क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
ब्रासिलिया, ११ जनवरी ।
ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले आगामी सन् २०१८ मा हुने राष्ट्रपति निर्वाचनमा उम्मेद्वारी दिने तयारी गरिरहेका छन् । सन् २००३ देखि २०१० सम्म ब्राजिलमा राष्ट्रपति कार्यकाल चलाएका लुलाले ब्राजिलको उत्तरी शहर साल्भाडोर डि बाहियामा भूमिहीन मजदुरहरुको सभामा बोल्दै आफूले आगामी चुनावमा लड्न तयारी गरिरहेको सार्वजनिक गरेका हुन् । सन् २०१७ को आफ्नो पहिलो सार्वजनिक मन्तव्यमा उनले यो वर्ष सञ्चारमाध्यमहरु र न्यायालयले गत साल बिगारेको आफ्नो र आफ्नो मजदुर पार्टीको छवि सुधार गर्नमा समय खर्चने र देशभरि अभियान चलाउने घोषणा गरेका छन् ।
पूर्व राष्ट्रपति लुलाले ब्राजिलमा कृषि क्रान्तिको आवश्यकता भएको र त्यसको लागि सरकारी बैंकहरुले कृषि, साना व्यवसाय र उपभोक्तामा लगानी गर्नुपर्नेमा जोड दिए ।
विपक्षीहरुले कानुनी बाटो अपनाएर लुलालाई चुनावमा उठ्न रोके के गर्ने त भनी सोधिएको प्रश्नमा उनले सबैले चुनाव लड्न पाउनु पर्ने विचार राखे । लुलाले गहिरो आर्थिक संकटमा फसेको ब्राजिलको अर्थतन्त्रको नराम्रो अवस्था उकास्न सार्वजनिक क्षेत्रमा लगानी बढाउन जरुरी भएको विचार राखेका थिए ।
पूर्व राष्ट्रपति लुलाले ब्राजिलमा कृषि क्रान्तिको आवश्यकता भएको र त्यसको लागि सरकारी बैंकहरुले कृषि, साना व्यवसाय र उपभोक्तामा लगानी गर्नुपर्नेमा जोड दिए ।
सरकारले लगानी गरेर मात्र देशको अवस्थामा सुधार हुनेछ । कुल ग्रार्हस्थ उत्पादन बढाउनु सार्वजनिक ऋण घटाउने एउटै मात्र उपाय हो, लुलाको तर्क छ ।
सभामा महाभियोगबाट पदच्युत भएका राष्ट्रपति डिल्मा रुसेफका प्रमुख सचिव ज्याक वाग्नर र पेट्रोबासका पूर्वप्रमुख सेर्गोइ गाब्रेली पनि संगै थिए ।
Leave a Reply