भर्खरै :

क्याम्बोडियाली प्रधानमन्त्री आसियान सम्मेलनमा जाने

न्होमपेन्ह, ११ वैशाख । क्याम्बोडियाली प्रधानमन्त्री सम्डेक टेक्नो हुनसेन आगामी हप्ता हुने आसियानको सम्मेलनमा सहभागी हुनुहुने भएको छ । आसियानको ३० औँ सम्मेलनमा सहभागी हुन उहाँ फिलिपिन्स जानुहुने बताइएको छ ।
फिलिपिन्सको राजधानी मनिलामा यही अप्रिल २९ मा आसियानको ३० औँ सम्मेलन हुने भएको छ । क्याम्बोडियाली विदेश मन्त्रालयले आज प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।
आसियान एसियाका प्रभावशाली देशहरुको सङ्गठन हो । आसियानले यसवर्ष यसको स्थापनाको ५० औँ दिवस मनाउँदै छ । उक्त सङ्गठनको ५० औँ वर्षको सो अवसरमा मनिलामा ३० औँ सम्मेलनको आयोजना गरिएको हो ।
यस सम्मेलनमा एसियाका नेताहरुको भेटघाट हुदँैछ । उक्त सम्मेलनको अवसर पारेर एसियाका नेताहरुले एसियामा शान्तिको अवस्था, आर्थिक र राजनीतिक अवस्था, विश्वमा विकसित पछिल्लो राजनीतिक परिवेशका साथै अन्य विषयमा पनि व्यापक मात्रामा छलफल गर्ने बताइएको छ ।
उक्त अवसरमा विश्वमा समृद्धि र शान्तिको विषयमा प्रस्तुति हुनेछ । त्यसैगरी हालैका दिनमा विश्वका विभिन्न भू–भागमा बढ्दै गएको आतङ्कवादको विषयमा पनि उक्त सम्मेलनमा छलफल हुने बताइएको छ ।
क्याम्बोडियाको विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । उक्त विज्ञप्तिमा पछिल्लो समयमा विश्वमा बढ्दो असुरक्षा, आतङ्कवाद, आर्थिक वृद्धिमा आइरहेको ह्रासजस्ता विषयमा उक्त सम्मेलनमा एसियाका नेताका बीचमा व्यापक मात्रामा छलफल हुनेछ । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *