अभिभावक सङ्घद्वारा सूर्यविनायक र चाँगुनारायणमा पनि ज्ञापन पत्र
- बैशाख ३, २०८३
भक्तपुर, १३ वैशाख । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा वंशगोपालमा खाद्य पसल अनुगमन गरियो ।
बाराही किराना पसलमा साइनबोर्ड राख्न, मूल्यसूची राख्न, ढक तराजु नवीकरण गर्न, खाद्य अनुज्ञापत्र लिई लेवल राखी प्याकेजिङ सामान बिक्री वितरण गर्न निर्देशन दिई म्याद नाघेका सामानहरू क्वीक्स् १५ पाकेट, मङ्गलम आटा १ पाकेट जफत गरी नष्ट गरियो ।
बाराही कस्मेटिकमा म्याद नाघेको मिग्लो, कोलेजन र जोन्सन लोसन एक एक वटा जफत गरी नष्ट गरी उत्पादन मिति नभएको मल्टेनि केशर बेचबिखन नगर्न निर्देशन दिइयो ।
आहा कलेक्सनमा म्याद नाघेको भ्यासिलिन १२ वटा, जिन्जर हेयर कन्डिस्नर २ र ग्लिसिन २ वटा जफत गरी नष्ट गरियो ।
अजिमा स्टार मार्केटमा पसल नवीकरण गर्न, खाद्य अनुज्ञापत्र लिई लेवल राखी प्याकेजिङ सामान बिक्री वितरण गर्न म्याद नाघेका सामानहरू बिएमसी मसला १, कोलगेट टुथपेष्ट १, किन्ले सोडा २, ड्यू सानो १ वटा, मायोज्नाइज सस् १ र तराजु नवीकरण गर्न निर्देशन दिइयो ।
राज्य स्टोरमा म्याद नाघेको टुपिएम चिजबल्लस् १४ पाकेट, लेय्ज ६ पाकेट जफत गरी नष्ट गरियो । लक्ष्मीनारायण किराना स्टोरमा न्यु चाउचाउ उत्पादन मिति नभएकोले नलिन निर्देशन दिइयोे ।
अनुगमन समितिका सदस्यहरू श्यामकृष्ण खत्री, रीता फसिकवा, भनपा श्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेवी व्याञ्जु, जिल्ला प्रशासन कार्यालयका यादवप्रसाद मिश्र, महानगरीय प्रहरी परिसरका प्रहरी सुकबहादुर तामाङ, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका सुमित्रा श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ भक्तपुरका विश्वराम दुवाल र राष्ट्रिय उपभोक्ता मञ्चलगायतका प्रतिनिधिहरू सहभागी हुनभएको थियो ।
Leave a Reply