्छ र निगमका महानिर्देशक र मुख्य कर्मचारीलगायत आपूर्ति मन्त्रीहरूलाई पनि छानविनको घेरामा ल्याउनुपर्छ ।

अहिले बास माग्नेले पछि ब्यारेक स्थापना गर्नेछ र पछि एअर मार्सलका परिवारलाई घर दिनुपर्ने हुन्छ । काठमाडौं उपत्यका भारतीय ब्यारेकमा परिणत हुनेछ । देशलाई बन्दी बनाउने यस्तो सम्झौता सरकारले गर्नु हुदैन । नेपाली जनतालाई थाहा भएको यो गम्भीर विषय के सरकारलाई थाहा नभएकै हो ?

सरकारले प्रहरीलाई आवश्यक भवन बनाउन पर्याप्त बजेट दिनुपर्छ । प्रहरीले स–सानो भवन, आरामस्थल बनाउन पनि उद्योगी व्यापारीहरूसग चन्दा लिनुपर्ने अवस्थाले प्रहरीको मनोबल कमजोर हुनेछ र अपराधीलाई नदेख्या झैं गर्नुपर्ने स्थितिको अन्त्य हुनेछैन । यसकारण प्रहरीले सानालाई मात्र पक्राउ गर्ने र ठूला अपराधीलाई पक्राउ गर्न नसक्ने अवस्था भएको त होइन ? यो प्रश्न पनि उठिरहेको छ ।
नेपाल आउने भारतीय विमानका एअर मार्सललाई नेपालमा बास मागेको सार्वजनिक भयो । यो भारतीय विस्तारवादको नेपाल खाने दाउ कै सिलसिला हो । अहिले बास माग्नेले पछि ब्यारेक स्थापना गर्नेछ र पछि एअर मार्सलका परिवारलाई घर दिनुपर्ने हुन्छ । काठमाडौं उपत्यका भारतीय ब्यारेकमा परिणत हुनेछ । देशलाई बन्दी बनाउने यस्तो सम्झौता सरकारले गर्नु हुदैन । नेपाली जनतालाई थाहा भएको यो गम्भीर विषय के सरकारलाई थाहा नभएकै हो ? यो प्रश्नको जवाफ तत्काल दिन सभामुख महोदयले प्रधानमन्त्रीलाई निर्देशन गर्नु आवश्यक छ ।
(नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरले २०७३ माघ १० गतेको संसदको विशेष समयमा राख्नुभएको विचार–सं.)
https://www.facebook.com/nayakuraj/?hc_ref=NEWSFEED&fref=nf

Leave a Reply

Your email address will not be published. Required fields are marked *