क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
तेहरान (इरान), २४ पुस । मध्यपूर्वमा देखिएका आतङ्कवादी गतिविधि हुनुमा साउदी अरवले यस क्षेत्रमा सक्रिय विभिन्न समूहलाई दिँदै आएको आर्थिक, राजनैतिक तथा अन्य खालका सहयोग मुख्य भूमिका रहेको बताइएको छ ।
शनिबार इरानी विदेश मन्त्रालयका प्रवक्ता बहराम क्वसेमीले हालै साउदी अरवका ‘डेपुटी क्राउन प्रिन्स’ मोहम्मद विन सलमानले इरान विरोधी दिएको प्रतिक्रियाप्रति लक्षित गर्दै भन्नुभयो, साउदी अरवद्वारा तक्फिरी र आतङ्कवादी समूहलाई दिएको संस्थागत सहयोगका कारण यस क्षेत्रमा राजनैतिक अस्तव्यस्तता बढेको हो ।
बिहीबार प्रकाशित अमेरिकी पत्रिका ‘फरेन अफियर्स’ सँगको अन्तवार्तामा साउदी राजकुमार सलमानले इरानले मध्यपूर्वमा अस्थिरता निम्त्याएको आतङकवादलाई बढावा दिएको र अन्य राष्ट्रको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने गरेको जनाउनुभएको थियो ।
क्वजेमीले भन्नुभयो, “अरव राष्ट्रहरु सिरिया, इराक, र यमनमा रक्तपातपूर्ण अपराध बढ्नुमा इजरायली तथा साउदी अरवको यस क्षेत्रमा सक्रिय आतङ्कवादी समूहलाई दिइदै आएको संस्थागत सहयोग प्रमुख जिम्मेवार छ ।”
क्वजेमीले अनर्गलमा एकअर्कालाई दोषी भनी आरोप लगाउने भन्दा साउदी नेतृत्वले आफ्नो आधारहीन भनाइलाई याचना गर्दै अघि बढ्न आग्रह गर्नुभयो । रासस÷सिन्ह्वा
Leave a Reply