भर्खरै :

पाङ्गामा पाँचौं जनसाहित्य गोष्ठी हुने (फाईल फोटो)

काठमाडौं, २८ कार्तिक । नेपाल सवंत् ११३९, सातगाउँले जात्रा, धान्यपूर्णिमा (यःमरी पुन्हि) को उपलक्ष्यमा आगामी पुस ७ गते शनिबार पाँगामा पाँचौं नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
भाषा, कला र संस्कृतिको जगेर्ना गरौं, जनसाहित्यबाट जनचेतना सिर्जना गरी आदर्श समाज स्थापना गर्ने मुख्य उद्देश्य लिएर विगत ५ वर्षदेखि पाङ्गाका विभिन्न टोलमा जनसाहित्य गोष्ठी खलःको आयोजनामा साहित्य सम्मेलन हुँदै आइरहेको छ । यस वर्ष जनसाहित्य गोष्ठी पाङ्गा लाछीमा हुने आयोजकले जनाएको छ ।
सम्मेलनमा सहभागी हुन पुस ३ गतेसम्ममा कविता, कथा बुझाउन आयोजकले अनुरोध गरेको छ । साहित्य सम्मेलनलगत्तै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा साहित्य वाचनको साथै विभिन्न राजनीतिज्ञ, विशेषज्ञहरूको ज्ञानवद्र्धक मन्तव्य र बीचबीचमा गीत प्रस्तुत हुनेछ ।
नेपालभाषाका कला, संस्कृति र साहित्यको विकासमा समाजमा योगदान गर्ने लक्ष्यका साथ सुरु भइरहेको सम्मेलनमा सबै क्षेत्रबाट आर्थिक, भौतिक र नैतिक सहयोग गर्न आयोजकले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *