ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
–नीरज लवजू भारतको सत्तासीन दक्षिणपन्थी हिन्दुअतिवादी भारतीय जनता पार्टीको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्(एवीभीपी) को ६२ औं राष्ट्रिय सम्मेलनमा सहभागी बन्न नेपालका केही विद्यार्थी संगठनका नेताहरु भारतको इन्दोरमा पुगेका छन् । अनेरास्ववियुका अध्यक्ष नवीना लामा, अनेरास्ववियु(क्रान्तिकारी)का अनिल शर्मा, नेविसङ्घका अध्यक्ष्ँ नैनसिं महर र तमविफ्रन्टका अध्यक्ष मनिष मिश्र नेपालबाट गएका छन् । एवीभीपी भारतको हिन्दुअतिवादी दक्षिणपन्थी विद्यार्थी संगठन हो र मोदी सरकारको गठनपश्चात यो विद्यार्थी संगठन त्यहा“का विभिन्न प्रगतिशील तथा वामपन्थी विद्यार्थीहरुमाथि भौतिक दमनमा लागेको छ । रोहित भेमुलाको आत्महत्या, जेएनयुमा विद्यार्थी नेताहरुमाथिको दमनलगायत पछिल्लो समय भारतका विभिन्न विश्वविद्यालयहरुमा भएका सरकारी दमनमा एवीभीपीको कुनै न कुनै मात्रामा संलग्नता छ । भारतका प्रगतिशील र वामपन्थी विद्यार्थीहरुबीच विद्यार्थी परिषद् प्रतिगामी विद्यार्थी संगठनको रुपमा बद्नाम छ । त्यस्तो वैचारिक रुपमा दक्ष्ँिणपन्थी विचारको पक्षपाती र सत्तँको आडमा प्रगतिशील विद्यार्थीहरुको दमनको लागि दोषी विद्यार्थी संगठनको सम्मेलनमा नेपालका आफूलाई वामपन्थी, प्रगतिशील र क्रान्तिकारी दाबी गर्ने विद्यार्थी संगठनसमेत सहभागी बन्नुले ती विद्यार्थी संगठनहरुको वैचारिक दरिद्रता जगतसमक्ष प्रष्ट भएको छ । एवीभीपीको सम्मेलनमा अनेरास्ववियु र अखिल क्रान्तिकारीजस्ता विद्यार्थी संगठनहरुको सहभागिताले उनीहरुले आफूलाई भन्दै आएको वामपन्थी, क्रान्तिकारी र प्रगतिशीलताको उपमा ढा“ट भएको प्रमाणित गरेको छ । विद्यार्थी एकताको नाममा आफू उभिएको वैचारिक धरातललाई नालीमा फ्या“केर आफ्नो विचारभन्दा पूर्ण रुपमा विपरीत विचारको विद्यार्थी संगठनको सम्मेलनमा पनि जानुले ती विद्यार्थी संगठनहरुको वास्तविकता सतहमा आएको छ । एवीभीपीको सम्मेलनमा सहभागी भएर ती संगठनहरुका नेताहरुले केही प्रश्नहरु उठाएका छन् ः के तिनीहरुले आफ्नो वैचारिक धरातल भुलेका हुन् ? के वैचारिक आधार त्यागेका हुन् ? अथवा भारतमा जाने लालसाका कारण कसैको लहलहैमा लागेर तिनीहरु त्यहा“ कुदेका हुन् ? ती विद्यार्थी संगठनहरुले यो विषयमा आफ्नो प्रष्ट संस्थागत धारणा बाहिर ल्याउनु पर्दछ । मोदीको पार्टीको वैचारिक आधारबारे अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसङ्घको धारणा के हो ? एवीभीपीको वैचारिक धारणाबारे के उनीहरु सहमत हुन् ? नेपालको आजको विद्यार्थी आन्दोलनमा यस्ता प्रश्नलाई त्यत्ति गम्भीरताका साथ नलिने समस्या छ । तसर्थ यस्ता विषयमा बहस वा जवाफ दिन आवश्यक पनि नठानिएला । तर यो वैचारिक प्रश्न आलोचनात्मक चेत भएका विद्यार्थीहरुबीच छलफलको विषय हुने पक्का छ ।
Leave a Reply