भर्खरै :

नेपाली इतिहासको धरोहर कमलप्रकाश

काठमाडौँ, १५ मङ्सिर  : अङ्ग्रेजी भाषाका प्रखर विद्वान डा कमलप्रकाश मल्ल नेपाली भाषाका साथै इतिहासको धरोहर भएको आज यहाँ आयोजित कार्यक्रमका वक्ताले बताएका छन् ।
डा मल्ल दिवङ्गत हुनुभएको १३औँ दिनको पुण्यतिथिमा आज आयोजित श्रद्धाञ्जलिसभामा उहाँहरुले विद्वान् गुरुको निधनबाट राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष डा मल्लको अमेरिकामा ८४ वर्षको उमेरमा निधन भएको थियो ।
काठमाडौँमा जन्मनुभएका मल्लका ‘नेपाल भाषाया ध्वाना सफुया धलः–२’, ‘च्वसापासा मूसः निबन्ध’लगायत इतिहासकार धनबज्र बज्राचार्यसँग मिलेर डा मल्लले लेखेका महत्वपूर्ण ऐतिहासिक दस्तावेजका रुपमा रहेका छन् ।
त्यस्तै ‘नःलि कविता छुग विवाद’ (नयाँ कविता एउटा विवाद), नःलि स्वना (नवनिर्माण ‘नेपालको इतिहास संशोधकको उत्थान र पतन’ तथा ‘सिकँमिया स्वाने’ (काठको काम गर्ने मानिसको भ¥याङ), ‘पूर्वज लुमका’ (पूर्वज सम्झेर)जस्ता दर्जनौँ पुस्तक प्रकाशित छन् । नेपाल भाषा, नेपाली तथा अङ्ग्रेजी भाषामा सयौँ लेख प्रकाशित छन् ।
श्रद्धाञ्जलि कार्यक्रममा आशा सफु कुथीका सदस्य तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाल भाषा, नेपाली तथा अङ्ग्रेजी भाषामा दरिलो नेतृत्व भएका डा मल्ल बहुमुखी प्रतिभाका धनी भएको बताउनुभयो ।
उहाँले नेपाल भाषालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन कोषको निर्माणसहित विशेष पहल गर्नुभएको तथा ‘क्लासिकल डिक्सनरी अफ नेवार’सम्बन्धी डिक्सनरी सम्पादन गरेर नेपाल भाषाको विकासमा महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो ।
यो डिक्सनरीमा ५०० वर्ष अधिको विभिन्न तालपत्रमा प्रयोग भएका नेवारी शब्द कहाँ कसरी प्रयोग भएको भन्ने व्याख्यासमेत गरिएको छ । नेवाः दे दबुका अध्यक्ष नरेशकुमार ताम्राकारले नेवा दे दबुका संस्थापक डा मल्लले नेपालमा मात्र होइन अमेरिकामा गएर पनि नेवार समुदायको संस्कृति, भाषा तथा धर्मको अध्ययन तथा अनुसन्धानमा जुटेको बताउनुभयो ।
नेपाल लिंग्विस्टिक सोसाइटीका अध्यक्ष भीमनारायण रेग्मीले भाषा विज्ञान संस्थाको संस्थापक अध्यक्ष एवं गुरु डा मल्ल सन् १९६६ मा भाषा विज्ञान विभागको स्थापना गर्नुभएको स्मरण गर्नुभयो । उहाँले प्राज्ञिक मर्यादा तथा इमान्दारी व्यक्तित्व भएको भन्दै मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
नेपाल जनजाति महासङ्घका उपाध्यक्ष गोविन्द छन्त्यालले इतिहास, समाज तथा भाषा तथा प्राज्ञिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका डा मल्लको निधनले बहुजाति, बहुसांस्कृतिक विकासका लागि अतुलनीय योगदान गर्ने व्यक्तित्व गुमाएको बताउनुभयो । वरिष्ठ पत्रकार कनकमणि दीक्षितले १९७० को दशकमा डा मल्लले व्यक्त गर्नुभएको विचार तथा अङ्गे्रजीमा प्रकाशित लेख अहिले पनि महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ तथा लोककवि राजभाई जःकमीले स्व डा मल्लको सम्झनामो कविता पाठ गर्नुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *