भर्खरै :

उपकुलपति डा गुरुङ पुरस्कृत

कास्की, २० पुस  ः नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ आज पोखरामा ‘लक्ष्मी स्मृति पुरस्कार’बाट पुरस्कृत हुुनुभएको छ ।
अध्ययन, अनुसन्धानको माध्यमबाट नेपाली भाषा, संस्कृति तथा राष्ट्रिय एकतामा पु¥याउनुभएको योगदानको कदर गर्दै गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले उहाँलाई सो पुरस्कार प्रदान गर्नुभएको हो ।
पृथ्वीधर सिग्देल समाजद्वारा सञ्चालित तथा स्व लक्ष्मी सिग्देलका परिवारद्वारा स्थापित सो पुरस्कारको राशि रु ३० हजार ५५५, सम्मानपत्र र दोसल्ला रहेको छ ।
सो अवसरमा प्रदेश प्रमुख कुँवरले पुरस्कृत व्यक्तित्व गुरुङ सुक्ष्म ज्ञान र स्मृति भएको विद्वान् व्यक्तित्व भएको र उहाँ गण्डकी प्रदेशको मात्र नभई सिङ्गो देशकै एक निधि भएको बताउनुभयो ।
पुरस्कृत व्यक्तित्व उपकुलपति गुरुङले नेपाली समाज सद्भावमा र संस्कृति सहिष्णुतामा अडिएकाले सामाजिक सद्भावलाई टुट्न दिन नहुने बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि प्राज्ञिक व्यक्तित्वको पनि योगदान हुनुपर्नेमा जोड दिनुभयो ।
शिक्षाविद् जर्ज जोन, प्रा डा तारा बराल, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, परिवारका तर्फबाट विश्व सिग्देल तथा समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देलले पुरस्कृत व्यक्तित्व गुरुङले सामाजिक सद्भाव अभिवृद्धिमा पु¥याउनुभएको योगदान तथा स्व सिग्देलले समाजमा शिक्षाको माध्यमबाट नारी सशक्तीकरणमा खेलेको भूमिकाका विविध पक्षमाथि प्रकाश पार्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *