भर्खरै :

संरा अमेरिका आफ्नै भूतबाट तर्सदैछ

-निर्जला
‘चीनको सपना’ ‘रेशम मार्ग’ र ‘एक क्षेत्र, एक सडक’ को अगुवाईबाट झस्किएको संरा अमेरिका भने भारत, अष्ट्रेलिया र जापानलाई एसिया–प्रशान्त सागरको अवधारणा अन्तर्गत नयाँ ‘रेशमी जलमार्ग’ को नामबाट अगाडि बढ्न खोज्दैछ । संरा अमेरिकाले एसिया–प्रशान्त जलमार्गलाई आर्थिक रुपले प्रयोग नगरी सैनिक उद्देश्यमात्र राखेमा त्यो क्षेत्र सम्भावित तेस्रो विश्वयुद्धको निम्ति पहिलो सैनिक अखडा बन्नेछ वा अमेरिकाको ‘एसिया –प्रशान्त जलमार्ग’ असफल हुनेछ र संरा अमेरिका त्यस क्षेत्रमा कुटनैतिक र राजनैतिक हार सावित हुने निश्चय छ ।
गम्भीर रुपले हेर्ने हो भने संरा अमेरिकाको स्थापना नै युद्धै युद्धले स्थापना भएको, बेलायती साम्राज्यवादको आक्रमणबाट सुरक्षित हुन १३ राज्यहरूको संघ राज्यको निर्माण भएको हो र झण्डै आधा राष्ट्रपतिहरू सैनिक वा सैनिक शिक्षाबाट आएको हुँदा पहिलो र दोस्रो विश्व युद्धबाट विश्व राजनीतिमा अग्रसर हुने संरा अमेरिका कोरिया युद्ध (१९५०–५३) र भियतनाम युद्धबाट घाइते भयो । अफगानिस्तानमा सोभियत संघलाई ‘अर्को भियतनाम’ मा फसाउन खोज्दा खेज्दै संरा अमेरिका २५–३० वर्षदेखि आफै फस्दैछ, इज्जतपूर्वक उम्कने अवसर पाउन सकेको छैन । इराक, लिविया, सिरिया र अन्य क्षेत्रमा समेत फस्दै गएको संरा अमेरिका झन् अफ्रिका र ल्याटिन अमेरिकामा समेत युद्धको मैदानबाट नफर्केमा अझै ठूलो प्रतिष्ठाको युद्धमा फस्ने निश्चित छ ।
संरा अमेरिकाको पाँचौं राष्ट्रपति जेम्स मुनरोले ‘अमेरिका अमेरिकीहरूको निम्ति’ भन्दै युरोपेली उपनिवेशवादीहरूलाई पश्चिमी गोलाद्र्धबाट टाढा राख्ने घोषणा ग¥यो ।
१८९८ मा संरा अमेरिकाले रणनीतिक रुपले महत्वपूर्ण विन्दुहरू अर्थात् हवाई टापूहरू कब्जा ग¥यो ।
उपनिवेशवादी स्पेनको विरोधमा क्युवाली स्वतन्त्रता संग्रामीहरू संघर्ष गर्दै थिए र क्युवाली स्वतन्त्रता प्रेमीहरूका पक्षमा संरा अमेरिकाले स्पेनलाई विरोधपत्र दिंदै गयो । हवानामा ठूलो विस्फोट गरेर स्पेनलाई खबरदारी ग¥यो र विस्फोटको दोष सबै स्पेनलाई दिएर क्युवामा संरा अमेरिकाले आफ्नो हात बलियो बनायो ।
संरा अमेरिका क्यारेबियाली क्षेत्रबाट प्रशान्त क्षेत्रमा आफ्नो पाइला हाल्दै गर्दा दक्षिण अमेरिका र एसियामा पुग्ने आक्रमक योजना बनायो । क्युवालाई उपविनेशबनाएपछि संरा अमेरिकाले फिलिपिन्स, पेट्रोलका टापुहरू र ग्वामलाई स्पेनबाट मुक्त गराई आफ्नो उपनिवेश बनायो । संरा अमेरिका दक्षिण चिनियाँ सागरका टापूहरूमा आफ्नो जहाज बिसायो र चीनको ‘ढोका खोल्न’ लगाउने नीतिको वकालत गर्दै चीनको उत्तरी र मुख्य भूमिमा आफ्नो सेना पठाए । सन् १९०० को चीनको सच्चाई र मेलमिलापको आन्दोलन (यी ह त्वान आन्दोलन) लाई दबायो । त्यस आन्दोलनलाई पश्चिमेली साम्राज्यवादीहरूले बक्सर आन्दोलन भन्ने गर्थे । संरा अमेरिकाको २५ औं राष्ट्रपति म्याक किन्ली एक अराजकतावादीबाट मारिए र थ्योेदोर रुज्वेल्ट राष्ट्रपति भए । उनले पश्चिमी गोलाद्र्धमात्र होइन संसारमा एक छत्र राज गर्ने कल्पना गरे । सन् १९०३ मा कोलम्बियाका जनजातिलँई विद्रोह गर्न दिई संरा अमेरिकाले विद्रोही सरकारलाई मान्यता दिई पनामा नहर बनाउने स्वीकृति लियो र १९१४ मा पनामा नहर तयार गरी सजिलै एसिया हान्न सजिलो बनायो ।
क्युवाको ग्वान्टोनामा जबरजस्ती अमेरिकाले कब्जा ग¥यो र आफ्नो जलसेना अड्डा बनायो । यसरी संरा अमेरिका ‘डलर वा डण्डा’ को रणनीतिमार्फत् एक पछि अर्को पाइला चाल्दै दुई सय वर्ष अगाडि गयो र ओबामा प्रशासनले क्युवासँग कुटनैतिक सम्बन्ध जोड्यो र ट्रम्प प्रशासनले क्युवाको ग्वान्टानामोलाई पुनः आफ्नो कारागार बनाउने घोषणा गर्याे । सन् १९१२ मा डेमोक्र्याटिक उम्मेद्वार विड्रोविल्सन राष्ट्रपति पदमा जिते । उनले सारा संसारमा शासन गर्ने सपना देखेको कुरा लेखे । बुश, बाराक ओबामा र ट्रम्पले समेत सपना र ईश्वरको नाममा विदेशमा आक्रमण गर्ने कुरा गर्न चुकेनन् ।
ट्रम्प प्रशासनले मेक्सिको, हाइटी, निकारागुआ आदि देशका जनतालाई अमेरिका पस्न प्रवेश पत्र नदिने घोषणा ग¥यो । विश्व जनमत त्यसको विरोधमा देखियो । त्यसका कारणहरू के–के हुन् भन्ने जिज्ञासा जाग्यो ।१) १८४५–७ सम्ममा संरा अमेरिकाले मेक्सिको एक भाग तेक्सासलाई आफ्नो संघमा मिलायो । त्यस्तै दक्षिण क्यारोलिना, मिसिसिपी, फ्लोरिडा, अल्बामा, जर्जिया, लुथियाना आदि मेक्सिकोकै भाग थियो । यसकारण मेक्सिकेली जनता संरा अमेरिकामा पस्ने आफ्नो नैसर्गिक अधिकार मान्छन् ।
तिनीहरू आफ्नो गुमेको भूमि प्राप्त गर्ने भावना पनि राख्नु स्वाभाविक हो – नेपाली जनताले सुगौली सन्धी भन्दा पहिलेका पूर्व र पश्चिमको भूमि फिर्ता खोजेजस्तै ।२) १९ औं शताब्दीको अन्त र २० औं शताब्दीको सुरुमा बोलिभिया, पेरु र इक्वेडरमा संरा अमेरिकाले कब्जा ग¥यो र दास व्यवस्था लागू ग¥यो ।३) १९१५ मा निग्रो गणतन्त्र हाइटीमाथि लुटपाट गरी संरा अमेरिकी सेनाले कब्जा ग¥यो । निकारागुआ कब्जा गरी बैड्ढ र अर्थतन्त्र आफ्नो हातमा लियो । केरा, सुन्तला र कफीको अत्यन्त उब्जी हुने मध्ये अमेरिकाका ‘संयुक्त फलफूल कम्पनी’ ले कब्जा ग¥यो, त्यसैलाई ‘केराको सम्राट’ भनिन्थ्यो ।४) सन् १९१६ मा संरा अमेरिकाले डोमिनिकन गणतनत्र कब्जा ग¥यो । संरा अमेरिकाको ट्रम्प प्रशासनलाई अहिले आफूले इतिहासमा गरेका शोषण, दमन र अत्याचारको आफ्नै घरमा आएर बदला लिने भावनाबाट आतङ्कित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *