भर्खरै :

सन् २०१६ मा चार लाख भन्दाबढी चिनियाँमाथि कारवाही

बेइजिङ् (चीन), २१ पुस । विभिन्न पदमा रहेर अनुशासनबिहीन तथा पार्टीको आचारसंहिताअनुसार काम नगर्ने र अन्य अनियमिता गरेबापत चार लाख १५ हजार चिनियाँ विरुद्ध अनुशासनको कारवाही चलाएको चिनियाँ कम्युनिष्ट पार्टीको उच्च अनुशासन समितिले बिहीबार जनाएको छ ।
यसरी कारवाही हुनेमा विभिन्न तहमा कार्यरत चिनियाँ कर्मचारी र ७६ जना प्रान्तीय तथा मन्त्रीस्तरीय पदाधिकारी समेत रहेका छन् भने दुई लाख ५६ हजार ग्रामिण तथा विभिन्न सङ्घसंस्थासँग आवद्धता रहेका पदाधिकारी तथा सदस्य रहेको पार्टीको केन्द्रीय अनुशासन छानविन आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
चिनियाँ समाजमा भ्रष्टाचार र अनियमिताले व्यापकता पाएको भन्ने गुनासो राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरबाट व्यक्त भएपछि पार्टीले सन् २०१२ देखि भ्रष्टाचार, फजुलखर्च, नकारात्मक गतिविधि र अनुशासन उल्लङ्घनका गतिविधिलाई अभियानकै रुपमा छानविन सुरु गरेको जनाएको छ । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *