भर्खरै :

भूकम्पको स्मरणमा प्रवचन कार्यक्रम

भूकम्पको स्मरणमा प्रवचन कार्यक्रम

भक्तपुर, १२ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप ई. कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मरणमा प्रवचन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले 4th ICEE-PDRP Website को शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा भनपाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष प्रजापतिले ९ वर्ष अगाडि गएको भूकम्पको स्मरण गर्नुको औचित्यमाथि प्रस्ट पार्दै भूकम्पमा तत्काल उद्धार र राहत पु¥याउन सके जनताको जीवन रक्षा गर्न सकिने बताउनुभयो । उहाँले विपद्बाट बच्न पूर्वतयारी आवश्यक रहेको बताउनुभयो ।
विपद्लाई व्यक्तिगत तथा राजनीतिक स्वार्थ पूरा गर्ने अवसरको रूपमा प्रयोग गर्नेहरूबाट सचेत हुनुपर्ने बताउँदै उहाँले भूकम्पीय क्षेत्रमा मापदण्डविपरीत घर निर्माणले आगामी दिनमा थप जोखिमको चुनौती रहेको स्पष्ट पार्नुभयो ।
आप्mनै स्रोत र साधनको प्रयोग गरी भक्तपुरका सम्पदाहरू पुनःनिर्माण गरिरहेको बताउँदै उहाँले देशलाई गणतन्त्रसम्म पु¥याउन संसद् पुनःस्थापनाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले गणतन्त्र स्थापना भएको १५ वर्ष बितिसक्दा पनि लाखौँ युवा बिदेसिरहेकोमा चिन्ता व्यक्त गर्दै कलकारखाना निजीकरण र भ्रष्टाचार व्याप्त भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा ख्वप ई. कलेजका प्राचार्य सुजन माकले विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्यले सञ्चालित शैक्षिक संस्थाले अध्ययन अनुसन्धान र जोर्नल प्रकाशनमा जोड दिँदै आएको तथा विषयगतरूपमा नियमित सम्मेलनहरू आयोजना गरिरहेको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले विपद्ले विनाशसँगै अवसर पनि प्रदान गर्ने भएकोले यसबारे विस्तृतरूपमा अध्ययन अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा Earthquake Engineering का विभागीय प्रमुख डा. मन्जिप शाक्यले भूकम्पले प्रदान गरेको अवसरहरूबारे प्रकाश पार्दै भूकम्पसम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्मेलन गरी अनुसन्धान गरिएको बताउँदै विनाससँगै नयाँ प्रविधिको प्रयोग र आविष्कार भइरहेको बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानका प्रा.डा. गोकर्णबहादुर मोत्राले Jajarkot Earthquake: Impact and Future Directions for Earthquake Resilient Reconstruction, प्रा. डा. चन्द्रकिरण कवांले Study of Seismic Site Effect and Soil Structure Resonance of Bhaktapur District, Nepal Using Micro tremors विषयमा प्रस्तुतीकरण राख्नुभएको थियो । कार्यक्रममा डा. सुवेगमान बिजुक्छेँले भूकम्पबाट हुने क्षति न्यूनीकरणबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *